रामहरि शर्मा “शराह” का जोर गजलः

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

गजल– १,
भुलेकै छु यो काठमाडौं शहरमा ।
डुलेकै छु आफ्नै अथाहा रहरमा ।।

उँडायो अहो ! जिन्दगीको हुरीले
लथालिङ्ग यो वाध्यताको कहरमा ।।

समस्याहरू थुप्रँदै थुप्रँदै छन्
सबै चाङ लागेर बस्छन् लहरमा ।।

 

Continue reading


रामहरि शर्मा ‘शराह’का केही टुक्राहरूः

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

छेकिन्छन् सभ्यताका हरकदमहरू वाध्यता छेकिँदैनन्
लेखिन्छन् स्वच्छताका नव रमण कथा वाध्यता लेखिँदैनन्
यस्तै हो वाध्यताको कहर छ जगमा न्यूनले ज्यून गाह्रो
स्वेच्छाचारी बिचारी छ प्रगति पथमा न्यूनलाई तगारो ।।

वसन्तको अन्त सँगै मुनाहरू
झपक्क भै पात पलाउँदा अरु
शोभा छताछुल्ल छ गृष्ममा अब
भरिन्छ डाली तब दिन्छ आश्रय !!

 

Continue reading


प्रणय उद्गार !!

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

आऊ हे ! प्रिय चाहिँदैन भवको ऐश्वर्य वा वैभव
आऊ हे ! प्रिय साधना श्रम यहीँ सङ्गै गरौँला अब
आऊ हे ! प्रिय वेदना द्रवित छन् आगो बल्यो दन्दनी
मायामा छ सदा सदा प्रणयको सत्कार सञ्जीवनी ।।

जे चाहिन्छ जुटाउँला हृदयको सौहार्द संवेदना
जो पाइन्छ उठाउँला सँगसँगै हाँस्दै र खेल्दै यहाँ
होला सार्थक जिन्दगी यदि कतै सङ्गै रमायौँ भनी
होस् आत्मीय प्रवाहमा प्रणयको सत्कार सञ्जीवनी ।।

 

Continue reading


सुनामीकी प्रेरणा

Ramhari, Poudyal, रामहरि पौड्याल, pallawa, पल्लव

रामहरि पौड्याल

हामी दम्पती परदेशमा छौ सात समुन्द्र पर । संसारको केन्द्र युरोप र त्यसको पनि राजधानी मानिने लन्डन । सधै जागिरहने कहिलेइ नसुतिकन छुट्याउन गार्हो दिन ही कि रात ? बार्हैमास चम्किने सहरमा क्रिसमसको तीब्र चम्काई थपिएको त्यो बर्णानातीत क्षण । विशालतम क्रिस्मस ट्री र तिनमा सजिएका रंगीबिरंगी धोजा पताका जडित चम्किला बत्तिहरुले हरेक घर, हरेक चोक र हरेक गल्लीहरु सजिसजाउ देखिन्छन ।

 

Continue reading


‘शराह’ प्रणय उद्गार !!

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

आऊ हे ! प्रिय चाहिँदैन भवको ऐश्वर्य वा वैभव
आऊ हे ! प्रिय साधना श्रम यहीँ सङ्गै गरौँला अब
आऊ हे ! प्रिय वेदना द्रवित छन् आगो बल्यो दन्दनी
मायामा छ सदा सदा प्रणयको सत्कार सञ्जीवनी ।।

जे चाहिन्छ जुटाउँला हृदयको सौहार्द संवेदना
जो पाइन्छ उठाउँला सँगसँगै हाँस्दै र खेल्दै यहाँ
होला सार्थक जिन्दगी यदि कतै सङ्गै रमायौँ भनी
होस् आत्मीय प्रवाहमा प्रणयको सत्कार सञ्जीवनी ।।

 

Continue reading


गजल !!

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

तिम्रो आँगनमा आएँ दिल खोलेर गाउन
दिलले दिलका भाषालाई सूक्ष्म सघाउन ।।

नचूँडोस् स्नेहको डोरी सभ्यता चुँडिने गरी
मेरो हृदय चाहन्छ सभ्यतामै रमाउन ।।

गर्दै आश्रयको खोजी बढेको अभियानमा
श्रष्टा आतुर छन् धेरै न्यानो आतिथ्य पाउन ।।

 

Continue reading


जङ्गी तगारो

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

यहाँ फाँट बाँझै छ नाङ्गो छ डाँडो
बजारी कुरा मात्रले भर्छ भाँडो
न सङ्लो छ पानी न खाना छ शुद्ध
सदा मौनता साध्न सक्छन् प्रबुद्ध ।।

कतै छैन विश्वास सद्भावनामा
पराधार झल्कन्छ अायोजनामा
न ता वृत्तमा स्वच्छ हावा बहन्छ
न यो जिन्दगी जिन्दगी झै रहन्छ ।।

 

Continue reading


शुभ वर्ष ! शुभ प्रभातम् !!

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

नयाँ वर्ष तिमी अाऊ हर्षसाथ रमाउन
श्रष्टाका सँगमा खेल्दै दृढ अास्था जगाउन
सुख शान्ति र सम्वृद्धि समता ममता बढाेस्
नसकून् धूर्त दृष्टिले सभ्यता धमिल्याउन !!

पुराना प्रीत गाँसेका पलका सम्झना गरौँ
फलदायी र उत्साही पलका सम्झना गरौँ
छाडाैँ निसारका थाङ्ना गफ चुट्न निरन्तर
अागामी दिनमा राम्रा फलका कामना गराैँ !!

 

Continue reading


बहरबद्ध गजल

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

कस्तो छ यो जवानी मागेर पाइँदैन
भो चाहिँदैन भन्दै भागेर पाइँदैन ।।

आफैँ बहार बन्छन् अाफैँ रसाउँछन् ती
बेला र बैंसलाई दागेर पाइँदैन ।।

आँखा छलेर कुँद्छन् अत्तालिँदै दगुर्छन्
पर्खाल, बार, डण्डी नाघेर पाइँदैन ।।

 

Continue reading


प्रभाति लमजुङ्ग

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

जहाँ टेकेर यी दृश्य लिएको छु मनोहर
यहाँ नै त रह्यो मेरो पहाडी घर सुन्दर ।।

विहानी घामको झुल्का पर्यो श्वेत हिमालमा
पहिले म जहाँ हुर्केँ चञ्चले बाल्य कालमा
काँधमा हिउँ बोकेर बसेका श्रृङ्खला हरू
छाडि सौन्दर्यको खोज गर्न जाउँ कहाँ अरू ??

 

Continue reading


धनधान्य र ऐश्वर्य प्राप्तिको शुभकामना!!

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

लगाएँ अोल बारीमा बोट हेर्दा कता-कता
सप्रिएकै छ झैँ लाग्छ भित्र कस्तो छ के पता !
कैले खन्ने र खाने हो कसरी हो पकाउने ?
जानकारी भए मित्र सूचना दिनु है यता ।।

यै घरमा जुट्यौँ ऐले भाइ टीका लाउन
देव्श्री भैली आए गाए संस्कृति जगाउन
यहीँ जुट्यो खेलबाड थरीथरी खाना
खुशी भयो यो शराह धन्य यो आँगन ।।

 

Continue reading


रामहरि शर्माका केही मुक्तकीय टुक्रहरूः

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

जहाँ पनि जिमिन्दारी मौलाएको देख्छु
जस्तो देख्छु यत्र तत्र उस्तै कुरा लेख्छु
भन्ने गर्छन् पच्न गाह्रो हुन्छ सत्य कुरा
त्यसैकारण लाग्छ आफ्नो बाटो आफैँ छेक्छु ।।

न ऊ सन्तुष्ट देखिन्छ न यता छ समर्थन
किन हुँदै छ खै कुन्नी जनको मानमर्दन
न समाधान भेटिन्छ न रहन्छ उचा शिर
कस्का निमित्तमा झेली खेला खेलिन्छ आखिर ??

 

Continue reading


कविता

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

जति सुन्दर शीतल यो कविता
उति निर्बलको बल हो कविता
कवितासँग प्रेम बढे पछि पो
अनमोल यथार्थ बन्यो कविता ।

रणका, रिपुका, धनका, जनका,
जगका सब कृत्य बताउँछ यो
कवितासँग हार्दछ लोक सदा
परिवर्तन बाहक हो कविता ।

 

Continue reading


शुप्रभातम् ! होला र के उन्नति ??

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

नाका बन्द छ छैन तेल मसला बन्दै छ झन् इन्धन
बन्दै छन् मन भावना पनि सबै निस्तव्ध छन् झन् जन
वार्ता निस्फल छन् कटाक्ष कटुता बढ्दो छ यो दुर्गति
किंकर्तव्य विमूढ भै रहरले होला र के उन्नति ??

हाम्रो कष्ट छ प्रष्ट आज सजिलै बल्दैन चूह्लो यहाँ
आफ्ना लागि स्वदेशमै सब कुरा बन्दैन नेपालमा
अर्काकै भरमा बिते दिन सबै बित्ने अझै हो कति
किंकर्तव्य विमूढ भै रहरले होला र के उन्नति ??

 

Continue reading


भेटिन्छ मान्छे कहाँ ??

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

मान्छेको पद चिन्न नाक मुख वा आँखा नहेरौँ अब
सग्ला छन् कद पाखुरा तर यसै आस्था नफेरौँ अब
मान्छेमा दिल हुन्छ धड्कनमहाँ चल्नेछ संवेदना
मान्छे हो तर छैन चेतन भने भेटिन्छ मान्छे कहाँ ??

आमाकै सँगमा छ नित्य झगडा मान्छे कसोरी भनूँ
मान्छेमा जब द्रोह दीर्घ छ कडा मान्छे कसोरी भनूँ
देख्दा मानिसझैँ छ ज्यान दरिलो विद्रोहको मार्गमा
नाङ्गो नाच नचाउँदै छ जब त्यो भेटिन्छ मान्छे कहाँ ??

 

Continue reading


मेरो मार्ग खुला गर

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

‎न मेरो स्नेहको डोरी छिन्यो वा अल्झियो कतै
अनौठो प्रेमको गाँठो अन्यत्रै बल्झियो कतै
न मेरो सोचमा खोट देखियो कि त वा कतै
विज्ञापन गरी हिँड्न थालियो कि जताततै ।।

कसैको वक्र दृष्टिले श्रृष्टि बस्न दिएन कि
मेरोसाथ सदा रम्ने धीरता नै थिएन कि
कि मैले भ्रम पालेँ वा आफैँ जालमहाँ फस्यौ
अथवा मैनता साँधी साधनारत भै बस्यौ ??

 

Continue reading


भो भयो अब यता नफर्कनू

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

भो भयो अब यता नफर्कनू
दुख्छ घाउ जल भै नदर्कनू
जे भयो नियति सम्झँदै बसूँ
टुट्छ चित्त अझ यो नझर्कनू ।।

प्रेम हो सतत भन्दथे सबै
प्रेम हुन्छ बलियो भनिन्छ खै
मान्यता किन दरिद्र भो यता
घाउमा नुन अझै नछर्कनू ।।

 

Continue reading


क्यमरा र सिर्जना

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

क्यामरासँग आत्तिन्छन् खुला आकाशका चरा
जे जे भेट्टाउँछन् खिच्छन् यस्तै हुन् क्यामरा मरा ।।
सिर्जना पनि हुन् त्यस्तै स्वच्छ सन्दर्भ पाउँदा
जोशिला भावना खुल्छन् श्रष्टासँग रमाउँदा ।।

पर्दामा देखिने रङ्ग अङ्ग, भङ्ग र वेसन
नाट्यशाला र नौरंगी श्लेष, श्रृङ्गार, फेसन
अट्दछन् एउटै आँखाभित्र दृश्य टनाटन
कविका सिर्जनालाई गर्न गाह्रो छ मापन ।।

 

Continue reading


सन्दर्भः वर्तमान

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

नेपालको नाम र काम ऐले
संसारमा हेर्दछ है सबैले
लौ आफनो मार्ग स्वयम् बनायो
बर्बाद भो भन्दछ रे कसैले ।।

हो त्यो छिमेकी तर धुन्धुकारी
निर्लज्ज त्यो दुर्जन कण्टकारी
जो बस्छ हाम्रै बहिरङ्ग पारी
रित्याउने दाउ छ यो भकारी ।।

 

Continue reading


म हूँ हिन्दूस्थान

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

हिन्दूस्थान म हूँ नबस्नु छ भलो मेरो सिकायत् गरी
बस्छौ दम्भ गरेर के मफतमा लेख्छौ कुरा मन्परी
तिम्रो शक्ति कहाँ छ तुल्य ? मविना चल्दैन तिम्रो घर
आऊ शान्त भएर शीघ्र अथवा जे गर्दछौ लौ गर ।।

तिम्रा धूर्त जमात छन् मसँग जो नेपाल बुझ्दैन त्यो
दङ्गाग्रस्त समाज जो छ अहिले आसन्न नेपालको
मेरो आग्रहको खिलाफ कहिल्यै जाँदैन कोही पर
तिन्को चित्त बुझाउँछौ कि अथवा जे गर्दछौ लौ गर ।।

 

Continue reading