आँसुलाई पसिनामा परिवर्तन गरेर।
आएको हुँ म दु:खको समापन गरेर।
धर्म गर्ने भए ती भोका पेट भर्नुहोस्
हो हुदैन धर्म मन्दिरमा भजन गरेर।
शत्रु कमजोरी खोजी रहेका हुन्छन्
चाल्नु पर्छ है हर कदम मनन गरेर।
आँसुलाई पसिनामा परिवर्तन गरेर।
आएको हुँ म दु:खको समापन गरेर।
धर्म गर्ने भए ती भोका पेट भर्नुहोस्
हो हुदैन धर्म मन्दिरमा भजन गरेर।
शत्रु कमजोरी खोजी रहेका हुन्छन्
चाल्नु पर्छ है हर कदम मनन गरेर।
भो मुटुमा अनौठो प्रहार सुरु देखि नै।
हुँदै गएछु म झन् लाचार सुरु देखि नै।
सम्पती भए साथ नत्र बिस्वास घात
यस्तै रहेछ यस संसार सुरु देखि नै।
पछीबाट वार गरि दुनिया चिनायो
हुनुपर्छ उ प्रती आभार सुरु देखि नै।
मलाई न जून न त्यो तारा चाहिन्छ
केवल तिम्रो प्रेमिल ईसारा चाहिन्छ
अपाङ्ग छु म बैसाखी हौ तिमी मेरो
जीवन को सफरमा सहारा चाहिन्छ
मेटिन्न मनको तृष्णा एक प्यालाले
अरे बैँसालु यौवनको रारा चाहिन्छ
कति खोजे तर नजरमा थिएनौ
जीन्दगीको हर सफरमा थिएनौ
छोडिन बाकी यो साहित्य पनि
कुनै छन्द अनि बहरमा थिएनौ
सारा संसारभरी नै खोजे मैले
हो सुन्दर गाउँ नगरमा थिएनौ
देश बेच्ने दलाललाई कानुन रहेनछ यार
पुर्णिमा को रातमा पनि जुन रहेनछ यार
मिचिदै छ सीमा किन चुप छ्न् गोर्खाली
शरिरमा वीर नेपालीको खुन रहेन्छ यार ।
नेपाली को जीउने आधार बिक्रीमा छ।
हाम्रो संस्कृती दशै तिहार बिक्रीमा छ।
अरे पालैपालो सबै मिली भ्रष्टाचार गर्ने
हो बेकामे नेपाल सरकार बिक्रीमा छ ।
शब्दलाई एउटै सुत्रमा बाध्ने ताल हो गजल
हेर्दा सरल भित्र छिर्दा कठिन जाल हो गजल ।
फेरिन्न मुहार मुलुकको हतियार मात्र उठाई
यो समाज परिवर्तनको नौलो चाल हो गजल ।
बिकृती,अशान्ती,भ्रष्टचारहरु फैलदा देशमा
कलम द्वारा कारण खोज्ने सवाल हो गजल ।