गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

अचम्म अचम्मका हुदारहेछन ठुला मान्छेहरू ।
अँह बुझ्दैनन कति सानाको मन ठुला मान्छेहरू ।

बुढा बाआमालाई समेत वृद्धाआश्रम पठाएर,
किन देखाउछन् खराव लक्षण ठुला मान्छेहरू ।

तिमीले यति भन मात्रै,तारा झारौ या धर्ती उचालौ,
यसरी बाँडी रहेछन, आश्वासन ठुला मान्छेहरू ।

 

Continue reading


गजल

Pram, Sangam, प्रेम संगम, pallawa, पल्लव

प्रेम संगम

अचम्म अचम्मका हुदारहेछन ठुला मान्छेहरु ।
अँह बुझ्दैनन कति सानाकाे मन ठुला मान्छेहरु ।

बुढा बाअामालाई समेत वृद्धाअाश्रम पठाएर,
किन देखाउछन् खराव लक्षण ठुला मान्छेहरु ।

तिमीले यति भन मात्रै,तारा झाराै या धर्ती उचालाै,
यसरी बाँडिरहेछन, अाश्वासन ठुला मान्छेहरु ।

 

Continue reading


हाम्रो देश नेपाल ………

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

आठ हजार आठ सय अठचालीस मिटर अग्लो
बिश्वको सर्ब शिखर सगरमाथा हाम्रो
त्यही हिउंले देखिन्छ नि नेपाल देश राम्रो
पहाड झर्ना नदि हरू छन नि हाम्रो देश मा
ढाका टोपि दौरा सुरवाल पुर्खौली को भेष
मा
नबै रंग बोकि बस्छिन हिमाल मा डाँफे चरी
कुहु कुहु पहाड मा कहिली को त्यो मिठो
बोलि
बिर भद्र भिम सेन अमर सिहँ अनि
अंग्रेज सँग लडेका थे छाती खोली खोली–

 

Continue reading


श्यामका जोर गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

गजल– २
बिस्तार बादी आक्रमण को हार भए पछि!!
एकताको दियो बाल्ने संचार भए पछि!!

कानुन दण्डका दलदलमा सत्ता टेकाउने,
नेता ज्यु को सदचारी संस्कार भए पछि!!

विखण्डित मुलुक यो बिपरित को जनमतमा,
समान्ता को टोकरिमा तलबार भए पछि!!

 

Continue reading


गजल

Samir, Sangam, Mahatara, समिर संगम महतारा , pallawa, पल्लव

समिर संगम महतारा

रगतका भेलहरू बगी जिएको म पनि हुँ
आमाका दशधारा दुध पिएको म पनि हुँ ।

उ बेला पुलिसले बुबालार्इ जेलमा लग्दा
अबोधमा नै जेल भित्र लिएको म पनि हुँ ।

आँखा अगाडि गोली लागी मर्नेहरू सँग
मार्ने भनेर नै थैलोमा सिएको म पनि हुँ ।

 

Continue reading


संगम घिमिरेका केही मुक्तकहरूः

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

जिन्दगी नै प्रमाणित खानी बनाएँ !
योग्यता कदर गर्ने कहानी बनाएँ !
सम्झीएर हाम्रा पिरति जिन्दगीको,
पुरै दिल जलार्इ खरानी बनाएँ!

पाप पनि धर्म हुन्छ बोली आए पछि !!
कलम पनि हार्नै पर्ने गोली आए पछि !!
संझनामा छाती भित्र पीडा हरु कसिएको,
फिर्ता लिई गयौ तिमी झोली आए पछि !!

 

Continue reading


साहित्य प्रेमी संगम सार्थक घिमिरेको एकजोर गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

गजल– १,
बर्तमान भुत–भबिस्य काल भए पछि!!
नयन को स्मृति मा छाल भए पछि!!

महसुस गर्छु यो दिलमा चाह तिम्रो छ,
बिछोडका आँसु भेलमा ताल भए पछि !!

जीवनको गोरेटोमा वेदना मात्रै झल्काउने ,
ब्यबस्थाका असहज हरू विशाल भए पछि !!

 

Continue reading


बहरबद्ध गजल

Laxman, Sangam, लक्ष्मण सङ्गम, pallawa, पल्लव

लक्ष्मण सङ्गम

भन्यौ निर्जीवहरूलाई “कहाँ रुन्छन् कहानीमा?”
सुकेनन् आँसुका धारा कहिल्यै यो सिरानीमा।।

बगरको बालुवा जस्तो अरू कोही कतै छैन।
सधैं प्यासी बनी मात्रै बसेको हुन्छ पानीमा।।

नबग्नू आँसु हे! कैल्यै नयनमा के छ के- के छ।
परेलीमा उनी बस्छिन् र यो देश बस्छ नानीमा।।

 

Continue reading


गजल

Laxman, Sangam, लक्ष्मण सङ्गम,  pallawa, पल्लव

लक्ष्मण सङ्गम

यस पालि पनि झुपडी डुवाएर गयो ।
पानीले आफ्नो बाटो बनाएर गयो ।।

तिमीले मन चाँहि नदुखाउने पर्ने ।
उ पाहुना थियो यार आएर गयो ।।

यही हो बाहिर मूर्ति हुनुको मजा।
नास्तिकले पनि नजर चढाएर गयो ।।

 

Continue reading


बहरबद्ध गजल

Laxman, Sangam, लक्ष्मण सङ्गम,  pallawa, पल्लव

लक्ष्मण सङ्गम

म जादैछु मैदानमा, घाउ लाग्छ।
न आउ तिमी साथमा,घाउ लाग्छ।।

त्यता शत्रुले तीर हान्छन् नजरका।
यता यी दुवै नेत्रमा घाउ लाग्छ।।

कसोरी टिपुँ फूल तिम्रा निमित्त।
चुडाएँ भने बोटमा घाउ लाग्छ।।

 

Continue reading


“कुकुर”

Sangam, Suhang, सङ्गम सुहाङ,  pallawa , पल्लव

सङ्गम सुहाङ

कुकुर भुक्छ,कुकुर खालि भुक्छ मात्र
कुकुर खाली भुकीरहन्छ
भुकेको भुकेकै गर्छ
घुमी-घुमी भुक्छ घर वरिपरी भ्वाङ्- भ्वाङ्……
ऊ भुक्छ र त कुकुर हो
कुकुर हो र त भुक्छ
भुकीरहन्छ,भुक्छ-भुक्छ भ्वाङ्-भ्वाङ्…….

कुकुर-भुक्नु पर्ने ठाउँमा पनि भुक्छ।
कुकुर-भुक्नु नपर्ने ठाउँमा पनि भुक्छ।

Continue reading


सम्झनाले किन होला ? . . . .

Subas,Sangam,Rai, सुवास संगम राई, pallawa, पल्लव

सुवास संगम राई

बर्षौं बित्यो बिछोड भई,दूरी हाम्रो टाढा भा’को|
सम्झनाले किन होला,अझै सम्म मुटु खा’को|

चोखो मायाँ गर्थ्यौं हामी,संगै जीउने बाचा गर्दै,
तर छुट्नै लेख्या रै’छ,छुट्यौं बेग्लै जंघार तर्दै|
सायद आज मलाई पो,सम्झियौ कि कसो बरै
दुख्यो मुटु यादै यादमा,अल्झियौ कि कसो बरै|

 

Continue reading


बरु नछाप्दा राम्रो !

Sunil, Sangam, Rai सुनिल संगम राई, pallawa, पल्लव

सुनिल संगम राई

अहिलेको युग भनेको मिडियाको युग हो | दिनदिनै यसको बिकाश सँगै नया-नया प्रविधिहरु थपिदै गैरहेको छ भने बिश्व झन्-झन् साँघुरिदै छ | हाम्रो देशमा पनि छोटो समयमा उपलब्धि मुलक धेरै बिकाश भएको क्षेत्र हो यो | मिडियाको बिकाश सँगै भाषा साहित्यको पनि सम्बन्ध जोडिएर आँउछ |
जो कोही सर्जकले सिर्जना गरिसके पछी आफ्नो सृजना विभन्न माध्यमबाट श्रोता या पाठक समक्ष पुर्याउन चाहन्छ | यदि पुगेको खण्डमा त्यो नै उसको ठुलो उपलब्धि र सन्तुष्टि हुन्छ | एउटा सर्जक त्यति बेला जति खुशी कहिले हुन सक्दैन |

 

Continue reading


गजल

Sunil, Sangam, Rai सुनिल संगम राई, pallawa, पल्लव

सुनिल संगम राई

मैले आँखा झिम्काई दिएँ हाँस्यौ मुसुक्क
हाँस्दै भन्यौ घरमै आउ भरै खुसुक्क

म पनि त मौकाहरु पर्खी बसेथेँ
जे जे पर्ला पर्ला भन्दै  आएँ लुसुक्क

सासले मात्र बोल भन्छौ मनै खोलेर
हुन त हो हल्ला होला कतै छुसुक्क

Continue reading


दीर्घनिद्रा नै प्यारो अब मेरो लागि

Subas,Sangam,Rai, सुवास संगम राई, pallawa

सुवास संगम राई

म अबोध मान्छे
मेरो मस्तिमा अधम र मुर्खताको
घातक दाग लागेको थिएछ,
मेरो बैठान कट्टर थियो
र त कसैको दिलको कुरा बुझ्न असमर्थ थिएँ ।
असमर्थित म जब फालिएँ
तब,अकडिएका मेरा बैठान पग्लिन थाले
अनि मस्तिका दागहरु पखाल्न थाल्यो –

 

Continue reading


“नाता हाम्रो टुटे देखि,बाँच्न गाह्रो भयो”

Subas, Sangam, राई, Rai, pallawa

सुवास सँगम राई

वर्षादको झरी सरी ,साह्रै रुन्छ मेरो मन
नाता हाम्रो टुटे देखि,बाँच्न गाह्रो भयो झन ।

दु;ख गरि ला’को मायाँ,अन्जानैमा तोड्यौ तिमी
संगै हिंड्ने वाटो विराई,अन्तै मन मोड्यौ तिमी ।
मायाँ गर्ने मान्छे म त,किन उल्टै मार्छौ भन ?
नाता हाम्रो टुटे देखि,बाँच्न गाह्रो भयो झन ।।

 

Continue reading


निरीह भै !

Subas, Sangam, राई, Rai, pallawa

सुवास सँगम राई

बेताब छु कुन्नि किन,आफैलाई थाहा छैन
संसारमा निरीह भै ,बाँच्ने कुनै चाहा छैन ।।

निर्दोशी यो हृदयले , पायो धेरै चोट पनि
अकाल मै मरे आज, चाहनाका बोट पनि ।
चोखो मन मुटुलाई,पुजा गर्ने मान्छे म त
तर पनि दुनियाँले , मेरै देख्छन् खोट पनि ।।

 

Continue reading



दीर्घनिद्रा नै प्यारो अब मेरो लागि

Subas, Sangam, राई, Rai, pallawa

सुवास सँगम राई

म अबोध मान्छे
मेरो मस्तिमा अधम र मुर्खताको
घातक दाग लागेको थिएछ,
मेरो बैठान कट्टर थियो
र त कसैको दिलको कुरा बुझ्न असमर्थ थिएँ ।

 

Continue reading