गजल

 Tikaram, टिकाराम सिंह , pallawa, पल्लव

टिकाराम सिंह

झिना मसिना मामुली सपनाहरुको
बनाइयो बिशाल चुली सपनाहरुको

घाम नअस्ताउदै अनी जुन नउदाउदै
कस्ले लुट्यो खै गोधुली सपनाहरुको

मध्य रातमा आएर कता हराउछ्यौ
त्यसैले रहन्छ खुल्दुली सपनाहरुको

 

Continue reading


गजल

Rose, Kopila, Gulab,Ansh Chettri , अनस् क्षेत्री pallawa, पल्लव

अनस् क्षेत्री

छोरा छोरी भन्नु मात्र पङ्ख आए उडी जान्छन् ,
हुर्काउने बाबु आमा बुढा भए घाडो ठान्छन् ।

बगाएर पसिना त्यो सधै आधा पेट खादै ,
खुवाएको बिर्सिएर भोकै राखी आफै खान्छन् ।

ईज्जतको सवाल भो छोडी दिए जन्म दाता ,
हिजो अर्ति ठान्ने बोली आज सुन्दा झर्को मान्छन् ।

 

Continue reading


काव्यशास्त्रको अध्ययन परम्परा

Rose, Kopila, Gulab, श्रीराम सापकोटा, pallawa, पल्लव

श्रीराम सापकोटा

पृष्ठभूमिः “सहितस्य भावः कर्म वा

पृष्ठभूमिः “सहितस्य भावः कर्म वा साहित्यम्” यस प्रकारको व्युत्पत्तिद्वारा सहित पददेखिष्यञ् प्रत्यय भएर साहित्य शब्द सम्पन्न हुन्छ । यसरी सम्पन्न भएको साहित्यको अर्थ हुन्छ काव्य । साहित्य–सङ्गीतकलाविहीनः साक्षत् पशुःपुच्छविषाणहीनः । तृणं न खादन्नपि जीवमानस्तद्भोगधेयं परमं पशूनाम ।।यस श्लोकमा राजर्षि भर्तृहरिले काव्यको अर्थमा साहित्य शब्दलाई प्रयोग गर्नु भएको छ । काव्यमीमांसाकार राजशेखरले पनि “शब्दार्थयोर्यथावत् सहभावेन विद्या साहित्यविद्या” भन्दै काव्यको अर्थमा साहित्यलाई देखाई साहित्य विद्याको चर्चा गर्नुभएको छ । वक्रोक्तिजवित ग्रन्थकार कुन्तकले पनि अत्यन्त सौन्दर्यद्वारा शब्द र अर्थलाई अन्यून (विस्तृत) तथा परस्परमा प्रतिस्पर्धी भएर अपूर्व रमणीय जुन स्थिति प्रकट गर्दछ, त्यो स्थिति नै साहित्य हो भन्नुभएको छ (साहित्यमनयोः शोभाशालितांप्रतिकाप्यसौँ ।

 

Continue reading


को जिम्मेदार ??

Rose, Kopila, Gulab, कोपिला गुलाव, pallawa, पल्लव

डा. गोमा अधिकारी (नेपाल)

‘तपाईंको छोराले पढ़ाईमा मन पटक्कै लाउँदैन। उ यसपालाको परीक्षामा पनि छवटामा पाँचवटा विषयमा फेल भएको छ’ अभिभावक बैठकमा सुनखरी स्कूलका अध्यापकले अर्जुनका माता-पितालाई भने। छोराको सम्बन्धमा यस्तो कुरा सुन्दा दुवै दम्पतीको अनुहारमा साँझ पर्‍यो।
केहीबेर घोरिएर हवल्दार मानबहादुर क्षेत्रीले पत्नितिर आग्नेय नेत्रले हेरेर भने-’खै हजूर आफूता लाहूरे। सधैँ घरबाट टाढिएर बस्नु पर्ने बाध्यता छ। घरमा के के गर्छन मलाई ता थाहै पोहुँदैन। यस मणिपुरमा भएका सबै सुख-सुविधाहरू दिएको छु। सबै यसैको गल्ती हो’-पत्प्नीलाई औंल्याउँदै भने।

 

Continue reading


कविताको सौन्दर्यता नै छन्द हो

Rose, Kopila, Gulab, कोपिला गुलाव, pallawa, सिताराम कार्की, पल्लव

सिताराम कार्की

राम्रो छन्द मिठास भो मधुसरी कस्तो मिठो मोहनी ।
याहाँ छन्द चल्यो उता गगनको चम्केछ त्यो चाँदनी ।।
कोहो भन्छ र बोल्छ कोयल कतै आखीर त्यै छन्द भो ।
तेही छन्द सुनेर आज वनमा हावा उतै मन्द भो ।।

लाग्दा घाउ चल्यो भने विरहमा यै छन्द भो ओखती ।
मेरा कान सुनेर छन्द जहिले खै यी अघाए कती ।।
बग्छीन् छन्दमहाँ अझै नि सरिता डाकी मलाई पनी ।
मै त्याँ हुन्छु किनारमा र उसले पौडेर जाऊ भनी ।।

 

Continue reading


” ऊ “

Rose,dr.,Murari, Prajuli, डा. मुरारि पराजुली, pallawa, पल्लव

-डा. मुरारि पराजुली

ऊ इर्श्याको लेउ वोकेर
आक्रोशको झोलले मुख कुल्ला गर्छ
अनि पाखण्डको जुल्फी लर्काएर
बारम्बार
बोक्सी विद्रोहको सराप छर्छ
खरानीले बाँध बाँध्ने उसको सपनामा
नगर्नू कसैले मजाक
एकादेशमा गोरु ब्याउने कथा
आज पनि हामीले सुनिदिनु पर्छ ।

 

Continue reading


गजल

 

Rose,Lekha, Karki, लेख कार्की   , pallawa, पल्लव

लेख कार्की

तारा बिर्सी दियौ तिम्ले जून पाएपछी !
के लाउँथ्यौत चाँदी अब सुन पाएपछी !!

सोचेकोथें बिर्सिनेछौ तितो अतित त्यो !
यो छातीमा टाउको राखी रुन पाए पछी !!

क्या मजाले भूलिदियौ सारा बाचाहरु !
महलकी महारानी हुन पाए पछी !!

 

Continue reading


मेडियाको अन्तरकुन्तर

Rose, Ananda, Ram, Paudel, आनन्दराम पौडेल , pallawa, पल्लव

आनन्दराम पौडेल

अघिल्लो पुस्तासम्म चेतनशील नेपालीहरु सूचनाको प्यासले तड्पिरहेका हुन्थे, अहिले अत्यधिक सूचनाको आँधिबेहरीबाट ओत लाग्न खोजेका भेटिन्छन्। अखवारहरु थोरै थिए, तर सबै आ(आफ्नो अभियान, जिम्मेवारी र दायित्ववोधसहित कर्मक्षेत्रमा डटेका हुन्थे। २०\२२ बर्ष अघिसम्म मिशनपत्रकारिता थियो। १८\२० बर्षदेखि नेपाली मेडियाले कोल्टे फेरेको छ। प्रकाशन र प्रसारणका लागि प्रिण्ट मेडिया र इलेक्ट्रोनिक मेडियाको बाढी नै आएको छ। तर, सँगसँगै मिशन पत्रकारिता छाडेर ब्यवशायिक पत्रकारितामा हाम्फाल्न पुगेको छ। जतिजति ब्यवशायिक हुँदैगयो त्यति(त्यति वजारको नियम अनुसार चल्न थालेको छ। जति(जति वजारको अधिनस्थ हुँदैगयो त्यति(त्यति मानवीय पक्ष कमजोर हुँदै गएको छ। सत्य, न्याय र नैतिक मूल्यको क्षरण भैरहेको छ।

 

Continue reading


बहरबद्ध गजल

Rose, narayan, nirasi, नारायण निरासी,  pallawa, पल्लव

नारायण निरासी

पराईले खुसी हाम्रो, हरेको रातमा झस्केँ
हुरीमा खुम्चिँदै किल्ला सरेको रातमा झस्केँ ।

फुटाई बाँध बाढीले बढार्दा गाउँबस्ती त्यो
बिचल्लीमा परी कैयौँ मरेको रातमा झस्केँ ।

मलामी पाइनै छाड्यो, युवा ती गाउँमा छैनन्
नउठ्दा लास झन् गाह्रो, परेको रातमा झस्केँ ।

 

Continue reading


शास्त्रीयता, सिद्धान्त र गजल

Rose, Narayan Gaunle, नारायण गाउँले, pallawa, पल्लव

नारायण गाउँले

साहित्यिक सृजना र सिद्धान्तबीच अन्डा पहिले कि कुखुरा भन्नेजस्तो जटिलता हुँदैन । कुनै पनि साहित्यिक सिद्धान्तको स्वायत्त प्रतिपादन, निर्माण या आविष्कार हुँदैन । यो त कुनै कालखण्डमा खास सृजनाले अवलम्बन गरेको ढाँचा, शैली र प्रकार्यहरूको संश्लेषणात्मक अभिलेखन हो, जुन तत्तत् सृजनाहरूको परिवर्तनधर्मितासँगै सापेक्षरूपमा गतिशील हुन्छ । साहित्यिक सिद्धान्त आफैमा ठोस या अपरिवर्तनीय हुँदैन । यो सृजनाको ऐनामात्रै हो । सृजना आफैमा समाजको ऐना हो र समाज कहिल्यै स्थायी प्रकृतिको हुँदैन । यसका मूल्यमान्यता, संरचना, आस्था र बहावमा आउने निरन्तर परिवर्तनसँगै साहित्यले पनि आफ्नो स्वरूप र सारलाई बिस्तारै बदल्दै लैजान्छ । भगवान्, शासकलगायतका शक्तिशालीहरूको भक्ति हुँदै साहित्य व्यक्तिपरक बनेर यौनमनोविश्लेषणसम्म पुग्नु समाज-परिवर्तनकै कारण हो । कालान्तरमा सिद्धान्त रूढ हुँदै जानु र केही विद्वान्हरूमा विकसित हुने अति-सिद्धान्तमोहले परिवर्तनधर्मी सृजनालाई सम्बोधन गर्न सक्दैन । फलत: सिर्जना र सिद्धान्तबीचको अन्तर्सङ्घर्षमा सिद्धान्तको मृत्यु भई त्यसको सामयिक पुनर्जन्म हुन्छ अथवा सृजना र सिद्धान्तबीच अपूरणीय दूरी पैदा हुन्छ । यो नयाँ सिद्धान्तका लागि प्रसव-अवस्था पनि हो ।

 

Continue reading


गजल

Rose, Kopila, Gulab,शून्य प्रकाश, pallawa, पल्लव

शून्य प्रकाश

गुनासो छ कसम खाई तोड्नेहरुसंग
समाएका हात उसै छोड्नेहरुसंग

रमाइला यात्राभरि संगसंगै हिंडी
अप्ठ्यारोमा बाटो अन्तै मोड्नेहरुसंग

तिर्खैपिच्छे कुवा चाख्ने बानी परेका र
यता चुँडाएर उता जोड्नेहरुसंग

 

Continue reading