नानु गौतम रेग्मीका केही मुक्तकहरूः

Nanu, Gautam, Regmi, नानु गौतम रेग्मी, pallawa, पल्लव

नानु गौतम रेग्मी

जिन्दगीमा तिम्राे कहिलै हार हुनेछैन ।।
तिम्रो जीवन कहिल्यै बेकार हुने छैन।।
तिमीलाई एक दिन दुनियाँले चिन्नेछ।।
तिम्राे जस्ताे उच्च कसैकाे बिचार हुनेछैन ।।

हाँसो र खुसीहरू ओठमा सधै छाइरहोस्।
तिम्रो जीवनमा उमंग र उत्साह आइरहोस्।।
प्रगतिको पथमा तिमी अगाडी बढ्दै जानु।
तिम्रा पाईलाले सदैव सफलता पाइरहोस्।।

 

Continue reading


नेपाल चिनारी (खण्ड १ र २)

Koshballav, Regmi, कोषबल्लभ रेग्मी, pallawa, पल्लव

कोषबल्लभ रेग्मी

खण्ड– १,
ठेकी कुँडे मुसल कोल ढिकी मदानी
हर्पे भुने र करुवा गरियो सिरानी।
जाँतो तुलो खडकुडो खुकुरी र मानी
नेपाल चिन्नुछ भने छ यही निशानी॥

पाथी र मानु छपनी तरबार खाँडो
नेती सरो चमर ओखल भात भाँडो।
चौठो पिपा कलम कप्पु खराउ घानी
नेपाल चिन्नुछ भने छ यही निशानी॥

 

Continue reading


गजल

Koshballav, Regmi, कोषबल्लभ रेग्मी, pallawa, पल्लव

कोषबल्लभ रेग्मी

जब सत्य हुँदैन कुनै जनमा ।
तब पाप पलाउँछ रे मनमा ॥

जब दान र धर्म हुँदैन भने
तब खाक समान भयो धनमा ॥

जब एक मिलाप हुँदैन भने
तब हार-पराजय’भो रनमा ॥

 

Continue reading


अरिङ्गालहरू . . . . .

Chet, Raj, Regmi, चेतराज रेग्मी, pallawa, पल्लव

चेतराज रेग्मी

घर नजिकै सिरुबारिमा
केही अरिङ्गालहरू
गोला बनाएर बसेका छन
बङ्कर भित्रका आतङ्ककारिहरू झैं
मलाई अरिङ्गाल सगं सख्त नफरत/घृणा छ।

एकान्तमा बाटो ढुकेर
दुश्मनले झैं युद्धमा
तपाइंमाथी धावा बोल्दै
सिसाको गोलि झैं खिल ठोकेर /गाडेर
मृत्युको उपहार दिने
अरिङ्गालहरू हत्यारा हुन।

 

Continue reading


रश्मी रेग्मी विँडारीका केही मुक्तकहरूः

Rasmi, Regmi, Bidari, रश्मी रेग्मी विँडारी, pallawa, पल्लव

रश्मी रेग्मी विँडारी

परै बस्छु तिम्रो सामु पिर्न आउँदिन
जानी जानी तिम्रो मुटु चिर्न आउँदिन ।
म त हजुर गरिब छु झुपडिमा बस्छु
तर तिम्रो महलमा छिर्न आउँदिन ।।

न घटाउन मिल्छ न हटाउन मिल्छ
बस सम्झिएर दिन कटाउन मिल्छ ।
यो याद भन्ने चिज पनि कस्तो चम्मको ?
आउँछ यकोहोरो न फिर्ता पठाउन मिल्छ ।।

 

Continue reading


गजल

Nabina, Regmi, नविना रेग्मी, pallawa, पल्लव

नविना रेग्मी

जब जब भोक हुन्छ पेटमा, निन्द्रै लाग्दैन
भएका कुरा सम्झन्छु भेटमा, निन्द्रै लाग्दैन ।

बानी पनि खै के के पर्छ पर्छ अचम्मै पर्छु
सुत्ने बेला कुरा नभए नेटमा, निन्द्रै लाग्दैन ।

कि रुईमा कि त दुईमै तातो हुन्छ सुन्ने गर्थे
कसरी भनुँ बिना ब्लान्केटमा, निन्द्रै लाग्दैन ।

 

Continue reading


कविता कस्तो हुनुपर्छ ?

Koshballav, Regmi, कोषबल्लभ रेग्मी, pallawa, पल्लव

कोषबल्लभ रेग्मी

कविता सोझो,बाङ्गो हुनुपर्छ।
कविता ढाकिएको, नाङ्गो हुनुपर्छ।
कविता मर्काउँदा मर्कियोस्।
सर्काउँदा सर्कियोस्।
चर्काउँदा चर्कियोस्।
थर्काउँदा थर्कियोस्।
बटार्दा बटारियोस् झटार्दा झटारियोस्
र कहिले काहीं त कविता
मस्त भएको कोरलीझैं
चटारियोस् ॥

कविताले चुलिएर आकाश छुनुपर्छ।
पाताल भसाउनुपर्छ।

 

Continue reading


बहरबद्ध गजल

Koshballav, Regmi, कोषबल्लभ रेग्मी, pallawa, पल्लव

कोषबल्लभ रेग्मी

म पानी बिनाको पँधेरी भएँछु ।
म छानो बिनाको मझेरी भएँछु॥

मलक्षै बिनाको निराकार यात्री।
म चन्द्रै बिनाको अँधेरी भएँछु॥

म भेटेर आगो,झुलो,झार बल्ने।
म सुख्खा डडेलो,खडेरी भएँछु॥

 

Continue reading


जिउदो घाट

Koshballav, Regmi, कोषबल्लभ रेग्मी, pallawa, पल्लव

कोषबल्लभ रेग्मी

“बाबू धेरै पढेर ठुलो मान्छे बन्नु।मलाई बुढेसकालमा शुख दिनु।अनि आफ्नो देशको सेवा गर्नु है!लु जाऊ।” धनपतिले आठ बर्से छोराको पोशाक मिलाई दिदै भने।
“ल!” छोराले आज्ञाकारी पाराले मुन्टो हल्लायो।
बिचरो छोरो! उसकी आमा परलोक हुदा तीन महिनाको मात्र थियो।आमाले दिने माया,बाबुले दिने कर्तव्य सबै आफैंले निर्वाह गरेका थिए धनपतिले।स्वास्नी मर्दा लक्का जवान थिए उनी।धेरैले उनलाई अर्की ल्याउन सल्लाह दिए तर उनले त्यता ध्यान दिएनन्।केवल ध्यान दिए त त्यही छोरा प्रति दिए।”मैले बिहे गरेभने बिचरीको आत्माले शान्ति पाउदैन” भन्ने उनमा थियो।

 

Continue reading


.सफर..

Wordless, Nabin, Regmi, नवीन रेग्मी "निशब्द", pallawa, पल्लव

नवीन रेग्मी “निशब्द”

जिन्दगीको बाटोमा केही दुरि पार गर्दै गर्दा
कयौँ सपनाका धुरिहरु
अन्योलको हुरीमा पनि
शान्तिका आखाँ चिम्लेर मस्त घुरिरहेछन !!

मुटुको धड्कनले दिमागको पन्नामा
एउटा अनुभवको बाटो कोरेको छ
जहाँको सुरुवाती बिन्दुमा पाईला राख्दा
यी आखाँहरु बन्द थिए रपनि यो संसार उज्यालो थियो,
तर अब अन्तिम बिन्दुमा पाईला टेकाउदा
यी आखाँहरु त खुल्नेछन तर संसार अध्यारो हुनेछ !!

 

 

Continue reading


गजल

Manushi, Regmi, मानुषी रेग्मी, pallawa, पल्लव

मानुषी रेग्मी

आज धेरै सुखी देखिन्थ्यो दोकान बेचेर
असरल्ल छरिएका खुसी चारथान बेचेर

उस्ले टेक्ने धर्तिको भो बयान नगर्नुस
घमण्ड धेरै गर्दैछ पहिचान बेचेर

कहिले मेची त कहिले महाकाली
दङ्ग छ हिजोआज जय स्वाभिमान बेचेर

 

Continue reading


यो देशमा के भयो !

Chudamani, Regmi, चूडा मणि रेग्मी‎  pallawa, पल्लवamani Regmi

चूडा मणि रेग्मी‎

यो के व्याप्त छ राष्ट्र आङ भरि नै के रोग आयो अहो !
हाँगो काट्तछ कालिदास किन हो आफैं वसेको उँधो !
आफ्नो नै घर भाँड यो किन अहो ! कस्तो कुमान्छे भयो !
यो जस्तै अरु झन् हुलै अझ अरे ! यो देशमा के भयो !

कत्रो त्याग र जेल नेल पघितै खप्तै तपस्वी विते !
त्यो नै सक्न यहाँ ठुलै गति भयो ! के के हुने दुर्गति !
धेरै नै उपलव्धि छन् अव उँधो भाषा त सामान्य भो !
‘आफ्नो ‘ भन्नु झर्यो अधोगति भयो ! यो देशमा के भयो !

 

Continue reading


चूडा मणि रेग्मी‎का केही मुक्तकः

Chudamani, Regmi, चूडा मणि रेग्मी‎  pallawa, पल्लवamani Regmi

चूडा मणि रेग्मी‎

निर्लज्ज नाङ्गो हुने !

ओहो ! क्यान्सर रोगको वश परे ! जान्ने र वुझ्ने अरे !
लाटा रे जनता ! जसो पनि गरे जे जे भने के हुने !
कस्तो लौ न विचित्रको समय यो !निर्लज्ज नाङ्गो हुने !
मान्ने ड़ा पनि प्रा, थपे तर अहो ! लज्जा हराए अरे !!

ती वालापनका र गाउँघरका ती देउसी ती दिन !
हाम्रा ती सुखका सुरम्य छिनका पाखा पखेरा निर
व्यैाली थ्यौ ! कि त खेलकी सहचरी साथी पनि नै तिमी
वानाका वन छेउको घर तिमी थ्यौ दिव्य आभा लुकी !!

 

Continue reading


‘म मौन छु, हिमालजस्तै’

Anita, RegmI, Yatri, अनिता रेग्मी ‘यात्री’, pallawa , पल्लव

अनिता रेग्मी ‘यात्री

मेरो मनको आकाश उदाङ्ग छ
संघर्षका मैदानहरु खुलस्त छन्
मौनता सुसाउँदा,वियोगको गीत बनेको छ
तर पनि म मौन छु
पहाड जस्तै..!
भर्खरै थाहा पाएँ
तिमी पनि मौन छौं रे
म जस्तै…!
तिम्रो आँखामा पनि
मेरो आँखामा झैँ
मौनता छ रे…

Continue reading


नारी

radha, regmi, राधा रेग्मी,pallawa , पल्लव

राधा रेग्मी

हे छोरी घरको सुवास बन लौ, आशा छ तिम्रो अति ,
साराले बसमा परेर गुणको , सिक्नेछ राम्रो मति ।
विद्धानको जहिल्यै बयान गरने, बानी बसालौ अनि ,
आमा वावुसँगै सिकेर अरुमा, देखाउँ तिमी भनि ।।

छोराको भरमा परेर सबले, पाए त छोरी कति,
छोरी नै जगमा बचाई रहने, सन्सारको सद्गति ।
त्यो मीठो रसिलो मुहार हँसिलो, पारेर नाना थरी ,
छाडीदेउ सबै कुचाल मनमा, राम्रो गरे सुन्दरी ॥

 

Continue reading


नारी

radha, regmi, राधा रेग्मी,pallawa , पल्लव

राधा रेग्मी

हे छोरी घरको सुवास बन लौ, आशा छ तिम्रो अति ,
साराले बसमा परेर गुणको , सिक्नेछ राम्रो मति ।
विद्धानको जहिल्यै बयान गरने, बानी बसालौ अनि ,
आमा वावुसँगै सिकेर अरुमा, देखाउँ तिमी भनि ।

छोराको भरमा परेर सबले, पाए त छोरी कति,
छोरी नै जगमा बचाई रहने, सन्सारको सद्गति ।
त्यो मीठो रसिलो मुहार हँसिलो, पारेर नाना थरी ,
छाडीदेउ सबै कुचाल मनमा, राम्रो गरे सुन्दरी ॥

 

Continue reading


सपना

Anita, RegmI, Yatri, अनिता रेग्मी ‘यात्री’, pallawa , पल्लव

अनिता रेग्मी ‘यात्री’

प्रिय !
मैले सपना देखे
खै किन देखिन्छ सपना
किन आउँछन् तरङ्गहरु
पहिले पनि देखेको थिए तेस्तै सपना
आज फेरी दोहोरिए तिनै दृश्यहरु, तेस्तै सपनाहरु
बिउँझे,मन भारि भयो
झन् झन् यादले सतायो…
तर प्रिय !
सपना त् केवल सपना नै हुन्छ
बिपनाको धरातलमा येथार्थ हुँदैन
मैले फेरी देखे तेही सपना
मेरा सपनाका संकेतहरुले
तिमिलाई कुनै संकट नाओस –

 

Continue reading


गजल

Anita, RegmI, Yatri, अनिता रेग्मी ‘यात्री’, pallawa , पल्लव

अनिता रेग्मी ‘यात्री’

को होला त्यो भाग्यमानी तिम्रो अधर चुम्न सक्ने
तिम्रो मनको संसारमा बिना संकोच घुम्न सक्ने ।

जिज्ञाशु भो यो मन यता,बल्झिन्छ कि फेरी बेथा
को होला त्यो तिम्रो प्रितमा सङ्गीत बनि झुम्न सक्ने ।

मन्द मन्द मुस्कान छोडी मुस्कुराउँदै बोलिदिन्छौ
को होला त्यो सागर रुपी तिम्रो प्रेममा डुब्न सक्ने ।

 

Continue reading


यात्रीका केही मुक्तकहरूः

Anita, RegmI, Yatri, अनिता रेग्मी ‘यात्री’, pallawa , पल्लव

अनिता रेग्मी ‘यात्री’

यहाँ ग्यासको अभाव छ चुलो बलेको छैन
यहाँ पेट्रोलको अभाब छ गाडी चलेको छैन
उफ ! काठमान्डौको बसाई के कुरा गरौं हजुर
जसोतसो पाक्छ खाना, समस्या गलेको छैन

विदेशको धर्तीमा पानी पर्दा नेपालमा छाता ओड्नेहरु
आफ्नो बंगैचामा झार उम्रंदा अरुकै गमला गोड्नेहरु
जनयुद्ध गरेउ देशमा आखिर शान्ति कै शरण परेउ
देशलाई घाइते बनायौ किन आफ्नै सिदान्त तोड्नेहरु

 

Continue reading


अनिताका केही मुक्तकीय टुक्राहरू

Anita, RegmI, Yatri, अनिता रेग्मी ‘यात्री’, pallawa , पल्लव

अनिता रेग्मी ‘यात्री’

तिमी त्यहाँ एक्लै थियौ,म यहाँ एक्लै प्रिय !
तिम्रो हाल बेग्लै थियो ,मेरो माहोल बेग्लै प्रिय !
एसलाई पनि जीवनको सुखद क्षेण माने मैले,
म त तिमीसंगै थिए टाढा थिइन कहिल्यै प्रिय !

खुशी साथ मान्नु यो सालको दशैं म आउन पाइन
निधारमा टिका, शिरमा जमरा लगाउन पाइन
सपनीमा आई भन्दै थेउ मलाई टाढा छु पियारी
बल्झियो बेथा ऐया र आथा कोही छैनन् अगाडी

 

Continue reading