‘आँसु’

Arjun, Dulal, Ravin, Rabin, अर्जुन दुलाल ‘रविन’, pallawa, पल्लव

अर्जुन दुलाल ‘रविन’

तँ नयन भित्र लुकेर
मुटुका हरेक दर्द कसेर
बसिरहन्छस् सँधै
रोकेर मलाई हरेश खानबाट
लाग्छ
तँ नै नजिक छस्
जब भेट्छु निराशाले ढाकिएका पर्दाहररू
मेरो वरिपरि
जब देख्छु अनौठो संसार
मेरा आँखाभरी
अनि तत्काल पग्लिन्छ मेरो मन
आकाशका सिम्सिमे पानी–

 

Continue reading


गजल

Rabin, Shreepali, रबिन श्रीपाली, pallawa, पल्लव

रबिन श्रीपाली

एक मुठी सास हुँदा सम्म आस हुन्छ सबैलाई॥
जे जस्तो जिन्दगी भएपनी खास हुन्छ सबैलाई॥

दुःख पर्दा, हात फैलाउने,अरुको पीडामा लुक्ने॥
त्यस्तो ब्यक्ति एउटा जिउँदो लास हुन्छ सबैलाई॥

बुबाले दिनभरी हलो जोत्नु हुन्छ डल्ले साहुको॥
बल्ल घरमा खानालाई एक गाँस हुन्छ सबैलाई॥

 

Continue reading


गजल

Rabin, Acharya, Aswin, रविन आचार्य ‘अस्मिन’ , pallawa, पल्लव

रविन आचार्य ‘अस्मिन’

जल्न जलाउन भन्दै मुटु, आगो, माग्छन् किन ?
छेउमै आउछन् मायाँ साटि, पर, भाग्छन् किन ?

जो सोझो उसैको मुखमा घोचो भने जस्तै हुन्छ
घोचोकै उपहार दिलाई पराईतिर लाग्छन् किन ?

प्रायस्चित गरि घामपनि एक दिन पुर्वैबाट लाग्नेछ
सोँचअनुरूप नहुँदा जीवन घातमात्रै ताक्छन् किन ?

 

Continue reading


गजल

Rabin, Acharya, Aswin, रविन आचार्य ‘अस्मिन’ , pallawa, पल्लव

रविन आचार्य ‘अस्मिन’

गाउँघर रहदा चाडपर्व आउँदा रमाइलो
देउसि भैलो रोधि झ्याउरे गाउँदा रमाइलो

सङ्गि साथि गाउँघरमा आए होलान् सबै
तिहारमा भाई चेलिलाई पाउँदा रमाईलो

परिस्थिति यस्तैभयो आउन पाईन घरपनि
तिहारमा दिदीबाट माला लाउँदा रमाईलो

 

Continue reading


गजल

Rabin, Sharma, Chapagain, Pllo, Dyangko, पल्लो ड्याङको मुला, pallawa,पल्लव

पल्लो ड्याङको मुला

गरिबका नै सन्तानहरु , हुन्छन खाडीमा
साँझ बिहान् आशुले मुख, धुन्छन खाडीमा ||

धन कमाई महल मैले ,ठड्याउछु भन्दै
यहि कुरा मनमा सबैले बुन्छन खाडीमा ||

बाध्यता झैँ बनेको छ जानु ,पर्ने कमाउन
घर परिवार राष्ट्र सम्झी रुन्छन खाडीमा ||

 

Continue reading


“गजल”

Rabin, Sharma, Chapagain, Pllo, Dyangko, पल्लो ड्याङको मुला, pallawa,पल्लव

पल्लो ड्याङको मुला

ब्याख्या गरि साध्य छैन, हार जिन्दगिमा
कति धोका,कति खाएँ मार ,जिन्दगिमा ||

त्यो घनीष्ट मित्र पनि हुन्छ, धोकेबाज
बिश्वासले मन जिती जार जिन्दगीमा ||

खोज्दै छु म, एक यस्ती स्वर्ग कि झैँ परि
जस्ले सक्छ लगाउन पार जिन्दगिमा ||

 

Continue reading


गजल

Rabin, Sharma, Chapagain, Pllo, Dyangko, पल्लो ड्याङको मुला, pallawa,पल्लव

पल्लो ड्याङको मुला

त्यो औठा छापको नै सर्कार कसरी भो ?
बिकाशमा सधै भ्रस्टचार कसरि भो ?

नेताहरुलाई मेरो यौटै प्रश्न मात्र
मेरो देश माथी बलात्कार कसरी भो ??

हिजो सम्म खाली खुट्टा हिडेका’थे तिनी
आज अरबौको घरबार कसरि भो ??

 

Continue reading


गजल

Rabin, Sharma, Chapagain, Pllo, Dyangko, पल्लो ड्याङको मुला, pallawa,पल्लव

पल्लो ड्याङको मुला

दुश्मनको नै छाती चिरी लड्छु अब म ,
कम्मरमा खुकुरी भिरी लड्छु अब म ।।

भारतले नेपालको नै सिमा मिच्न छोड्या छैन्
यु.पी बिहार घुमी फिरी लड्छु अब म ।।

हानोस् गोलि छातीमा नै थाप्न तयार छु
तिनीहरुको किल्ला छिरी लड्छु अब म ।।

 

Continue reading


गजल

Rabin, Sharma, Chapagain, sardar, Pllo, Dyangko, पल्लो ड्याङको मुला, pallawa,पल्लव

पल्लो ड्याङको मुला

दशैं आयो भन्दा घरमा मेरो मुटु चर्किने छ,
सम्झिदामा रातो टिका आशुँ भेल दर्किने छ।।

आमा सधै वुवा संग यौटै प्रश्न गर्छिन् अरे
मेरो मुटु , कान्छो छोरा कैले घर फर्किने छ ।।

यो दशैंमा यस्तै भयो अर्को साल आउछु आमा
तिम्रा सबै दुख हरु आफै आफै तर्किने छ ।।

 

Continue reading