सुनौलो उनैको दिवानी छ राम्रो
उषाले चुमेको विहानी छ राम्रो
भुलेरै गएछौ तिमीले मलाई
दिलैमा बसेको निशानी छ राम्रो
छ गल्ती विशालै गरेको उसैले
नमानौँ सबैको किटानी छ राम्रो
सुनौलो उनैको दिवानी छ राम्रो
उषाले चुमेको विहानी छ राम्रो
भुलेरै गएछौ तिमीले मलाई
दिलैमा बसेको निशानी छ राम्रो
छ गल्ती विशालै गरेको उसैले
नमानौँ सबैको किटानी छ राम्रो
नजरमा नजर के लगायौ तिमीले !
मलाई बेहोसी बनायौ तिमीले !
नशा प्रीतको झन् भएको छ गाढा
नशालू मदिरा ! जलायौ तिमीले ?
म वैली झरेथेँ कुनै फूल जस्तै !
टिपी शीरमाथी सजायौ तिमीले !
नजरमा नजर के लगायौ तिमीले !
मलाई बेहोसी बनायौ तिमीले !
नशा प्रीतको झन् भएको छ गाढा
नशालू मदिरा ! जलायौ तिमीले ?
म वैली झरेथेँ कुनै फूल जस्तै !
टिपी शीरमाथी सजायौ तिमीले !