सहयात्री सन्तोष तिखातरीका जोर गजल

Sahayatri, Sahayatree, Santosh, Tikhatari, सहयात्री सन्तोष तिखातरी, pallawa, पल्लव

सहयात्री सन्तोष तिखातरी

गजल– १,
अरे बोकेर पिरको भारी काधमा बोकेर !!
पुर्याउनु छ डाडा पारी काधमा बोकेर !!

अचेल आधुनिक जमाना भनेर त होला !!
हिड्छन प्रीया रातो सारी काधमा बोकेर !!

बा आमा र प्यारी लाइ खुशी राख्न मात्र !!
हिडेको छु जिम्मेवारी काधमा बोकेर !!

 

Continue reading


सन्तोष सरोबरको जोर गजल

Santosh, Sarowar, Sarobar, सन्तोष सरोबरको जोर गजल, pallawa, पल्लव

सन्तोष सरोबर

गजल– १,
कोहि मेरो मनमा आयो थोरै समय !!
र त मेरो माया पायो थोरै समय !!

आफन्त सबै मेरा दुश्मन भएपछी !!
मनले मनलाई सम्झायो थोरै समय !!

उसलाई मेरो जिबन मा आउनु रहेछ !!
फेरि आज काग करायो थोरै समय !!

 

Continue reading


गजल

Bro, Santosh, सन्तोष भाइ, pallawa, पल्लव

सन्तोष भाइ

ज़िन्दगीकाे किताब पढ्न सकिन
सफल्तामा अगाडी बढ्न सकिन !

तगाराे नै बनेर आयाे समस्या
काठ जस्तै सल्केर डढ्न सकिन!

जिन्दगिकाे बाटाेमा एक्लै भएनि
साथ खोज्दै बाटाेमा अड्न सकिन!

 

Continue reading


‘माता’

Santosh, Adhikari, सन्तोष अधिकारी, pallawa, पल्लव

सन्तोष अधिकारी

दियालो आज धर्ती को बिम्बै बनेछ सुन्धरा
उज्यालो छर्छ ज्वाला भै पुग्दै अचेतमा पुरा
के नहोला र धर्ती मा ज्ञान ज्योति छ यसमा
खोजेमा भेट्न सक्छौ है भए लीन कि भक्तिमा ।

झझल्को बन्छ कस्तो यो बस्दछौ सुन्यता चिरी
फल्दछ धेर लाएमा फुल्छन् हार्दिक आंकुरी
आखामा बन्द ढोका छन् खर्चेको क्षण साथमा
माया खिल्दछ साथैमा आमाको स्वप्न सारमा ।

 

Continue reading


गजल

Santosh, Adhikari, सन्तोष अधिकारी, pallawa, पल्लव

सन्तोष अधिकारी

तिमी जून भन्दा अझै पाक लाग्छ
नछोऊ त तल् तल् छुदा दाग लाग्छ

समाएर हात् त्यो चुमौ भन्छ मन् ले
हुदा साथमा झन् त्यसै लाज लाग्छ

कहाँ दूर छौ खै पराई कहाँ छौ
मुटु भित्र बस्ने कुनै स्वास लाग्छ

 

Continue reading


तोटक महिमा

Santosh, Adhikari, सन्तोष अधिकारी, pallawa, पल्लव

सन्तोष अधिकारी

कवि बोल्छ जसै कविता हुन गो
कवि खोल्छ हिया कविता हुन गो ।।

कवि दृश्य परे कविता हुन गो
इटमा गुलमा कविता कवि भो ।
म त रम्छु बरू नव स्वास न भै
म त रम्छु सधै प्रिय गास न भै ।।

म त तोटकमा जुग रच्न सकू
जप तोटकको गरि मर्न सकू ।
बनमा घरमा सबका सबमा
मनमन्दिरमा रबका रबमा ।।

 

Continue reading


नदी दहन ।

Santosh, Adhikari, सन्तोष अधिकारी, pallawa, पल्लव

सन्तोष अधिकारी

बर्षौँसम्म कतै असह्य नभई बाड्दैछु रित्तो बनी
मेरै सामु बसी उनेर कविता चल्छन् यहाँ जीवनी
आफै रिक्त भई अनेक सपना बाँड्दा मजा हुन्न र ?
मेरै आँचलमा कुदृष्टि रहँदा आँखा कहाँ रुन्न र ।

मेरै प्राण लगी उदास घर त्यो ओत्ने बनायौ कति
मेरै आशु सधै बहन्छ खुनमा सोच्दैनौ मान्छे रति
बेच्ने बेच्दछ फाइदा मनपरी कौडी छ मुल्यांकन
मिल्केका मणिझैं भयौं कि टुहुरो बेचेर आफ्नो पन ।

 

Continue reading


बहरबद्ध गजल

Santosh, Adhikar, Nuwakot,  सन्तोष अधिकारी, pallawa, पल्लव

सन्तोष अधिकारी

तिमी जून भन्दा अझै पाक लाग्छ
नछोऊ त तल् तल् छुदा दाग लाग्छ

समाएर हात् त्यो चुमौ भन्छ मन् ले
हुदा साथमा झन् त्यसै लाज लाग्छ

कहाँ दूर छौ खै पराई कहाँ छौ
मुटु भित्र बस्ने कुनै स्वास लाग्छ

 

Continue reading


‘साहित्यमा सकृय भावना ’

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

समीक्षित ब्यक्तित्वः भवानी न्यौपाने ‘भावना

santosh, shrestha, सन्तोष श्रेष्ठ, pallawa, पल्लव

सन्तोष श्रेष्ठ

नेपाली साहित्यको क्षेत्रमा पछिल्लो समयमा अत्यन्तै सक्रिय स्रष्टा भवानी न्यौपाने भावना हुन् । पिता पवित्र राज न्यौपाने र माता विमला न्यौपानेकी सुपुत्री भावनाका सयौं फुटकर रचनाहरुका साथै साहित्यिक कृतिहरू पनि प्रकाशित छन् । भावनाका बिम्बहरू कविता सङ्ग्रह, भावनाका उद्भास छ्न्द कविता सङ्ग्रह उनका प्रकाशित कृति हुन् भने शास्त्रीय बहर गजल सङ्ग्रहका साथै कथा सङ्ग्रह र नियात्रा सङ्ग्रह पनि प्रकाशोन्मुख अवस्थामा रहेका छन् । बी.एड.सम्मको औपचारिक अध्ययन गरेकी साहित्यकार भावना पेशाका हिसाबले स्थायी शिक्षकको रूपमा दाङको तुलसीपुरमा कार्यरत छिन् । साहित्यमा सक्रियता भएकै कारण नेपालका थुप्रै जिल्लामा साहित्यिक भ्रमण गर्नुका साथै छिमेकी राष्ट्र भारतका विभिन्न ठाँउमा साहित्यिक भ्रमणमा संलग्न हुनुका साथसाथै सम्मानित र पुरस्कृत पनि भएकी छिन्।

 

Continue reading


मृत्यु कमाउने कवि

Santosh, Bista,सन्तोष विष्ट, pallawa , पल्लव

सन्तोष विष्ट

त्यसाे त भन्ने गरिन्छ
“कवितामा पैसा छैन,
न त पैसामै कविता छ !”

तर उसले कविता लेखेरै
मृत्युु कमाइदियाे !

इजलासमा उसका कविता
नजिर, अपराध र वकिल
पनि कविता नै भए !

 

Continue reading


गजल

Santosh, Subedi, सन्तोष सुवेदी , pallawa, पल्लव

सन्तोष सुवेदी

कसैको छ आँधी सरी जिन्दगानी
कसैको छ वर्षे झरी जिन्दगानी ।

मधूमास जस्तो कसैको हुँदैन
सुवासिलो अत्तर छरी जिन्दगानी ।

स्वयं लुट्छ अस्तित्व आफ्नो यहाँ जो
उही भन्छ नानाथरी जिन्दगानी ।

 

Continue reading


प्रेस स्वतन्त्रता

Santosh, Pokhrel, सन्तोष पोखरेल, pallawa, पल्लव

सन्तोष पोखरेल

आज विश्व प्रेस स्वतन्त्रता दिवस । उसमा एउटा तरङ्ग आयो , कुन्नि कताबाट हो आज उसमा छुट्टै जोश आयो । यही जोशमा उ पनि माइक्रोबस चढेर भृकुटीमण्डप पुग्यो । भृकुटीमण्डपको चौरमा अघि नै सयौं पत्रकार, केही नेता र केही कार्यकर्ताहरुको भिड लागिसकेको रहेछ । उसलाई आफु पछि परे कि झैँ भान भयो । तर, र्‍याली शुरु भइसकेको रहेनछ । उसले मन बुझायो । यस्तोमा एउटा पत्रकारको नेताले उसलाई एउटा ब्यानर ल्याएर हातमा दियो । उ थप पुलकित भयो र र्‍यालीको अग्र—भागमा रहेर हिडयो । रयालीमा विभिन्न नारा लागे, प्रेस स्वतन्ताको चर्को भाषण भयो । पत्रकार हक–हितका कुरा भए । बिहानको ९ बजे र्याली समापन भयो ।

 

Continue reading


उनि अझै सपनामै

Santosh, काफ्ले, Kafle

सन्तोष काफ्ले स्पन्दन

निदाउनु अघिनै, त्यो निदाएको थियो
एउटा कालो अन्धकारमा
सपनाको सपनामा निदायो
अनि बिउझ्यो सपना भित्रै
अजब, अचम्मको पर्दाभित्र
हिजो-आज, भोलि पनि ति कर्तुत
भैरहेछन, हुनेछन
भैरहनेछन कि ?

Continue reading


तृष्णा…

सन्तोष पाण्डे

नसालु त्यो नजर बैसालु त्यो जवानी
लुट्नु लुटियो यो देशको अब बाँकी छैन् केही
तृष्णा पुरा भाछैन अझै रङिन बन्ने रहरछ ।
अहा कति मजा सधैं यस्तै भएहुन्छ ।।

Continue reading


आमा तिमि

सन्तोष न्यौपाने

गाउँको धूलोमैलो बस्तिसगैँ
जन्म दियौ आमा तिमी
चराचुरुङ्गी नदीनालासँग मितेरी गाँस्दै
बाल्यकालमा माटोलाई चिनायौ आमा तिमी

फागुनको हुरी नभनी साउनको भेलसँगै
जुध्न सिकाउने तिम्रा ती पौरखी हातहरू
सन्तानले दिएको दु:खसँगै
अटूट सन्तानका लागि रुकेका छैनन् ती पौरखी हातहरू Continue reading