माया रार्इका केही मुक्तकहरूः

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

हामी बस्ने झुपडी बाट घटेर गयौ।
फेसबुक बाट पनि आफै हटेर गयौ।
मनभित्र भने किन? जमेर बस्यो,निस्ठुरी !
विश्वास गरेथे, घात गरी डाडा कटेर गयौ।

तिम्रो बा-आमालाई गरेर देखाउछु।
पत्याउँदैनौ कुरा जमेर देखाउछु।
अझै केही क्षण संघर्ष गर्न देउ,
तिम्रो नै सुहाउँदो बनेर देखाउछु।

 

Continue reading


माया रार्इका केही मुक्तकहरूः

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

रङ्गीन पलहरु सम्झानामा आयो ।
फेरि पाईलाहरु तिनै गोरेटोमा धायो।
ती स्वर्णिम दिनहरुमा झैँ रमाउनलाई,
कैद तस्बिरहरु हेर्दै आँसुहरू आँखाभरी छायो ।

सधैभरी साथीलाई चिन्न सक्नु पर्छ।
निरन्तर दुवै मन मिल्न सक्नुपर्छ ।
एकतर्फी सम्भव हुन्न रहेछ, मित्र
टुक्एला सधै मन जित्न सक्नु पर्छ ।

 

Continue reading


माया रार्इका केही मुक्तकहरू

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

मातृभुमि छा्ेडि ठुलदाई प्रवास जानू भो
सम्झाना स्वरुप सबको स्पर्श लानु भो
सपनाहरु चाडै साकार पार्छु,भन्दै
आमाको हात समाई कसम खानु भो

-प्रदेश मा ठुलो भाइ गार्‍हो भन्दै छ।
ऋण चुक्ता गर्न नि साह्रो भन्दै छ।
फर्कि आउत साहुले छाड्दैनन् ।
धेरै मरुभूमि,घाम,पारो भन्दैछ।

 

Continue reading


माया रार्इका केही मुक्तकहरूः

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

आमाको माया प्रवाश आएपछि थाहा,भो
घुर्काएर फालेको सिस्नु ,च्याख्ला चाहा,भो
सबै संगै हुदा महत्त्व हिन लाग्थ्यो ।
बैनिबाट पाएको शिर को टोपी आहा, भो

यो नोट बुकमा मेरो ईतिहास कोरेकि छु।
कसैलाई नभनेको कुराहरू खोलेकि छु।
जान्ने ईच्छा भए खोजिकन हेरिदिनु,
के गरे जिन्दगीमा दावाका साथ बोलेकि छु।

 

Continue reading


माया रार्इका केही मुक्तकहरूः

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

एक्लै पनि मेलापात धाउनु हुन्छ,आमा
चट्टै परि गुन्यो,चोलि लाउनु हुन्छ,आमा
दुख सुख पिडाको भुमरिमा परेपनि,
जिन्दागानि संघर्ष भनी मान्नु हुन्छ,आमा

म देखि गरेको तिमीले आस धेरै छ।
नहुनु पर्ने कुराहरू खास धेरै छ।
आफ्नै कुरा सहि मान्छौ,कसरी चल्ला खै,
आज भोलि त तिम्रो वक्वास धेरै छ।

 

Continue reading


जिन्दगीका पाना सारा, आँफै घटिरहेछ

Rai, Baburam, राई बाबुराम, pallawa, पल्लव

राई बाबुराम

पलपल दिनदिन हुँदै समय कटिरहेछ
जिन्दगीका पाना सारा आँफै घटिरहेछ ।

नत बुझी पढ्न सकें जिवनी यो किताब
नत राख्न सकें मैले जिन्दगी कै हिसाब
तर्क अर्थ जे जे जोड्यो उती अटिरहेछ ।

 

Continue reading


गजल

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

मलाई किन कोह आफ्नो पराई लाग्दैन, मान्छे
अरुको गुनगाण गाएर किन? थाक्दैन, मान्छे ।

पर्देशीको बाचा बन्धन, चर्को कामलाई भुल्दै
विलासी जीवनको लाजछोप्न रूमाल माग्दैन, मान्छे ?

देख्न सजिलो कसरी पैसा आयो, त्यो अन्जान छ
परदेशीको दुखलाई बुझ्न किन जाग्दैन मान्छे ।

 

Continue reading


गजल

Jorman, Rai, जोरमान रार्इ, pallawa, पल्लव

जोरमान रार्इ

भएन हिमनदी जस्तो भैदियो जरुवा जस्तो
बैंसमै रङ्ग उडेको जिन्दगी बिधुवा जस्तो

पखेटा फिजाइ फुरुरु पुगु झैं लाग्छ लक्ष्यमा
चरा भै उडनै सकिन हिंड्दैछु कछुवा जस्तो

चुकाएं मन्जिल सारा गुमाएं सपना पनि
फाटे बिच यात्रामै साथी भेल र मझुवा जस्तो

 

Continue reading


माया रार्इका केही मुक्तकहरूः

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

मेरो सृजनामा निरन्तर टिप्पणी आईरह्यो
महत्त्व नबोकेको भएपनि थप्पडि आईरह्यो ।
वैनी भन्नू हुन्छ, यहाँ दाई हुनुहुन्छ कि दिदी
तपाईको मायाले मनमा हौसला बढाईरह्यो ।।

मेरो पहाडको हरिया फाँटहरूमा मानव बस्ती बसाल्दै छौ अरे
विकासको नाममा मेरो सगरमाथाको चुचुरो खसाल्दै छौ अरे ।
यसरी नै विकृति बढ्दै गयो भने कहाँ खोजु मेरो मातृभुमी
खै कुन्नि कस्को हो आदेशमा मात्र तिमी देश समाल्दै छौ अरे ।।

 

Continue reading


माया रार्इका कही मुक्तकहरू

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

कोहि आए असङ्ख्या शोक लिएर ।
कोहि आए अनन्त भोक लिएर।।
यस पालि नि चुनेका छौ चुन्नत,
बनाउनलान् नेपाल भिजन लिएर ।।।

खुसिको नि सहर देख्न पाए हुन्थ्यो
उमंग को बहार लेख्न पाए हुन्थ्यो
कत्ति कुर्नु पर्ने हो, अझै पनि खै
चाडै त्यो पल सम्हाल्न पाएहुन्थ्यो ।

 

Continue reading


राम कुमार राईका केही मुक्तक

Ram, Kumar, Rai, राम कुमार राई, pallawa, पल्लव

राम कुमार राई

हो म बनाउछु, पलपल बनाउछु
खाईरहु लाग्ने, तलतल बनाउछु
कैँ नबिझाउने, मायाको विछौना
यस्तो बनाउछु, मलमल बनाउछु।

चारैतिर यत्र तत्र सबत्रमा देखेँ
जारी विज्ञप्ती खुला पत्रमा देखेँ
यति माहिर रहेछौ मलाई पाउन
जो मैले देखेँ त बन्द सत्रमा देखेँ।

 

Continue reading


गजल

Rai, Baburam, राई बाबुराम, pallawa, पल्लव

राई बाबुराम

देखाए नि त्यो ऐनाले जती सुन्दर चित्र!
कसै लाइ नि थाहा हुन्न के छ मन भित्र!!

नत माया नाप्ने जोख्ने कुनै कसी हुन्छ,
खै कसोरी जान्ने होला कुन माया पवित्र!

किन बन्यो कहिले बन्यो पैसा भन्ने चिज,
बिचमा जब आउंछ यो हुन्न आफ्नै मित्र!

 

Continue reading


माया रार्इका केही मुक्तकहरूः

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

माया म संग लाउछु भन्यो र त म लजाए
तिमी सँगै जिउछु,मर्छु भन्यो र त म डराए
संग सँगै तिमी र म बाच्दा पनि हुन्थ्यो
थिए, मत अर्कै कि अर्धङगिनी,र त म हराएँ ।

मानिसहरू मरे पछि त डर हुन्न भन्छन।
कत्ति खेर कालले लग्छ,भर हुन्न भन्छन।
बाचेसम्म तेरो,मेरो कुन्नि किन हुन्छ ।
तै पनि लगि जाने तक्दिर हुन्न भन्छन।

 

Continue reading


गजल

Rai, Baburam, राई बाबुराम, pallawa, पल्लव

राई बाबुराम

आश्रम भित्र आमा रुन्छिन शन्तान सम्झेर।
बर्बराउंदै बेहोस हुन्छिन शन्तान सम्झेर।।

भोकै छ कि प्यासै भन्दै आंफु नखाए नि,
उस्कै रोजाइ अझ चुन्छिन शन्तान सम्झेर।

शहर भरी तस्विर संगै उस्कै चर्चा खबरमा,
सुम्सुम्याउदै तस्विर छुन्छिन शन्तान सम्झेर।

 

Continue reading


मेरो रामकहानी

Jorman, Rai, जोरमान रार्इ, pallawa, पल्लव

जोरमान रार्इ

दुखै दुखमा बित्ने भयो सारा जिन्दगानी
नलेखिएको कथा हजुर मेरो रामकहानी ।

बसन्तमै मुर्झिएर शिशिर बने रहर
बाटो हेर्दै पर्खाइमै सुस्ताइ गए नजर
करिमले ठग्यो मलाई सत्य जानीजानी
दुखियाकै भाग्य दैव ! किन मनोमानी ?

 

Continue reading


राई बाबुरमका एकजोर गीत

Rai, Baburam, राई बाबुराम, pallawa, पल्लव

राई बाबुराम

१) गीत
गौरब गर्छु मेरो नेपाल,म नेपाली भन्न लार्इ
लाखौं जुनि सम्मा पाउँ,म नेपाली बन्न लार्इ

बुद्द मेरो शान्ति दुत,सगरमाथा शिरानी हो
जहाँ जाउँ संसार भरि,यही मेरो चिनारी हो
अर्को स्वर्ग भन्नु नै त,लाग्छ मलाई नेपाल
दन्तै लहर जस्तै मिली,जहाँ हाँस्छ हिमाल

 

Continue reading


राई बाबुरमका एकजोर गीतः

Rai, Baburam, राई बाबुराम, pallawa, पल्लव

राई बाबुराम

१- गीत
गौरब गर्छु मेरो नेपाल,म नेपाली भन्न लार्इ
लाखौं जुनि सम्मा पाउँ,म नेपाली बन्न लार्इ

बुद्द मेरो शान्ति दुत,सगरमाथा शिरानी हो
जहाँ जाउँ संसार भरि,यही मेरो चिनारी हो
अर्को स्वर्ग भन्नु नै त,लाग्छ मलाई नेपाल
दन्तै लहर जस्तै मिली,जहाँ हाँस्छ हिमाल

 

Continue reading


लाखौं जुनि सम्मा पाउँ, म नेपाली बन्नलार्इ

Rai, Baburam, राई बाबुराम, pallawa, पल्लव

राई बाबुराम

गौरब गर्छु मेरो नेपाल,म नेपाली भन्न लार्इ
लाखौं जुनि सम्मा पाउँ,म नेपाली बन्न लार्इ ।

बुद्द मेरो शान्ति दुत,सगरमाथा शिरानी हो
जहाँ जाउँ संसार भरि,यही मेरो चिनारी हो
अर्को स्वर्ग भन्नु नै त,लाग्छ मलाई नेपाल
दन्तै लहर जस्तै मिली,जहाँ हाँस्छ हिमाल ।

 

Continue reading


गजल

Pragati, Rai, Udgar, प्रगति राई 'उदगार', pallawa, पल्लव

प्रगति राई ‘उदगार’

तिम्रो ओठमा हाँसो छर्नु छ आमा मैले
बाँचुञ्जेल तिम्रौ हित गर्नु छ आमा मैले !!

असल छोरीबन्छु आमा, चिन्ता नगरे है
अधुरो सपना तिम्रो भर्नु छ आमा मैले !!

तिमी बाटो देखाउने,दोबाटोमा रुमालिंदा
तिम्रै हात समाइ जंघार तर्नु र्छ आमा !!

 

Continue reading


नयाँ वर्ष

Roshan, Hatuwali, Rai, रोशन हतुवाली ‘राई’, pallawa, पल्लव

रोशन हतुवाली ‘राई’

चौतारीमा वर पीपलको पात हरियो
प्रगतिको बाटोतिर यात्रा मोडियो
देशको लागि नेपालीले नयाँ पाइला चाली
लागौं अब उन्नतिको एउटा बत्ती बाली ।

दियौं लियौ नयाँ वर्षको शुभकामना भनी
देशको लागि केही गरौं स्वाभिमानी बनी
हर्ष खुशी उमंगको खोजी अब ज्ञान
नयाँ वर्षासङ्गै हामी उन्नतिमा जान ।

 

Continue reading