रमा भट्टराई का जोर कविता

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

१) भगवान तिमी कहाँ छौ ?
भगवान तिमी कहाँ छौ ??
सोच्चै तिमी छौ त भगवान
छौ भने कहाँ छौ तिमी ??
तिम्रो रुप रंग कस्तो छ
तिम्रो पनि जोत छ ??
यदो कदो सुनिन्छ अल्लोह इस्वर सबै तिमी हौ रे
फेरि हिन्दु मुस्लिम इसोइ
यी किन एक मोन्दैन्न ??

 

Continue reading


‘नया नाना र मीठो खाना’

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

नया नाना र मीठो खाना’
आमा दशै आयो भन्छ्न
यो दशै कस्तो हुन्छ आमा
सबै रमाको देख्छौ हामी
नया नाना र मीठो खाना
खान्छ्न रे
यो नया नाना कस्तो हुन्छ आमा
मीठो खाना केलाई भन्छ्न आमा

सबै को घर आउँछ दशै
हाम्रो घरमा खै कहिले आउँछ ??
हाम्रो त घरको छानो पनि छैन
सायद त्यसैले हो कि आमा
हाम्रो लागि दशै नआको ?
आमा बाबालाई भनन
छानो र मानो भको घर बनाउन

 

Continue reading


मनमै छ्न

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

रुन्छु अझै एक्लै तस्बिर तिम्रो हेरिहेरी
आउदै जाँदै दियौ तिमिले घाउ फेरिफेरी
थाम्न सक्दिन आँसु यी केही गरि मैले
के के थियो र गल्ती कुन्न्नी भनेनौ नि तिमिले ।।।।

मेरो देउता भाग्य बिधाता तिमी हौ भन्दै
पिएर नै बसे आँसुहरु तिमी प्राण भन्दै
कतिखेर तिमी त बसाइ सरे छौ नि अन्तै
खोल्छु पुराना बाकसहरुलाई याद छ्न तै।।।।

 

Continue reading


निमन्त्रणा

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

निमन्त्रणा तिमीलाई
पठाउदैछु समेटेर प्रकृतिका मिठास
लेख्न खोज्दैछु इन्द्रेणीसित
लिएर उमंगका रंगहरु सापटी ।

प्रीय, तिमी आउनु मेरो जीवनमा
वसन्तमा पलाउने बनेर नयाँ पालुवा
जसले मरेको बुट्टालाई प्राण दिन्छ
उजाडिएको प्रकृतिलाई जीवन दिन्छ
र, सिकाउँछ मुस्काउन
हो, तिमी एक मुठी मुस्कान बोकेर आउ
तिमीलाई मेरो हार्दिक निमन्त्रणा !

 

Continue reading


रमा भट्टरार्इका तीन कविताः

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

कविता– १,
दोबाटोमा छोड्नु थियो त साथमा किन हिनेको
माया गरि राख्नु थिएन बिटुलो किन गरेको
कति सजिलै खेलेको मन र त्यो अङ सङ
बाचौ कि मरौ अब यो धोकाको पहाड सङ ।।।।

जवानी चल्ने तिमिलार्इ तर पानी बार्नु पर्ने
हवसको प्यास मेट्न मायाको नाटक रच्नु पर्ने
जब सम्म पिउदैनौ जवानिको रस घुमी रहेउ
चुसेर रस उडे झै भमरा त्यसै गरि छोडी गएउ ।।।।

 

Continue reading


रगतको चिट्ठी

Rama, Bhattarai, रमा भट्टरार्इ, pallawa, पल्लव

रमा भट्टरार्इ

एउटा चिट्ठी तिमिलाइ लेखु लेखु लाग्यो
मसि फिक्का पर्ला रगतले खोपु लाग्यो
भन्न केही नसकेर रुदै काटे रातहरू
भिजेका ती सिरानीले पुछे कति आशुहरू ।

पर्देशीयौ तिमी पनि मिठा मिठा सपना बोकि
सन्चो छ कि बिसन्चो छ हिन्छौ होला भारी बोकि
तिमी सङै बितेन यो जिन्दगी हेर सानु
अर्को जुनि सङै जिउला नरुनु है तिमी सानू ।

 

Continue reading


दुई शब्द

Rama, Bhattarai, रमा भट्टरार्इ, pallawa, पल्लव

रमा भट्टरार्इ

(स्वर्गीय बुवालाइ भाबपुर्ण श्रद्धाञ्जली !!!)
छैनौ आज आँखा सामु काहा बिलायौ
चन्द्र जस्तो मुहार तिम्रो कहाँ लुकायौ
खोजी रहन्छ्न तिमि लाइ आँखा हरू
जुन लाग्यो कि लुकाउन ताराहरू ।।।।

बुझाउन खोज्छु मनलाई साथै छौ तिमी
आशुहरूको ताल बन्यो फर्किएनौ तिमी
रात ढ्ल्यो उज्यालो भो बिउँझिएको खै
भोक लाग्यो होला ,तिम्ले खाएको खै ।।।।

 

Continue reading


‘कोहि आँसु देउ आउ मलार्इ’

Rama, Bhattarai, रमा भट्टरार्इ, pallawa, पल्लव

रमा भट्टरार्इ

कोहि आँसु देउ आउ मलार्इ
बिझि रहेछ सपनाहरू देउ बगाई
न सकेछु आज सास फेर्न मैले
सक्छौ राहात छोडि जाउ कैले
बन्धनमा परेको जस्तो
धड्कनले छोडेको जस्तो
आफ्नो मुटुको ढुक्ढुकीले
कसैलाइ नै मागे जस्तो
चन्द्र्माले जिस्काइ रहेको लाग्छ
हेर्दा पनि म मबाटै भागेको लाग्छ

 

Continue reading


मायाका सुनौला सपना बुन्दै ।

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

दोबाटोमा छोड्नु थियो त साथमा किन हिनेको
माया गरि राख्नु थिएन बिटुलो किन गरेको
कति सजिलै खेलेको मन र त्यो अङ सङ
बाचौ कि मरौ अब यो धोकाको पहाड सङ ।।।।

जवानी चल्ने तिमिलार्इतर पानी बार्नु पर्ने
हवसको प्यास मेट्न मायाको नाटक रच्नु पर्ने
जब सम्म पिउदैनौ जवानिको रस घुमी रहेउ
चुसेर रस उडे झै भमरा त्यसै गरि छोडी गएउ ।।।।

 

Continue reading


गजल

Rama, Pande, रमा पाण्डे, pallawa, पल्लव

रमा पाण्डे

दुख्ने हो कि मन बा-आमाको
बिर्से सत्य वचन बा-आमाको

बन्न ठुलो मान्छे म शहर पसेँ
फेरिएन जीवन बा-आमाको

जति पाएँ सयल सानी छँदा मैले
थे’न त्यस्तो बचपन बा-आमाको

 

Continue reading


मेरो देश नेपाल

Rama, Karkidholi, रमा कार्कीढोली, pallawa, पल्लव

रमा कार्कीढोली

रमाइलो देश पाइयो नेपाल पाइयो
नेपाललाई सधै सम्झने नेपाली चाइयो ।

पेवा कसैको होइन यो साझा फुलबारी
हामी सबैको एउटा नेपाल हो चिनारी
ठुलो पहाड पाइयो हिमाल पाइयो
हिमाललाई सम्झने नेपाली चाहियो ।

 

Continue reading


म हु छोरी नेपाली

Rama, Karkidholi, रमा कार्कीढोली, pallawa, पल्लव

रमा कार्कीढोली

हिड्छु सधै म शुद्ध मन,
बचन र कर्म साथ लिई
हु राष्ट्र भक्त कर्म भक्त
म हु छोरी नेपाली !!

हसिलो चेहेरामा सधै
रसिलो मीठो बोली लिई
म बढ्छु विश्व सेवामा
बलियो पाईला उचालि ।

 

Continue reading



गजल

Rama, कार्की, Karki

रामा कार्की

आज जिन्दगीले आफै ,मरेको त्यो हेरिरह्यो
ओइलिएर् हागा बाटै ,झरेको त्यो हेरिरह्यो

उदभास जिन्दगीको यहाँ,एका एक मरे पछि
जिन्दगीले आफ्नै क्रिया ,गरेको त्यो हेरिरह्यो

Continue reading


गजल

Rama, कार्की, Karki

रामा कार्की

नहेरु त हेरु हेरु ,लाग्छ तिम्रो जुनको मुहार
हेरे पछी नसा जस्तै लाग्छ तिम्रो सुनको मुहार

कुन सब्दमा बयान गरु ,कत्ति सम्म राम्री भनु
फुल भन्दा पनि सुन्दर ,लाग्छ सधै उनको मुहार

Continue reading


जन–आन्दोलन तिर फर्केर हेर्दा

रमा घिमिरे

नेपाली काँग्रेसले यो देशलाई समृद्धि र विकास गरी आम नागरिकलाई सजिलोसँग बाँच्न पाउने बनाउन जमर्को गर्दै आएको हो । त्यसैको निरन्तर संघर्षको बाबजुद २००७ सालमा प्रजातन्त्र आएको हो । आम जनता शिक्षित थिएनन् बहुदलीय व्यवस्थाको मूलमर्म स्वतन्त्रता र खुला समाज अर्थतन्त्रलाई आम जनहितकारी बनाउने हो । त्यस्तो ज्ञान नै धेरैमा एिन र राणाको सोच नै बदलिन सके अवस्थामा राजालाई पुरानै विचारका मानिसहरुले बहुदलीय व्यवस्था नै अपदस्त गर्न लगाए । एक दलीय पाचायती व्यवस्था लागू गरे ।

Continue reading