शंकर ढकालका केही मुक्तकहरू

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

सदा लाेकापवाद् काम नगरी सत्य काम गर्नु कहिल्यै हुदैन लव,
यसै बाट व्यक्ति,परिवार समाज र देशकाे बुझ्न सकिन्छ वास्तव,
भाषा,धर्म,जात विरुद्ध भेदभाव अन्त्य गरि भष्टाचार राेके,
दरिद्र दीन दुखी धनाढ्य मनुजहरू पनि एउटै फूल झैँ हुन्छन् अब ।

सिस्नाे ढिँडाे गुन्द्रुक अाँटाे खाई गुजारा गरेर
झण्डाका रवि चन्द्र झैँ चहकिने उद्देश्य राखेर,
अाफ्नै जन्मभूमिमा बाँझाे बारी खनेर बसिरहे
दिगाे काम विकास गरी देश सिगार्न माैरी झैँ जुटेर ।

 

Continue reading


“सम्झना”

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

खेल्ने आँगनमा क्रिकेट चिमुखी गट्टा र डण्डीबियो।
गर्थेँ धेर रमाइलो समुहमा छ्यापेर बर्खे हिलो।।
चोर्दै माम लुकीलुकी घर तिरै खाने गरेका दिन।
प्यारो बन्न सक्यो हुदाँ चकचके गर्ने गरेका दिन।।

गाई वस्तु लिई चराउन सधैँ जाने पखेरो तिर।
चढ्दै रूख असाध्य शीतल हवा खाने उठाई शिर।।
आमा लेख्न र पढ्न सम्म घरमै सक्दो सिकाई दिने।
राखेँ बल्ल म लक्ष्य फूल पथकै आकाश भेटी छुने।।

 

Continue reading


सपना

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

छर्ने ज्योति अमूल्य गाउँघरमा नाैलाख तारा तल।
राती चन्द्र र सुर्यले दिनभरी पार्ने सधैं उज्ज्वल ।।
भन्दै दाउ हलो कुटो र हँसिया अाफै उचाल्ने गरि।
खन्दै खेत पवित्र ती जमिनमा खाद्यान्नले नै भरी।।

पानी मन्दिर चैत्य पर्वतहरू माटो नदी जङ्गल।
लाखाै लाख छ सम्पदा मनुजका निक्कै हुने अव्वल।।
रक्षा गर्न दिगो नमेट्न कहिल्यै नाैलाख तारा सरि।
भत्केको पनि सम्पदा मिलिजुली निर्माण गर्ने गरि।।

 

Continue reading


छोडिजानेलाई´

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

आमा बाबु दिदी सधै भर दिने नि:स्वार्थ माया पनि।
स्वार्थी छौ र पवित्र जन्मजननी छोडेर जान्छौ अनि।।
छौ के काम कता विदेश तिर गै लाचार भो जीवन।
कालो दाग भई पवित्र मनमा छायो अध्यारो पन।।

अर्को देश गई हिमाल जसरी उद्देश्य राख्ने तिमी।
आफै ले पसिना सरी रगत ती फालेर हाँस्ने तिमी।।
तिम्रो नाम सरी शरीर अब ता ज्यूँदो मरे झैँ भयो।
अर्काकै जलपानमा कुकुर झैँ बाँचे मरे भै गयो।।

 

Continue reading


सन्तान प्रति आमा बाबुको सपना

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

आमा बाबु दुबै निकै रहरले सन्तान जन्माउँछन्।
हो साँच्चै नगरी कुकर्म, खुकुरी मा हिड्न सम्झाउँछन्।।
हामी आज हिमाल जित्नु छ भनी सन्तान जन्म्यो घर।
सक्दो प्रेम दिने बुबा र जननी मानेर साह्रै भर।।

राखून् लक्ष्य अमूल्य जीवन भरी ती चन्द्र तारा छुने।
तिम्रो नाम सरी सुकर्म सहजै यो विश्व सारा हुने।।
यो सन्तान सुवासकै नयनले संसार देखोस् भनी।
आमा बाबु पुर्‍याइ दु:ख सुखमै शिक्षा र दीक्षा पनि ।।

 

Continue reading


बहरबद्ध गजल

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

दरिद्र दु:खी मनुष्यलाई धनाढ्य बन्ने रहर त होला।।
पहाड बोकेर छाक टार्दै हिमाल देख्ने नजर त होला।।

कुकर्म मेट्दै सुकर्म गर्दै उठी ,उठाई समाज देश।
सुवास जस्तै सुगन्ध छर्दै समाज राख्ने अमर त होला।।

चली रहेको असाध्य प्यारा र सत्य ती चालचलन बुझेर।
सधै रमाएर लेँकबेसीँ असाध्य गर्ने सफर त होला।।

 

Continue reading


नेपाल हाम्रो घर

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

फुल्ने फूल सुनाखरी मखमली जाई गुहेँलीहरू।
गाई गीत अजम्बरी वन चरा डाँफे मलेवाहरू।।
हाम्रो सत्य समाज लोक लयमा मीठो बनी गुञ्जने।
झन् माटो मलिलो भयो जमिनको खाधान्न नै उब्जने।

डाँडा चाैर सधै असाध्य हरियो देखिन्छ प्यारो वन।
नेपाली हुन सक्नुमा मनुजका निक्कै सफा जीवन।।
भाषा सस्कृति धर्म लोक नृत्य छन् लाखौँ कला झल्कने।
ठूल्ठूला छ हिमाल पर्वतहरू निक्कै यहाँ चम्कने।।

 

Continue reading


फर्की आऊ

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

जान्छौं बाहिर काम गर्न किन हो बाँझो छ नेपालमै।
गर्नैपर्छ छ उब्जनी जमिनमा नेपाल संसारकै।।
चाले हात हुँदैन के इलममा आधार बाँच्ने हरू।
हुन्छन् त्रास र कष्ट बाहिर निकै फर्केर आऊ बरू।।

गर्दैमा धन लोभ जीवन सदा लाचार साँच्चै हुने।
के भो लक्ष्य भविष्य बाहिर गए हो चन्द्रमा ती छुने।।
साहूको करले विदेश रहँदा बाँच्ने कि मर्ने डर।
छन् कालो अझ गाउँठाउँ सबमा फर्की उज्यालो छर।।

 

Continue reading


भरिया

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

हुर्क्यो ऊ भरिया भई जगतमा माटाे सितै खेल्दथ्याे।
के शिक्षार्जन पढ्न लेख्न नसकी बाेल्ने कला जान्दथ्याे।।
नाङ्गाे अाड लिई गरी इलम ऊ साह्रै थला पर्दथ्याे।
खाना खान बिहान साँझ पखमा भारी सधै बाेक्दथ्याे ।।

नाना बेस कुनै हुदैन उसकाे फाेहाेर नै लाउँछ।
बाटाे नै घर हाे हिमाल छ भनी ऊ गीत त्याे गाउँछ।।
पैसा काम गरी सकेर कहिल्यै साहू दिदै दिन्न रे।
अर्काे बार भनी लिने बचनमा साहू त भेटिन्न रे।।

 

Continue reading


बहरबद्ध गजल

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

म सम्झि अाप्नो सदैव माया थिएँ गरेको तिमी करायाैँ।
सदैव तिम्रो म दु:ख पीडा सधैं सहेको तिमी करायाैँ।।

मुहार तिम्रो सधै उज्यालो म देख्न चाहेँ सुखी दिलाएँ।
पहाड बोक्ने हिमाल जित्ने भनी उठेको तिमी करायाैँ।।

म साथ हाम्रो नमेट्न ज्यादै कसम र बाचा सबै गरेथे।
म बुझ्छु भन्दै तिमी भनेथ्याैँ,सबै भुलेको तिमी करायाै।।

 

Continue reading


किसान

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

जहान प्यारो छ उच्च कोटी,विवस्त्र सानै छ खेतबारी
सुकार्य गर्दै जुटेर खाने र मेट्छ ऊ अन्नको भकारी।
हलो जुवा गोरु मान्छ आफ्नो,जहान बोकेर पाल्छ भारी
सदैव लाखौं छ दु:ख पीडा,सहेर ऊ देख्छ फूलबारी।।

खनेर बाँझो सुबीज छर्दै हराभरा पार्छ लेकबेसीँ
सफा छ बानी दिनेछ सेवा,हुनेछ साह्रै युगान्तकारी।
कुनै नयाँ आउदा छिमेकी,प्रभुत्व पाएँ भनी रमाई
दिनेछ उस्ले अपार माया सुखी छ आँटोपिठो खुवाई।।

 

Continue reading


शंकर ढकालका केही मुक्तक

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

चन्द्र जस्तो तिम्रो मुहार हेरिरहूँ झै लाग्ने।
निकै गर्छौ होला शृङ्गार सम्हालिरहूँ झै लाग्ने।
जस्तो रूप बाहिर हुन्छ भित्रि रुप त्यस्तै भए।
सपूत हौँ तिमी देश सुधार भनिरहूँ झै लाग्ने।।

भाग्यबाट समय होईन समयबाट भाग्य चल्छ।
भोली कहिले भेटाउदैन मानिस पशु अाजै मर्छ।।
जीवन हो दुईदिन हाँसि खेली बितोस् रुन किन पर्यो।
हरेक मोडमा सत्य काम गर्दा पनि सजाय आउन सक्छ ??

 

Continue reading


माटो

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

माटोमा सुन कै मनुष्य घर हो उभ्याउदै छन् यहाँ।
तारा जून छरी प्रकाश छिनमा कालो हटाई जहाँ।।
पैताला जनले र जीव सकलै माटो भरी चाल्दछन्।
हाँस्दै जन्म भई हिमालय चढी माटो तिरै मर्दछन्।।

माटोनै भगवान हुन् सकलका खेती छ भण्डार हुन्।
माटोमै जननी बुबा महलका खानी छ संसार हुन्।।
माटोको त यहाँ सखा गगन हो छाता छ आकाशकै।
माटो मै छ मनुष्य बाँच्न सकिने हावा छ यो रूखकै।।

 

Continue reading


पाल्पा छ प्यारो

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

वसन्त आए कुहूकुहूका र गीतमै गुन्जिने छ ठाउँ।
बढेँ म हुर्केँ पढेँ यही नै म गर्छु माया असाध्य गाउँ।।
सदैव सिस्नो र साग खाँदा हरेक हुन्छन् दिनै उज्यालो।।
बसेँ म हुर्केँ लिएर माया सदैव पाल्पा छ ठाउँ प्यारो।।

गुराँस निक्कै टिपेर खाँदै मयूर नाच्छन् म हेर्छु सारा।
र साँझ हेर्दा त गाउँबाटै असाध्य राम्रो झुलिन्छ तारा।।
पवित्र साथी पवित्र आमा बुबा मलाई छ भुल्ल गाह्रो।
बसेँ म हुर्केँ लिएर माया सदैव पाल्पा छ ठाउँ प्यारो।।

 

Continue reading


शंकर ढकालका केही मुक्तकहरूः

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

समाजमा हामीले नै प्रगति गर्नुछ,
देश विकास कार्यमा उन्नति गर्नुछ,
कुकर्मलाई फालि सुकर्म गराउन,
सधै हर्ष छाएको नै आरति गर्नुछ।

खुकुरीको धारमा पाइला चाल्न सिक्नु पर्छ ।,
कुसस्कार र कुप्रथालाई ढाल्न सिक्नु पर्छ ।।
आवेगमा आई कही कतै गलत काम नगरेर,
जीवन हो दु:ख सुख सम्हाल्न सक्नु पर्छ ।।

 

Continue reading


‘म को हूँ ?’

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

हिमाल हूँ म विश्वको,सदैव हुन्छु सुन्दर।
सपूत हूँ म रास्ट्रको,सहीद बन्छु अम्मर।।
म स्वर्गको नि बास हूँ,सदैव दिन्छु आश्रम।
किसान हूँ म देशकै,सदैव गर्छु मै श्रम।।

म काल हूँ म सास हू,सदैव चल्छु देशमा।
म सत्यको नि सत्य हूँ,जितेर छाड्छु त्रासमा।
म शत्रु हूँ म देशकै,सदैव मार्छु पापयो।
मनुष्य हूँ म देशकै,विकास गर्छु देशको।।

 

Continue reading


गजल

– शंकर गौतम

म अन्यायको विरुद्ध क्रान्तिको विगुल हुँ
सबलाई सामान सुवास छर्ने फूल हुँ ।

शोषक र शोषितको सीमारेखा तोड्दै
समानता र न्याय ल्याउने एउटा पुल हुँ ।

Continue reading


सौराहाकी पवनकली

–  शंकर गौतम

सौराहा नेपालको तेस्रो मुख्य पर्यटकीय केन्द्र हो । जहाँ यतिबेला आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो नै लागेको छ । चितवन राष्ट्रिय निकुञ्ज र त्यस क्षेत्रमा पाइने दुर्लभ र बन्यजन्तुहरूका कारण सौराह क्षेत्र प्रख्यात छ । हात्तीमा चढेर त्यहाँको जंगलमा घुमी वन्यजस्तुहरूको दृश्यावलोकन गर्नु त्यहाँको प्रमुख विशेषता हो र प्रायः सबैको चाहना पनि । त्यही नयाँ ठाउँको नयाँ अनुभूति गर्नका लागि कार्तिक २६ गते बुटवल ग्लोरी बोर्डिङ्ग स्कुलका कक्षा १० का विद्यार्थीहरू सहित हामी शिक्षक शिक्षिकाहरू पनि सौराहाको अवलोकन भ्रमण गरेका थियौं ।

Continue reading



एब्स्ट्रयाक्ट चिन्तनः प्याज

– शंकर लामिछाने

हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाइँको लेख, त्यो लेख, ‘शङ्कर लाभिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।”

“कस्तो लाग्यो ?”

” मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।”

“एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाइँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।”

” होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।”

म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठूलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देलजीलाई बिदा दिएँ, र कुरालाई पन्छाएँ पनि ।

‘व्यथित’जीको हातमा ‘हिमानी’ को कभर डिजाइन थियो । देख्नासाथ बुझिन्थ्यो बाङ्देलको बुरुस हो । त्यसरी नै जसरी ‘हिमानी’ नाम सुन्नासाथ ‘व्यथित’ को कलमको सम्झना आउँछ । भन्नुहुन्थ्यो- ”तपाइँजस्तो कलम चल्ने मान्छे, एउटा कथा एक-दुई दिनमा लेखेर दिनुस् न ! म विदेश जाँदै छु यसलाई छपाउन विजयादशमीको साइतमा झिक्ने ।”

Continue reading