‘रहस्य’

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

हैन के सार्हो ल्याङ्ल्याङ गरेको हो यार,यो घरबेटी सुड्डी।पानी धेरै पोख्यौ,हल्ला कम गर, कति मान्छे आएका हुन भनेर सधै प्यारप्यार प्यारप्यार।भाडामा बस्नेले मुख पनि सिउनु पर्ने ? हैन मान्छे भए ठाम मान्छे आउदैनन् र भन्या।भुँई मै टेक्दैनन् बा!! घर हुनेहरू।फतफताउदै रमन भित्र छिर्यो। अब राम्रो कोठा खोजेर सर्नु पर्छ ।म पनि वाक्क भैसकेको थिएं। दिनहु उफ्रिने घरबेटीको चाला देखेर।हामीलाइ त मान्छे नै गन्दैनन् बा यी घर हुनेहरु।घर त हाम्रो पनि छ नि तर गाउमै भएर पो वहाँ बिरालोका पाठाहरूले छुट्टा छुट्टै कोठा कब्जा गरेका छन हाम्लाई माईखानी नै सोच्छन क्या हो !

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

त्यो जून मध्यराती झन खास लाग्न सक्छ
दाँजे सुरज अगाडि बकवास लाग्न सक्छ ।

सक्खर अधिक पिलाए तीतो हुनेछ पक्कै,
जोडी नयाँ नयाँ छन् मधुमास लाग्न सक्छ ।

हरपल उसैको लागी त्यो दिल जलाउँदैछौ
थोरै सुरा लगाऊ बिन्दास लाग्न सक्छ ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

नियाल्यो भने चन्द्रमा दाग हुन्छ ।
सबैको यहाँ दोष गुण भाग हुन्छ ।१।

महलमा बसाले नि रानी बनाई।
नराखे हृदय भित्र वैराग हुन्छ ।२।

फरक राख्न हुलमा सके बढ्छ चर्चा।
अभाव हुन्छ जे त्यै बढी माग हुन्छ ।३।

 

Continue reading


गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

मोहनी लाली अधर जोखिम धेरै हुन्छ ।
चुडिन्छन् पैल्यै सुन्दर जोखिम धेरै हुन्छ।

नफूल बिन्ति वासना छरेर मग मग
लाग्दछन् प्यासी नजर जोखिम धेरै हुन्छ।

देखिए पनि रंगीन प्रितीको फुलवारी,
नगर प्रिय सफर जोखिम धेरै हुन्छ।

 

Continue reading


‘तिमी नि फर्क देश मै’

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

टिपी गुराँस लेकको दलेर रंग ओठमा
छ सम्झना रमाइलो थियो उही धुलोटमा।
डुली कुना र कन्दरा रमाउँथें म देशमा,
छ शानदार खोर भित्र ज्यान यो विदेशमा।

मधेशका पहाड़का सबै मिले त साथमा
निदाउथें म ढुक्क भै मिठो हरेक रातमा।
कुँडिन्छु देश यो हुँदा सधै गरीब हालमा
फसाइयो सधै निजी अनेक स्वार्थ जालमा।

 

Continue reading


‘तिमी नि फर्क देश मै’

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

टिपी गुराँस लेकको दलेर रंग ओठमा
छ सम्झना रमाइलो थियो उही धुलोटमा ।
डुली कुना र कन्दरा रमाउँथें म देशमा,
छ शानदार खोर भित्र ज्यान यो विदेशमा ।

मधेशका पहाड़का सबै मिले त साथमा
निदाउथें म ढुक्क भै मिठो हरेक रातमा ।
कुँडिन्छु देश यो हुँदा सधै गरीब हालमा
फसाइयो सधै निजी अनेक स्वार्थ जालमा ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

बनाएर प्यासी लजाई नदेऊ।
वदनमा डढेलो लगाई नदेऊ।

अधरमा अधरले चढाऊ न अर्घ्य,
बगरको शिला झैं बनाई नदेऊ।

हतार हुन्छ डुब्ने अमृतको कुवामा,
नजरका इशारा चलाई नदेऊ ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

मलाई कसैले नियाली रहेछ।
बुझें दोष मेरै जवानी रहेछ।

घुरी हेर्छ बिघ्नै कुवा भेटिए झैं,
यसो लाग्छ बर्षौं उ प्यासी रहेछ।

हरायो उ मेरो बदनको नशामा,
नजरले यही नै बताई रहेछ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

जलाई घर कपूत बिचमा खरानीमा जुधाई छ ।
मुलुक राम्रो अझै बन्दैन बाँदरको रजाई छ ।

पीतांबरमा छुरा राख्ने कला यी शान्तिका दूतको,
मुखौटामा छ साक्षात बुद्ध आँखामा सलाई छ ।

फुटे पश्चात टाउको आफ्नो भए बैलै सरी मितका,
सबै को ध्यान केबल एउटै आफ्नै भलाई छ ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

कला भाषा बचाउने निशानी छन् अचेल कहाँ ?
पुराना डालि,ठेकि,कोल,मदानी छन् अचेल कहाँ ?

गुलामीमा विदेशको हुनैदिन्नन कमी कुनै,
नझुक्ने वीर देशका कहानी छन् अचेल कहाँ ?

इशारामा घुमी दिने भएकाछन् छिमेकको
यता आफ्नै जमीनको जमानी छन् अचेल कहाँ ?

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

शिला खोजि देउता भेटियो मजा भैदियो
भयौ अंधकार रातमा दियो मजा भैदियो ।

थियो मन निठुर,पत्थर नपग्लिने रै छ झैं,
तिमी के गरीदियौ?पग्लियो मजा भैदियो ।

सधै हुन्नहुन्न भन्थिन छुपाइ ईच्छाहरू,
फकाएर आज अंगालियो मजा भैदियो ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

सुनौं लाग्ने सधैमीठा हजुरबाका कुराकानी
कथा जस्तै हुदा रैछन् जमानाका कुराकानी ।

खुदै घरमा बुहारीको खुशी हेरी नसक्नेले,
ठुलो स्वरमै गरी हिंड्छन समानताका कुराकानी ।

खुबै हेरें नियालेरै भँगेराको मया प्रेम,
भयो बुझ्नु निकै गार्हो इशाराका कुराकानी ।

 

Continue reading


‘अठोट’

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

बनाऊँछु आफै म बेग्लै कहानी।
दिलाई जगत् मा सुनौलो बिहानी।।
बगाई पसीना चलाएर माटो।
फलाऊँछु मोती अरब् जानु साटो।।

दिई छाति पोष्ने यि आमा र धर्ती।
म अर्पिन्छु ज्यानै दुबै देवि प्रति।।
सके तिर्छु भारा जिउंदो पुत्र भै।
नत्र हुन्छु धर्ती तिम्रो भार ज्यूँदै।।

 

Continue reading


विकल्पका केही मुक्तकहरू

Sanjaya, Bikalpa, Bhattarai, सञ्जय विकल्प भट्टरार्इ’, pallawa, पल्लव

सञ्जय विकल्प भट्टरार्इ’

कस्तो होला प्रेममा पागल हुँदा खेरि
तिम्रै यादमा यता म घायल हुँदा खेरि ।
अचेल त गाउँमा यस्तै भनिरहन्छ्न,
उनि राम्री आँखामा गाजल हुँदा खेरि ।।

थोरै खुसी धेरै पीर यस्तै छ जिन्दगी
कतै सम्म कतै भिर यस्तै छ जिन्दगी ।
जाने ले त मन मुटु लिएर गएपछी,
यता भने खोक्रो शरीर यस्तै छ जिन्दगी ।।

 

Continue reading


गजल

Sanjaya, Bikalpa, Bhattarai, सञ्जय विकल्प भट्टरार्इ’, pallawa, पल्लव

सञ्जय विकल्प भट्टरार्इ’

त्यो बोलीमा धार महसुस भएको छ
र त मुटुमा भार महसुस भएको छ ॥

फुलको जवाफ पत्थर भएर हुनुपर्छ,
कलेजी मै प्रहार महसुस भएको छ ॥

मायाले त हँसाउनु पर्छ भनिरहन्थ्यौ,
यता भने अत्याचार महसुस भएको छ ॥

 

Continue reading


सञ्जयका केही मुक्तकहरूः

Sanjaya, Bikalpa, Bhattarai, सञ्जय विकल्प भट्टरार्इ’, pallawa, पल्लव

सञ्जय विकल्प भट्टरार्इ’

मलाई प्यार् भएको छ राजधानी देखेर,
र त मन उतै गएको छ राजधानी देखेर ।।
अरे तिमि गाउँ छोड्दै छोड्दिन भन्छौ,
मेरो त मन बसेको छ राजधानी देखेर ।।

सरकार ढलाउछु भन्छ आबेशमा आएर,
सडक तताउछु भन्छ आबेशमा आएर ।।
जातका नाउँ मा राज्य नदिए ए सरकार ,
मुलुक टुक्राउछु भन्छ आबेशमा आएर ।।

 

Continue reading


भाउजू विधवा भइन् (?)

sanjaya, bista , सञ्जय बिष्ट , pallawa, पल्लव

सञ्जय बिष्ट

आजसम्ममा भिन्ना-भिन्नै दुईवटा कारणले, भिन्ना-भिन्नै दुईवटा शैलीमा, दुईपल्ट देखेँ मैले भाउजू रोएकी। नयॉं सुन्ने, नयॉं बुझ्ने र नयॉं हेर्ने इच्छाको तर म सानै थिएँ त्यो समय। ठुलो सॉंझ परिसकेको थियो, आमाहरूले थाहा पाएर कुरा गरेको सुन्दा। भात पस्की आमाले। चुह्लाको छेउमा आमाकै छेउमा बसेर खाई सकेर हेर्ने इच्छाको म ओछ्यानमा पसेँ। रातभरि निद्राले खोसेपछि त्यो इच्छा भोलिपल्ट बिहानै ब्युझेको मलाई फकाई दिएकी थिई। हिजो ठुलो सॉंझको इच्छाकै भएर मैले आमालाई सोधेको थिएँ, ‘‘जाऊँ आमा?’’ ‘‘पर्दैन इत्रु भएर,’’ एघारको म इत्रु नै थिएछु। आमालाई टेरेर म गइहालिनँ तर नटेरेर गएर पुगेँ केही बेरपछि नै। सुनेर उभिएँ म दैलोमै। ठुलो आवाजले होइन तर सुन्ने रुँदै थिई एउटी स्वास्नीमान्छे। घुँड़ामा कुइना टेकाएर अनुहारलाई दुवै हत्केलाले छोपेर घोप्टिएर बसेकी थिई रुने काठको पिरामा। अलिक परतिर खोसेलाको पिरामा बसेकी थिई बड़ी।

 

Continue reading


गजल

Sanjaya, Kumar, Khadka, सञ्जय कुमार खड्का, pallawa

सञ्जय कुमार खड्का

कति ! डाँडा पारी आए तिम्रो मुहार देखुँ भने
मुटु मेरो चास्किदिन्छ ब्यथा अझै लेखुँ भने ।।

परिधिले बाँधी ल्यायो कहाँ देखि कहाँ सम्म
हेर्दा हेर्दै टाढा भयो जन्मभूमि टेकुँ भने ।।

 

Continue reading


गजल

Sanjaya, Kumar, खड्का, Khadka, pallawa
संजयकुमार खड्का

सोधेको मैले झर्केको झर्क्यै गरेको किन हो !
सम्झाउन खोजे तर्केको तर्क्यै गरेको किन हो !

आफन्त भनि सोचेको सधै भागेछौ देखेर
पर्खन भन्दा लर्केको लर्क्यै गरेको किन हो !

Continue reading


गजल

Sanjaya, Kumar, खड्का, Khadka

संजयकुमार खड्का

गुलिया ती साथी पाएँ र त लेख्न थाले गजल
मिलाइ काँध संगै आएँ र त लेख्न थाले गजल |
 
जती खायो खाऊ लाग्ने स्वाद थियो सोम रसको
खाँदै जादा पुरै खाएँ र त लेख्न थाले गजल |

Continue reading