गजल

Purna, Bhandari, पूर्ण भण्डारी, pallawa, पल्ल्व

पूर्ण भण्डारी

एउटा मान्छे घाती, भएको छ समाजमा
उ दुस्मनको जाती, भएको छ समाजमा ।

हिजो सम्म देश बनाउछु भन्दै हिड्नेहरू
घुस खानामै ताँती,भएको छ समाजमा ।

भएका युवा जति साउदी कतार दुबैतिर
हजुर बाबा र नाति,भएको छ समाजमा ।

 

Continue reading


गजल

Purna, Bhandari, पूर्ण भण्डारी, pallawa, पल्ल्व

पूर्ण भण्डारी

सम्झना आजकल दुर दुर, भएको छ
अनायाससैमा यो मन क्रुर, भएको छ ।

मृत्यु कसैलाइ स्वीकार हुदैन र पनि
हेर प्रेम पागल मर्न मन्जुर, भएको छ ।

देखाउदैन फुटेका सिसाले प्रतिबिम्ब
जिउने रहर सबै चकनाचुर,भएको छ ।

 

Continue reading


गजल

Purna, Bhandari, पूर्ण भण्डारी, pallawa, पल्ल्व

पूर्ण भण्डारी

बाँचेको छु थोरै- थोरै रहर,बोकेर
माछेले मान्छे नचिन्ने शहर बोकेर

खाचो मलार्इ औषधिको छ आज
उनी भेट्न आउछिन जहर,बोकेर

रमाउनु आज यहि गजल शेरसँग
अर्कोचोटि आउनेछु वहर, बोकेर

 

Continue reading


गजल

Purna, Bahadur, Saud, Shirish, पूर्णबहादुर साउद "शिरीष", pallawa, पल्लव

पूर्णबहादुर साउद “शिरीष”

देखिन्छ, सधैं अझ कति देख्नुछ,
बिचरा ! देशको दुर्गति देख्नुछ ।

आमाको गुनासो थिएन देशसंग,
छोरीको सधैं असहमति देख्नुछ ।

मैले देखेको भन्दा झन यो देश,
छोराको आखाबाट अति देख्नुछ ।

 

Continue reading


गजल

Purna, Bahadur, Saud, Shirish, पूर्णबहादुर साउद "शिरीष", pallawa, पल्लव

पूर्णबहादुर साउद “शिरीष”

झुक्याउँछ,, समय कसरी – कसरी ?
लागि रहन्छ, भय कसरी – कसरी ?

कहिल्यै नटुङ्गिने जिन्दगीको यात्रा,
हुन्छ, हमेशा तय कसरी – कसरी ?

ईच्छा विरुद्ध मर्नु थ्यो भने जन्मको
ब्यर्थ भयो उदय कसरी – कसरी ?

 

Continue reading


गजल

Purna, Bahadur, Saud, Shirish, पूर्णबहादुर साउद "शिरीष", pallawa, पल्लव

पूर्णबहादुर साउद “शिरीष”

हृदयको ॠतु भित्र, बसन्तको बास छैन,
दिलै जलेर हो कि,खुसिको आभास छैन ।

दिने संग घृणा थियो, दियो पीडा उपहार,
माया दिने होला की? कोही आसपास छैन ।

तन दुख्यो जगत दुख्यो,दु:खी लाग्छ संसारै,
दिन दाहडै अन्धकार, मलाई प्रकाश छैन ।

 

Continue reading


गजल

Purna, Bahadur, Saud, Shirish, पूर्णबहादुर साउद "शिरीष", pallawa, पल्लव

पूर्णबहादुर साउद “शिरीष”

के टुङ्गेला यो यत्रा? तेज रफ्तार केका लागी ?
कहाँ पुग्नुछ, र आखिर, हतार केका लागी ?

तील ठानेको कमजोरीले ज्यान जान सक्छ,
बुझ्दैनौ सम्झ त? यो अवतार केका लागी ?

अरे! दुई दिनका पाहुना हौं यार जो कोही,
कसलाई देखाउछौ चमत्कार केका लागी ?

 

Continue reading


गजल

Purna, Bandhan, पूर्न-बन्धन, pallawaऽ पल्लव

पूर्न-बन्धन

दिन ढल्यो र रात भयो ।
मनमनै केही वात भयो ।।

उनी छार्इन् त्यसरी भररात,
सपनी मात्रै सैागात भयो ।।

नयन भिजेनन् अपितु यी,
भित्र त खुब वर्षात भयो ।।

 

Continue reading


“शरीरको निलडाम मेरो मेटिएको छैन अझै”

Purna, Kanchha, Gurung, पूर्ण ‘कान्छा’ गुरुङ, .pallawa, पल्लव

पूर्ण ‘कान्छा’ गुरुङ

कस्ले बुझ्ने कस्ले सोध्ने गरिबीको दुखहरु

कहाँ गए ती बेलामा कुकुर जस्तै भुक्नेहरु
अहिलेको गणतन्त्र हाम्रो नेपाल देख्दै छु म
भोगेका ती दिनहरुको भोगाई मेरो लेख्दै छु म

त्यो बेलाको लक्का जोवन म अल्लारे ठिटा थिएँ
गाउले किसान परिवारमा जन्मिएको केटा थिएँ
दुइ हजार साठी अनि एकसठ्ठी को कुरा हो यो
जीवनमा घटेको त्यो घटना ऐले कथा भयो

 

Continue reading


. . . संसार अवश्य रोकिन्छ !!!

Purna, Bandhan, पूर्न-बन्धन,pallawa

पूर्न-बन्धन

तिमी नहुँदा संसारको गती व्यवहार रोकिदैन ।
तर स्वयम् नहुँदा भने संसार अवश्य रोकिन्छ ।।

आगो छ र त पानी तात्छ उम्लिन्छ र पकाउँछ ।
पानीले आग्नी उग्र वखतको विनास घटाउँछ ।
सोच आगो हो संसारको गती प्यास मेटाउँदैन,
पानी न होस् त जीवनमा प्राण पो त रोकिन्छ ।।

 

Continue reading


कसम तिम्लाई पाप लाग्छ . . . . .

Purna,Guvaju, Muskan, पूर्ण गुभाजु ‘मुस्कान,pallawa, पल्लव

पूर्ण गुभाजु ‘मुस्कान

जिन्दगीको एउटा नाता अर्को संग जोड्यौ भने !
कसम तिम्लाई पाप लाग्छ एक्लो बनाइ छोड्यौ भने !!

साएद तिम्लाई थाहा होला जिन्दगीका यात्रा हरु !
यति मात्र भन्छु आज तिमी बाहेक छैन अरु !!
सदियौंको यो नातालाई एकान्तमा मोड्यौ भने !
कसम तिम्लाई पाप लाग्छ एक्लो बनाइ छोड्यौ भने !!

 

Continue reading


शान्ती अधिकारीका गजलमा समावेसी मायाको सुगन्ध हुन्छ,

Purna, Bandhan, पूर्न-बन्धन,pallawa, पल्लव

पूर्न-बन्धन

“मायामा धोका खाएर गजल कोर्न लागेकी भने हैन । बरु कसैको गहिरो मायाले मलाई अगाडि बढ्न सहयोग पुर्याएको छ । मैले भोगेकी छु ती अभाब अनि धनाढ्य आफन्तहरुको मन रुवाउने व्यबहार मैले देखेकी छु । अभाबमा बाच्ने स्वाभिमानका जीवन मैले देखेकी छु । टुहुराको जिवन अनि लाउलाउ खाउखाउ भन्ने जवानिमा पुछिएको सिउँदो अनि घरकाले दिएका पिडाहरुमा झरेका आशुहरु, दाइजोको नाममा जिउँदै जलाइएका नारीका लाशहरु पनि देखेकी छु । देशलाई पछि पार्ने स्वार्थी नेताहरु त्यसैमा रोईरहेकि नेपालआमा, त्यसैले मन बिक्षिप्त बनाएर गजल लेख्न अगाडि बढेका हुन मेरा कलामहरु । खै कहाँसम्म दौडिने हो ? थाह छैन ।

 

Continue reading


गजल

Purna, Bandhan, पूर्न-बन्धन,pallawa, पल्लव

पूर्न-बन्धन

समय बलवान र महत्वपूर्ण बन्धन हो साथी ।
जन्म र मृत्यूबीचको भरीपूर्ण बन्धन हो साथी ।।

बुझेर यसको महत्व चल्न सके जमाना झुक्छ,
उसैका लागि मात्रै यो अर्थपूर्ण बन्धन हो साथी ।।

लह-लह फल्दछन् फल भकारी भर्दैको शास्ती,
सोरी नसक्नु खजाना अन्नपूर्ण बन्धन हो साथी ।।

 

Continue reading


गजल

Purna, Bandhan, पूर्न-बन्धन, pallawa, पल्लव

पूर्न-बन्धन

हामी बस्ने एउटै शहर वेइमान हो कि?
भेट नहुने कारण रहर वेइमान हो कि?

खोज्दैछु भिडमा सधैं देख्दिन खै कुन्नी,
हेर्न नहुनेमा हेर्ने नजर वेइमान हो कि?

खोज्दाखोज्दै जवानी सकल वित्ने भयो,
मै पाजी गुलामको ठहर वेइमान हो कि?

 

Continue reading


गजल

Purna, Bandhan, पूर्न-बन्धन, pallawa, पल्लव

पूर्न-बन्धन

कोहि यहाँ बनाउनमा अभ्यस्त छन् ।
कोहि त्यहाँ भत्काउनमा व्यस्त छन् ।।

मान्छेले मान्छेकै लागि गरेका यस्तै,
गाथा अनन्त उल्टापाल्टा दुरुस्त छन् ।।

बनाइएको तालाचावी मान्छेकै लागि,
जनावर यी सबैका बिना मस्त छन् ।।

 

Continue reading


गजल

Purna, Bandhan, पूर्न-बन्धन, pallawa, पल्लव

पूर्न-बन्धन

बादलको आकारमा मन बदलिंदै गयो ।
स्थिर रुप–रंगयुक्त तन बदलिंदै गयो ।।

गरिब त्यो अछामी वस्तीबाट उदाएकोले,
परदेशमा नग्रा घोटेर धन बदलिंदै गयो ।।

मधूर सपना थे सजाएका अनन्त त्यहाँ,
वृति हेर्ने अकल आंकलन बदलिंदै गयो ।।

 

Continue reading


गजल

Purna, Bandhan, पूर्न-बन्धन,pallawa,पल्लव

पूर्न-बन्धन

भित्री मन दुःखाएर जानेसंग गुनासो छैन ।
आँसू सबै सुकाएर जानेसंग गुनासो छैन ।।

पछारेर चकनाचूर शीला उपर सपनाहरु,
नरिवल झैं फूटाएर जानेसंग गुनासो छैन ।।

गहिरो आस्था थियो आत्मासम्म खाँदिएको,
दक्षिणा झै लुटाएर जानेसंग गुनासो छैन ।।

 

Continue reading


गजल

Purna, Bandhan, पूर्न-बन्धन,pallawa

पूर्न-बन्धन

आफ्नो पहिचान खुलेर चिनाउँदैनन् ।
गजल लेख्छन् व्याकरण मिलाउँदैनन् ।।

यस्ता श्रष्टालाई भन न भन म के भनूं,
थपेर गजब छ बा भन्नेहरु घिनाउँदैनन् ।

भाषा माध्यम हो अभिव्यक्तिको बुझेरै,
लापरवाहीमा शब्दको अर्थ छिनाउँदैनन् ।।

 

Continue reading


गजल

Purna, Bandhan, पूर्न-बन्धन, pallawa, पल्लव

पूर्न-बन्धन

तेजश्वी मुहारमा आँसू सुहाएन ।
परेली डीलधारमा आँसू सुहाएन ।।

अर्धचन्द्र सरी चहकिलो मुन्तिर,
तरेली निधारमा आँसू सुहाएन ।।

गाजल बग्यो लतपत्तिएर फगत,
झूकेको अधरमा आँसू सुहाएन ।।

 

Continue reading


तिमिनै हौ मनकी रानी ‌

Purna, Kanchha, Grg, पूर्ण ‘कान्छा’ गुरुङ, pallawa, पल्लव

पूर्ण ‘कान्छा’ गुरुङ

छरछरेको जंगलमा घाँस काट्न गएको थेँ
कोहि थिएन साथी बनमा म एक्लै भएको थेँ
चरीहरू चिर चिर गरि वरिपरी भाका फेर्थे
ति चरीहरू नाच्थे हाँस्थे एकोहोरो मैले हेर्थे

सबै कता हराएर रह्यो त्यहाँ पोथी भाले
ति चरीलाई देखि मैले माया प्रेम सोच्न थाले
त्यहाँ बाट भुर्र उडी चरी कहाँ कता गयो
मनले खाको त्यै प्रियासी बनमा आको थाहा भयो

 

Continue reading