रुबी सत्यालका केही मुक्तकहरू

Ru Bi, Satyal, रुबी सत्याल, pallawa, पल्लव

रुबी सत्याल

यस्तो भन्यौ आगो पिएर आऊ
जिब्रो काटेर अब सुमधुर गाऊ
मैसग अमर नाता गास्छ्यौ भने
काडा टेकी बनाउ रगताम्य पाऊ ।।

खेत बारीका मकै धान चराले खायो
बजारमा पाष्टिकको चामल आयो
चिरन्जिबी हुनु भनि आषिस नदेउ आमा
मान्छेले मात्रै हैन चरिले पासो लायो ।।

 

Continue reading


गजल

Arjun, Kumar, Satyal, अर्जुन कुमार सत्याल, pallawa, पल्लव

अर्जुन कुमार सत्याल

ताँई न तुईँको, कुरा धेरै भो
बिस्तारा भुइँको, कुरा धेरै भो ।

चाहि्न्थ्यो गुलाफ, प्रेम प्रतिक
जार्इ र जुहिको, कुरा धेरै भो ।

थुप्रै छन, अस्थार्इ साधनहरू
संगीनी सुर्इको, कुरा धेरै भो ।

 

Continue reading


गजल

Arjun, Kumar, Satyal, अर्जुन कुमार सत्याल, pallawa, पल्लव

अर्जुन कुमार सत्याल

आई अचानक,खेलेर गई
उर्लदो भेलमा,हेलेर गई

देखाई हजार,सपनाहरुको
भुमरीमा मलाइ,ठेलेर गई

बर्षाद बनी आशु,झर्यो तरर
तोरि झै मनलाइ,पेलेर गई

 

Continue reading


हे बुद्ध आऊ अब

Sudesh, Satyal, सुदेश सत्याल, pallawa, पल्लव

सुदेश सत्याल

हिँड्दै छन् किन हो र रावणहरू श्रीरामको भेषमा
बुद्धूले किन धाक लाउँछ सधैँ यो बुद्धको देशमा
के गर्ने जब रात पर्छ दिउँसै तारा उदाऊ अब
यो पर्खाइ हुनेछ व्यर्थ कि कसो हे बुद्ध आऊ अब ।

जन्मे बुद्ध भनेर विश्वभरि नै भन्छौँ अझै सानले
यो भित्री मनमा अशान्ति छ भने के हुन्छ सम्मानले
छैनन् मन्दिरभित्र आज भगवान् बस्छन् त्यहाँ दानव
खै के हो किन कंशकै विगविगी हे बुद्ध आऊ अब ।

 

Continue reading


जन आबाज

Sudesh, Satyal, सुदेश सत्याल, pallawa, पल्लव

सुदेश सत्याल

प्रज्ञाको कविता महोत्सवमा तृतीय स्थान पाएको कविता
एक्लै हासिरहेर अर्थ छ र के देशै दुखेको भए
के होला शिर उच्च खै सगरमाथा नै झुकेको भए ।
जे जे होस् न निधरमा हरघडी यै मृत्तिका लाउला
गर्नेले उपहास नै गरिरहुन् राको लिदै आउला ।।

यस्तो सृष्टि गरेछ लौन कसले उल्टो बग्यो गण्डकी
पछ्याए पनि कालले जतिसुकै खोजौ नयाँ जिन्दगी ।
चड्ने चड्छ सधैं सधैं शिखरमै झर्ने झरे तापनि
बाच्नेले कति काम गर्नु छ यहाँ मर्ने मरे तापनि ।।

 

Continue reading


हाम्रो पहिचान

Sudesh, Satyal, सुदेश सत्याल, pallawa, पल्लव

सुदेश सत्याल

छाडा संस्कृतिले जरा जब अहो!सर्वत्र गाडेपछि
यो धर्ती बहुतै अराजक भयो संस्कार छाडेपछि ।
हावा चल्दछ पश्चिमी शहरको छायो यहाँ दुर्गति
भाषा-वाङ्मय यो फुलाउन सके यै भित्र छन् संस्कृति ।।1।।

गुन्जिन्छन् जब मारुनी स्वरहरू ती पर्वतै हाँस्दछन्
रोदी,घाटु,र लाखु नाच वनमा डाँफेहरू नाच्दछन् ।
आफ्नो मौलिकता बताउँदछ है यो सभ्यता अखिर
हो लज्जास्पद हुन्छ है अब भने टोपीविनाका शिर ।।2।।

 

Continue reading


नाकावन्दीको प्रहरमा

Sudesh, Satyal, सुदेश सत्याल, pallawa, पल्लव

सुदेश सत्याल

यो तातो मरुभूमिझैँ सहरमा पाकेर के हुन्छ र?
अर्काकै मुखमात्र लौ न जहिल्यै ताकेर के हुन्छ र?।
खुट्टामा उभिनै अहो! नसकिए हेप्नेछ जस्ले पनि
साँच्चै हो असहायमाथि जहिल्यै चेप्नेछ जस्ले पनि।।१।।

चाहे होस् न ढिलो,छिटो तर अहो! रोप्यो भने फल्दछ
नाकावन्द भएर के छ र अहो!यो ढुक्ढुकी चल्दछ ।
पुर्खाको इतिहाँस बोल्दछ स्वयं कैल्यै झुकेको छ र?
यो अस्तित्व,इमानको हिमचुली पग्लेर सिद्धिन्छ र? ।।२।।

 

Continue reading


बहरबद्ध गजल

Sudesh, Satyal, सुदेश सत्याल, pallawa, पल्लव

सुदेश सत्याल

म सिकाउँथेँ बहुतै कुरा तर जान्दिनौ भनके गरूँ ?
अब हान है मुटुमा छुरा तर हान्दिनौ भन के गरू ?

जहिलेसुकै दुविधा भयो कसरी यहाँ जिउने र खै
दुइ ब्यक्तिमा कुन ठीक हो- पनि छान्दिनौ भन के गरू ?

किन प्रेयसी यति निष्ठुरी हुन खोज्दछ्रयौ र सधैँभरी
कति प्रेम गरेँ कति प्रेम गरेँ प्रिय ठान्दिनौ भन के गरू ?

 

Continue reading


“आयो परीक्षा घडी”

Sudesh, Satyal, - सुदेश सत्याल, pallawa, पल्लव

– सुदेश सत्याल

के के पुस्तक नोट छन् अब कता खोज्ने यही याम हो।
विद्यार्थी मन भित्र खुल्दुल हुने यै जाँचको काम हो।
हाम्रो हुन्छ अवश्य मित्र सजिलै यो जाँचमा गड्बडी
साथीहो अब पड्नु पर्छ सबले आयो परीक्षा घडी।

के के पर्दछ पड्न ट्यूसन भनी थाहा हुने बल्ल हो ।
विद्यार्थी किन प्रश्न पत्र अहिले देखेर अल्मल्ल भो।
गाह्रो प्रश्न नआउला भनि रह्यौँ आएछ गाह्रो झन।
गाह्रो प्रश्न भएर मानिस कुनै घुम्दै छ है फन्फन ।

 

Continue reading


राष्ट्रपीडा

Sudesh, Satyal, सुदेश सत्याल, pallawa, पल्लव

सुदेश सत्याल,

हस्तक्षेप छ जूनको गगनमा ताराहरू हो उठ
पानीको पनि मूल यो सुकिसक्यो धाराहरू हो उठ ।
हावा चल्न सकेन शीतल कतै अत्यन्त तातो भयो
मान्छेको अनुहार छैन हँसिलो नीलो र रातो भयो ।।१।।

नेपाली जन हो जलाउँन उठौँ चिल्ला पजेराहरू
के-के छन् हतियार चिर्नु छ यहाँ काला-अँधेराहरू ।
ढोकाबाहिर रातमा नवयुवा निस्किन्छ निस्किन्छ यो
कालो र्सप भनी डराउँछ कहाँ जिस्किन्छ जिस्किन्छ यो ।।२।।

 

Continue reading


हाम्रो देश

Sudesh, Satyal, सुदेश सत्याल, pallawa, पल्लव

सुदेश सत्याल

छाती हो झरना, उदार मन हो, छाँगाहरु हुन् घर
पुर्खा वीर भएर भन्छ जसले झुक्दैन हाम्रो शिर ।
आँखा चन्द्र र सूर्य हो, धन भने आफ्नो कला भेष हो
यस्तो सुन्दर, शान्त देश छ भने त्यो देश नेपाल हो ।।१।।

पाखा, पर्वत, फाँटमा चरिहरु गर्दै थिए चिर्विर
मान्छे घुम्छ रमाइलो प्रकृतिमा हावा चल्यो सिर्सिर ।
कस्तूरी वनमा सुगन्ध अहिले र्छर्दै छ है बेसरी
क्वैलीको वनमा कुहूकुहु गरी बज्दै छ है बाँसुरी ।।२।।

 

Continue reading


गोर्खेको जीवनी

Sudesh, Satyal, सत्याल, pallawa

सुदेश सत्याल

Gorkhe, sailo, Rishiprasad, Lamichhane, ऋषिप्रसाद, लामिछाने,

काव्यमा विवेचित ब्यक्तिः गोर्खे साइँलो

विवेचना

सच्चा नाम ऋषिप्रसाद यिनको हो लामिछाने थर
यो नारायघाटमा घर छ है, हो चतना मन्दिर ।
तर्ला खै कसरी रचेर कविता गोर्खे सरी सागर
लेख्यौ हाइकु, शायरी, लघुकथा के लेख्न बाँकी छर -!

 

Continue reading



‘हाम्रो देश’

Sudesh, सत्याल, Satyal

सुदेश सत्याल

छाती हो झरना, उदार मन हो, छाँगाहरू हुन् घर
पुर्खा वीर भएर भन्छ जसले झुक्दैन हाम्रो शिर । 
आँखा चन्द्र र सूर्य हो धन भने आफ्नो कला, भेष हो
यस्तो सुन्दर शान्त देश छ भने त्यो देश नेपाल हो ।।

Continue reading