सुमन सनम घिमिरेका केही टुक्रा

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

बिना कारण आँसु झार्नु पर्दैन भन्दिय
अनि तिम्ले कहिले हार्नु पर्दैन भन्दिय
बाचुन्जेल खुट्टा तान्ने ती आफन्त हरूले
अब म मर्दा नुन बार्नु पर्दैन भन्दिय ।।

दुईदिने प्रेमकोलागि जन्मौको प्रेम छोड्नेहरू
अशक्त आमाबुबा छोडी बाटो अन्तै मोड्नेहरू
आफुलार्इ खुबै नै बिद्वान सम्झनेहरू यहाँ
आमृतको आस गर्दै बिष विरूवा गोड्नेहरू ।।

 

Continue reading


सुमन सनम घिमिरेका भानात्मक टुक्राहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

बोल्ने मात्र हैन अब कामको खाचो छ
ती गरिब जनतालाइ मामको खाचो छ

नेपाल आमा लुट्ने लुटेरा धेरै भए याहा
यो आमाको इज्जत बचाउने रामको खाचो छ

गरिबको खुन चुशी मोज गर्नेहरु देखेको छु
फेरि देश लुटेर छिमेकीलाई भोज गर्ने देखेको छु

 

Continue reading


गजल

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

कति बस्ने खाडि मुलुक आउ भन्दै थिए
मेलापात घाँस दाउरा धाउ भन्दै थिए

बाबू आमा बिरामी अशक्त भयरै होला
चाडै आइ बाली नाली लाउ भन्दै थिए

मेलापात गर्ने कोहि छैन भन्दै आमा
चाडै आइ गोरु नारी मेला जाउ भन्दै थिए

 

Continue reading


सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

तिम्रो लागि गरगहना मगाउन सक्तिन
तिम्लाइ मात्र पनि सघाउन सक्तिन
मलाई माफ गर बाबु आमको इज्जत गुमाएर
यो तिजमा तिम्लाइ भगाउन सक्तिन

पिर नलिनु साच्चै यसपालि धाउने मन छ
यो तिजमा तिम्लाइ आफ्नो बनाउने मन छ
तिमी भन्दै थियौनि के लिइ आउने
सिन्दुर सङ्गै पोते लिएर आउने मन छ

 

Continue reading


सुमन सनम घिमिरेका जोर गजल

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

गजल– १,

गैरी खेतमा धान रोप्न आइन है आमा
हलो जोत्दै असारे गित गाइन है आमा ।

यस्तै रहेछ दैबको खेल केही गर्नै पर्ने
यो असारमा मैले गोरु धाइन है आमा ।

सपनामा देखिन्छ धेरै दु:ख गरेको
तिम्रा दु:ख सघाउन पाइन है आमा

 

Continue reading


गजल

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

सक्छौ भने फाटेको मन टालेर हेर
यक पल्ट आफ्नो ज्यान फालेर हेर ।

अनि थाहा पाउनेछौ अरुको पीडा
तिमी पनि आफ्नो सन्तान फालेर हेर ।

सधैं पशुको ज्यानलिने लाई केमाया
सक्छौ भने पशु पन्छी पनि पालेर हेर ।

 

Continue reading


सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

साथीहरूले बिचल्लीमा छाड्दै छ्न
खोइ के कारण मलाई यक्लै पर्दै छ्न
याद त तर पनि उतिकै आउछ मलाई
हो बिच बाटोमा बिचल्ली पार्दै छन

घाम भयो होला अनि पानी भयो होला
छोराछोरी हुर्काउन कति हैरानी भयो होला
आज तिनै आमा बुबा वृद्ध आश्रम जानू पर्दा
छोराछोरीको भने साच्चै बद्नामी भयो होला ।

 

Continue reading


गजल

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

गैरी खेतमा धान रोप्न आइन है आमा
हलो जोति मेलापात धाइन है आमा

केही गर्छु भन्ने सपनामा खाडी पसे देखि
हलो जोत्दै असारे गित गाइन है आमा ।

यस्तै रहेछ दैबको खेल केही गर्नै पर्ने
यसपालि असारमा मैले गोरु दाइन है आमा ।

 

Continue reading


गजल

Suman, Saman, Ghimire, सुमन घिमिरे , pallawa, पल्लव

सुमन घिमिरे

चाहिदैन अब जित गलत मान्छेको
बिचार नै हुन्छ बेठीक गलत मान्छेको

सहनु सहियो पिडा अब सहिदैन
गर्नु हुन्न अब हित गलत मान्छेको

भोट् माग्दा हामिलाइ हासादै माग्छन्
तर हासो दिन्छन् क्षणिक गलत मन्छेको

 

Continue reading