गजल

Roshni, Ghimire, रोशनी घिमिरे,, pallawa, पल्लव

रोशनी घिमिरे

म प्रतिको तिम्रो माया अन्त कतै सारेको छौ।
उता माया फैलाएर यता भने मारेको छौ ।

बाउआमाको वचन तोडी तिमीलर्इ साथ दिएँ
वल्लो घाट न पल्लोतिर बीच मलार्इ झारेको छौ।।

परिबर्तन को जड बुझ्ने लाखौ कोशिश गरे ।
मुख बन्द केही नबोली मौनता मै टारेको छौ।

 

Continue reading


गजल

Roshni, Ghimire, रोशनी घिमिरे,, pallawa, पल्लव

रोशनी घिमिरे

म प्रतिको तिम्रोमाया अन्त कतै सारेका छौ।
उता तिर फैलाएर यता माया मारेका छौ।

बाउआमाको वचन तोडी तिमीलार्इ साथ दिएँ।
वल्लोघाट न पल्लोतिर बीच मलार्इ पारेका छौ ।

परिबर्तनको जडबुझ्न लाखौ कोशिश गरेँ मैले।
केही नबोली मुख बन्द मौनता मै टारेका छौ ।

 

Continue reading


गजल

Roshni, Ghimire, रोशनी घिमिरे,, pallawa, पल्लव

रोशनी घिमिरे

मैले न बुझ्ने भेट्छु, न बुझाउने भेट्छु
परेली पुछ्ने भन्दा, रुझाउने भेट्छु ।

चर्‍याइ रहेको आलो घाउ माथि झन,
मल्हम हैन नुनचुक घुलाउने भेट्छु ।

समयको पावन्दिमा कैदी बन्दै जाँदा,
दोष हरूका सगरमाथा चुलाउने भेट्छु ।

 

Continue reading


रोशनी घिमिरेका केही मुक्तकहरूः

Roshni, Ghimire, रोशनी घिमिरे,, pallawa, पल्लव

रोशनी घिमिरे

किन तिमी तर्किएउ जान्न मन भयो?
बिना कारण झर्किएउ जान्न मन भयो?
तिमी बिना दिन पनि रात हुन्छ भन्थ्यौ,
आज अन्तै लर्किएउ जान्न मन भयो।

निशामा नि खोट खोज्नु गल्ती तिम्रै हो।
फूलले छुदा चोट खोज्नु गल्ती तिम्रै हो।
आफ्नो चरित्र दर्पणमा देखिन्छ कि हेर ?
सम्बन्धमा नोट खोज्नु गल्ती तिम्रै हो।

 

Continue reading


गजल

Roshni, Ghimire, रोशनी घिमिरे,, pallawa, पल्लव

रोशनी घिमिरे

जान्न खाडी युरोप तिर यै देशमा सुहाउँछु
पसिनाको थोपा थोपा यै माटोमा चुहाउँछु ।

श्रम गरे सुन–चाँदी यै देशमा फल्छ साथी,
स्देश भित्रै अनन्दले हेरेर मन भुलाउँछु ।

आनन्दित कति कति मेहनतको उपज देख्दा,
टारीखेतमा धान फलार्इ यै हातले खुलाउँछु ।

 

Continue reading


गजल

Roshni, Ghimire, रोशनी घिमिरे,, pallawa, पल्लव

रोशनी घिमिरे

नजाउ खाडी युरोप तिर यहि रोजगार खुलाउछु।
जागरको खोलो बगाइ अल्छीपन धुलाउछु।

श्रम गरे सुन–चाँदी यै देशमा फल्छ साथी,
स्वदेश भित्रै आनन्दले हेरेर मन भुलाउँछु ।

आनन्दित कति कति परिश्रम को फल चाख्दा
टारीखेतको उपज बेची साहुको रिन सुलाउछु।

 

Continue reading


गजल

AvAgi, RoShNi, अभागिनी रोशनी, pallawa, पल्लव

अभागिनी रोशनी

फुलबाट नै भमरा लुटियो समाचारमा आ’को छ
अचम्मको कुराहरू थियो समाचारमा आ’को छ ।

पत्थरिको अप्रेसन गर्ने भन्दै हस्पिटलमा आज
झुक्यार्इ मृगौला निकालियो समाचारमा आ’को छ ।

एक बालिकालार्इ दिनदाहाडै सामुहिक रूपमा
बलात्कार गरि मारियो समाचारमा आ’को छ ।

 

Continue reading


अभागी रोशनीका केही मुक्तकहरूः

AvAgi, RoShNi, अभागिनी रोशनी, pallawa, पल्लव

अभागिनी रोशनी

प्रमाण दिलाउन कसैसामु कराउनु पर्दैन
आँखाबाट आँसुहरु ब्यर्थमा झराउनु पर्दैन ।
यदि तिमी र तिम्रो सोच असल छ भनेदेखी
दुनियाले जे जे भने पनि तिमी डराउनु पर्दैन ।।

यो मनमा कस्तो कस्तो लाको छ
हेरन चारैतिर रमाइलो छाको छ ।
कसरी ब्यक्त गरु आजको खुसी
दाजुबैनी धेरै पछि भेट भाको छ ।।

 

Continue reading


रोशनी घिमिरेका मुक्तकहरूः

Roshni, Ghimire,,v, pallawa, पल्लव

रोशनी घिमिरे

भएजति देवी देउराली भाकेँ तिम्रो लागि।
धामी झाक्री सबैलाइ डाकेँ तिम्रो लागि ।
प्रेम रोगले सारै नै ग्रसित भका रै’छौ,
बिनासित्ती जीवन देखि थाकेँ तिम्रो लागि ।

मेरो पछि नलाउ भन्छु मानेनौ नि किन ?
दोबाटोमा ढुक्नु हुन्न ठानेनौ नि किन ?
एकोहोरो प्रेममा पागल हुनै लाग्या छौ रे,
पराइको नासो हुँ म जानेनौ नि किन ?

 

Continue reading


अभागी रोशनीका केही मुक्तकहरूः

AvAgi, RoShNi, अभागिनी रोशनी, pallawa, पल्लव

अभागिनी रोशनी

विभिन्न प्रकारको आक्षेप लाएर बोल्नु हुदैन
सानो कुराहरूलार्इ ठूलो बनाएर बोल्नु हुदैन
मान्छे हो कमिकमजोरी जसको पनि हुन्छन
तर जे जस्तो भए पनि होच्याएर बोल्नु हुदैन ।

दुखेको यो मनको फाइदा उठायो पापिले
अनि यो जिबनको फाइदा उठायो पापिले
झुठा ती कुराहरू गरि मुटुभित्र बाँस मगेर
मेरो सोझो पनको फाइदा उठायो पापिले ।

 

Continue reading


रोशनी गिरीका केही मुक्तकः

Roshni, Giri, रोशनी गिरी, pallawa, पल्लव

रोशनी गिरी

केही दिनलाइ आयौ अनि हसाएर गयौ
यो मुटुमा तिम्रो लागि माया बसाएर गयौ
दुखी थिए तै पनि सुखी नै त देखिन्थे नि
यहि प्रश्न मेरो किन मलाइ फसाएर गयै

यता अन्धकार उता झिलमिल बनायो
मुटुभित्र बिझाइरहने तीखो खिल बनायो
दुई दिन आयो हसायो अनि फेरि मेरो
आखाभरी आसुहरु टिलपिल बनायो ।

 

Continue reading


रोशनी गिरीका केशी मुक्तकहरूः

Roshni, Giri, रोशनी गिरी, pallawa, पल्लव

रोशनी गिरी

भए पनि जिन्दगानी यो भार छोड्न सक्दिन
सानैदेखी पाएको ती सस्कार छोड्न सक्दिन ।
तिमी सबै कुरा बिर्सि तिमिसङ्ग आउ भन्छौ
अरु गर्छु तिम्रो लागि परिवार छोड्न सक्दिन ।।

अर्काको कुराहरु देखेर रुने बानी छैन
कसम आफ्नो त यसै हेर रुने बानी छैन ।
एउटा गए अर्को आउँछ बालै भएन नि
बिर्सि जानेहरुलाइ सम्झेर रुने बानी छैन ।।

 

Continue reading


गजल

Roshni, Giri, रोशनी गिरी, pallawa, पल्लव

रोशनी गिरी

कसैको पनि यहाँ हुन्न भर भन्नुहुन्छ बाबा
गलत काममा अघि नसर भन्नुहुन्छ बाबा

मिठो बोली बोलेर छुरा रोप्ने धेरै छन यहाँ
सुन्दर बोलिको भर नपर भन्नुहुन्छ बाबा

जहाँ अनि जुन ठाउँ पुगे पनि छोरी तिम्ले
हाम्रो इज्जत नबिर्स है घर भन्नुहुन्छ बाबा

 

Continue reading


गजल

Roshni, Giri, रोशनी गिरी, pallawa, पल्लव

रोशनी गिरी

जति गर्छस् दैब गर अत्याचार स्विकार्य छ
तिमीलार्इ के जित्नु? मलार्इ हार स्विकार्य छ ।

जस्तो दिन्छ मेरो भाग्य ठिकै भनी बुझाउँला
चाहे तिमी घृणा देउ – चाहे प्यार स्विकार्य छ ।

जाने लाग्या मान्छेलार्इ रोक्न कहाँ सकिन्छ र ?
सके नि नसके नि बाच्ने आधार स्विकार्य छ ।

 

Continue reading