रूपा रिसालका का केही टुक्रा

Rupa, Risal, रूपा रिसाल, pallawa, पल्लव

रूपा रिसाल

गीति कविता :
वर्षमा दिनको वडा दशैंले हर्षोल्लास ल्यायो,
पारी घरको डाँडामा हेर दाजुभाउजु बोलायो !!

सुनसान रहने छहराले पानी मीठो पल्कायो,
वर्षमा दिनलाई नविर्सने माया पिरती सजायो !!

दिनहुॅ लात्ती हान्ने पृथ्वीलाई पिङले बिसायो
नातागोताको आदर स्नेहभाव दिलमा समायो !!

 

Continue reading


चियापान’

Rupa, Risal, रूपा रिसाल, pallawa, पल्लव

रूपा रिसाल

शुक्रवार राती ७ बजे फोन आयो, बहिनी भोली विहान ८ बजे चियापानको कार्यक्रम छ है बहिनी सबै जना टोलका दिदीबहिनी, साथीभाइलार्इखबर गर्नु है,
” कुरो आगामी चुनावमा यो गाँउको स्थानीय चुनाव आउंदैछ, सबैजना गाँउकै भद्र, समाजसेवी दिदीलार्इवडा मेयरको आकांक्षी र टाठाबाठो, पढेलेखेको र गाँउको भलो गर्ने, बाटोघाटो बनाउने, खानेपानी, सरसफाइ लगायत गाँउ विकासमा लागि पर्ने सीता दिदीलार्इ चुनावमा हामीले जान दिने निधो गरेका छौं अनि तपाइहरू पनि वँहालार्इ समर्थन गर्नुहोला है ।”

 

Continue reading


गजल

Rupa, Risal, रूपा रिसाल, pallawa, पल्लव

रूपा रिसाल

आजभोली मानिसहरु किन विरहका गीत गाउन छाडे,
गर्मीले अलासतालास परेको, पसिना रंग लुकाउन थाले !

गाउँ घरमा हाण्डीमा भुटेको मकै भटमास स्वाद भुल्न थाले,
म:म: र चाऊमिन, चटपटेमा, सहरी जीवन बिताउन थाले !

हरिया मकै देख्दा पनि मिहेनत, मुखमा पानी नै रसाउछ,
बुढा-बुढी जुग काटे, मकै पोली बेच्ने, सडक पेटी मै धाउँछ !

 

Continue reading


माटोको माया . . . . . .

Rupa, Risal, रूपा रिसाल, pallawa, पल्लव

रूपा रिसाल

भए कति सपुत सहिद, बाँचेका नाङ्गा र भोका,
असल नेता कसरी छान्ने, बोलीनै बाङ्गा टिङ्गा !!

अब वेला आएको छ है, सुयोग्य मान्छे चिन्ने,
गाउँ ठाउँ विकास चिटिक्क, शहर सुन्दर बनाउने !!

ढुंगा गिटी कुटेर पाल्छन्, पसिना चुटेर घर !
देशको चिन्ता जनतालाई, लाग्दैन निन्द्रा धर !!

 

Continue reading


रूपा रिसाल चालिसेका केही टुक्राहरू

Rupa, Risal, रूपा रिसाल, pallawa, पल्लव

रूपा रिसाल

जिउनै कठिन दुनियामा, कसलाई विस्वास गर्ने,
मुटु चिरी दिन्दा पनि, रगत नै चुस्न खोज्ने !
सत्यता निकै तितो हुन्छ, असत्यको बीचमा,
मातृ धर्म व्याख्या असह्य हुन्छ, अधर्मी समूहमा !!

मन्थरा बन्छन् कोही, वनबास जान बाध्य श्री राम,
हनुमान बन्छन् कोही, भक्ति-भाब छ सीताराम !
यो कलि युगमा खोई, कता भेटिन्छन् धन-श्याम,
सृष्टि संहार-कर्ता बन्नुपर्छ, एक्लो सीता-राम !!

 

Continue reading


के हुँदै छ यहाँ ??

Rupa, Risal, रूपा रिसाल, pallawa, पल्लव

रूपा रिसाल

काँहा जाऊ बसाई सरी, ताजा -स्वास फेर्नलाई,
छाती-भित्र दुख्न थाल्यो, हिलाम्मे बाटो हिड्नलाई !
म जस्ता धेरै छन् , बटुवा कार्यस्थल जानलाई,
कसरी जोगाऊ, हामी भित्रको यो सानो मुटुलाई ?

बाटो थियो कालोपत्रे, सम्झन्छु बाल्यकाल,
माटो थियो बास्नादार, कुमालेको चक्रखाल !
घाम देख्न मुस्किल छ, आँगन अनि सानो चोकमा,
गोरेटो -गल्ली दुर्गन्धित छ, फोहर अनि भोकमा !!

 

Continue reading


१६ अक्षरीय गजल:

Rupa, Risal, रूपा रिसाल, pallawa, पल्लव

रूपा रिसाल

दियो बालेर आए, तिमी बत्ती बनेर आऊ,
उज्यालो छ,यो हातमा, तेल थप्न तिमी धाऊ !!

गुलावी यी ओठ चुमी लाली तिमी बन्न सक
सुन्य, खाली यो गलामा, पोते बनी तिमी छाऊ !!

घुम्टो ओढेर आउँला, चन्द्र, तारा उदाउँदा
खाली यो सिउँदोमा, सिन्दुर भरी तिमी रमाऊ !

 

Continue reading


तिम्रै आशा, पर्खाई र संरक्षणमा

rupa, risal,  रूपा रिसाल , pallawa, पल्लव

रूपा रिसाल

कृषि प्रधान देशमा धान खेत देख्न पाए,
चांहिदैन त्यो स्वर्ग, नेपालमा जन्मन पाए I
हिड्ने यी बाटामा लहरै, बस्ने पिपलका चौतारी,
गाउँ नै स्वच्छ छ, पहाडबाट झरेका झरना र छहारी I

घरै हो, पहाड पखेरा, हाम्रै हो हरियाली
सोचौं सबैका हृदयले, इमान्दार पौरखी
दशैंमा चढेऊ होला, तिम्रै उकाली- ओराली,
पढेर लेखेर गएका, हाम्रा बुद्धिजीवी नेपाली I

 

Continue reading


महिलाका सुत्केरी अवस्थामा हुने मानसिक समस्या

dr., Aajaya, risal, डा. अजय रिसाल, pallawa, पल्लव

डा. अजय रिसाल

‘आमा बन्नु’ सबै विवाहित महिलाहरूका लागि गौरवको विषय मानिन्छ । सन्तान जन्माइसकेपछि मात्र नारीहरू आफूलाई ‘पूर्ण’ र ‘सन्तुष्ट’ भएको महसुस गर्छन् । तर यस प्रक्रियामा हुने शारीरिक एवं मानसिक पीडा अनि कष्ट भने अवर्णनीय नै हुने गर्छ । गर्भवती अवस्थादेखि नै महिलाहरू आफ्नो शरीरमा शनैःशनैः देखापरिरहेको परिवर्तन, आफ्नो रुप र सौन्दर्यमा भइरहेको भिन्नता अनि आफूभित्र हुर्किरहेको नवजात शिशुको स्वास्थ्य एवं त्यसप्रतिको जिम्मेवारी बोधले गर्दा मनोवैज्ञानिक रुपमा नै आतंकित रहन्छन् । शारीरिक परिवर्तन संगसंगै रासायनिक एवं हर्मोनहरूमा हुने उतार-चढावका कारणले पनि अनेकौं समस्या आइपर्छन्, आमा बन्ने क्रममा रहेका नारीहरूमा ।

 

Continue reading