गजल

Lila, Khattri, prithak, लिला खत्री ‘पृथक’, pallawa, पल्लव

लिला खत्री ‘पृथक’

दयामाया नभएको सन्सार उजाडियो मन मेरो !
नसकेर थाम्न अति भार उजाडियो मन मेरो !

मोहित भएको हु म पक्कै पनि केही हुनु पर्छ ,
जहरिलो मन सुन्दर मुहार उजाडियो मन मेरो !

हिम्मत हारेकै छैन यो स्वार्थी दुनियाँमा कत्ति,
भएन बेचिएका चेलीको उद्दार उजाडियो मन मेरो !

 

Continue reading


पृथक हिमाल र राधा भुजेलको मुक्तक दोहोरी

Radha, Bhujel, Prithak, Himal, Oli, पृथक हिमाल र राधा भुजेल, pallawa, पल्लव

पृथक हिमाल र राधा भुजेल

लुरि लुरि नानी रैछ्यौ के हो तिम्रो नाम
आँखा मार्न जानी रैछ्यौ के हो तिम्रो नाम
पहिलो भेटमै मन चोरेको भन्छ्यौ अरे गाउँमा
मलाई आफ्नै ठानी रैछ्यौ के हो तिम्रो नाम।।
हिमाल

सधैँभरी सम्झिराख नाम मेरो राधा
आँखा मार्न जानेछु गर्दिन काम आधा
मन चोरेको होईन भन्न कसरी सक्छौ र
आफ्नै ठाने तिमीलाई परेछ कि बाधा
राधा

 

Continue reading