‘लामिछाने रवि’

Khagendra, Samarpan, Neupane, खगेन्द्र समर्पण न्यौपाने , pallawa, पल्लव

खगेन्द्र समर्पण न्यौपाने

पक्कै त्यो दिन चन्द्र सूर्य धरती हाँस्दै बसेका थिए
त्यै बेला रवि देव भै जगतमा पैदा भएका थिए
यस्ता सज्जन सम्झिएर कविता लेखौँ न हामी कवि
हैनन् मानव देव हुन् जगतका, यी लामिछाने रवि ।

अाफ्ना लागि नसोच है रवि तिमी के दिन्छ नेपाल यो
तिम्रा भ्रष्ट बिरोधि यी कदमले फेरिन्छ नेपाल यो
यी अन्याय विरुद्ध काँध दिउँला उठ्ला पहाडै पनि
तिम्रा साथ सधैँ युवा रगत छन् ए लामिछाने रवि ।

 

Continue reading


मलाई धोकेबाज भन्न पाइन्छ ??

Khagendra, Samarpan, Neupane, खगेन्द्र न्यौपाने ‘समर्पण’, pallawa, पल्लव

खगेन्द्र न्यौपाने ‘समर्पण’

उनले दिनदिनै मेसेन्जरमा स-साना भिडियोहरू पठाइरहन्थिन्,तर म डाटाबाट चलाउने भएकोले भिडियो खोलेर कहिल्यै हेर्दिन थेँ । त्यसैले भिडियोका बारेमा मबाट कुनै पनि प्रतिक्रिया दिने काम हुँदैन थियो । उनले पनि खासै प्रतिक्रिया खोज्दैनथिन् फेरि अरु नै गफगाफमा व्यस्त भइन्थ्यो ।
यस्तै क्रम महिनौदेखि चलिरहेकोले हामी घनिष्ठ साथी भइसकेका थियौा । मैले उनले पठाएका भिडियो नहेरे पनि एकदिन १०/१२ अोटाजति भिडियो एकैसाथ पठाइन् ।

 

Continue reading


बहरबद्ध गजल

Khagendra, Samarpan, Neupane, खगेन्द्र न्यौपाने ‘समर्पण’, pallawa, पल्लव

खगेन्द्र न्यौपाने ‘समर्पण’

खोटी छु भाग्य थाप्ने डोको पर्यो मलाई
रस पोखिएर सकियो खोक्रो पर्यो मलाई ।

हाँस्दा म हाँस्छु भन्ने धेरै सखाहरू छन्
अब कोही अाँसु पुछ्ने खाँचो पर्यो मलाई

बिस्कुन सुकाउँदैछन् तिनले फलाई अन्न
खन्दै अझै म बारी बाँझो पर्यो मलाई ।

 

Continue reading


बहरबद्ध गजल

Khagendra, Samarpan, Neupane, खगेन्द्र न्यौपाने ‘समर्पण’, pallawa, पल्लव

खगेन्द्र न्यौपाने ‘समर्पण’

फर्किएला फेरि खोला नसोचे भो
निष्ठुरीले दिन्छ माया नसोचे भो ।

झूट बोल्ने काम छोडिसक्यो उसले
मित्र हो उसलाई नेता नसोचे भो

लाख गाग्री हाल पानी सुकिजान्छ
बालुवाको खेती नाफा नसोचे भो ।

 

Continue reading


बहरबद्ध गजल

Khagendra, Samarpan, Neupane, खगेन्द्र न्यौपाने ‘समर्पण’, pallawa, पल्लव

खगेन्द्र न्यौपाने ‘समर्पण’

होला र कहिले देशमा, सर्वत्र नारीको खटन
बेसार मसला तेलमा, सासू बुहारीको खटन

खै किन स्वचालित बन्न नि, नेता डराएका यहाँ
अादत परेरै हो कि झैँ, लाग्दैछ पारीको खटन

साथै छ भन्दैमा सारा, स्वामित्व अाफ्नै हुन्न त्यो
बोक्ने स्वयं भरियासँगै, झन् छैन भारीको खटन

 

Continue reading


बहरबद्ध गजल

Khagendra, Samarpan, Neupane, खगेन्द्र न्यौपाने ‘समर्पण’, pallawa, पल्लव

खगेन्द्र न्यौपाने ‘समर्पण’

ऊ राष्ट्रभक्त भाषण गर्दा रहेछ अाखिर
हो देश यो बिगार्ने नेता रहेछ अाखिर

देख्दा धनी थियो ऊ गिट्टी कुटेर हिड्थ्यो
सम्पत्ति श्रीमतीको पेवा रहेछ अाखिर

रुवाइदिन्छ अाफ्ना मान्छे मरेपछाडि
हो लासमा नि शक्ति पक्का रहेछ अाखिर

 

Continue reading


गजल

Krishna, Samarpan, कृष्ण कमर्पण ,pallawa, पल्लव

कृष्ण कमर्पण

पाइलै पिच्छे देवदास, म रुचाउदिन यार ।
जुवाडेको वकवास, म रुचाउदिन यार ॥

सङ्गत बिनाको फल, हुँदा सामिल भएँ ।
कसम यो जुवा तास, म रुचाउदिन यार ॥

पानी पिउछु मूलको, अँजुलीमा भरी ।
रक्सीका यी गिलास, म रुचाउदिन यार ॥

 

Continue reading


बहरबद्ध गजल

Krishna, Samarpan, कृष्ण कमर्पण ,pallawa, पल्लव

कृष्ण कमर्पण

कहाँ छन् मुलुकका मदारी कहाँ छन् ?
सधैं भोट माँग्ने भिखारी कहाँ छन्

चरालाइ रुखबाट खाड़ी धपाई !
बनै मास्न खोज्ने शिकारी कहाँ छन् ?

मुलुक दाउमा यो लगाएर हाँस्ने !
महाधूर्त, कपटी जुवारी कहाँ छन् ?

 

Continue reading


गजल

Khakendra, Saud, Samarpan, खकेन्द्र साउद समर्पण, pallawa, पल्लव

खकेन्द्र साउद समर्पण

कुनै चिज हराको अभ्यास गरि राख
अनि बहुलाको अभ्यास गरि राख

श्रीमान कार्गिल तिर के हुन्छ के हुन्छ
तिमि बिधुवाको अभ्यास गरि राख

संतान गुमाएर छाति थिचिएका
तिनै आमा बा को अभ्यास गरि राख

 

Continue reading


धमिलो रहर

Kshitij, Samarpan, क्षितिज समर्पण, pallawa, पल्लव

क्षितिज समर्पण

टिनटिन.. टिनटिन… मोबाइलमा मेसेजको टोन बज्यो । मेसेजको टोनसँगै मुटुको धड्कन पनि बढ्यो । तर, शिशिरले हत्तपत्त मोबाइल हेर्ने आँटै गरेन । आँटोस् पनि कसरी ? बिचरो, उसको आशयबमोजिमको रिप्लाई आएको भए त ठिकै हो तर आशय विपरित आयो भने ? सेज हेर्नु नै थियो । त्यसैले मन गह्रुंगो बनाउँदै पाइन्टको पकेटबाट मोबाइल झिक्यो । उसका हात काँप्न थालिसकेका थिए मानौँ ऊ पहिलोपटक मोबाइल चलाउँदैछ । मोबाइल झिक्दै गर्दा निधारमा चिटचिट पसिना आएझैँ भयो । छेउमै बसेको सुमनलाई हेर्‍यो, उसको ध्यान चियातिरै थियो । धन्न उसले देखेन अस्वाभाविक अवस्था । आफूलाई स्वाभाविक बनाउन चुरोट सल्कायो । एक सर्काे तान्यो र र फुङग हावामा उडायो धुवाँसँगै मनको डर पनि । अक्सर यस्तै यस्तै बेला मात्र त हो शिशिरले चुरोट पिउने  ।

 

Continue reading


गजल

Khakendra, Saud, Samarpan, खकेन्द्र साउद समर्पण, pallawa, पल्लव

खकेन्द्र साउद समर्पण

आउदै थीइन परबाट हेर्दै थिएँ नियालेर
पसी घरमा थाहै नदि दिल चोरी कति खेर

यता हुन्छ उता हुन्छ सबैलाई हुन्छ भन्दै
मलाई पनि गएकी छिन झिनो आशा देखाएर

सपनीमा चारै तिर प्रतिबिम्ब छाउछ उसकै
बिपनिमा कोहि छैन यता हेर उता हेर

 

Continue reading


गजल

Khakendra, Saud, Samarpan, खकेन्द्र साउद समर्पण, pallawa, पल्लव

खकेन्द्र साउद समर्पण

दोबाटोमा बिधवाको दुर्दसा हेर्नुहोस
पती गुमाई घृणा पाको दुर्दसा हेर्नुहोस

आफुलाइ अभागिको दर्जा दिनेहरु
जन्म दिने आफ्नै बा को दुर्दसा हेर्नुहोस

भगवानकै मन्दिरमा बलत्कार हुन्छ
नपत्याए राम् सिताको दुर्दसा हेर्नुहोस

 

Continue reading


गजल

Khakendra, Saud, Samarpan, खकेन्द्र साउद ‘समर्पण’, pallawa, पल्लव

खकेन्द्र साउद ‘समर्पण’

खेल कति कति हुनु रैछ आखिर
मेरो दुर्गति हुनु रैछ आखिर

यता झगडा तान्नुको रहस्य
उता सहमति हुनु रैछ आखिर

आखा बेस्सरि फर्फराई रहन्थे
दर्द उत्पति हुनु रैछ आखिर

 

Continue reading


गज़ल

Khakendra, Saud, Samarpan, खकेन्द्र साउद ‘समर्पण’, pallawa, पल्लव

खकेन्द्र साउद ‘समर्पण’

त्यो सहर पनि भएभित थियो
किनकि त्रासले ग्रसित थियो

अनौठा मान्छेको भिडले यो मन
अनौठा कुरामा भ्रमित थियो

उमङ्ग उस्तै थ्यो उस्तै थ्यो पारा
उस्तै डरलाग्दो संगीत थियो

 

Continue reading


गजल

Khakendra, Saud, Samarpan, खकेन्द्र साउद ‘समर्पण’, pallawa, पल्लव

खकेन्द्र साउद ‘समर्पण’

तितो कुराकानि नआएकै राम्रो
सताउने जवानि नआएकै राम्रो

फेरि नया पिडा थप्न जिन्दगिलाई
त्यो नौलो बिहानि नआएकै राम्रो

कोपिला धर्तिमा अंकुराउने बेला
असिना र पानि नआएको राम्रो

 

Continue reading


गजल

Khakendra, Saud, Samarpan, खकेन्द्र साउद ‘समर्पण’, pallawa

खकेन्द्र साउद ‘समर्पण’

मारेर मारिने चिज हैन माया
पारेर पारिने चिज हैन माया

काडाले बाटोलाई बारे झै गरि
छपक्कै बारिने चिज हैन माया

बजारमा राखेका सामान जस्तै
सारेर सारिने चिज हैन माया

 

Continue reading


गजल

Khakendra, Saud, Samarpan, खकेन्द्र साउद ‘समर्पण’, pallawa

खकेन्द्र साउद ‘समर्पण’

गरिबकै प्रसिद्ध नाम छ म सँग
छैन भनौ त तमाम छ म सँग

अबिरल जिन्दगि बनाउँ म कसरि
हरपलमा डरलाग्दो जाम छ म सँग

जिन्दगि खै एस्तो के भा हो कुन्नि
न फुर्सद न राम्रो काम छ म सँग

 

Continue reading


गजल

Khakendra, Saud, Samarpan, समर्पण,pallawa

खकेन्द्र साउद ‘समर्पण’

यो बेनामि पत्र किन ,कहाँ बाट आयो
अताल्लिए एकैछिन ,कहाँ बाट आयो

ओईलेको फूल् टाँसेको छ ,शब्द नियाल्दै छु
एकाएक आज् सम्झिन ,कहाँ बाट आयो

 

Continue reading


गजल

Khakendra, Saud, Samarpan, समर्पण,pallawa

खकेन्द्र साउद ‘समर्पण’

आयौ एकदिन कस्तो नाता जोडि गयौ तिमि
जब देख्यौ ठुलो महल छोडि गयौ तिमि

जिन्दगिमै नछुटिने बाचा गर्थ्यौ तर
आज उल्टै नाता सम्म तोडि गयौ तिमि

 

Continue reading


गजल

Khakendra, Saud, Samarpan, समर्पण,pallawa

खकेन्द्र साउद ‘समर्पण’

म धर्ति हुँ तिमि आकाश फरक छनि धेरै
तिमि खुसि म छु निरास फरक छनि धेरै

छैन खुसि कुनै बेला ,छामि हेर मुटु
आँशु अनि हर्ष उल्लास ,फरक छनि धेरै

 

Continue reading