जेना हेन्सनको माइलेज

Rajib, Pudasaini, राजव पुडासैनी, pallawa, पल्लव

राजव पुडासैनी

अलि अलि कोलम्बीयन गाँजा
र म्याक्सिकन बियरमा
लठ्ठिएकी जेना हेन्सन भन्छे,
लठ्ठिनुको आनन्द नै मेरो प्रेम हो
छैनन् मेरा अरु कोही प्रेमी
मसँग लोग्ने वा
ब्वायफ्रेण्डजस्ता अरिङ्गाल छैनन्
आनन्दमा छ मेरो जीवन
म तथाकथित लोग्ने र
ब्वायफ्रेण्डको झन्झटबाट
मुक्त छु –

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

कसैको ओठमा मात्रै मुरारी छन्,
शिकारी रातका दिनमा पुजारी छन् ।

दिँदा आभाष मेरो ढक्ढकाएर,
हुरीमा द्वार आमाले उघारी छ्न् ।

अँगालो भर्नु पहिल्यै सोच्नु पर्ने हो,
सखाका कोखिलामा छन् कटारी छन् ।

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

प्वाँख स्वच्छन्द खोज्दा, छोडे पखेटा चरालाइ…
खोज्दछन् अर्थ रुखले, स्वच्छन्द छोडी जरालाइ..!

बिग्रिए ज्ञान बाँड्ने, बद्ले सबै हेर मर्यादा…
जानकी भो नदेउ, गर्दैछु विन्ती गरालाइ..!

खोस्न सक्दैन श्यामा, आगो र पानी न यो हावा…
सम्झ मेरो चुनौती, हो प्रेयसी यो धरालाइ..!

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

बढेका के थिए शंका, जरा ढाल्दै थिएँ मैले
हुरी चल्दा भरोसाको, दियो बाल्दै थिएँ मैले !!

खुशी सोच्दै छुटेको हो, तथापी यै दुखेसो भो !
त्यही हाँस्यौ जहाँ रोई, नयन गाल्दै थिएँ मैले !!

नसोधेकै थियो जाती, बढ्यो मेरो अझै काम !
हिजो तिम्ले उधारेका, सिरा टाल्दै थिएँ मैले !!

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

थियो क्यै थियो खास त्यो चञ्चलीमा !
त्यसैले त छे यादको झलझलीमा !!

म कस्तो नगरमा झरे फूल खोज्न !
जहाँ मञ्जरी नै थिए हर बलीमा !!

सुँके, जिन्दगीमा न हासिल भयो क्यै !
पसीना जसै जो थिएँ खलखलीमा !!

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

एकै देख्छु गुण यो कमेरो चुनामा
अचम्मै छु भ्रमको म कस्तो थुनामा

कहाँ सम्म खोज्यौ, उजेली नियाल्दै
मुनी थेँ टुकीको, अँधेरो कुनामा

छ रित्तो छ डाली , हरे जिन्दगीको
खुशी ती कसैले, निमोठ्दा मुनामा

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

यसै हाँसु ओठमा छ गम्भिर’ तगारो !
नबग्ने रूँदा, आँशु अस्थिर तगारो !!

म श्यामा, तिमी रूकमणी, हौँ क कसका !
छुटे भन्दिए सानु मंसिर तगारो !!

चिरे भूमरी यो खुशी लुट्न सक्थे !
नदेख्या सुनेको छ जञ्जिर तगारो !!

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

के बुँझे, जाने भनौ, जिन्दगानीको कुरा
अर्थ बग्ने जीवनी, मिल्यो पानीको कुरा

फुल्न देऊ आज यो, झुल्न देऊ आज यो
हुन्छ भोलीको कथा, हर जवानीको कुरा

सब् विभाजन् गर्दिए, छुट्नु पैले प्रेम त्यो
सम्झना बाँकी रह्यो, यै निशानीको कुरा

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

सखी, आँशु पोख्ने, सिरानी बनाएँ
हरेक रात धोई बिहानी बनाएँ

तिमी खोज्दथ्यो धेर सामीप्य मन्ले
नपाएर सस्तो जवानी बनाएँ

कतिञ्जेल बाँचौ यहाँ तिर्सनामा
जवानी फुटाएँ र पानी बनाएँ

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

गरौँ छैन सामर्थ्य फुर्ती छ ठूलो
यँहा मात्र सत्ता र कुर्सी छ ठूलो

भुवा सम्झि कानुन उडाए बडाले
सँधै निम्न लाई त उर्दी छ ठूलो

सबै छन् सहोदर कुनै छैन भेद
नजरमा सुदुर् याँ न पुर्वी छ ठूलो

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

कहाँ जिन्दगी उनको, कहाँ कल्पना मेरो
सिरानी बनोस यौटै, थियो चाहना मेरो

चिठी पत्र आयो क्यै, न बाडुल्किले सोध्यो
गरेनन् छुटेकाले, थोरै सम्झना मेरो

म कुन् प्रीतिको कस्तो, बताँऊ कथा मित्र
हितैषी थियो साथी, सँधै लाञ्छना मेरो

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

ऐनाले खुच्चिङ गरेको हो कि
या बिम्ब मेरो मरेको हो कि

देखिन्न हाँसो मुहारमा कत्ति
अदृश्य पीडा परेको हो कि

मग्दैछ दिल यो निहार्दै बर्षा
यो आशुँ उन्कै झरेको हो कि

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

उडाएँ पुर्ख्यौली बँचेको सम्पती आनन्दले
गिज्याँउछन ऐले अभाबमा राग रती आनन्दले

के मन्दले मुस्काएथेँ पीर आउने सम्भाव्यले
मेरा खुशी बाँड्ने, जलेछन् सारथी आनन्दले

सन्तुष्ट देखिन्नौ तिमी, भिन्दै सिरानी पाउँदा
जिउदै कसोरी जल्थे खै ? पैले सती आनन्दले

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

बुझायो कसैले न, बुझेँ यो जगत मैले
त्यसैले त पाईन, तिमी जस्तो घत मैले

अँध्यारिन्छ दर्पण नै ,म त्यो मेघ जस्तो छु
भएँ मुर्ख जून रोजे, भुली हैषियत मैले

थिए रित्तिए सारा, झरे आँशु पीडामै
खुशीमा बगाँउन, गरेथेँ बचत मैले

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

हेर्नु आँखा यहीँ अश्रुको अञ्जुली छ
हर्ष क्यै छैन जे जे छ त्यो बन्धकी छ

सास बन्ने अठोट्र के गरुँ प्रिय तिम्रो
बाँच्छु या मर्छु दोषाँधमा जिन्दगी छ

फूल माला र सम्मान् मुखालेको हेर
केहि गर्नेको चैँ हातमा हतकडी छ

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

जसै पाएँ मैले असल मित्र आमा
बिशेष देख्न छाँडे सुदामा र श्यामा ।

सिकाएर मान्छे यो मान्छे भएन
विवेक घुस्छ घुस्दैन हेरौँ सुगामा ।

ए कञ्जुस को कञ्जुस हेरौँला घमण्ड
नछोडेर, लान्छौ के के यो धरामा ।

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

जगतमा अहमताको बाली न हुन्थ्यो
त मान्छे विवेक भित्र खाली न हुन्थ्यो ।

के इज्जत रहन्थ्यो र ज्ञानीको त्यँहा
जहाँ यो दलाली र जाली न हुन्थ्यो ।

हो आफ्ना अझै रम्दथे अश्रु हेरि
नयनमा परेलीको पाली न हुन्थ्यो ।

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

ढुंगाहरू तिम्ले छुदाँ एकाएकै अत्तर भए ।
के फूल ती मैले छुँदा साँच्चै यँहा पत्थर भए ।।

छेक्छौ सँधै मन्दिर कुवा काटौँ नसा हेरौ फरक ।
टाढा बरू आफैँ हुँला तिम्रो रगत प्रखर भए ।।

सन्तान एकै हो सृष्टिको तिम्ले दमन गर्यौ र पो ।
आधा भए फूल का बगान आधा भने पत्झर भए ।।

 

Continue reading


बहरबद्ध गजल

Rajib, G.C., Sangharshi, राजीब जि.सी 'संघर्षी', pallawa, पल्लव

राजीब जि.सी ‘संघर्षी’

जिउने बहाना हजार छन ,मर्ने बहाना हजार छन ।
जंघार हो जिन्दगी भने ,तर्ने बहाना हजार छन्।।

सम्हाँल्छु संभार गर्छु म, झुल्दैन उमंग फूलेर ।
फूले नि के हुन्छ हर्ष यी, झर्ने बहाना हजार छन ।।

खोज्दा के भेटिन्थे पीरमा आफ्ना न अर्का खोजेर ।
हाँसो छ आफन्त का समीप्, पर्ने बहाना हजार छन ।।

 

Continue reading