गजल– १,
कैलाशको शिखरमा सधै टल्की बस्छौ तिमी
पुनमको जुन सरी दिल्मा झल्की बस्छौ तिमी
कुशमको सुभाश छरी लठ्ठ पारी सबैलाई
दिपकमल ज्योती बनी सधै सल्की बस्छौ तिमी
परानीका मोडहरू उकाली र ओरालीमा
शान्ति बनि यो दिलमा सधै छल्की बस्छौ तिमी
गजल– १,
कैलाशको शिखरमा सधै टल्की बस्छौ तिमी
पुनमको जुन सरी दिल्मा झल्की बस्छौ तिमी
कुशमको सुभाश छरी लठ्ठ पारी सबैलाई
दिपकमल ज्योती बनी सधै सल्की बस्छौ तिमी
परानीका मोडहरू उकाली र ओरालीमा
शान्ति बनि यो दिलमा सधै छल्की बस्छौ तिमी
दया आज कस्तो घटेको छ ऐले
बिके है त मान्छे रटेको छ ऐले
लुकेका लुटेरा जमानी बसेका
बिवेकै सबैको हटेको छ ऐले
बनेको बिगार्ने जमाना भयो है
अ हा गाउँ हाम्रो कटेको छ ऐले
सधैँ साथ माग्दै जवानी गयो
भयो भोर ऐले विहानी गयो
भयो बोल्न गाह्रो हरायो खुशी
छ या घोर पीडा परानी गयो
थिए स्वप्न मेरा दिलैमा यहा
सबै आग लागी खरानी गयो
छुटे प्रेम के भो तिमी बम्क साथी
सदा काम गर्दै खुशी छम्क साथी
उनै जन्म दाता र शाखाहरूको
समाएर पंखा तिमी हम्क साथी
सफा राख आत्मा हटाएर ईर्ष्या
अबिश्वास तोडी तिमी गम्क साथी
चल्दैन जिन्दगानी धाता भनेर रुन्छौ
मातृत्व नै हरायो माता भनेर रुन्छौ
विश्वास छैन ऐले स्वार्थी भयो जमाना
खोक्रो छ भित्र आत्मा गाथा भनेर रुन्छौ
पैसा हुदा हितैषी खस्क्यो भने अवस्था
एकान्त बस्नु पर्ने नाता भनेर रुन्छौ
तिम्रा सधै सतकथा मनकी दुलारी ।
आमा सधै जनमको म भए दुखारी ।।
ब्यथा रहे गहभरी मन खिन्न पारी ।
आमा नपाइ जगमा म दुखी निहारी ।।
(१)
त्यो प्रेम काख जननी तन चाल सार ।
आलाप यो सकलको मन यो अपार ।।
सोचेर यो जनमको मन भावनामा ।
त्यस्तै रमेर मनले शुभ कामनामा ।।
(२)
दया अनि प्रेम घात प्रतिघातमा हुदैन
मानिस ठुलो दिलले हुन्छ जातमा हुदैन
अरुलाई केही दिन कसम खाने मान्छेहरु
ईमान छोड्नेहरुको विस्वास वातमा हुदैन
जति हुन्छ सत्य तथ्य जीउदो छदै मान्छेहरु
हरीयो त रुखमा हुन्छ झरेको पातमा हुदैन
हिमालको छ देश यो सिमान्त के चलाउछौ
र अग्निपुञ्ज हो शिवम् मशाल के जलाउछौ
शहीदको सुमार्ग मैं जलाउने छ तेज यो
छ भानुको तरङ्गमा पराई के गलाउछौ
हिमाल हो पहाड हो तराई साथ कौशिकी
छ शान्त यो सधै भरी अशान्ति के फलाउछौ
बसेर शान्त आत्ममा लुकेर जाउ है तिमी
तिमी उसो नगर्नु है झुकेर जाउ है तिमी
हजार मार्ग छन् यहा कहा छ पुग्नु खै तिमी
म अल्झिए सधै भरी रुकेर जाउ है तिमी
लुकेर प्यार गर्छ जो बसेर आत्ममा सधै
मिठो छ संम्झना यहा ढुकेर जाउ है तिमी
छ माटो पियारो चलेको छ मान्छे
मितेरी लगाई फलेको छ मान्छे
सधैँ यो त ढाक्ने लगाएर खेती
र कामै गरेरै गलेको छ मान्छे
सधैँ प्रेम गर्ने बसेरै धरामा
धरा मा त आत्मा जलेको छ मान्छे
वितेको कहानी यहाँ याद आयो
सुनौलो बिहानी यहाँ याद आयो
न मानेर झर्को सधै काममा नै
दुखेको परानी यहाँ याद आयो
बचाएर राखे टुटेका सितारा
दिएको निसानी यहाँ याद आयो
बहरबद्ध गजल– १,
दिलै भित्र आधीँ चलेको छ या
जता हेर आत्मा जलेको छ या
सदा देशको नै रडाको सुनी
सिमा पार आगो बलेको छ या
कहा पुग्छु हामी भनेरै यहाँ
र आषा सबैको ढलेको छ या
बहरबद्ध गजल– १,
छ पानी परेको त आली लगाऊ
यही मासमा नै ल बाली लगाऊ
छ बाँझो बसेको र झाडी बनेका
ल जोतेर गोरु त फाली लगाऊ
ल फूटेछ मुलै बगाएछ बस्ती
ल जोगाउ धर्ती त जाली लगाऊ
जडेको सितारा टुटेको छ या
दिलैको इमानै लुटेको छ या
परानी भरीका ति पूज्यै हरु
दबाऊन घाँटी जुटेको छ या
म आफैँ म बाँच्ने भनेरै सदा
शिशाका सरी पो फुटेको छ या
म सिङ्गो दिलै यो गलाएर आएँ
चिनारी थिए जो जलाएर आएँ
यहाँ जे छ आफ्नो खुशी साथ बस्ने
सदिच्छा सबैमा चलाएर आएँ
कहानी बनेको परानी छ हाम्रो
दिलै भित्र आशा पलाएर आएँ
वैंशको मातमा गाउँछे सुन्दरी
चादँनी रातमा आउँछे सुन्दरी
वेहुली भेषमा कामिनी केशमा
लालि यो ओठमा लाउँछे सुन्दरी
फेरियो रुप नै कामिनी चाल भो
प्रेयसी माझमा छाउँछे सुन्दरी
बहरबद्ध गजल– १,
यहाँ खाग बन्दै बलेको छु साथी
कहाँ पाउँ छाया जलेको छु साथी
दुखी आशु झर्दा यहाँ हुन्छ हासो
जमाना सँगैमा चलेको छु साथी
जता स्वार्थ मिल्ने उत्तै भीड मान्छे
यही रीत बोक्दै पलेको छु साथी
फुर्दै छ आज आखाँ फर्केर याद आयो
बग्दै छ अश्रुधारा दर्केर याद आयो
टाढा भएर के भो माया छ साथ मेरो
स्वप्ना म देख्छु राती झल्केर याद आयो
बज्दैन धून ऐले लाग्दैन राग राम्रो
गाह्रो परेछ दिल्मा सर्केर याद आयो
दिलै भित्र माया म पाली रहेको
बितेको कहानी सम्हाली रहेको
तिमी साथ छोड्यो म छोड्न सकेन
दिएको ति नासो सम्हाली रहेको
सधैँ साथ बस्ने उही आँचलैमा
मनैका ति पीडा पखाली रहेको
सुनौलो छ काया फुलेको जवानी
सगैमा रचेको छ हाम्रो कहानी
म जादै छु टाढा त छोडेर माया
न सोचे पराई न सम्झे बिरानी
रुवाएर आ को थिए साझ बेला
अनौठो पलै त्यो दुखेको परानी