गजल

Asha, Regmi, अाशा रेग्मी, pallawa , पल्लव

अाशा रेग्मी

अनौठो लाग्दैछ तिम्रो नै यादमा
विहानी जाग्दैछ तिम्रो नै यादमा ।

विरानो मानव भएर नै आफ्नो
सिरानी भाग्दैछ तिम्रो नै यादमा ।

मिलन–विछोड जीवन यात्रा यो
सीमा नै नाघ्दैछ तिम्रो नै यादमा ।

 

Continue reading


टुक्रे कविता

Radhika, Regmi,Kandel, राधिका रेग्मी कुइँकेल,  pallawa , पल्लव

राधिका रेग्मी कुइँकेल

दु:ख सुख साटी कर्म गर्दै जन्छु आमा
भयका दु:खलाई सुखमा बदल्दै जन्छु आमा ।
सुख ल्याउछु भनी प्रदेशियकी छु आमा
ओत र गाँस बटुल्छु भनी संघष गर्दै छु आमा ।
हजुरले दियका आशीर्वाद ताजै छन मन मष्तिकमा
त्यसैलाई आधर बनाइ गोरेटोमा हिड्दै जन्छु आमा ।

जिन्दगीमा सबै कुरा सोचे जस्तो हुदैन रहिछ।
आफुले चाहेको हरेक कुरा मिल्दैन रहिनछ।
कहिले ढुङ्गा खोज्दा देवता मिल्छ
कहिले देवता खोज्दा ढुङ्गा मिल्छ …….. ।

 

Continue reading


नविनाका केही मुक्तकहरू

 

Nabina, Regmi, Brt, नविना रेग्मी ,  pallawa , पल्लव

नविना रेग्मी

महान् चार्ड नेपालीले मानेहुन्छ बन्दलाई
स्वर्ग जस्तै प्यारो पनि ठानेहुन्छ बन्दलाई ।
लोकतन्त्र आको दिन को चै खुसी थिएन र?
अकाल पारी मार्ने पनि जानेहुन्छ बन्दलाई ।।

मध्य दिउसो जस्तै राती हुने भए
छोरा छोरी नभई नाती हुने भए ।
अरुको कुराले मन दुख्ने थिएन
मुटु बिनाको हाम्रो छाती हुने भए” ।।

 

Continue reading



दैनन्दिनी

Chudamani, Regmi, चुडामढि रेग्मी, pallawa, पल्लव

चुडामढि रेग्मी

कस्तो पानी परे थ्यो ! सडक पनि थियो एक सानो नदी नै !
खोलो लाग्थ्यो समुद्रै वर पर वगरै छैन झैं टम्म टम्मै !
कालो थ्यो भूत जस्तै गगन अनि यता व्याप्त कालो असाध्यै
आएँ यौटा म यात्री मन भरि भरिंदै काकताली परे झैं ।

हालें खुट्टा यहाँको सडक तिर जसै ड्वाङ्ग झैं नै खसें म
सारै नै दिक्क लाग्दो सव तिर अति नै छ्वाङ्ग छायो निराशा
पत्तालै हो कि के हो ? वर पर तल वा माथि जम्मै अँध्यारो !
कस्तो यो ठाउँ यस्तो !मन मन गहिरो त्रासले ठाउँ पायो ! ।

 

Continue reading


यहीं वस्छु साथी !

Chudamani, Regmi, चुडामढि रेग्मी, pallawa, पल्लव

चुडामढि रेग्मी

अझ पनि म छु यो नै ठाउँमा ! वस्छु साथी !
किन किन पर खेद्ने चाहना व्यक्त गर्छौ ?
दिन दिन पर जाने देश छाड्ने यहाँ छन् !
थप किन अव रोज्छौ यो विचारा मलाई ? ( १)

अलिकति दिन मात्रै हो र ? आधा शताव्दि
कति हिउँद र वर्षा घाम चर्का ठिही नै
कति गरिवपनामा भास्सिए पाइला यी !
सुख सँग अव वस्ने है ! यहीँ नै रमाई ! ( २ )

 

Continue reading


गफ़ास्टक

Chudamani, Regmi, चुडामढि रेग्मी,  pallawa, पल्लव

चुडामढि रेग्मी

के आयो हँ ? दसैं ! गफडी
के अरे हे ? दसैं आयो ? कता दसैं आयो?
नेपालीले वस्ने ठाउँ तिरै दसैं आयो ! १
लाउँला र खाउँलाको उही दसैं आयो ?
यसरी यो ;चाड ‘नामे हो झैं काल आयो ! २
रङ्गी चङ्गी तिज गयो ! उस्तै रङ्गी आयो ?
यो दसैं त रङ्गी पनि भङ्गी पनिआयो ! ३
काल आयो ! काल आयो ! कता काल आयो ?
राम्रा लुगा ! खसी वोका ! मार्ने काल आयो ! ४

 

Continue reading


गइन् आमा……..

Ratnanidhi, Regmi, Shukracharya , ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, pallawa, पल्लव

ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

गइन् आमा मेरी सबतिर अँध्यारो पनि भयो
जगत् यो चर्के झैँ धरमर भई जीवन गयो
लडे झैँ धर्ती भो दहन गहिरो खाडल परी
रुकेनन् यी आँसू नयन भल बग्दा घरि–घरी ।।१।।

बसेंथें गर्भैमा कति कति म ता जन्मपहिले
पिएँ धारा दुद्को जनमपछि ता मस्त अहिले
बढें, हुर्कें, खेलें अझ कति चलें काख रहँदा
दिएँ हूँला सास्ती उनिकन म त्यो बालक छँदा ।।२।।

 

Continue reading


सेतो धरतीः नारी र जीवन दृष्टि

Durga, Regmi, दुर्गा रेग्मी  , pallawa, पल्लव

दुर्गा रेग्मी

कृति समीक्षा
‘सेतो धरती’ शीर्षकले नै कृतिभित्रको विषयवस्तुलाई प्रस्ट पारेको छ । सामान्य मानिसले पनि शीर्षकबाट नै कृतिले भन्न खोजेको कुरा बुझ्न सक्छ । धरती भनेपछि हरिया मैदान, लालीगुराँस फुलेर रातै भएको पहाड, शिरमा चाँदीको ताज पहिरिएको हिमाल, सुसाउँदै, सुसेल्दै र वातावरणलाई साङ्गीतिक बनाउँदै बगेका छहरा, खोला र नदीको सँयोजन बुझ्छौँ तर यी सबैबाट टाढा, मात्र सेतो रङ्गको कपडामा बेरिएर, शृङ्गारविहीन, निरस र सँस्कार अनि सँस्कृतिको जाँतोमा इच्छा तथा आकाँक्षा पिन्दै धरतीझैँ अडिग भएर बाँचेको जीवन पोखिएको छ अमर न्यौपानेको ‘सेतो धरती’मा ।

 

Continue reading


सेतो धरतीः नारी र जीवन दृष्टि

durga, Regmi, दुर्गा रेग्मी , pallawa, पल्लव

दुर्गा रेग्मी

कृति समीक्षा
‘सेतो धरती’ शीर्षकले नै कृतिभित्रको विषयवस्तुलाई प्रस्ट पारेको छ । सामान्य मानिसले पनि शीर्षकबाट नै कृतिले भन्न खोजेको कुरा बुझ्न सक्छ । धरती भनेपछि हरिया मैदान, लालीगुराँस फुलेर रातै भएको पहाड, शिरमा चाँदीको ताज पहिरिएको हिमाल, सुसाउँदै, सुसेल्दै र वातावरणलाई साङ्गीतिक बनाउँदै बगेका छहरा, खोला र नदीको संयोजन बुझ्छौँ तर यी सबैबाट टाढा, मात्र सेतो रङ्गको कपडामा बेरिएर, शृङ्गारविहीन, निरस र संस्कार अनि संस्कृतिको जाँतोमा इच्छा तथा आकांक्षा पिन्दै धरतीझैँ अडिग भएर बाँचेको जीवन पोखिएको छ अमर न्यौपानेको ‘सेतो धरती’मा ।

 

Continue reading


गजल

Ganesh, Regmi, साहित्यप्रेमी, pallawa

गणेश रेग्मी साहित्यप्रेमी

के निहुँ पारी जिस्काउ खै खोक्न मन लाग्छ
अंगालोमा बाँधी गाला टोक्न मन लाग्छ

नजिक हुदा गरुडको छाँया परे जस्तै हुन्छु
हिडे पछि तिम्रो पाहिला रोक्न मन लाग्छ

Continue reading