रामराजा तिमिल्सिना का केही टुक्राहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१)
वाइड् वडी सुन तस्करी हो
पिएर होली मुन नक्कलीको
छ निर्मलाको खल न्याय दाता
निन्दा गरौं है यमराज खाता

साँच्चै कह्यौ गीत सुनाउँदै जो
खले खरावी यमराज त्यै हो
गाऊ सुनाऊ न दुखिन् माता
निन्दा गरौं है यमराज खाता

 

Continue reading


रामराजा तिमिल्सिना का केही टुक्राहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) गजल
म पुर्खा सदा सम्झिने गर्छु आमा
म त्यै वीर भै लम्किने गर्छु आमा

म सेना सिपाही म मा राष्ट्र बाँच्छ
म वैरी सिधै झम्टिने गर्छु आमा

म यौटा धरा पुत्र नेपालकै हूँ
म जो शत्रु छन् छप्किने गर्छु आमा

 

Continue reading


रामराजा तिमिल्सिना का छ टुक्रः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

(एक )
नाङ्गै न बन्नू कपडा फुकाली
छाडा नलाग्नू लफडा निकाली
मान्छे हरू हो गति छाड्न हुन्न
यै धर्म तिम्रो मति छाड्न हुन्न

पूर्खा नसम्झे पनि पाप लाग्छ
वेदार्थ बिर्से पनि श्राप लाग्छ
स्व: धर्म को सम्पति छाड्न हुन्न
पूर्खा पिताको मति छाड्न हुन्न

 

Continue reading


यस्तो टिप्पणी गर्दै थिएँ . . . . .

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

उपेक्षा आफ्नै हो, प्रगतिशिल नै छैन मनमा ।
सदा हारे जस्तो, हुन पनि गयो आगमनमा ।।
जुधेको हारेको, गजल कविता छन्द गलत ।
कुनै स्रष्टा ज्ञानी, रहन पनि सक्दैन फल त।।१

बरू लेखे राम्रो, बक बक गरी छन्द विहिन ।
पुरानो पुर्खाको, अचलन हुने गन्ध विहिन ।।
उसैले मार्ला है, युग बहनको बाजी भुवनमा ।
कुनै आभा छैनन्, छ गति यति के छन्द पनमा ।।२

 

Continue reading


गजल श्रृङ्गारिक

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

पख न पख जुरे गोरु नारेर जोत्नु छ
पर नबस सियो सुत्त खाँदेर जोत्नु छ

चर चर छ फुटेको छ बाँझै छ बारी त
मल र बिज थुपारेर हालेर जोत्नु छ

हल चल नपरे हुन्छ पानी रसाए छ
भुल भुल रसिलोमा पखालेर जोत्नु छ

 

Continue reading


दशैं

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

भलो सोची मायाँ हृदय तलमा पावन छ र
उठे देवी द्यौता, विजय पथ मा रावण पर
घमण्डी मान्छे को , पशुवत नियाँ अन्त्य छ दशैँ
दया को मायाँ को, सहन शिलको , तथ्य छ दशैँ

सिँगौरी खेल्दै छौ, नगर झगडा मानव भए
लुटी प्राणीको प्राण, दनुज अखडा दानव भए
नगर्दा राम्रो हो पशु वध यहा भन्दछ दशैं
सुकी पैसो छैनन् गरिब जनको बन्द छ दशैं

 

Continue reading