मीरा पुरीका केही मुक्तकहरूः

meera, puri, मीरा पुरी, pallawa , पल्लव

मीरा पुरी

खुसी दिन सकेकोमा परिराछु दङ्ग,
टाढा–टाढा रहेकाछौं छैनौँ आफैँ सङ्ग।
मित्रताको डोरी सधैँ सम्भालेर राखौं,
कल्पना मैँ फलाएको हाम्रो यो उमङ्ग ।।

तिमी मेरो जिवनको, अजिज मित्र थियौ
नसोचेको खुशी मलाइ, तिमीले नै दियौ।
तिमीभित्र मित्रता र, प्रीत नै प्रीत रै’छ
अनायसै यो जीवन पो उपहारमा लियौ ।।

 

Continue reading


मेरो जीवन भरी !!

meera, puri, मीरा पुरी, pallawa , पल्लव

मीरा पुरी

जुन दिन मैले उनलाइ भेटे, सारा दु:ख भुलें!
सारा खुशी बन्द थिए, उनकै साथले खुले !!

माया गर्यौ छोडी गयौ, सम्झनामै रह्यौ !
प्रिय ! भन मलाई किन, एक्लो पारी गयौ !!

संगै जिउने संगै मर्ने ,कसम हामीले खायौ !
धोको पूरा हुन नपाइ, हामी अलग भयौं !!

 

Continue reading


दिनेश राज पुरीका पाँच हाइकु

Dinesh, Raj, Puri, दिनेश राज पुरी,pallawa, पल्लव

दिनेश राज पुरी

१)
के नै थियो र?
सपना बाहेक त
लग्यो बाढीले
२)
आमाको चोली
मुठ्याउँदै रुन्छे त्यो
जीवित कान्छी
३)
के गर्लान् अब
बाच्नुको अर्थमा ती
टुहुराहरु!

 

Continue reading


गजल

Dinesh, Raj, Puri, दिनेश राज पुरी,pallawa, पल्लव

दिनेश राज पुरी

इज्जत लुटिएको छ अनि हक लुटिएको छ
यो सब आफन्तै बाट भकाभक लुटिएको छ

तरकारी वेचेर कसरी, चुलो धुवाउला उस्ले
सडकमै उस्को तराजु र ढक लुटिएको छ

भोलि तिमी पनि लुटिन सक्छौ यसैगरी
जसरी आज गजलसहित लेखक लुटिएको छ

 

Continue reading


गजल

Dinesh, Raj, Puri,दिनेश राज पुरी, pallawa, पल्लव

दिनेश राज पुरी

छोराले खै के दिन्छन् बाले धड्कन दिइरहेछन्
आमाहरुले प्रत्येक सासको कम्पन दिइरहेछन्

खै यो पागलपन या प्रेम? प्रेमी प्रेमिकाहरु
जस्ले मुटु चुड्छ उसैलाई मन दिइरहेछन्

 

Continue reading


“”समयको धाप र जिन्दगी””

Dinesh,Raj, Puri,दिनेशराज पुरी, pallawa, पल्रलव

दिनेशराज पुरी

समयले-
अर्जाप्छ र चिर्छ खूशीका कलिला छातीहरु
फुटाउँछ-चिम्टी चिम्टी संकलित
आशाका बाँधहरु
निल्छ-सलक्कै निल्छ
वुबालाई अतीतको दराजमा थन्क्याएर
आमाको गाला मुसार्दै देखेका दुधे सपनाहरुलाई

जहाँ झूट फल्छ
जहाँ घिन उम्रन्छ
जहाँ शोषणको रापिलो भुतभुतेमा
ऊ खेल्छ निर्लज्ज!
हिर्काउँछ अपनत्वको छाराले
निष्ठूर समय-

 

Continue reading