जेना हेन्सनको माइलेज

Rajib, Pudasaini, राजव पुडासैनी, pallawa, पल्लव

राजव पुडासैनी

अलि अलि कोलम्बीयन गाँजा
र म्याक्सिकन बियरमा
लठ्ठिएकी जेना हेन्सन भन्छे,
लठ्ठिनुको आनन्द नै मेरो प्रेम हो
छैनन् मेरा अरु कोही प्रेमी
मसँग लोग्ने वा
ब्वायफ्रेण्डजस्ता अरिङ्गाल छैनन्
आनन्दमा छ मेरो जीवन
म तथाकथित लोग्ने र
ब्वायफ्रेण्डको झन्झटबाट
मुक्त छु –

 

Continue reading


सहचालक

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

सहचालक
इटहरी बाट छुटेको रात्री बस
नेपालगन्ज बाट छुटेको माल बाहक ट्रक सग–
ओभरट्र्याक गर्न खोज्दा
मुग्लिन नजिकै दुर्घटित
बस त्रिशुलि नदिमा
चालिसको मृत्यु चालीस बेपत्ता
बिहानै अखबारहरूमा मुख्य समाचार
भन्छन ट्रकको ड्राइभर निद्रामा थियो
बस को ब्रेक् फेल
तर कसैले किन भन्दैनन?
दुबै गाडी
सहचालकले हाकेका थिए
जसरी अहिले
सिहदरबार दौडिरहे छ।

 

Continue reading


मृत्यु

Gita, Pudasaini, Apurna, Annapurna, गीता पुँडासैनी ‘अपुर्ण अन्नपूर्ण’, pallawa, पल्लव

गीता पुँडासैनी ‘अपुर्ण अन्नपूर्ण’,

प्रिय समय
लास हुनुमात्र
मर्नु हुँदै होइन !
मर्नु भनेको
खुलेर हास्न नसक्नु पनि हो
नसक्नु हो तिमीलाई बिर्सिन
नसक्नु हो मैले
म मात्र सोच्न
नसक्नु हो तिमिले झै
लेकाली पाखामा ढपक्क गुराँस फुलेझै
फुलाएर आखामा सपनाहरु निमोठ्न
अनि
नसक्नु हो
आफ्नै काखको जिन्दगी आफ्नो बनाउन ।

 

Continue reading


पछाडि ढोका बाट

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

अगाडि केटाकेटी
निदाइरहेका थिए
तिमि कोठा पछाडिको ढोका बाट
आएका हौ
मेरो कोठासम्म
मूस्कायौ जुगा मुसार्दै
छेउमै आएर टासियौ

बितायौ घन्टौ मेरो पछेऊरी भित्र ।

 

Continue reading


गजल

Gita, Pudasaini, Apurna, Annapurna, गीता पुँडासैनी ‘अपुर्ण अन्नपूर्ण’, pallawa, पल्लव

गीता पुँडासैनी ‘अपुर्ण अन्नपूर्ण’

बाँकी छ फैसला यो साता. जे पनि हुन सक्छ
सोच तिम्रो र मेरो नाता जे पनि हुन सक्छ ।

आज प्रेमले बगेको छ र थेग्छ बर्षात् पनि .
भोली प्रलय भो भने छाता जे पनि हुन सक्छ ।

भो रङ्गिन पारि नपठाऊ तिम्ले प्रेम पत्र .
यो दुनियामा राता राता जे पनि हुन सक्छ ।

 

Continue reading


१६ अक्षेरीय गजल

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

हुदैनथ्यो हाम्रो मिलन डराएर हुदैन थ्यो
नबोलेर एक अर्कामा हराएर हुदैन थ्यो ।

दुख्छछाति पोल्छमुटु आफैले हो निकोपार्ने
निको हुन्छ लगाउ मलम कराएर हुदैन थ्यो ।

बाचाबाध्न जस्तोसहज किनहुन्थ्यो पुरागर्न
सधैँभरी मैलेयाद गराएर हुदैन थ्यो ।

 

Continue reading


गजल

Gita, Pudasaini, Apurna, Annapurna, गीता पुँडासैनी ‘अपुर्ण अन्नपूर्ण’, pallawa, पल्लव

गीता पुँडासैनी ‘अपुर्ण अन्नपूर्ण’

बाँकी छ फैसला यो साता. जे पनि हुन सक्छ
सोच तिम्रो र मेरो नाता जे पनि हुन सक्छ ।

आज प्रेमले बगेको छ र थेग्छ बर्षात् पनि .
भोली प्रलय भो भने छाता जे पनि हुन सक्छ ।

भो रङ्गिन पारि नपठाऊ तिम्ले प्रेम पत्र .
यो दुनियामा राता राता जे पनि हुन सक्छ ।

 

Continue reading


१२ अक्षेरीय गजल

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

उ कति सजिलै ढाट्छ अरुलार्इ,
निर्दयी भएर काट्छ अरुलार्इ ।

कति मजाले धुलो छर्छ आँखामा
भेटेपछि माया साट्छ अरुलार्इ ।

कहाँनेर कोसँग बदला लिने हो
एऊटा मार्छ र छाड्छ अरुलार्इ ।

 

Continue reading


मेरो अबशान पछि

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

भयानक प्रलयको सुरुवात
आकाशमा मडारीरहेको बादल
कम्पित भएझै आफै उभिएको धर्ति
किन माछाहरु खोला छाडेर वगर नियालिरहेछ
एकोहोरो पहाड रोए झै
समुद्र बाट निस्किएर
निकै रफ्तारमा दौडिरहेछ बतास
केहि गरि त्यति खेर
समय टक्क अडियो भने
तिमिले सम्झनु
मेरो अबशान निश्चित भएको हूनुपर्छ ।

 

Continue reading


न्यायाधिश. भगवान .र प्रेम

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

त्यहि खोला
जुन तिमी धमिलो देख्छौ
म सङग्लो देख्छु
मैले धमीलो देखेको खोला तिमिलाई सङग्ळो लाग्न सक्छ
तर
एकै समय
एउटै खोला सङ्ग्लो र धमिलो हुदैन
कि तिम्रो आखाले भ्रम बोकेको छ
कि मेरो आखाले
कि तिम्रो मन् धमिलो छ कि मेरो
तर आखा र मन जस्तो
खोला भ्रम बोकेर दौडदैन
कि उ सङ्ग्लिन्छ कि धमिलिन्छ ।

 

Continue reading


हाटबजार र फूलहरुको म्‌त्यु

Gita, Geeta, Pudasaini,गीता पुँडासैनी,pallawa, पल्लव

गीता पुँडासैनी ‘अपूर्ण अन्नपूर्ण’

बधशाला बाट बाचेर
निक्लिएको भेडा जस्तो
नाग्गो तरबार सग खेलिरहेको
अचानो झै
सुनको पिजडा
जस्तो लाग्ने घर
एउटा उत्सब पर्खीएर
बसीरहेको आगन
यी सबै सबै
मलाई हाट बजार जस्तै लाग्छन् ।
Continue reading


पछाडि ढोकाबाट

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

अगाडि केटाकेटी

निदाइरहेका थिए
तिमि कोठा पछाडिको ढोका बाट
आएका हौ
मेरो कोठासम्म
मूस्कायौ जुगा मुसार्दै
छेउमै आएर टासियौ

बितायौ घन्टौ मेरो पछेऊरी भित्र ।

 

Continue reading


‘‘चिठ्ठी’’

Apurna, Annapurna, Gita, Geeta, Pudasaini, गीता पुँडासैनी ‘अपूर्ण अन्नपूर्ण’,pallawa, पल्लव

गीता पुँडासैनी ‘अपूर्ण अन्नपूर्ण’

पिडाको सिङ्गो चट्टान
विश्रृङ्खल जीवनको यात्रा
सडकमा हिँडिरहेका पैदल यात्री
निथ्रुक्क पसिनाले भिजेको भरिया
अगेनामा आगो फुक्दै गरेकि आमा
आँगनमा गुच्चा खेल्दै गरेका केटाकेटी
पतिको प्रेम डोकोभरी राखेर
बेसी झर्दै गरेकि पत्नी
यी सबै सबै लाई सम्झेर
मुग्लान बाट
एउटा चिठ्ठी
पठाएको छू ।

 

Continue reading


आईमाइ, आमा र पत्नी

 

Gita, Geeta, Pudasaini,गीता पुँडासैनी  ‘अपूर्ण अन्नपूर्ण’,pallawa, पल्लव

गीता पुँडासैनी ‘अपूर्ण अन्नपूर्ण’

आइमाई हुनुको पर्याय चुरा बजाउनु मात्र हैन
समयको घण्टी बोकेर दौडीरहेको आकाश
आसमान चुम्ने सपना काधमा राखेर हिडिरहेको सपूत
आकांक्षाको पाठशालाबाट
यदि पढिरहेका छौँ भने आर्य सभ्यताको इतिहासमा
तिमिले यो पनि पढेको हुनुपर्छ
सपुत सन्तानको गर्धन काखमा च्यापेर
तरवार उठाएकि आइमाई
र –

 

Continue reading


‘‘नारी’’

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

नारी अर्थात आईमाइ आमा, र पत्नी

आइमाई हुनुको पर्याय चुरा बजाउनु मात्र हैन
समयको घण्टी बोकेर दौडीरहेको आकाश
आसमान चुम्ने सपना काधमा राखेर हिडिरहेको सपूत
आकाक्षाको पाठशालाबाट
यदि पढिरहेका छौ भने आर्य सभ्यताको इतिहासमा
तिमिले यो पनि पढेको हुनुपर्छ
सपुत सन्तानको गर्धन काखमा च्यापेर
तरवार उठाएकि आइमाई –

 

Continue reading


गजल

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

सबका हुन्छन् सत्रु मित्र, पिता भन्नूहुन्छ..
यो संसार यस्तै बिचित्र, पिता भन्नुहुन्छ ।।

सँगै हिड्छन् मिठो बोल्छन् आफन्त हुन् तर,,
खुट्टा तान्छन् नाता भित्र, पिता भन्नुहुन्छ ।।

उस्तै हुन्छन् आकाश–गङ्गा आमा अनि ईश्वर ,.
कैल्यै हुन्नान् यि अपवित्र पिता भन्नुहुन्छ ।।

 

Continue reading


नयाँ बर्षको धमिरा र क्यालेन्डर

Gita, Pudasaini, Apurna, Annapurna, गीता पुँडासैनी ‘अपुर्ण अन्नपूर्ण’, pallawa, पल्लव

गीता पुँडासैनी ‘अपुर्ण अन्नपूर्ण’

दाउराको खलियोबाट कतै चर्न निस्किएका धमिराहरु
फेरी नयाँ बर्षसङै फर्किएर आएकाछन
भरियाको आगनमा
उसैगरी जसरी पहिले गएथे ।
हिउदभरी थुपारेको दाउरा
बर्षाभरी बाल्ने बुढी आमाको सपना
झुपडिको कुनै कुनामा चकटिमा बसेर
हुक्का तान्दै गरेका बुढाबा
धमिराले खोक्रो बनाएको हलो र जुवा हेर्दै
सम्झिरहेछन –

 

Continue reading


गजल

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

कसले गर्छ एकै नास जुनको श्रृङ्गार अनौठो लाग्छ
सबै सग प्रिय छन फुलको संसार अनौठो लाग्छ

रुख चढाऊछन र फेदमा आफै बन्चरो लगाऊछन
मलाई मेरा आफन्तहरुको प्यार अनौठो लाग्छ

निधार हेरेरै ज्योतिशिले भाग्यमानी छेस भन्दियो
छ मझेरी भन्दा ठुलो मेरो निधार अनौठो लाग्छ

 

Continue reading


रातो गुलाफ

Gita, Pudasaini, Apurna, Annapurna, गीता पुँडासैनी ‘अपुर्ण अन्नपूर्ण’, pallawa, पल्लव

गीता पुँडासैनी ‘अपुर्ण अन्नपूर्ण’

एउटा धमिलो सपनाको
तरङग बोकेर
पग्लीरहेको मन
आँखाभित्र जीवनको स्वर्णिमता
खेलाउन खोजिरहेको मुटु
सालीक भएर निर्धक्क
सडकमा उभियर हासिरहेको
मेरो प्रेमी
जसले मलाई गुलाफ नदिएरै प्रेम गरिरह्यो
उ हिजो पनि पत्थर थियो–

 

Continue reading


गुलाफ !!!

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

Gulbi Kopila Gulabएउटा धमिलो सपनाको
तरङग बोकेर
पग्लीरहेको मन
आँखाभित्र जीवनको स्वर्णिमता
खेलाउन खोजिरहेको मुटु
सालीक भएर निर्धक्क
सडकमा उभियर हासिरहेको
मेरो प्रेमी
जसले मलाई गुलाफ नदिएरै प्रेम गरिरह्यो
उ हिजो पनि पत्थर थियो
र आज पनि पत्थर भएर उभ्भिरहेछ ।

Continue reading