वेश्या भन्छन् अरे !!

Rashmi, Gurung, रश्मि गुरूङ, pallawa, पल्लव

रश्मि गुरूङ

खेल्ने समयमा …
थुनिएँ म यो
कालो कोठरीमा
आहा ..!
कति खुसी थिएँ
यो अपरिचित अनि
अन्जान शहरमा
प्रवेश गर्दा ,
गाउँको चिसो चिसो
ती पानिका मुहानहरू,
अनि सुन्का टुक्रा
ती मलिला माटाहरू,–

 

Continue reading


रश्मि गुरूङका जोर कविता

 

Rashmi, Gurung, रश्मि गुरूङ, pallawa, पल्लव

रश्मि गुरूङ

कविता– १, ‘ठेस लाग्यो’
त्यो कच्ची बाटोमा
म हिड्दै थिएँ
अनि मेरो पाउमा
ठेस लाग्यो ।।
आत्तिएका यी मेरा
ठुला ठुला नयनहरू
पाउमा हेर्छु त
केही छैन ,
ढुक्क हुँदै
यी मेरा मनहरू
तेही पाउलाई
चाल्न आग्रह गर्छ
अनि चल्छ मेरो पाईला
बिस्तारै गन्तव्य तिर ।।

 

Continue reading


रश्मी अोजश्वीका केही मुक्तकीय टुक्राहरूः

Rashmi, Ojasbi, रश्मी अोजीस्वी, pallawa, पल्लव

रश्मी अोजीस्वी

तिम्रो बेखबर मा रोइरहेकी छु
डर लाग्दो सहरमा खोजी रहेछु
देख्योकी कसैले उनलाइ भनी
हजार मान्छे लाई सोधी रहेछु ।।

घट्टको मदानी घुमाउने साचो
चखेवालार्इ देखेर मन नाँचो ।
विदेशिने साथीलार्इ नै सम्झेर
मुटु दुखार्इ रूनलार्इ के खाचो ??

 

Continue reading


गजल‬

Rashmi, Bhandari, Goma,रश्मि भण्डारी गोमा, pallawa, पल्लव

रश्मि भण्डारी गोमा

कसैको माया बोकेर हिडेको छु
मुटुमा किला ठोकेर हिडेको छु

हो याद भुल्न पागल बनेर म
आज मदिरा धोकेर हिडेको छु

आखिर सक्छौ भाग तर सधैंभरी
माया गर्नेछु तोकेर हिडेको छु

 

Continue reading


१५ अक्षरीय गजल‬

Rashmi, Bhandari, Goma,रश्मि भण्डारी गोमा, pallawa, पल्लव

रश्मि भण्डारी गोमा

मेरो दिल उसैले नै चोरेर गएको छ
तिम्रो नै बन्नेछु भनी छोडेर गएको छ ।

जति नै टाढा भएपनी हामी एकअर्का
थाहा भयो मेरै माया बोकेर गएको छ ।

छिट्टै फर्की आउँछु है त भन्दै जाने बेला
आँसु पुछेर मलाई सोधेर गएको छ ।

 

Continue reading


वन पिस

Rashmi, Ojasbi, रश्मी अोजीस्वी, pallawa, पल्लव

रश्मी अोजीस्वी

वन पिस लाउने नानी
आजकलका ठिटिहरु
कलियुगकी नानिरे
कानमा लाउने सुन नाइटो लाउछ
नाकमा लाउने फुलि,
आखाको परेलिमा लाउछ
वन पिस लाउने मोडल रे
त्यो मोडल्नी नानिको
कम्बर छोटो होकि,कपडा छोटो
सेता सेता तिग्रा देखाएर
लाउछन नाइटो देखाउने भोटो
लाज पचेका अर्धङ्गिनी
वानपिस लाउने नानी
सांझपख डान्सबार धाउनी
रेस्टुडेन्ट र क्याबिनमा
साडेजस्तो भुसतिग्रे हरु सङग।

 

Continue reading


१६, अक्षरीय गजल

Rashmi, Ojasbi, रश्मी अोजीस्वी, pallawa, पल्लव

रश्मी अोजीस्वी

फाटेको चोली टालेर लाएँ लाली छ जोवान
सिस्नु र ढिँडो खाएर हुर्केँ खाली छ जोवान ।

धर्तिको ओछ्यान र आकासको छानो साथी छ
वनमा गाउँछु यो लोकभाका डाली छ जोवान ।

पहाडकी चेली चौबन्दी चोली घाँस र दाउरा
सिँगार–पटार चाहिन्न मेरो काली छ जोवान ।

 

Continue reading


ओजस्वी आवाजका चार टुक्रा

Rashmi, Ojasbi, रश्मी अोजीस्वी, pallawa, पल्लव

रश्मी अोजीस्वी

१)
पोको पारी राखेको बेदना
नफुकाएर मात्रै हो
थुनी राखेको आँसु
नखोलेर मात्रै हो
उस्तै छन
तिम्रो र मेरो कथा

२)
चिह्याएर तिमिले सपनिमा
सत्ताएर तिमिले बिपनिमा
हैरान पार्यौ
हेर्दा देखिदैना
छाम्दा भेटिदैना
मस्त सपनिमा आएर उठाउछौ
निन्द्र अनिदो हुन्छ
मद्ये रातमा जाने कत्तै ठाउँ हुदैन
डर लाग्छ मन मनै
कत्तै किच्कन्य त हैन।

 

Continue reading


१० अक्षरीय गजल

Rashmi,- Rodan, रश्मी परियार ‘रोदन’, pallawa , पल्लव

रश्मी परियार ‘रोदन’

कहिले आँशु सुकेर रोएँI
कहिले मुटू दुखेर रोएँI

हिड्दा पनि ठेश लागे कति
कहिले शिर झुकेर रोएँI

सोचेको सबै पुग्छ र कहाँ
कहिले आफैँ चुकेर रोएँI

 

Continue reading


गजल

Rashmi,- Rodan, रश्मी परियार ‘रोदन’, pallawa , पल्लव

रश्मी परियार ‘रोदन’

उस्लाई मैले चिन्या छैन तर मलाई चिन्छ अरे।
सस्तो भाउमा पायो भने मेरो माया किन्छ अरे।

कस्तो हल्ला सुन्नु पर्यो पत्याउन नि गाह्रो पर्नी।
चोखो माया पैसा सँग किन बेच गर्दै हिन्छ अरे।

यती मात्रै कहाँ होर उस्का धेरै कुरा भन्न बाँकी।
फाली बनी निस्किन उ सियो जस्तै खिन्छ अरे।

 

Continue reading


रोदनका केही मुक्तकहरूः

 

Rashmi,- Rodan, रश्मी परियार ‘रोदन’, pallawa , पल्लव

रश्मी परियार ‘रोदन’

जहाँ जान्छु म त्यहा सम्झौता भेटियोस।
मनै देखि ढुङ्गा पुज्दा देउता भेटियोस।।
ब्यार्थ किन खोज्दै हिड्थे मन्दिरमा ईश्वर
बिचार मिल्ने माया गर्ने एउटा भेटियोस।।

के भरोसा ईश्वरको धरातल भासी दियो।
श्रध्दा गर्ने भक्तहरु छानिछानि मासी दियो।
टिपी जीवन कोपिला कुल्चिदियो निर्मोहि भै
भिक्षा माग्दा माग्दै प्राण उठाई दैत्य हाँसी दियो।

 

Continue reading


गजल

Rashmi, Rodan, रश्मी रोदन, pallawa, पल्लव

रश्मी रोदन,

तिमीलाई सम्झिने त रहर छैन मेरो।
तर नसम्झेको नि कुनै प्रहर छैन मेरो।

भुलेर जाउ भने खै कहाँ पो जाउं र म।
तिमीलाई भुलाउने यहाँ शहर छैन मेरो।

कत्ती आउछौ नयनमा प्रतिबिम्ब बनी।
तिम्रो यादलाई बगाउने नहर छैन मेरो।

 

Continue reading


गजल

Rashmi, Rodan, रश्मी रोदन, pallawa, पल्लव

रश्मी रोदन

बिहान खाए बेलुका खाने गास छैन मेरो।
शान्ती मनले बस्न कतै बास छैन मेरो।।

मिठो खाना राम्रो नाना अलिशाहन महल।
भित्र झुमौ भन्ने कहिल्यै चास छैन मेरो।।

को आफ्नो को पराइ सबै उस्तै लाग्छन।
यो नै मेरो आफ्नो भन्ने खास छैन मेरो।।

 

Continue reading