गजल

Sabitri, Silwal , Sapkota, सावित्री सिलवाल (सापकोटा), pallawa,पल्लव

सावित्री सिलवाल (सापकोटा)

ठेकी भन्दा ठुलो त्यो, मदानीको के काम ?
थोरै लज्जा नभएको, जवानीको के काम ?

सम्पती कमाएर मात्र, हुदैन हजुर रमाउनुपर्छ ।
बाचुन्जेल नरमाएको, जिन्दगानीको के काम ?

भेटिएर छुट्नु भन्दा नभेटेकै जाति हुन्थ्यो बरु ।
बियोगान्त कथाको त्यो, निशानीको के काम ?

 

Continue reading


टीका सापकोटाका केही मुक्तकहरूः

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

शिरमै सजाएँ प्रेमको सुन्दर फूल सम्झेर
मनमै डो-याएँ मायाको अटुट मूल सम्झेर ।
शिर झुकी रहेछ आज यो मन दुःखीरहेछ
पागल छु जिन्दगीको एउटा भुल सम्झेर ।

म आधा ऊ पूरा कसरी हुन सक्छ
सोच्छु सबकुरा कसरी हुन सक्छ ?
काखमै राखी पार्यो मुटु छिया छिया
प्रेमी संगै छुरा कसरी हुन सक्छ ?

 

Continue reading


टीका सापकोटाका केही मुक्तकहरूः

Tika, Sapkota, Kawasoti, टीका सापकोटा,  pallawa, पल्लव

टीका सापकोटा

म आधा ऊ पूरा कसरी हुन सक्छ
सोच्छु सबकुरा कसरी हुन सक्छ?
काखमै राखी पार्यो मुटु छिया छिया
प्रमी संगै छुरा कसरी हुन सक्छ ?

बग्यौ तिमी मलाई एक्लो किनार बनाएर
कसरी जिउँ तिमीलाई आधार बनाएर ।
प्यारका रेखाहरू मेटिदै छन यो दिलमा
भर्न सक्दिन अब रङ आकार बनाएर ।।

 

Continue reading


टीका सापकोटाको गीत

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

देशले त ज्यानै माग्यो मायालुले मन
न ज्यान छ न मन छ के दिउँ खै भन।

मन दिउँ त तिमीलाई
छिया छिया भाछ
हृदयको पाखाभरी
बाढी पैरो गाछ।

तन दिउँ त तिमीलाई
बैशाखीको भर
अभागीको जिन्दगी
बाकी कति छ र?

सेवा नै ठुलो सम्झेँ कमाईन क्यै धन
न ज्यान छन मन छ के दिउँ खै भन।

 

Continue reading


‘म तिम्री प्रेमिका होईन’ !

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

सबै सम्बन्ध भन्दा अलग
सबै आफन्त भन्दा नजिक
संसार अटाउने मनको खुल्ला सिंहासनमा
तिमीलाई राखेँ ,
के यो मेरो भुल थियो र?

जीवनमा हर पानाहरु खुल्लै थिए तिम्रो सामु
कहाँ कहिले के लेखिएको थियो?
कोरिएका कतै मेटिएका कतै मेटाईएका मेरा अतीत,
सायद तिमीलाई भन्दा धेरै त आफैलाई
पनि थाहा छैन होला ।

 

Continue reading


टीका सापकोटा का केही मुक्तकहरूः

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

अचानक आएको हुरी घटाउनु छ
हामी दुई बीचको दुरी घटाउनु छ।
मन बदलियो!या छन् वाध्यता अनेक?
जे जे छन् सबै मजबुरी घटाउनु छ ।।

दुःखी भैदिन्छ!बङ्गला आलेशानमा पनि
बिझाउँछ रे मखमली ओछ्यानमा पनि।
बुझी नसक्नु छ आखीर यो मान्छेको मन
मुस्कुराईदिन्छ कहिले ?रछ्यानमा पनि ।।

 

Continue reading


गजल

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

आँखामा नि बसेकी छु मुटुमा नि बसेकी छु
तिम्रै निम्ति आँसु बनी सयौं चोटी खसेकी छु ।

कहाँ छैन? भन तिमी नभएको ठाउँ छैन
तिम्रै प्रेमको सुगन्ध अड़्ग अड़्ग घसेकी छु ।

किन खोज्छौ तिमी मलाई बाहिरी दुनियामा
धमनी र शिरा हुदै मुटु भित्रै पसेकी छु ।

 

Continue reading


टीका सापकोटाका केही मुक्तकहरूः

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

परिस्थिति होईन प्रिय मन बदलिएछ
अलग भाषा भेष संगै तन बदलिएछ।
अब किन झुट्टा आशा पालिराखूँ मनमा?
म बस्ने मुटु अनि आफ्नोपन बदलिएछ ।।

तिम्रा हरेक पाईलाहरु सफलताले चुमिरहोस्
सुख शान्ति समृद्धि वरिपरि घुमिरहोस् ।।
संघर्षनै जिन्दगीको अर्को नाम रैछ साथी
सारा पीडा बिर्सी जीवन खुसीमा झुमिरहोस्।।

 

Continue reading


टीका सापकोटाका जोर गजल

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

गजल– १,
खुल्ला छ यो हृदय नसोधी पसे हुन्छ
सम्झेर आफ्नै घर ढुक्कले बसे हुन्छ ।

मै बनुँला पोखरी बग्ने नदी किनारा
तिमी झरना बनी झर झर खसे हुन्छ ।

एक अर्कामा समाहित आफ्नै बनेपछि
जब हुन्छ तिम्रो धड्कन बनी डसे हुन्छ ।

 

Continue reading


गजल

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

आँखामा नि बसेकी छु मुटुमा नि बसेकी छु
तिम्रै निम्ति आँसु बनी सयौं चोटी खसेकी छु ।

किन खोज्छौ तिमी मलाई बाहिरी दुनियामा
धमनी र शिरा हुदै नशा नशा पसेकी छु ।

तिम्रो सुन्दर जिन्दगीको प्रेमील कहानी हुँ म
तिम्रै मनको मन्दिरमा प्रितिले सजेकी छु ।

 

Continue reading


टीका सापकोटा का केही मुक्तकहरूः

Tika, Sapkota, Kawasoti, टीका सापकोटा,  pallawa, पल्लव

टीका सापकोटा

रविजस्तै तेजिलो छौ,जून जस्तै शीतल
सिर्जनाले सगाउनू आफ्नै प्यारो भुतल।
जहिले पनि सफलता तिम्रै पछि लागोस्
जीवनबाट दुःख कष्ट टाढा टाढा भागोस्।

औंसीमा नि उदाउने तिमी हौ जून मेरो
हृदयमा गुञ्जिरहने प्रमील धुन मेरो ।
भनेरै आजसम्म सजाय मनमन्दिरमा
किन छिन्न खोज्दैछौ? आजकल सुकुन मेरो ।

 

Continue reading


भुवन साप‎कोटाका जोर गजल

Bhuwan, Sapkota, ‎भुवन सापकोटा, pallawa, पल्लव

‎भुवन सापकोटा

गजल– १,
खै किन किन गाह्रो हुन्छ यार
उनीसँग छुट्टीन गाह्रो हुन्छ यार

तिम्ले त सजिलै भन्यौ सम्झीदै गर्नु
मलाई त बिर्सिन गाह्रो हुन्छ यार

ठिकै भन्यौ ढुङ्गाको मन तिम्रो
शिलालेख मेटीन गाह्रो हुन्छ यार ।

 

Continue reading


‎भुवन सापकोटाका जोर गजल

Bhuwan, Sapkota, ‎भुवन सापकोटा, pallawa, पल्लव

‎भुवन सापकोटा

गजल– १,
क‌े साह्रो बाँच्नै गाह्रो आजभोली तिम्रो सहरमा
सहनु पर्छ दु:ख बस्नुपर्छ नबोली तिम्रो सहरमा

त्यी जाला र टाला राष्ट्रिय पोसाक नै हुन जस्तो
पाखे हुन्छ दौरासुरुवाल गुन्योचोली तिम्रो सहरमा

तिमीहरू धन भएका मन नभएका महागरिब हौ
भरिन्न बिहान भरि भिक्षा झोली तिम्रो सहरमा

 

Continue reading


भाइ लाई दिदि को पत्र

Tirsana, sapkota, तृष्णा सापकोटा, pallawa, पल्लव

तृष्णा सापकोटा

प्यारो भाइ असीम सम्झना!
अनि शुभ आशिर्बाद,
सन्चै छौ अनि आराम छौ होला भन्ने शुभेक्षा छ। आजका दिनसम्म त शायद भगवानको कृपाले तिमीलाई कुशल नै होला। खै कहाँबाट शुरु गरौ मनभरी अनेकौ तुनाहरू छन। कहाँबाट खोलौं मनका गाँठाहरु । हिजो जस्तै लाग्थ्यो तिमी अनि म संगसँगै यौटै आँगनीमा लुकामारी खेलेको,गोटीचाली खेल्दाखेल्दै झमक्क रात पर्दासम्म घर फर्कने पत्तै नपाएको ।

 

Continue reading


गीता सापकोटाका केही मुक्तकहरूः

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

म तिमीलाई संझेर बसीरहे
दुस्मन सारालाई डसिरहे ।
तेम्ले त अर्कैलाई टिपेर गयौ
झुटो तिम्रो कसममा फसिरहे ।।

परिस्थितिले बाध्य बनाछ मलाई यस्तो सोच्न।
नखाएको बिस लाछ कति ब्यथा नसकेर पोख्न।
यसकारण सकिन म बिश्वासमा पर्न हजुरको
खाटा बस्दै थियो घाउ लाग्यौ कि भनि घोच्न।

 

Continue reading


गजल

Sabitri, Silwal , Sapkota, सावित्री सिलवाल (सापकोटा), pallawa,पल्लव

सावित्री सिलवाल (सापकोटा)

फूलै फूल वसन्तको संसार तिमीलाई ।
नौलाख जूनताराको उपहार तिमीलाई ।।

म गरीब भिखारी के नै पो दिन सक्छु र ?
झरझर गर्ने झरनाको झंकार तिमीलाई।।

प्रकृतीका छटा अनि नदीका तरल तरंग ।
ईन्द्रेणीका सातै रंगको निखार तिमीलाई ।।

 

Continue reading


भुवन सापकोटा ‘अञ्जान’का केही मुक्तक

Buwan, Sapkota, Anhag, भुवन सापकोटा ‘अञ्जान’, pallawa, पल्लव

भुवन सापकोटा ‘अञ्जान’

मेची देखि महाकाली सबै नेपाली
तराई पहाड हिमालि सबै नेपाली
सुन्दर फूलबारी मेरो प्यारो नेपाल
बन्नुपर्छ यसका माली सबै नेपाली

हात मागेर खुट्टा तानिन्छ शहरमा
अँगालो मारेरै छुरा हानिन्छ शहरमा
मर्न त पलपल हाँसिहाँसि मर्नु पर्छ
मरेरै भएपनि बाँच्न जानिन्छ शहरमा

 

Continue reading


म भुत्ते खन्जरी हुँ

Sabitri, Silwal, Sapkota, सावित्री सिलवाल "सावी", pallawa, पल्लव

सावित्री सिलवाल “सावी”

तिमी धारिलो खन्जर हौ प्रिय म भुत्ते खन्जरी हुँ
तिमी नामी शिकारी हौ प्रिय म निरिह बन्चरी हुँ ।

तिमी भारी बर्षात हौ प्रिय म सिमसिमे निर्झरी हुँ
तिमी दिगो प्रकाश हौ प्रिय म क्षणिक फूलझडी हुँ
तिमी जाही जुही हौ प्रिय म निगन्ध फूलमंजरी हुँ
तिमी समथर तराई हौ प्रिय म तारेभीर कन्दरी हुँ ।

 

Continue reading


गीता सापकोटाका केही मुक्तक

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

के छ र दिउँ हजुरलाई मायाको कोसेली।
जति भरेनि माया हजुर हुदो रैछ खाली ।
के देखेर मन परे खै हजुरलाई म कुन्नि
बरुहाँडी श्वैतहोला म त्योभन्दा नि कालि ।

फूल फुल्यो भमरालाई जोवन फुल्यो कल्लाई।
नभन्दिदै हुन्छ हामी 2को सम्बन्धमा भलाई।
लुकाउन गाह्रो हुन्छ फेरी लाग्छ बैरी आँखा
त्यही आँखाको ईसारामा फाल्छन् कोरी सलाई।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

अधरका कुरा ओठमा ल्यार्इ बोलिदेउ भन्यौ।
जति छन् ब्यथा मनमा ती सबै खोलिदेउ भन्यौ।

दुख पछि सुखका दिन त आउछन् पक्कै साथी
यो धर्तीलाई रगत पसिना मलिदेउ भन्यौ ।

जो होचो छ उसैको मुखमा पर्छ ठुलो बज्रपात
हुदैन क्रान्तिले शान्ति बर्तामा गलिदेउ भन्यौ।

 

Continue reading