कठै मेरो देश

Sangii, Adhikari, Pokhrel, संगी अधिकारी पोख्रेल , pallawa, पल्लव

संगी अधिकारी पोख्रेल

मुखमा टालो हाली,सास फेर्नू पर्छ कठै मेरो देश …
अभावग्रस्त छन् जिवनहरू,
अन्योलपुर्ण छ वातावरण,
कुर्सी कै लागी ताण्डब मचाउछ्न
नवयुगका रचैता भनाउदाहरू,
अशान्त,कोलाहल र भयावह
बढ्दो छ दिनानुदिन,
येसै बिच अन्धो बनेर,
नयाँ बिहानिको आश गर्न बाध्य छ कठै मेरो देश …
उकुसमुकुस छन् नव युवाहरू,–

 

Continue reading


संगीता अधिकारी पोख्रेलका केही मुक्तकहरूः

Sangii, Adhikari, Pokhrel, संगी अधिकारी पोख्रेल , pallawa, पल्लव

संगी अधिकारी पोख्रेल

बाहिर बाट कडा,भित्र नरम फुल हुन्छन् बाबा।
तिम्रा हर ऐया,तारिदिने …. पुल हुन्छन् बाबा।
लुकाउदै सारा दु:ख कष्ट जिवनभर तिमिलाई,
हौसला र प्रेरणाले,सिंचीदिने मुल हुन्छन् बाबा।

पेट्मा लात हान्दा,खुसीमा डुबुल्की मार्छिन आमा।
मृत्युको मुखमै पुगेर….हार लाई पर सार्छिन आमा।
कोख चिरेर…काखसम्म आउँदाका ति व्यथा सहदै,
पन्छाइ सारा पिडा,अङ्गालोमा मलाई पार्छिन आमा।

 

Continue reading


‘शुभकामना’

रातको सितल जुनको छहारीमा निदाउदै,

Sangii, Adhikari, Pokhrel, संगी अधिकारी पोख्रेल , pallawa, पल्लव

संगी अधिकारी पोख्रेल

उदाउँदो घामको न्योनो काखम
स्पर्श महशुस गर्दै,
सुन्दर बिहानीमा जोडी परेवाको
खासखुसले कानमा जिस्क्याउदै,
ती परेली उघारिदै गर्दा
सँगसँगै ओठ मुस्कुरोवस,
प्रेममय बनुन हरेक पलहरू
परिवारमा सुख शान्ति छावस,
घर मन्दिरमा देवीको स्थापना सँगै
मन मन्दिरमा पवित्र भवानीहरूको स्थापना होस्,

 

Continue reading


संगी अधिकारी पोखरेलका केही मुक्तकहरूः

Sangii, Adhikari, Pokhrel, संगी अधिकारी पोख्रेल , pallawa, पल्लव

संगी अधिकारी पोख्रेल

यी परेलिका आश्रयमा, सधैं सधैं आउनु तिमी
मेरो भोवनाका आश्रयमा, सधैं सधैं धाउनु तिमी ।
बनेर सुन्दर बसन्त ऋतु मेरो जीवन पथमा यो,
मन मझेरिका आश्रयमा, सधैं सधैं छाउनु तिमी ।

मनकै मर्जी हजुर, मरीजोँउ जोसुकैलाई हाई भनिदैन
तड्पोउछ अत्ती जस्ले,मरीजोँउ उसैलोई नाइँ भनिदैन ।
उकुसमुकुस छन् भावनाका पोकाहरू खोल्नै नपाई
धपाउछ जस्ले दुष्ट मन,मरीजाउँ उसैलाई बोई भनिदैन ।

 

Continue reading


कमल

भलै” हिलो मै फुल्छ कमल …
तर्कि तर्की हिड्छ मान्छे तर

Sangii, Adhikari, Pokhrel, संगी अधिकारी पोख्रेल , pallawa, पल्लव

संगी अधिकारी पोख्रेल

आखाहरु त उस्मै लोलाएकै हुन्छन्
छुनै त गाह्रो टिप्नु कसरी
टाढै रहेर पनि कल्पनामा सांध्दै
ति परेलिले उसलाई बोलाएकै हुन्छन् ।।

भलै” हिलो मै खिल्छ कमल …
पबित्र मनले सजाएकै हुन्छ
कतै गितमा गुन्जिन्छ त
कहिँ शब्दहरू मा उनिन्छ
सिंचिन्छ आफै सवरिन्छ पनि
बस् मनका भाकाहरु त आखिर कजाएकै हुन्छ ।।

 

Continue reading