अन्तराष्ट्रिय नागरी लिपी सम्मेलनमा सहभागी

Lila, Maski, Rana, लायन लीला मास्की राना , pallawa, पल्लव

लायन लीला राना

फागुनको दोस्रो हप्तातिर, गोर्खे साइँलो दाइको फोनकल रहेछ कुराकानी सुने नसुने भए किन की यस कलबारे घरमा श्रीमान सँग छलफल भएन गोर्खेदाइ सन्चो छैन भन्ने खबर पाइयो चितवनमा काम सकेर हामी दाइको घर गयौँ । कान्छी दुलही शमिक्षाले तातो तातो कफी र खाजा सँग हाम्रो स्वागत गरीन् । कर्णेल रानाले भन्नु भो “ए साइँलो भाई, बिमारी छौ भनेको त तिमी त रेबोनको चस्मा लगाएर ठिटो पो भएर बसे छौ त ⁄ के हो चालाबाला – अँ अब तिम्रो आँखा कस्तोछ – भन्दै दाइलाई अंगाल्न पुगे हामी सबै गलल हाँसीयो ! छलफल गरीयो हामी नारनौल – हरियाणा), भारत जाने नजाने टुगो लगाईयो । मेरो मनमा अझै ढुकढुक थियो किन की ससुराज्यूको स्वास्थ्य ठिक भएन भने म जान नपाउने निश्चय थियो ।

 

Continue reading


खै बुद्धको लुम्बिनी ???

Lila, Maski, Rana, लीला मास्की राना , pallawa, पल्लव

लीला मास्की राना

शान्ति छोरी-बुहारी, आमा शान्ति थापामगर
शान्तिको शान्त गाउँ, शान्तिनगर
रजत जयन्ती स्तम्भ स्वागतहेतु उभिएको प्रवेशद्वार
मेरो माइत कप्तान टोल सिद्धार्थनगर, डन्डा नहर

परिवर्तन, हवाई धावनमार्ग पर सारेर
बाटो छेउछाउ रोपेको वरपीपल चौतारो नभनेर
विकासका नाउँमा, ढालेछन् जरै नराखेर
दशकपछिको फरक, दाइभाइले अचम्मै पारेर

 

Continue reading


गजल

ghanashayam, rana, ritu, घनश्याम राना 'ऋतु', pallawa, पल्लव

घनश्याम राना ‘ऋतु’

नअट्ने रहेछ सबै सब्बै खोपडीमा
र अफ्ट्यारो रैछ बाच्न जिन्दगीमा ।

बाढी पहिरोले घर खेत बगाए देखी
आज घर खोज्दै हिडेको छ नदीमा ।

न्यायको लागि अदालतमा उभिए
जब फैसला पनि सुनाइयो विपक्षीमा ।

 

Continue reading


मुना राना मगर’चन्द्र’का केही मुक्तकहरूः

muna. Maya,  Rana, Chandra, मुना राना मगर'चन्द्र', pallawa, पल्लव

मुना राना मगर’चन्द्र’

बुझ्दिन त्यो फरक हाउभाउ भाषा नदेखाए हुन्थ्यो ।
पुरा गर्नलाई नसक्ने त्यस्तो आशा नदेखाए हुन्थ्यो ।
भित्र के छ सबै बुझेको छु चिल्लो लेपन गरि नआउ,
मेरो समीपमा कपटको त्यो तमासा नदेखाए हुन्थ्यो ।।

कसैको यादमा पागल हरबखत बनेर ।
उसकै पिडामा यो मन भतभत बनेर ।
एकान्तमा एक्लै हुँदैसम्झिएर रुँदै रुँदै,
बस्ने मन छ केही दिन भुमिगत बनेर ।।

 

Continue reading


मुना राना मगर “चन्द्र”का केही मुक्तकहरूः

Muna, Rana, Magar, मुना राना मगर, pallawa, पल्लव

मुना राना मगर 

 

मायाको सुन्दर घरमा बास तिमी सँगै ।
खुसी लाग्छ हरेक प्रहर खास तिमी सँगै।
सँगै जिउने मर्ने बाचा कसम खाएर,
दुई शरिर एक धड्कन सास तिमी सँगै ।।

भेटिएर छुट्नै पर्ने रहेछ कि हामी लहनाले।
म त थिए माझी केवल साथ दियो बहनाले।
जुन साथ र मायाको अपेक्षाले गरे विश्वास,
मन कालो रहेछ तिम्रो बाहिर राम्री गहनाले ।।

 

Continue reading


घनश्याम राना ‘ऋतु’का मुक्तकहरूः

ghanashayam, rana, ritu, घनश्याम राना 'ऋतु', pallawa, पल्लव

घनश्याम राना ‘ऋतु’

खान लाको ढिडो गुन्द्रुक छोडेर गयो
मुखियाले घरमा तमसुक छोडेर गयो ।
छोरा थियो सन्तानको नाउमा बाबुसङ्ग
त्येही छोराले आज मुलुक छोडेर गयो ।।

तड्पिदै कतिन्जेल यसरी बाच्नुहुन्छ
आफ्नै मन रेटि घरीघरी बाच्नुहुन्छ।
हास्नु र रुनुको बेग्लै जिन्दगीमा
सुख मात्रै, दुखमा नपरी बाच्नुहुन्छ।।

 

Continue reading


मानवरुपि सभ्य बनाउने समाज ,

ghanashayam, rana, ritu, घनश्याम राना 'ऋतु', pallawa, पल्लव

घनश्याम राना ‘ऋतु’

आफ्नो इच्छा आकान्क्षा पूरा गरि
मानव बनाउने समाज ,
मैले घरको वरिपरि पर्खाल लगाउदैमा,
मैले घरको वरिपरि सुरक्षाकर्मी खटाउदैमा,
म बाचेर देश रोएको हेर्न सक्दिन
गरिब जनताको पसिनाको कमाइले
वीर गोर्खालीको डर छ दुनियालार्इ ,
समाधान अबश्य छ ,
भोलि नाकाबाट एउटि महिला बेचिन भने।
अरब देशका खाडिमा दिन दाहाडै बेचिन पुगे भने,
चिसियको रगत तातिन बेर लाग्दैन।

 

Continue reading


घनश्याम राना ऋतुका केही मुक्तक 

ghanashayam, rana, ritu, घनश्याम राना 'ऋतु', pallawa, पल्लव

घनश्याम राना ‘ऋतु’

कति पिएर अझै कति तड्पिएर बाच्नु छ।
आफ्नै जिन्दगी धारमा उभिएर बाच्नु छ।
दुखको बाटोमा उकाली ओरालि गर्दै।
समयसङ्ग मृत्यु पनि पर्खिएर बाच्नु छ।

सुख बिर्सेछ होला लेख्न तक्दिरमा पनि।
दुखमा टाढिन्छन किन आखिरमा पनि।
हास्ने कम र रुने धेरै छन यो दुनियाँमा ।
हर घडी हर क्षणमा पुग्नुछ जन्जिरमा पनि।

 

Continue reading


गजल

Bund, Rana, बूँद राना, pallawa, पल्लव

बूँद राना

सुन झैं हजार चोटि खारे पो जिन्दगी हो
कुन बेहोशीले भन्छ हारेको जिन्दगी हो

गमलामा फूल सार्यौ खासै कमाल के भो
बाँझो भूमीमा बिरुवा सारे पो जिन्दगी हो

औंला समाती बाटो तार्न सजिलो हुन्छ
तुफानबाट डुँगा तारे पो जिन्दगी हो

 

Continue reading


गजल

Bund, Rana, बूँद राना, pallawa, पल्लव

बूँद राना

गजल तिम्रो नाम राखिदिन्छु
बाँकी सारा काम राखिदिन्छु

चुली चढ्न पाइला त सारौं
पछिपछि लाम राखिदिन्छु

अँध्यारोले छल्ला बाटो ढुकी
बाटै भरी घाम राखिदिन्छु

 

Continue reading


मेरो कुण्डले घर

Lila, Maski, Rana, लीला मास्की राना , pallawa, पल्लव

लीला मास्की राना

दर्छा डाँडामा कसरी बसोबास भयो भन्ने घटना क्रम अच्चम्म को छ I विश्वास लाग्ला-नलाग्ला कथा काहाँनी होइन बास्तवीता सत्य घटना हो अल्लारे ठिटा कृष्ण बहादुर राना गल्लाको साथ लागेर गोर्खाली सेनामा जानु भन्दा लाहुर जान अगाडी लाग्यो I लाहुर गयो केही समयको लाहुरे प्रशिक्षण पछि सिपाही भएर भारतीय सेनामा कसम खाएर देशको सेवा गर्छु भन्ने प्रण गरे I समय सजिलो थिएन विश्वमा हाहाकार थियो I १९१४ – १५ विश्व युद्धको 2/8 GR पनि लाग्यो युद्धभूमि तिर I

 

Continue reading


“महाभुकम्प”

Lila, Maski, Rana, लीला मास्की राना , pallawa, पल्लव

लीला मास्की राना

एकलै थिएँ के के सोच्दै, म माहारा गएकी थिएँ
जिवनको तितो मिठो दिनहरु सम्झदै हाँस्दै रुदै थिएँ
खडे्री, बाढीले बचाको अन्नले कसरी छाक टार्ने सोच्दै थिएँ
अचानकै शरिर काँप्यो झान्क्री लागे झैं वन संगै काँप्दै थिएँ

गुहार मागे, गाई-बाख्रा चरणमा पल्टदै थिएँ
पाठा-पाठी, बाछा-बाछी छेउ आए, नडराउ भन्दै मुसारी दिएँ
कोरली बाछी, बहर-गोरु, बोका-पाठालाई राम राम भनि दिएँ
कोई घाईते त कोई टाउको फुटेर छिया छिया भई दिए

 

Continue reading


गजल

Bund, Rana, बूँद राना, pallawa, पल्लव

प्राज्ञः बूँद राना

बिपत्ता छ यो गम गजल लेखिंदै छ
कहाँ को हुने कम गजल लेखिंदै छ ।।

खडेरी खडेरी सधैंको खडेरी भयो
बदल्नु छ मौसम गजल लेखिंदै छ ।

ठड्याएर पर्खाल थाक्यो जमाना
छ रफ्तार कायम गजल लेखिंदै छ ।

 

Continue reading


मातृभूमिबाट कोही पर भएको हुदैन

 

Sahara, Rana, साहारा राना , pallawa, पल्लव

साहारा राना

धेरै घोचेर नभन्नुस, मित्रहरु !
यहाँ रहरले कोही पनि विदेशिएको हुँदैन
सक्नु हुन्छ भने यसको कारण खोजिदिनुस,
त्यत्तिकै त मातृभूमिबाट कोही पर भएको हुदैन ।

हामीले आमाको काख र प्रियको साथ् छोडेकाछौं,
छुनेमुने लालाबालाको अमूल्य माया त्यागेकाछौं
आत्मीयताको न्यानो सहवासबाट बिछोडिएकाछौं
मुटु र मायालाई देशमै छोडेर विदेशिएका हौँ ।

 

Continue reading


गजल

Bund, Rana, बूँद राना, pallawa, पल्लव

बूँद राना

निम्तो नपर्खी सोझै ढल्केर बूँद आयो
हो यो पुरानै बानी पल्केर बूद आयो ।

के को वसन्त कस्तो वषर्ा कुरेर बस्नु
चर्को खडेरी सम्झी छल्कर्ेर्ेेबूद आयो ।

पानी खन्याई आगो मार्नु अचम्म के भो
सक्छौ निभाई हेर सल्केर बूद आयो ।

 

Continue reading


सुधाका केही मुक्तकीय टुक्रहरू

Sudha, Rana, Dang, Deokhuri , सुधा राना, pallawa , पल्लव

सुधा राना

मेरो माटो बेस्सरी दुखेको बेला।
मेरो कता कता सास रुकेको बेला।
किन मायाँ मायाँ भन्छौ प्रिय तिमी
मेरो देश नै दैवले लुटेको बेला।

मनै मरे पछि चाहाना हुदैन।
अब दिल त्यहाँ दिवाना हुदैन।
भो नसोध प्रिय मलाई यसरी
मायाँको कुनै सिमाना हुदैन।

 

Continue reading


शुभ रानाका तीन मुक्तक

Sudha, Rana, सुधा राना, pallawa, पल्लव

सुधा राना

तल्ला घरे लाहुरेको छोरो मन पर्छ
कालो होइन अचेल गोरो मन पर्छ ।
हुन त नजरमा मेरा कति आए कति
तर त्यही सोझो गाँउले मोरो मन पर्छ ।

चोखो मायाँलाई लत्याउँने कति निता छन् यहाँ।
रामले अग्नि परीक्षा लिने कति सीता छन् यहाँ।
जहाँ नारीको हातलाई हत्तकडी लगाएर
ज्युदै जलाउँने पुराण अनि गीता छन् यहाँ।

 

Continue reading


गजल

 

Bund, Rana, बूँद राना, pallawa, पल्लव

प्राज्ञः बूँद राना

सास रोकेर गजल आएछ
याद बोकेर गजल आएछ

काम गर्ला कि भनी ढुङ्गामा
नाम खोपेर गजल आएछ

जे सजा मिल्छ मिलोस् भन्दैछ
दिल चोरेर गजल आएछ

 

Continue reading


सुधा रानाका केही मुक्तकहरू

Sudha, Rana, सुधा राना, pallawa, पल्लव

सुधा राना

धनीहरुले सुनका कुरा गर्छन् जतिबेला नि
मायालु जोडीहरु जुनका कुरा गर्छन् जतिबेला नि।
अरे ! नेताहरु ! खोइ चिनेको? गरिवी वेदना !!
डोल्पा अनि कर्णालीले नुनका गर्छन् जतिबेला नि।

मेरो दिलमा सुटुक्कै आई बस भन्छ
मायाँले त सुस्तरी मलाई डस भन्छ ।
अङ्ग अङ्गमा जोवनी छल्किएरै होला
खुकुलो अङ्गालोमा बेस्सरी कस भन्छ ।

 

Continue reading


खोइ बुझेको तिम्ले ?

Sudha, Rana, सुधा राना, pallawa, पल्लव

सुधा राना

मायाँको सागरमा चुर्लुम्म डुबेर
यो संसार भुलेर
राधाले कृष्णका निम्ति दही पोखाएझै
प्यारहरु छताछुल्ल पोखेर
शाहजाँह र मुमताज जस्तै
प्यारमा बिलिन भएर
उस्का यादका तिखा काँडाले दिलमा घोच्दा
रोएका आँशुलाई मसि बनाएर
उस्का कयौँ पत्रलाई उस्कै प्रतिबिम्ब मानी
अङ्गाल्दै हजारै पत्र पठाए –

 

Continue reading