बहरबद्ध गजल

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

छ पुर्खाहरूले दिएका निशान
गिराएर छाड्यौ सबै स्वाभिमान ।

भएको छ नेपाल झनै दिक्क आज
पुरानो पनाको त देखिन्न ज्ञान ।

अझै छिर्न पर्ने छ होला सवारी
बिना अर्थ गिर्दै गर्‍यौ शान दान ।

Continue reading

आयो नूतन बर्ष

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

आयो साल नयाँ प्रफुल्ल मनमा, उल्लास बोकी कन
पिर्ने छैन कतै कुनै विगतका बल्झेर दुःखी दिन ।
हाम्रो बर्ष नयाँ उमङ्ग उसले बोकेर ल्याई सँगै
बन्ला देश र हर्षयो मनभरी पोखेर माया अझै ।।

हाम्रो आस सधैँ खुसी बनिदिए हाँसेर बाँच्ने थियौ
बाँड्दैछौँ शुभकामना दिनदिनै सारा रमाई जिऔँ ।
आशा धेर गरौँ नयाँ समरमा सद्बुद्धिका साथमा
नेताले अब सोच्न पर्छ गतिलो रात्री, दिवा-प्रातमा ।।

Continue reading

नयाँ बर्ष २०७४,को हार्दिक शुभकामना !!!

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

17916363_10208932864499911_483062361_oतपाईं हामी सबैको घर आँगनमा सुख, शान्ति, समृद्धिको प्रकाश छर्दै प्रवेश गरेको नूतन बर्ष २०७४ को पावन अवसरमा तपार्इं र तपार्इंका सम्पूर्ण परिवारजनहरूमा सुख, समृद्धि, उत्तरोतर प्रगति, यसोवृद्धि, ऐश्वर्य प्राप्तीका साथै सु-स्वास्थ्यमयी दीर्घ जीवनका लागि हार्दिक मङ्गलमय शुभकामना !!!
‘गोर्खे साइँलो’ (ऋषिप्रसाद लामिछाने)
अध्यक्ष तथा
समस्त पल्लव साहित्य प्रतिष्ठान परिवार चितवन ।
र समस्त लामिछाने परिवार चितवन ।

Continue reading

बहरबद्ध गजल

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

दुखेको छ आत्मा निराशै हुनाले
भिजेको छ आँखा उ भित्रै रूनाले ।

नशामा बगेका सबै रक्त मेरा
सुकेको छ आफैँ दिलैमा छुनाले ।

कहाँ पोख्नु मैले लुकेको छ पीडा
खुबै दर्द भर्दै छ आजै मुनाले ।

Continue reading

पृथ्वि र देश प्रति . . . .

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

हेर्दै राम्रो सकल सबमा राष्ट्र माया खिलेको
नेपाली हौँ तन–मन सबै भेष–भाषा मिलेको ।
लेकालीका रस पवनले गाउँ – बेशी रमायो
खोला–नाला सलल बगदा त्यो मधेशै रसायो ।।

मेची काली सब जगतमा नाम राख्दै छ हाम्रो
पानी बत्ती जमिन रसको काम गर्दै छ राम्रो ।
तोडी, फोडी किन त टुकुरा पार्न आयौ अगाडि ?
नेपालीको मन, मुटु अझै जान्न कैल्यै पछाडि ।।

Continue reading

देश र नेता

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

आफ्नै देश बचाउने सपुत क्वै नेता भए मान्दछौँ
कोही छैन भने बिकार किन हो सङ्ग्राम यो गर्दर्छौ ?
नाङ्गेझार गरी लुछेर कपडा लाग्दै छ हुर्मत् लिन
खायो देश छिमेकले सब लुछी बोल्दैन कोही किन ?

घेरो बार लगाउ त्यो दशगजा कैल्यै नचेप्ने गरी
ब्वाँसोका सँगमा हुदैन गतिलो ढोगेर पाऊ परी ।
गर्ने हिम्मत नै हुँदैन मनमा नेता कहाँ बन्दछौ ?
तिम्रो शक्ति अझै रहेन तनमा वेकारमा भुक्दछौ ?

Continue reading

जीवन चक्र

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

यौटा याम थियो अगाडि पथमा बाघै बसेता पनि
बढ्थ्यो हिम्मत बाघ सँगमा आफैँ म लड्ने भनी ।
मेलामा गइयो अगाडि भइयो जोतेर क्यै छेकमा
कोदाली खनियो सिलोक भनियो आली बसी खेतमा ।।

कालो केश कतै लग्यो समयले बिर्सेर के भन्छ खै ?
दाह्री पेन्टिङ भो कपाल बहुतै भर्दै छ सेतो अझै ।
फुक्ली दाँतहरू झरे जमिनमा टोक्ने कुरा बन्द भै
कुप्रो ढाड भयो परन्तु किन यो लोभिन्छ आत्मा अझै ।।

Continue reading

बहरबद्ध गजल

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

बालुमा पानी भयो जिन्दगानी
रै’छ मायामा स्वार्थ प्रेमी जवानी ।

दैवको यो लाठो छ ठाडो भएको
आशमा ढुङ्गाले दुखायो नधानी ।

प्रेममा ब्यर्थैको वितृष्णा भरेको
बिग्रिएला भन्ने विचारै नठानी ।

Continue reading

‘कम्पन’

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

घरै टुट्लाजस्तै थरथर गरी कम्पन भयो
बसेको कोठा नै चरचर गरी चर्कन गयो ।
अँधेरो छायो यो मनमुटु पुरै थर्किँन गयो
अहो ! भन्दाभन्दै फरफर गरी फर्किँन गयो ।।

सबै नै भत्कायो घर-जमिन नै चूर्ण भइगो
भएको जेजे हो धनजन सबै नष्ट भइगो ।
न ता सोचेको थ्येँ गरिब जनको बास उठिगो
भरे खाने के हो – अब भन सखे आश सकियो ।।

Continue reading

पृथ्वी प्रति . . . . .

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

pns

नेपालीको हृदय-तलमा एकता आश गर्छ
पृथ्वी तिम्रै पलपल यहाँ सम्झना बास गर्छ ।
टुक्रा-टुक्रा बहुत बटुली राज्यको नाम राख्यौ
जोडयौ सारा पृथक टुकुरा ‘ताज’ नेपाल पायौँ ।।

नेपाली हौँ जनम भर नै भुल्न कैल्यै सकिन्न
जस्ले भुल्ला युग-युग भरी शान्ति काहीँ हुँदैन ।
पृथ्वी जस्ता सरल मनका छैन कोही विनाशी
हाम्रो हो यो शिखर चुचुरो धेर ठूलो चिनासी ।।

Continue reading

सिजोहरू

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

अर्पूव जिन्दगानी फक्रिएको फूलजस्तै
अनौठो कुतकुती शाररिक अपाङ्गता
सम्झना अनुभूतिको प्रियसी रमाउँदा ।

बोल्दैन ढुङ्गामाटो आउँदैन सरकार
भुकम्प, बाढी-पैह्रो दुखदायी प्राकृतिक
आक्रान्त हृदयभित्र रोदन भरिएछ ।

चढेको यौवनमा दर्रिद्रता भरिएछ
कसरी पुग्नसक्छु जवानीको उकालीमा
अँधेरो विन्द्रावनमा प्रवेश रोकिएसी ?

Continue reading

बहरबद्ध गजल

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

बढेको छ आसा भएको छु प्यासी
ति आसा नपुग्दा छु आफै उदासी ।

थियो स्वार्थ थोरै लुकेको मनैमा
त्यसैले म चिप्लो बहुतै मिजासी ।

बनेको छु ज्ञानी र ध्यानी धनैको
उठेको छु आफै बसेको छु हाँसी ।

Continue reading

आफ्नै परिवेश

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

बर्स्यो बर्षा झमझम खुदै नैन यो बन्द भै गो
धारा लाग्यो बररर हुँदै चैन यो मन्द भै गो ।
राता राता नयन हुन गो ब्यर्थमा हार भै गो
कस्तोबेला कुन बखतमा जन्मिएँ भार भै गो ।।

यौटा छोरो जनम हुन गो धेर खुसी मनाए
बाबा-आमा पर-पर गरेँ आज आफैँ गनाएँ ।
मेरी आमा धर- धर रुँदा श्रीमती मँै रमाएँ
भोगेँ केही वदन उनको आफ्नु सारा गुमाएँ ।।

Continue reading

मुक्तकहरू

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

चाँदीको थाल छैन कतै पातको नै टपरी हो
नाङ्गिएर देखाउँछौ वातको नै थपडी हो ।
स्टिलको थाल हैनौ धोए पछि चोखो हुन्छ
जुठो कतै मिसिएमा जुठो हुने कचडी हो ।।

सुख्खा रह्यो चैत बैशाख खुबै चर्को घाम परी
रसाउँदै छ आज धर्ती आफैँ बाट शीत छरी ।
सधैँ बर्षा भर्इ रहोस, खेतबारी सिँञ्चित होस
उद्वेगको मूल पानी समुन्द्र या सागर सरी ।।

Continue reading

आमा

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

Himkumari Lamichhaneआमाको ममता थियो मसँग नै माया बढी बेसरी
कालो बादलको निशान हुनुभो मैले भुलौँ के गरी –
धेरै यादहरू बढेर मनमा चिन्ता भयो माथमा
साह्रै भाव-विभोर आज म भएँ आमा बिना साथमा ।।

एकाएक गरी म देख्छु सपना माता सँगै काखमा
आई टप्प टिपी लग्यो गगनमा तिम्रै डुबेँ शोकमा ।
तिम्रो साथ हुँदा भएन कम क्यै छाडी कहाँ गैगयौ
छोराको गुनगान थ्यो दिनदिनै भागेर स्वर्गै गयौ ।।

Continue reading

बहत्तर र त्रिहत्तर साल

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

आयो बर्ष नयाँ सहर्ष सुखका सौगात बोकी कन
नेपाली जनमा खुसी बढिगयो औकात छाडी झन ।
हाम्रो साल फिरेर बर्ष थपियो बैशाख मैना सुरु
धेरै आस बढे सबै दुख विती सन्ताप भागोस् अरु ।।

यौटा साल गयो क्षती अति भयो नेपाल ध्वस्तै भयो
भत्क्यो देश सबै निराश मन भो मान्छे सखापै भयो ।
बालो वृद्ध मरे ! अनाथ टुहुरा ! धेरै भयो दूर्दशा !
सग्लो छैन कतै ति मन्दिरहरू भूकम्प पापी हुँदा ।।

Continue reading

समर्पण

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

आफ्नै प्राण सरी गरी हरघडी यै छातिमा पाउँछु
साँचै मानव हूँ निश्वार्थ मनले तिम्रै बनी धाउँछु ।
मेरो सोँच सधैँ भरी हृदयमा सम्पूर्ण जान्ने भए
आँखा बन्दगरी बसे हसमुखै यो ज्यान चासो भए ।।

अर्को जन्म भए समीप रहने वाचा कसम् गर्दछु
जस्तोसोच तिमी भलो र कुभलो राम्रो सधैँ सोच्दछु ।
साक्षी दैव भयौ निसाफ गरिद्यौ साँचो सही मार्गको
गल्ती छैन भने विकार किन यो आँखी भिजे दाशको ।।

‘दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान’ले स्रष्टा सम्मान गर्‍यो

554
22

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

(श्रीराम श्रेष्ठ र बिर्खे अञ्जान सहित एक दर्जन स्रष्टाहरू सम्मानित)
२०७२ चैत्र २० गते शनिबार, तुलसीपुर, दाङ । ‘दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान’ले तुलसीपुर उद्योग वाणिज्य सङ्घको प्रेक्षालयमा सञ्चालित 18Krishna, Madhuban, Ra Bhabanaआफ्नो १६ औँ बाषिर्कोत्सव तथा अधिवेशनको शुभ अवसरमा श्रीराम श्रेष्ठ र बिर्खे अञ्जान र कृष्ण रिजाल लगाएतका एक दर्जन स्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रतिष्ठानका अध्यक्ष डील्लीराज गौतम ‘श्रीधर’को सभाध्यक्षता र विधायक सांषद बुद्धीराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाकी उपाध्यक्ष हेमालक्ष्मी आचार्यको स्वागत भाषण पछि प्रमुख अतिथिले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

बाँकी समाचार तथा अरू फोटो ५० कपी हेर्न्का लागि तल Continue reading लेखिएको ठाउँमा ल्किक गर्नुहोस ।

Continue reading

अमर वानीयाँ ‘लोहोरो’को आठौँ कृति लोकार्पण’       

DSC0054112803170_604639476351740_6519764107145950328_n

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

DSC00582DSC00593२०७२ फागुन १५ गते शनिबार, तदनुसार (मार्च ६ तरिक, २०१६) सिक्किम, भारत । मार्च ६ तरिक, २०१६, का दिन सिक्किमको, ग्यान्टोक स्थित जनता भवनको प्रेक्षालयमा अयोजित एक अतिव्य र भव्य कार्यक्रमका बीच अमर वानीयाँ ‘लोहोरो’ द्वारा रचित आठौँ कृति ‘मनको क्यानभस’ नामक कवितासङ्ग्रहको लोकार्पण’ कार्य सम्पन्न भएको थियो । श्री पारसमणि दङ्गालको सभाध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको मुख्य अतिथि (प्रमुख अतिथि) सिक्किम राज्यका माननीय मन्त्री जी. एम गुरूङ हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा पल्लव साहित्य प्रतिष्ठान, चितवन, नेपालको अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, पालुङ साहित्य परिषद, पालुङ, मकवानपुर, नेपालका अध्यक्ष लक्ष्मण बर्तौला, र कालिङपोङ निवासी गैरी नेवाङ हुनुहुन्थ्यो ।

Continue reading