रामकृष्ण भट्ट को कविता

Ram, Krishna, Bhatta, Nuwakot, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

जता हेर्छु तेतै पालुवा पलायो
मन मोहक छ मन नै विलायो
कोईली कुहु कुहु डाक्छ बनमा
अथाह उमङ्ग भरौं यी मनमा

जोडी ढुकुर सुन्दर पवनमा
कति मायाँ गास्छ हेर जीवनमा
हे मान्छे कति उदास भो जनम
अथाह उमङ्ग भरौं यी मनमा

 

Continue reading


गजल

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

बुहारी त आफ्नै सुरमा चल्न थालेकी छे ।
आफन्तीको आखा समेत छल्न थालेकी छे ।।

बिदेशगाको महिना दिनमै डेरा गरि शहरतिर,
रमझम सगै फुल्न अनि फल्न थालेकी छे ।

एक कल फोन नि गर्दिन खै आउनै छाडी घर ,
ब्यूटिपार्लर छिरी पाउडर दल्न थालेकी छे ।

 

Continue reading


गजल

Ram, Kumar, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ’‘फुच्चे’

चैतमासको हावाहुरी आएसँगै नयाँ बर्ष ।
गरिरहेकै छौँ मजबुरी आएसँगै नयाँ बर्ष।।

गाउँछोडी शहरझरी युवा मुग्लान पसेपछि,
घट्दै गएछन् घरधुरी आएसँगै नयाँ बर्ष ।

जिती जानेहरु बस्छन् सधैं आफ्नै भूँडी भर्दै,
बेच्दैछन् कोही पानीपुरी आएसँगै नयाँ बर्ष ।

 

Continue reading


गजल

Ram, Krishna, Bhatta, Nuwako6, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

मान्छेले मानवतालाई नाजुक बनायो
अनि पो प्रत्येक घटनाले भावुक बनायो ।।

ठुलै खेती हुन्छ अधिकार दिन्छु भन्नेको
जब ईती श्री भैसक्छ जागरुक बनायो ।।

समय अनुसार सेवा सुविधा बुझेन
प्रविधिको दुरुपयोग कामुक बनायो ।।

 

Continue reading


गजल

Ram, Krishna, Bhatta, Nuwako6, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

नछुट्ने आदत बस्यो
कस्तो यो चाहत बस्या ।।

तान्यो हृदय मोहले
फजुल ताकत बस्यो।।

छल्क्यो आँसु गहभरी
कर्मको बापत बस्यो ।।

 

Continue reading


शुभकामना_पद्य

Ram, Chandra, Ghimire, रामचन्द्र घिमिरे , pallawa, पल्लव

रामचन्द्र घिमिरे

मन सोच्दछ जो कविता म भनूँ।
तन होस् सुख पूर्वक भै म जिऊँ।।
भरियून् हर चाह रमेर सब।
विजया जय भैकन मानअब।।

जुन जो छ कुरा मनको मनमा।
अडिने छ भने नअडोस् मनमा।।
तन दिव्य बनोस् सुख साथ सब।
विजया जय भैकन मान अब।।

 

Continue reading


गजल

Ram, Sharma, राम शर्मा, pallawa, पल्लव

राम शर्मा

बाँझै छन खेत र बारि भत्किएर गए आलिहरू
अन्न छैन भकारिमा छटपटिदै छन थालिहरू।

बुढाबुढी मात्रै छन गाउँमा खन्ने जोत्ने कोहि छैन
गाई गोठको कुना तिर खिई राहछन फालिहरू ।

चौतारिमा छाहारी छैन भरियालाई सितल दिने
पिपलु र वर रुँदै छन चोईटियर डालिहरू ।

 

Continue reading


रामकृष्ण भट्ट का केही मुक्तकहरूः

Ram, Jetho, Ram रामकृष्ण भट्ट, , राम जेठो राम, pallawa, पल्लव

रामकृष्ण भट्ट

कसैलाई रमाइलो कसैलाई खल्लो यो चाडपर्व
गरिब छाक टार्न व्यस्त् धनीको अस्रल्लो यो चाडपर्व
मासिदै छ सनातन हाम्रो धर्म, संस्कृति ,भेष भूषा
अब चाँडै नै बन्छ इतिहासमा डल्लो यो चाडपर्व।।

यसो गरे कसो होला?
देशको दोहन गर्ने भ्रष्टाचारी साउँनै पर्छ
शासक वेकामी भो,कोहि हिटलर आउँनै पर्छ
खोक्रो आश देखाउने देशका जिउँदा लाश हुन्
ती तिम्रा कर्तुत नङ्गाएर लखट्न पाउँनै पर्छ ।।

 

Continue reading


गजल

Ram, Jetho, Ram रामकृष्ण भट्ट, , राम जेठो राम, pallawa, पल्लव

रामकृष्ण भट्ट

जब जब रात ढल्छ के भनौ र यार
रहरको आगो बल्छ के भनौ र यार ।।

यताउति चिहाउछ तृष्णाका अधर
मन्द मन्द गति चल्छ के भनौ र यार ।।

मनका भावना सुसाएर बोलाउछ
बेसुरले सुर छल्छ के भनौ र यार ।।

 

Continue reading


गजल

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

रातो सारी रातै चुरा लाऊली हुदैन र तीजमा।
बेदनालाई गीत बनाई गाऊली हुदैन र तीजमा।।

दैल्होकुचो मेलापात घरको काममा मै सघाऊला,
दुईचार दिनलाई माईतैबसी आऊली हुदैन र तीजमा।

खोलानाला बढे होलान बाटो पनि बिग्रे होलान,
रहर गर्यौ बरु बसमै जाऊली हुदैन र तीजमा।

 

Continue reading


गजल

Ram, Krishna, Bhatta, Nuwako6, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

हेर्दा हेर्दै जीवन ढल्कियो थाहै भएन
मनोभावमा आगो सल्कियो थाहै भएन ।।

जतिभए पनि लोभ मोहले नछोड्नें रैछ
बखत गुज्र्यो यथार्थ झल्कियो थाहै भएन।।

कर्म के हो बुझें, कर्तब्य बोध भएपछि
आमा बुबाको अर्ति टल्कियो थाहै भएन।।

 

Continue reading


गजल

Ram, Sharma, राम शर्मा, pallawa, पल्लव

राम शर्मा

बाँझै छन खेत र बारि भत्किएर गए आलीहरू
अन्न छैन भकारिमा छटपटिदै छन थालीहरू।

बुढाबुढी मात्रै छन गाउँमा खन्ने जोत्ने कोही छैन
गाई गोठको कुना तिर खिई राहछन फालीहरू।

चौतारीमा छाहारी छैन भरियालाई सितल दिने
पिपलु र वर रुँदै छन चोईटियर डालीहरू ।

 

Continue reading


आद्यक्षरी_ओखती

Ram, Chandra, Ghimire, रामचन्द्र घिमिरे , pallawa, पल्लव

रामचन्द्र घिमिरे

(मानवोचित नियमले सहज होस् रक्षा सबै देहको)
मा-न्छन् डाक्टर यी कुरा सहज हे लेख्दैछु मैले यहाँ!
न-ल्याऊ मनमा विकार मनुवा भन्दैछु मैले यहाँ!!
बो-कौँ आठ गिलास प्यून जल नै मूला र सागै जुन।
चि-न्ता व्याधि छ?कागती जल लिए हट्ने कुरा यो सुन।।

त-त्कालीन हुने छ जो फलहरू गर्नू तिमी सेवन!
नि-ल्दा क्याप्प चिसो हुने किसिमको पानी नहोस् भोजन!!
य-द्वा हुन्न कफी असाध्य पिउनू,बेर्ना उमारीकन
म-स्तै झोल पकाइ खान्छ जसले,सप्रन्छ उस्को तन!!

 

Continue reading


भानुभक्त उवाच….

Ram, Chandra, Ghimire, रामचन्द्र घिमिरे , pallawa, पल्लव

रामचन्द्र घिमिरे

कवि कवित बनाई सम्झियौ जो मलाई।
व्यथित मन थियो है भानु नै भै उदाई।।
मन बिच जन छाडे राख्न भाषा र भेस।
कलह अति गरेरै छाड्दछन् जो स्वदेश।।

खलबल किन गर्छन् हुन्न भाषा नमानौं।
मुलुक भर चलेको के छ दङ्गा नजानौं।।
अबुझ सठ बसेका मातृ सम्मान गर्न।
सब जन अगुवामा सोध पर्दैन मर्न??

 

Continue reading


कोही नहोओस् बुढो

ram, prasad, gyawali, रामप्रसाद ज्ञवाली,pallawa , पल्लव

रामप्रसाद ज्ञवाली

कस्तो रूप थियो जवान म छँदा पर्थें स्वयं दङ्ग म
कस्तो आज भएँ नि वृद्ध बनिँदा तर्सिन्छु आफैसँग
कस्ता हात थिए जवान म छँदा फोर्थे नि भित्तातक
कस्ता बन्न गए नि हेर अहिले काँप्छन् सधैँ लुग्लुग ।

दौडन्थेँ कसरी जवान म छँदा आँधीहुरीझैँ गरी
कस्तो आज भएँ नि वृद्ध बनिँदा हिँड्दै छु लासैसरि
लाग्थ्यो सक्छु दगुर्न कुद्न सजिलै बोकेर धर्ती तब
आफ्नै ज्यानसमेत बोक्न नसकी हिँड्दै छु घस्री अब ।

 

Continue reading


गजल

Ram, Krishna, Bhatta, Nuwako6, ‎रामकृष्ण भट्ट‎ , pallawa, पल्लव

‎रामकृष्ण भट्ट‎

भय के रैछ वचनले चुकेको लाई सोध
महत्व के हो कर्तव्यमा झुकेको लाई सोध।।

झेल्नु पर्छ हरेक संघर्स अड्कल नहूँदा
उजगार नभई प्रतिभा लुकेको लाई सोध।।

दौलतले कति उन्मात हुन्छन मान्छेहरू
भोक के हो दुर बस्तीमा सुकेको लाई सोध।।

 

Continue reading


स्वाभिमान छ भने

ram, prasad, gyawali, रामप्रसाद ज्ञवाली, pallawa, पल्लव

रामप्रसाद ज्ञवाली

इच्छा मात्र गरी प्रयत्न नगरी कस्को बन्यो खै घर ?
अर्काको भरमा परी हिमचुली को पो चढेको छ र ?
पन्छीले रुखमा बनाउँछ स्वयं सङ्घर्ष गर्दै घर
नेपाली ! सुन, स्वाभिमान छ भने आफै बनाऊ घर ।

कुद्दै पर्वतमा बनाउँछ स्वयं बाटो नदीले पनि
बाँच्दै छन् कमिला किरा छिचिमिरा सङ्घर्षशाली बनी
उड्दै छन् पुतली स्वयं गति लिई आकाशमा फुर्फुर
नेपाली ! सुन, स्वाभिमान छ भने आफै उठाऊ शिर ।

 

Continue reading


गजल !!!

Ram, Sharma, राम शर्मा, pallawa, पल्लव

राम शर्मा

जहाँ नारिको सम्मान हुन्छ
त्यहाँ समाजको सान हुन्छ ।

जे पनि नभन पिठ्युँप पछि
भित्ताको पनि कान हुन्छ ।

इज्जत देउ र इज्जत लेउ
सुख सान्तिको भान हुन्छ ।

 

Continue reading


डिल्लीराम शर्माका केही मुक्तकहरूः

Dilli, Ram, Sharma, डिल्लीराम शर्मा, pallawa, पल्लव

डिल्लीराम शर्मा

पुर्खाको वचन कहिल्यै टेरिएन
अगाडी हेरियो पछाडी हेरिएन
जुन जोगी आए कानै चिरिएका
बाँदर,सर्प फेरिए मदारी फेरिएन ।।

यो देशमा दिनदिनै विचित्र भएको छ
हिजो बाहिरिएको आज भित्र भएको छ ।
न निति न दर्शन यस्तै रहेछ राजनिती ।
हिजोको प्रमुख सत्रु परममित्र भएको छ ।

Continue reading


‘याद’

Ram, Kande, राम कँडेल अधीश , pallawa , पल्लव

राम कँडेल अधीश

बन्यो घाउ आलो सधैं सम्झनाले
निको हुन्छ होला मिले यातनाले
खने गल्छ माटो यिनै पाखुराले
धनी हुन्छ मान्छे सधैँ सिर्जनाले ।

पुकार्दै हुनन् ती कुना कन्दराले
बन्यो गीत तिम्रो सुनाए चराले
कथा रैछ मेरो व्यथा रैछ उस्तै
दुखायो कसैले दियो चोट मस्तै

 

Continue reading