साथी भाइ भेट्दा हाँसो हो जिन्दगी
बाबा आमाको लागी नासो हो जिन्दगी
हो मिलन र बिछोडको एउटा नाटक
कहिले खुला कहिले पासो हो जिन्दगी !!
चराहरूको चिरबिर सँगै हुन्छ बिहानी यो
सजायकी छु हजुरको प्रेमिल निशानी यो
अब फर्क प्रिय तिमी बिर्स अतितहरू,
किन भिजाउँदै छौ? रातमा शिरानी यो !!