गजल

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

चिट्ठी लेख्न छाेडेपछि खाम पनि हेला हुन्छ
शितल जुन देखेपछि घाम पनि हेला हुन्छ ।।

पराइकाे छायाँ प्याराे जब लाग्छ बैगुनी लाई
त्यसपछि त आफन्तकाे नाम पनि हेला हुन्छ ।।

मान्छे पशु बन्छ यहाँ लालच भित्र फँस्न पुगे
ठगी लुटमा रमाउँदा काम पनि हेला हुन्छ ।।

 

Continue reading


गजल

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

चौतारी हुँ म बटुवाहरु, आउँछन् र बसेर जान्छन्
फूल ठान्छन् कि कसो, भमराले झैँ डसेर जान्छन् ।।

आफ्नै जस्तो लाग्छ रे, भन्छन् कति प्यारो तिमी
गाला मुसारी नसक्दै, अनि कालो घसेर जान्छन् ।।

बेइमानी नै हतियार बन्छ, सद्भावको खेती सँगै
सरम धरम गुमाएर, हृदय भित्रै पसेर जान्छन् ।।

 

Continue reading


राजेश खोटाङ्गेका मुक्तकहरूः

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

खागबाट कोइला बन्दैछ यहाँ, जलेर जिन्दगी
उठ्न लाई कोशिस गर्दैछ यहाँ, ढलेर जिन्दगी
रेफ्रीले कुटिल इशारा दिँदा, हारियो रणमा
बढाउन कदम मुस्किल छ यहाँ, गलेर जिन्दगी ।।

अलिकति विगत लाई, फर्केर हेर
आफ्नो पनि पालो आउँछ, पर्खेर हेर
दुश्मनले रोपी देलान्, क्याक्टस बाटोमै
पलपल सचेत भई, तर्केर हेर ।।

 

Continue reading


गजल

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

झलमल्ल जुन लागेका, रातहरूले धोका दिए
बिस्वास सँग साटिएका, घातहरूले धोका दिए ।।

दोष आफ्नो कर्मको, मात्रै कहाँ हुँदो रहेछ
लोभीपापी आफन्तका, साथहरूले धोका दिए ।।

अप्ठ्यारोमा पर्दा खेरि, हामी छौं नि भन्दै
पछाडि बाट टेवा दिने, हातहरूले धोका दिए ।।

 

Continue reading


गजल

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

निर्वाचनको भोली पल्ट, पर्ख कहाँ जान्छौ र ?
त्यसपछि त महँगो खाना, कहिले खान्छौ र ??

भोट चाहियो अनि हाम्रा पाऊ समाउदैछौ
असार १ मा हाम्लाई मान्छे किन ठान्छौ र ??

गतिविधि हेर्दा लाग्यो, बाँदर भन्दा फरक छैनौ
खै ! कहिले आफुलाई, नैतिकताले बान्छौ र ??

 

Continue reading


राजेशका केही मुक्तकहरू !

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

सानो छँदा दुख गरि, हामीलाई पाल्नु भयो
सन्ततिको भलाई खातिर, रहरहरू गाल्नु भयो
जब रेखदेख गर्ने भयौँ, दुनियाँमै रहनु भएन
जिवित हुँदा हाम्रै लागि पलपल आँसु खसाल्नु भयो ।।

पहाडमा घर बन्छन्, ढुंगा माटो मिसाएर
प्रगति हुन्न केही, रुखलाई, दुख बिसाएर
मान्छे यतै फर्किनेछ, गन्तव्यमा पुगेपछि
उपलब्धि छ‌ैन है भाई, नयनहरु चिसाएर ।।

 

Continue reading


गजल

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

साँक्षी बन्न के सक्थ्याै, आफैँलाई ढाँट्ने तिमी
मलाई रुखमा चढाएर, तल फेद काट्ने तिमी ।।

दुई हात जोडी अञ्जुलीमा, मायाँ थोरै मागेथेँ
के आश गर्नु पैसा सँग, नैतिकता साट्ने तिमी ।।

तिम्रो मुखमा बोली रैछ, तर वचन विहिन
स्वार्थ पूरा हुने देख्दा, जुठो पनि चाट्ने तिमी ।।

 

Continue reading


गजल

Rajesh, Khatiwada, राजेश खतिवडा, pallawa, पल्लव

राजेश खतिवडा

जताततै देख्छु हरामखोरहरू
बढेकाछन् यहाँ गजलचोरहरू ।

आफ्नै बलबुताले कलम चलाउ साथी
भोलि बलियो बन्छौ आज कमजोरहरू ।

बाग्मतीको सफाई गर्न हिड्नु पहिले
उठाउ आफ्नै आँगनका फोहोरहरू ।

 

Continue reading


राजेश खोटाङ्गेका केही मुक्तकहरूः

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

नयाँ सालमा नयाँ फूलको, माला गाँस्ने हो कि
पुराना पीडा बिर्सिएर, अब सधैं हाँस्ने हो कि
पारिवारिक मेलमिलाप र देशको भलो चाँहदै
सबै मिली निधारमा, रातो टीका टाँस्ने हो कि !!

पसलमा राखेर किराना बेचियो
परदेशमा पुगेर पसिना बेचियो
तर कहिल्यै बिक्री गरिन अाफुलाई
बरु निकै सस्तोमा सपना बेचियो ।।

 

Continue reading


गजल

Rajesh, Khatiwada, राजेश खतिवडा, pallawa, पल्लव

राजेश खतिवडा

थाहा छैन कुन्नी कस्तो आएको हो बेला
गुरूलाई पढाउन खोजिरा’छन् चेला ।

जस्ले गजल लेखेर आफ्नो केश फुलायो,
आला काँचाहरू गर्छन् उसै सँग रेला !

बिदेशमा आची सोहरी आ’को फलानोले
गाउँमा टेम्पो कुदाउनेलाई गरिरा’छ हेला ।

 

Continue reading


कवितामा सप्तरी !

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

सप्तरीमा मान्छे मार्दा, मेची काली दुखेको छ।
अब के के हुन्छ भन्दै, ओठ तालु सुकेको छ।।
जनता सबै मिलेर, एक जुट बन्नै पर्ने भयो ।
धोका दिने नेता गाड्न, खाडल खन्नै पर्ने भयो ।।

राजनीति केही हैन, भन्ने कुरा बुझे पछि ।
एक अर्काको भावना लाई, सम्मान गर्दै पुजे पछि ।।
अँगालोमा बाँधिएर, मानवता लाई साटिने छन् ।
त्यसपछि त चोर नेताका हात खुट्टा काटिने छन् ।।

 

Continue reading


गजल

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

यसो हेर्दा तिम्रो सिउँदो, खाली जस्तो लाग्यो
मेरै साथी फलानोको, साली जस्तो लाग्यो ।।

के छ खबर सिँगल भए, दर्खास्त पो दिउँ कि
विना फूलको बगैंचाकि, माली जस्तो लाग्यो ।

झट्ट देख्दा लोभै लाग्ने, साँच्चै कति राम्री
मँसिर मास भित्र्याउँने, बाली जस्तो लाग्यो ।।

 

Continue reading


राजेश खोटाङ्गेका केही मुक्तक

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

माटो चाखेर जमिन, कहाँ किन्न सकिन्छ र
बसेर भुइँमा राँगो, कहाँ छिन्न सकिन्छ र ?
सुन्दर मुहार भित्रका थुप्रै, राक्षस आत्माहरु
छाला देखेर मान्छे कहाँ, चिन्न सकिन्छ र ।।

झ्याल बाट हेरि देउन, पानी भर्न आएकी छु
लुकिछिपी तिम्लाई भेट्ने, बहानामा धाएकी छु ।
नशा पिए जस्तो भयो, तिम्रो यादले मलाई
झझल्कोले सताउँदा, आधा पेट खाएकी छु ।।

 

Continue reading


गजल

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

एक अर्कालाई झुकाउँने, दम हुन्छ प्रीति भित्र
टुटेका लाई जुटाउने, गम हुन्छ प्रीति भित्र ।।

सभ्य अनि शिक्षित, परिवारका जोडी भए
नैतिकतालाई बचाउँने, सरम हुन्छ प्रीति भित्र ।।

सन्तानलाई सँस्कार युक्त, बनाउँन नसकिए
पैसा भए पुग्छ भन्ने, अहम् हुन्छ प्रीति भित्र ।।

 

Continue reading


गजल

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

अनुहार त ठिकै हो व्यवहार, घोच्ने काँडा जस्तो
स्वर उस्तै मिठो रैछ, भुइँमा झर्या भाँडा जस्तो ।।

कस्तो मिल्या जिउडाल अनि, हेराई झनै मादक
हिँडाई पनि क्याट वाक रैछ, लैनो पाडा जस्तो ।।

कपाल देखेँ बहुत शिल्की, साइबाबा लाई बिर्साउने
निधार झनै फराकिलो, घर माथिकै डाँडा जस्तो ।।

 

Continue reading


राजेश खोटाङ्गेका मुक्तक हरूः

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

धनी र गरीबमा यहि, असमान फरक छ
पशुलाई स्वर्ग र, मान्छेलाई यहिँ नरक छ ।
सोच बिचार अनि, सहानुभूति नभए पछि
दुखीको नियति हेरौँ यस्तै यथार्थपरक छ ।।

हामी सधैँ पसिना, बगाउँछौं खाडीमा
अनि नेताहरू लाई, चढाउँछौं गाडीमा ।
कठै!एउटा खबुस र तातो पानी पिएर
काम गर्ने शक्ति, बढाउँछौं नाडीमा ।।

 

Continue reading


१४ अक्षरीय गजल

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

तिमीलाई नै चिट्ठी लेख्ने, हातै बैगुनी
मलाई लुट्ने तिम्रो मिठो, बातै बैगुनी ।।

अप्ठ्यारोमा शर्ण पर्ने, मेरै राजा भन्दै
सहज हुँदा कुल्चि हिँड्ने, घातै बैगुनी ।।

कुल घर समाजको, दायित्व नै भुलि
लाज शर्म नै बिर्सि दिने, मातै बैगुनी ।।

 

Continue reading


गजल

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

अञ्जुलीमा अागो बाली, पिठ्युँ सेक्न नमिल्ला कि
मात्तिएर जमिन छोड्दै, धुरी टेक्न नमिल्ला कि !!

दुई चार कक्षा के पढियो, लाग्छ अाफु बुद्धिमानी
मूर्ख बन्दै हत्केलाले, सूर्य छेक्न नमिल्ला कि !!

भावना र तन मन मिल्दा, साह्रै प्रिय लाग्ने मान्छे
अाफ्नो अनुकुल नहुँदैमा, पराई देख्न नमिल्ला कि !!

 

Continue reading


राजेश खोटाङ्गेका केही मुक्तकहरूः

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

कलेज ड्रेस पहिरिएकी, हातमा कलम कापी
परिक्षामा सामेल भयौ, काखमा छोरो च्यापी
सन्तान भन्दा फेसबुक, ठूलो ठान्ने आमाहरू
मुटु नै दुख्ने गाली गर्छन्, यिनलाई सरापी ।।

यहि झुपडीमा जन्मेर छोरो, नेता र मन्त्री भयो
यो छानो लाई महलमा फेर्ने, इरादा बोकेर गयो
दलान र पाली कमेरो कठै ! आँखैमा झलझली
सुन्दैछु उ त शहरमा छ रे, खै! यता यस्तै रह्यो ।।

 

Continue reading


गजल

Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

पूर्णिमाको चन्द्रमा झैँ, झलमल्ल बल्न पुग्यौ
चैत मासको हुरी जस्तै, जताततै चल्न पुग्यौ ।।

पुरै फिक्का लागे जस्तो, रँगीन सँसार आज
खै! किन हो बेमौसमी, फल झैँ फल्न पुग्यौ ।।

आवेस लाई दवाउन, सक्नु मात्रै मानवता रे
तर पनि ऐना सँग, आफ्नै मुहार छल्न पुग्यौ ।।

 

Continue reading