गजल

Ramesh, Sanyog, Shrestha, रमेश संयोग श्रेष्ठ, pallawa, पल्लव

रमेश संयोग श्रेष्ठ

बिरामी भई राखिएको थियो अस्पतालमा ।
सपना धेरै थियो रे उस्को मरेछ अकालमा ।।

प्राय सबै डाक्टर नर्स भन्दै दाबी गर्नेहरूले ।
पेटको अप्रेसन गर्दा मुटुमा गर्छन् नेपालमा ।।

मबाट तिमी कसरी छुटेर गयौ थाहै भएन ।
सके सम्म तिम्लाई मैले पारेकोथे जालमा ।।

 

Continue reading


गजल

Ramesh, Sanyog, Shrestha, रमेश संयोग श्रेष्ठ, pallawa, पल्लव

रमेश संयोग श्रेष्ठ

सिधा कुरा बङ्ग्याउने समाजमा छन् मान्छेहरू ।
सत्यकुरालाई लुकाउने समाजमा छन् मान्छेहरू ।।

धनाड्यकै राज चल्छ हरेक काम काजमा भन्दै ।
पैसाकै पावर देखाउने समाजमा छन् मान्छेहरू ।।

गल्ती गरिरहनु पर्दैन कहिले गरिव अशक्तहरूले ।
बिनागल्ति दोष लाउने समाजमा छन् मान्छेहरू ।।

 

Continue reading


रमेश संयोग श्रेष्ठ का जोर गजल

Ramesh, Sanyog, Shrestha, रमेश संयोग श्रेष्ठ, pallawa, पल्लव

रमेश संयोग श्रेष्ठ

गजल– १,
आज फेरि दर्जन यात्री मरेका छन् त्रिशुलीमा
एउटा घरका सबै परिवार परेका छन् त्रिशुलीमा

सोच नेपाल सरकार बारम्बार दुर्घटना हुन्छकिन
दिनहुँ भल्का रगत तरंगी झरेका छन् त्रिशुलीमा

अब छोराछोरीका आँखा फुलेनन् खुशीले कहिले
ससाना नाबालककोआमा हरेका छन् त्रिशुलीमा

 

Continue reading


गजल

Ramesh, Sanyog, Shrestha, रमेश संयोग श्रेष्ठ, pallawa, पल्लव

रमेश संयोग श्रेष्ठ

हेर्नुछ यो दुनियाँमा को को जाली रहेछन् ।
धनकै कारण इज्जत किन फाली रहेछन् ।।

श्रीमानले खाडी मुलुकमा बर्षौ बर्षदेखि ।
आफ्नो प्रयसिको प्यार सँ’गाली रहेछन् ।।

सीप छैन जागिर छैन बेरोजगारी युवाहरु ।
चोक-चोकको भट्टि तिर ब’राली रहेछन् ।।

 

Continue reading