गजल

Ram ,Raj, Banjara, राम राज बन्जरा, pallawa, पल्लव

राम राज बन्जरा

अचेल चौपट् छ्न कारोबार ब्यस्त छु म
ए! हजुर मैले गरे नमस्कार ब्यस्त छु म ।

जहर देखेर अत्तालिन्छु समेट्नै सकिन
र गर्न थाले फुलकै ब्यापार ब्यस्त छु म ।

डाक्टर बैध्यका औसधिमा दम हुदैन रे
भट्टीमै गरे दिलको उपचार ब्यस्त छु म ।

 

Continue reading


गजल

Dev, Raj, Joshi, देवराज जोशी"खाल्टेली", pallawa, पल्लव

देवराज जोशी”खाल्टेली”

वयल्दै अनौठो हाउभाउमा, रङ्ग देखायो जवानीले
वदलाव तनमा नमिल्ने भयो, भोटो फटायो जवानीले ।।

मिल्दैन कुरो कसै गरे नि, व्यवहार फरक भै गयो
संस्कार सम्बन्ध विरानो, नाता टेड्यायो जवानीले ।।

एकोहोरो पनमा रमाई, गजधम्म आफ्नै पारामा
हाँसिखुशी आफ्नै दमली, हाँसो जगायो जवानीले ।।

 

Continue reading


धर्मराज उपाध्याय ‘पराशर’का मुक्तकहरूः

Dharma, Raj, Upadhyaya, Parashar, धर्मराज उपाध्याय 'पराशर' , pallawa, पल्लव

धर्मराज उपाध्याय ‘पराशर’

घर आउँदै छु भनी खबर को संग पठाउने होला,
बुवा-आमालाई यो साल पनि कसरी मनाउने होला,।
अर्को वर्ष त अवश्य जोडी बनी आउनु भनेका थिए,,
जादै छु एक्लै बायाँ काखमा कसलाई सजाउने होला,,।।

हेर मेरै खेदो खन्छौ त म के गरौँ,,
कति पाए भनी गन्छौ त म के गरौँ,।
ज्ञान दिई अघि बढाउने थिए,,,
आफैं भगवान् बन्छौ त म के गरौँ,,।।

 

Continue reading


झलकराज उपाध्यायका मुक्तकहरूः

Jhalak, Raj, Upadhyaya, झलकराज उपाध्याय, pallawa, पल्लव

झलकराज उपाध्याय

मेरो पनि रोजीरोटी चलाई दे न सरकार ।
महल संगै झुपडीमा चुलो बलाई दे न सरकार।।
तिमी हामी नेपाली त उ पनि अर्को होइन ।
द्वेश अनि विभाजन यो जलाई दे न सरकार ।।

दादागिरी गरेर नी माया लाईन्छ र ?
चाकु छुरि देखाएर बिश्वास पाईन्छ र ?
के भनी लड्छौ कुन्नि यस्तो लडाइँ ।
दुनियाँ यो जित्नलाई अस्त्रै चाहिन्छ र ?

 

Continue reading


सम्झना असारको

Tirtha, Raj, Bhatta, तिर्थराज भट्ट, pallawa, पल्लव

तिर्थराज भट्ट

हे ! काले, धउले, तिले र कपरा, फुर्के, तिखे, झाल्लरे ।
हाम्रो पेट निमित्त जोतिन पुग्यौ, सम्मान तिम्रो गरें ।
तिर्छौ जीवनमा खुरुक्क ‘नुनको, सोझो’ भएरै ऋण ।
मान्छेमा बरु भाव शून्य हुन गो, खाएर तिर्ने गुण ।।

जोत्दा खेत रमाइलो समयका, छन् सम्झना झल्लली।
मौनो ओडि हिलाम्य खेत थलमा खान्थ्यौं सधैं पोटली ।
चोतो साग, भुजो र आलु, लिउडो, उन्माद मीठाहरू।
पाक्लान् लाउन बाबरै र हलुवा, टांढा भए के गरूं ।।

 

Continue reading


डोटेली भाषा गजल

Tirtha, Raj, Bhatta, तिर्थराज भट्ट, pallawa, पल्लव

तिर्थराज भट्ट

मास्सिदिना फूलभाडी अन्धेरो मद्दु ।
कठैदैना लाडी ! अन्धेरो मद्दु ।।

भाग्य चेलाका पखान बाटो
नै घाम नै जाडी अन्धेरो मद्दु ।

रुबस जात्की धेकी मस्की जाना
फुलेका जुङादाडी अन्धेरो मद्दु ।

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

कहानी सबै बैंसका चुन्न पाए ,
रची प्यारको जाल नै बुन्न पाए ।
.
तिनै फूलका प्यारका वासनाका-
लगी खोरमा जिन्दगी थुन्न पाए ।

सबै ती नशा त्याग्दथें जिन्दगीका ,
उनैको मिठो बाँसुरी सुन्न पाए ।

 

Continue reading


गजल

Yagya, Raj, Joshi, यज्ञराज जोशी , pallawa, पल्लव

यज्ञराज जोशी

हिजो जस्तै सबैको प्यारो बनाउ
आउ ऐ बालापन तिमी फर्केर आउ

आहा ! कति खेल्थ्यौं थरिथरिका खेल
अझै पनि साथीसंग त्यसै गरी खेलाउ

नत पाप नत संका कति कञ्चन मन
फेरी पनि मलाई त्यही उमेरमा लैजाउ

 

Continue reading


तीतो मीठो हो . . . . .

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ढाक्यो बादलले परन्तु रवि नै ज्योत्स्ना जलाई रहे ।
खोलाले धमिले परन्तु जलधी संग्लो बनाई रहे ।।
विष्टामूत्र सुगन्ध पारी धरणी उर्जा फलाई रहे ।
भुक्नेकुक्कुर भुक्छ नाहक सखे भुक्दैन हात्ती अहे ।।

पाकेको फलमात्र हेर्दछ सबै पोख्छौ दुखेसो किन ?
बालेको ज्वलदग्नि ताप्दछ सबै पीडाभएको किन ?
हुन्नन् काष्ट सुगन्धदायक कुनै घोटिन्छ श्रीखण्ड हो ।
घोट्नैपर्दछ पाखुरा समयले घोटेर नै मूल्यभो ।।

 

Continue reading


तीर्थराज भट्टका एकजोर डोटेली भाषा गजल

Tirtha, Raj, Bhatta, तिर्थराज भट्ट, pallawa, पल्लव

तिर्थराज भट्ट

डोटेली भाषा गजल– १
जे भणेलक फुचेरा नाकैन माण्णा
के तेरा हुन् के मेरा नाकैन माण्णा

बुझेगाझेई द्वालीका कौवा मछ्यारा
धेकाउना नखेरा नाकैन माण्णा

हाम् पानी तिसकी झली जसि ब छ
कुवा धारा पंधेरा नाकैन माण्णा

 

Continue reading


गजल

Tirtha, Raj, Pandeya, तीर्थराज पाण्डेय, pallawa, पल्लव

तीर्थराज पाण्डेय

उसैले हो वचाएको मेरो हात समाएर !
उसैले हो उभ्याएको आफ्नै हात थमाएर !!

घामपानी दुःखसुख जीवनभरी भोग्दाभोग्दै
आशै आशमा वचेको हुँ ऊनिसंगै रमाएर !

मेरो आशा भरोसा हो मलाई नै ऊर्जा दिने
भन्थ्यौ सधैं नबस है हातमा दही जमाएर !

 

Continue reading


माछो कसोरी भिज्यो

Tirtha, Raj, Bhatta, तिर्थराज भट्ट, pallawa, पल्लव

तिर्थराज भट्ट

पृथ्वीदेखि ग्रहादि केन्द्रित भयो विज्ञान अन्वेषण।
ती जम्मै ग्रहमा बसाइ सरने, सुन्दै छु उद्घोषण।।
सारा विश्व विकाशका पथ महां सोपान चढ्दै हिड्यो।
हाम्रो देश सदैव अल्झिन पुग्यो माछो कसोरी भिज्यो।।

भन्छन् गर्नु नयां नयां प्रविधिले कक्षा महां शिक्षण।
मात्रै कागजमा सिमीत रहने, सिद्धान्तका दर्शन।
आकांक्षा रुचि चाहना सब लुट्यो गाली र लठ्ठी भिड्यो।
यो विद्यालयले रटाउछ सधैं माछो कसोरी भिज्यो।।

 

Continue reading


तीर्थराज पाण्डेयका मुक्तकहरूः

Tirtha, Raj, Pandey, तिर्थराज पाण्डेय. pallawa, पल्लव

तीर्थराज पाण्डेय

भगवानको उपहार हो जीवन हात जोडेर आउनुपर्छ।
संघर्ष पनि हो जीवन कयौं पत्थर फोडेर आउनुपर्छ ।
हिलोमै भएपनि कमलझैं एकपटक फूल्नु नै पर्ने हुन्छ
मृत्यु नै अन्तिम गन्तव्य हो, सबथोक छोडेर जानुपर्छ !!

गहुँ वा चामल जे पिसे पनि आटो नै हुन्छ
घट्ट होस वा चक्की जेमा पिसेपनि जातो नै हुन्छ
जीवन एक अविरल यात्रा हो निरन्तर घुमीरहनुपर्छ
अर्थ नबुझी अनर्थका काम गर्दा सधैं घाटो नै हुन्छ।।

 

Continue reading


डोटेली भाषा गजल

Tirtha, Raj, Bhatta, तिर्थराज भट्ट, pallawa, पल्लव

तिर्थराज भट्ट

दिउँइ भणी दिना धोका, घांटीलाईका मान्छे ।
मेरा मित्तुर आफुइ भोका, घांटीलाईका मान्छे ।

तखडीमाई केलाई तौलु सुन तौल्या जनी,
क्याको बर्ता क्याको थोका, घांटीलाईका मान्छे ।

मन भितरी पाप सोची भेट्टे वाहानामी,
जन् आया हो मेरा ढोका, घांटीलाईका मान्छे ।

 

Continue reading


भोट दिन जाँदा

Govinda, Raj, Binodi, गाेविन्दराज विनाेदी, pallawa,पल्लव

गाेविन्दराज विनाेदी

उनी हुन् दलका मान्छे बफादार दलप्रति
नेताको अनुकम्पाले पाए टिकट सम्प्रति
भोट माग्न हिँडेका छन् मतदाताहरूसित
कला छ उनमा मान्छे गर्नसक्ने प्रभावित

दलको घोषणा-पत्र चुनावचिह्न साथमा
हिँड्दछन् दलकै झण्डा फर्फराएर हातमा
अनेकौँ कार्यकर्ता छन् लागेका उनका पछि
खान पान यशोगान मिलेको छ सुसङ्गति

 

Continue reading


खुट्टा हुने व्यक्तिले

Tirtha, Raj, Bhatta, तिर्थराज भट्ट, pallawa, पल्लव

तिर्थराज भट्ट

कोही लोक महां युधिष्ठिर बने, कोही बने नारद।
केही वाद विवाद हर्दम गरी लिन्छन् नि ठूलो पद।
कोही व्यक्ति विशेषका अधिनमा, बाँच्ला कुनै भक्तिले।
वैशाखी किन बोक्नु हिड्न क्षमता, खुट्टा हुने व्यक्तिले।

केरा बोट अड्याउँछन् सब जना, देखेर भारी फल ।
मात्रै स्वार्थ अपूर्णसम्म रहँदा, टेक्को रह्यो केवल ।।
उड्छन् पत्कर झर्दछन् पवनका, सामर्थ्य वा शक्तिले ।
आफ्नै आड महाँ उभिन्छ सजिलै, खुट्टा हुने व्यक्तिले ।।

 

Continue reading


आमा ! मलाई क्षमा देऊ

Tirtha, Raj, Bhatta, तिर्थराज भट्ट, pallawa, पल्लव

तिर्थराज भट्ट

कैलै घाम, हुरी, बतास, असिना, कैलै सह्यौ हुन्डरी।
तीर्खा भोक सह्यौ थकान कहिल्यै पीडा सह्यौ बेसरी।।
देख्यौ, उज्ज्वलका भविष्य सपना सन्तान वा बालक।
आमाको ममता लतारि हिडने, धिक्कार नालायक !!

आमा बा असहायका बखतमा, राखेर बृद्धाश्रम।
आमा हौ भगवानझैं रुप भनी, छर्दैछ छोरो भ्रम।
धर्ती हौ जननी खुला गगन हौ आदर्श छांटू जति ।
छोरा लायक बन्न मुस्किल भए आमा म ढांटूँ कति।।

 

Continue reading


तिर्थ।ाज पाण्डेयका केही मुक्तक

Tirtha, Raj, Pandey, तिर्थराज पाण्डेय. pallawa, पल्लव

तिर्थराज पाण्डेय

मान्छे, मान्छे नभएर भगवान हुन खोज्छ।
आफू वसेको धर्ति भन्दा स्वर्गलाई नै रोज्छ।
वचुन्जेल स्वर्गकै तयारीमा हतार हतार गर्दै
मान्छे सुखैसुखको आशामा दुःख मात्र भोग्छ।।

एउटीले छोडेर गइन तर अर्की आईन
जेठी भन्दा कान्छी नै राम्री सुहार्इन ।
भुपु मायालुको यादमा नयाँको स्वादमा
२०७४ को नयाँ मायालुले झण्डा फहराईन !!

 

Continue reading


राष्ट्र महिमा

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ऐना झैँ म जमौं जमाउँ मृतिका, पाषाण झैँ स्थिरता ।
एकै अङ्गुलमा उठाउँ म धरा, शैलेन्द्रको सम्पदा ।।
मौरी झैं म बनेर गोल मधुझै, पारौं म स्वादिष्टता ।
फक्रौँ सुन्दर बागमा कुशुम झैँ, फैलाउँ सौगन्धता ।।१।।

देखाऔं श्रमशीप झैँ म कमिला, आकार सानो बनि ।
पैराऔं म गुलाव झैँ सुमनमा, छर्दै प्रभा रोशनी ।।
पानी रङ्गतरङ्ग झैँ पथलियौं, थाक्दै नथाकी हिडूँ ।
बैरीमा अरिगाल चाल म रहौ, शालीनताले भिडूँ ।।२।।

 

Continue reading


नववर्ष २०७४ साल आगमनको मंगलमय शुभकामना ।

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

आऊ नूतनवर्ष हर्षसुखको उर्लाउदै सागर ।
ल्याऊ भाव नवीनता सुखप्रदा नौलानयां जागर ।
तिम्रो आगमको पुनर्मिलनको न्यानो अपेक्षा गरी
आऊ स्वागत गर्दछौं हृदयले आनन्द मीठा छरी ।

आऊ नूतनवर्ष शैलशिरमा, छाएर पीताम्वर ।
आऊ नूतनवर्ष पल्लव मुना,फर्की नयाँ सुन्दर ।।
आऊ भन्छ गुलाव आरुजमुना, ऐसेलु या काफल ।
आऊ भन्दछ गौथली सस्वरमा, फेर्दै नयां काचुल ।।

 

Continue reading