गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

अचम्म अचम्मका हुदारहेछन ठुला मान्छेहरू ।
अँह बुझ्दैनन कति सानाको मन ठुला मान्छेहरू ।

बुढा बाआमालाई समेत वृद्धाआश्रम पठाएर,
किन देखाउछन् खराव लक्षण ठुला मान्छेहरू ।

तिमीले यति भन मात्रै,तारा झारौ या धर्ती उचालौ,
यसरी बाँडी रहेछन, आश्वासन ठुला मान्छेहरू ।

 

Continue reading


हाम्रो देश नेपाल ………

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

आठ हजार आठ सय अठचालीस मिटर अग्लो
बिश्वको सर्ब शिखर सगरमाथा हाम्रो
त्यही हिउंले देखिन्छ नि नेपाल देश राम्रो
पहाड झर्ना नदि हरू छन नि हाम्रो देश मा
ढाका टोपि दौरा सुरवाल पुर्खौली को भेष
मा
नबै रंग बोकि बस्छिन हिमाल मा डाँफे चरी
कुहु कुहु पहाड मा कहिली को त्यो मिठो
बोलि
बिर भद्र भिम सेन अमर सिहँ अनि
अंग्रेज सँग लडेका थे छाती खोली खोली–

 

Continue reading


श्यामका जोर गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

गजल– २
बिस्तार बादी आक्रमण को हार भए पछि!!
एकताको दियो बाल्ने संचार भए पछि!!

कानुन दण्डका दलदलमा सत्ता टेकाउने,
नेता ज्यु को सदचारी संस्कार भए पछि!!

विखण्डित मुलुक यो बिपरित को जनमतमा,
समान्ता को टोकरिमा तलबार भए पछि!!

 

Continue reading


संगम घिमिरेका केही मुक्तकहरूः

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

जिन्दगी नै प्रमाणित खानी बनाएँ !
योग्यता कदर गर्ने कहानी बनाएँ !
सम्झीएर हाम्रा पिरति जिन्दगीको,
पुरै दिल जलार्इ खरानी बनाएँ!

पाप पनि धर्म हुन्छ बोली आए पछि !!
कलम पनि हार्नै पर्ने गोली आए पछि !!
संझनामा छाती भित्र पीडा हरु कसिएको,
फिर्ता लिई गयौ तिमी झोली आए पछि !!

 

Continue reading


साहित्य प्रेमी संगम सार्थक घिमिरेको एकजोर गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

गजल– १,
बर्तमान भुत–भबिस्य काल भए पछि!!
नयन को स्मृति मा छाल भए पछि!!

महसुस गर्छु यो दिलमा चाह तिम्रो छ,
बिछोडका आँसु भेलमा ताल भए पछि !!

जीवनको गोरेटोमा वेदना मात्रै झल्काउने ,
ब्यबस्थाका असहज हरू विशाल भए पछि !!

 

Continue reading


गजल

Prakriti, Premi, प्रकृति प्रेमी, pallawa, पल्लव

प्रकृति प्रेमी

जब आफ्नो कुरा मलाई बताउनेछ्यौ!
तिम्रा हरेक प्रश्नको जवाफ पाउनेछ्यौ !

हिजोअस्ति जति तिरस्कार गरेपनि…
भोलि मेरो आफैंले गुणगान गाउनेछ्यौ !

हृदयमा गुम्सिएका अनगिन्ती पीडाहरू…
आँखाबाट आँसु बनाई तिमी खसाउनेछ्यौ !

 

Continue reading


बहरबद्ध गजल

Prakriti, Premi, प्रकृति प्रेमी, pallawa, पल्लव

प्रकृति प्रेमी

छाया पनि कस्तो अनौठो हो डर लाग्ने गरि!
माया पनि कस्तो अनौठो हो भर लाग्ने गरि!१!

केही पल दर्केर रोक्ने फेरि अझै दर्किने…..
पानी पनि कस्तो अनौठो हो तर लाग्ने गरि!२!

बन्दी गृहमा रात बित्यो बन्दिसँगै साथमा…..
जेलै पनि कस्तो अनौठो हो घर लाग्ने गरि!३!

 

Continue reading


बहरबद्ध गजल

Prakriti, Premi, प्रकृति प्रेमी, pallawa, पल्लव

प्रकृति प्रेमी

ऊ जिन्दगीदेखि हारेर आएछ !
यात्रा थियो दूर थाकेर आएछ !१!

कालो अँध्यारो थियो औंशीको रात…
यौटा दियो साथ बालेर आएछ !२!

छातीभरी दु:ख बल्झेर होला कि…
चिठ्ठी सचामार च्यातेर आएछ !३!

 

Continue reading


थोते दराज

Kisan, Premi, किसान प्रेमी, pallawa, पल्लव

किसान प्रेमी

यस पटक पनि करेसावारीमा
ढकमक्क फुले काउलीका फूलहरू
अनि, तन्देरी बनेर भुईमाथि ठिंग उभिएर
संकालु नजरले हेरिरहे मुलाहरूले
शायद, कुनै दिन मैले त्यस्तै मुला उखलेर
काउलीको थुंगासगै
कुनै कविलाई फर्काउने सर्तमा दिएको थिएं
यौटा किताब
यतिबेला करेसावारीले याद दिलायो
त्यही हराएको गजल सिद्धान्तको किताब ।
जब हेर्छु मेरो कोठामा यौटा किताबको अभावमा
दॉत फुक्लेको जस्तो देखिने पुस्तक बस्ने दराज
अनि, मनमा कुराको ओइरोलाग्छ,
हेरिरहन्छ आँखा एकोहोरो टोलाएर
त्यै थोते दराज !

 

Continue reading


बहरबद्ध गजल

Prakriti, Premi, प्रकृति प्रेमी, pallawa, पल्लव

प्रकृति प्रेमी

गोधुली साँझमा झर्दछे चाँदनी..
सुस्तरी मै तिरै सर्दछे चाँदनी!१!

ती सयौं या हजारौं सितारासँग..
नील आकाशमा चर्दछे चाँदनी!२!

बैगुनी यारको सम्झना आउँदा..
बाँच्दछे ऊ कहीं मर्दछे चाँदनी!३!

 

Continue reading


बहरबद्ध गजल !!!

Prakriti, Premi, प्रकृति प्रेमी, pallawa, पल्लव

प्रकृति प्रेमी

बाबुआमा छोड्नुपर्ने बाध्यताले पारिदियो!
दुःख सारा ओड्नुपर्ने बाध्यताले पारिदियो!१!

साथ खेल्ने,साथ रम्ने भाइबैनी सङ्ग मैले!
आज नाता तोड्नुपर्ने बाध्यताले पारिदियो!२!

हिंड्न गाह्रो लाग्न थाल्यो स्वार्थको यो गोरेटोमा!
अन्त यात्रा मोड्नुपर्ने बाध्यताले पारिदियो!३!

 

Continue reading


बहरबद्ध गजल

Prakriti, Premi, प्रकृति प्रेमी, pallawa, पल्लव

प्रकृति प्रेमी

मलाई शराबी बनायौ तिमीले ।
अनिमात्र प्यासी बनायौ तिमीले ।१।

बसी जिन्दगीको हिजोका ति दाग ।
जलाई समाधी बनायौ तिमीले ।२।

सजाएर माया दिलैको कुनामा ।
सबैमाझ जाती बनायौ तिमीले ।३।

 

Continue reading


बहरबद्ध गजल

Prakriti, Premi, प्रकृति प्रेमी, pallawa, पल्लव

प्रकृति प्रेमी

फूल लिई काँडा थमायौ किन होला प्रेयसी?!
घात गरी टाढा बनायौ किन होला प्रेयसी?!१!

मेहफिले यो साँझ मेरै रिपुको त्यो ओठमा!
ओठ जडी ज्यादा चलायौ किन होला प्रेयसी?!२!

चोट दिंदा कस्तो पिडा हुन्छ यहाँ थाहा थियो!
क्यै नबुझी डाँडा कटायौ किन होला प्रेयसी?!३!

 

Continue reading


बहरबद्ध गजल

Prakriti, Premi, प्रकृति प्रेमी, pallawa, पल्लव

प्रकृति प्रेमी

दिलैमा रमेको चरी याद गर्नू।
कि त्यो चाँदनीकी परी याद गर्नू।१।

जहाँ भेट हाम्रो पहिलो भएथ्यो।
त्यहीं दर्किएको झरी याद गर्नू।२।

सयौं लेक, वेशी , वनैमात्र हो र!
नदी, ताल, खोला तरी याद गर्नू।३।

 

Continue reading


बहरबद्ध गजल

Prakriti, Premi, प्रकृति प्रेमी, pallawa, पल्लव

प्रकृति प्रेमी

उनको मनमा पसियो यसरी।
पिरती पनि यो कसियो यसरी।।१।।

पिर दुःख व्यथा नभनी-नभनी।
सुख आश गरी बसियो यसरी।।२।।

नभए पनि जीवनको भर यो।
परको धनमा फसियो यसरी।।३।।

 

Continue reading


बहरबद्ध गजल

Rashtra, premi, Rashtrapremi, ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

‘राष्ट्रप्रेमी’

सुनौलो उनैको दिवानी छ राम्रो
उषाले चुमेको विहानी छ राम्रो

भुलेरै गएछौ तिमीले मलाई
दिलैमा बसेको निशानी छ राम्रो

छ गल्ती विशालै गरेको उसैले
नमानौँ सबैको किटानी छ राम्रो

 

Continue reading


बहरबद्ध गजल

Rashtra, premi, Rashtrapremi, ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

‘राष्ट्रप्रेमी’

नजरमा नजर के लगायौ तिमीले !
मलाई बेहोसी बनायौ तिमीले !

नशा प्रीतको झन् भएको छ गाढा
नशालू मदिरा ! जलायौ तिमीले ?

म वैली झरेथेँ कुनै फूल जस्तै !
टिपी शीरमाथी सजायौ तिमीले !

 

Continue reading


बहरबद्ध गजल

Rashtra, premi, Rashtrapremi, ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

‘राष्ट्रप्रेमी’

नजरमा नजर के लगायौ तिमीले !
मलाई बेहोसी बनायौ तिमीले !

नशा प्रीतको झन् भएको छ गाढा
नशालू मदिरा ! जलायौ तिमीले ?

म वैली झरेथेँ कुनै फूल जस्तै !
टिपी शीरमाथी सजायौ तिमीले !

 

Continue reading


गजल

Agyani, Gazal, Premi,अज्ञानी गजल प्रेमी, pallawa,पल्लव

अज्ञानी गजल प्रेमी

यस्तो लाग्छ,बाँचेको छु,केवल तिम्रा लागी
तिम्रै लागी,प्यारो छु म,असल तिम्रा लागी

यो छातीमा,टाँसिएर,निदाई देउन प्रिय!
मेरो छाती,बिछौना हो,मलमल तिम्रा लागी,

तिम्लाई पनि,गाह्रो भा’छ,छुट्टिएर बाँच्न,
म पनि त,तड्पेको छु,हरपल तिम्रा लागी।।

Continue reading


प्रेमीको चिठ्ठी

Kisan, Premi, किसान प्रेमी, pallawa, पल्लव

किसान प्रेमी

धेरै भै सक्यो तिमी समुन्द्र पारी तरेकी

बिहानको सूर्यसंगै सम्झन शुरु गर्छु
पर्खदा पर्खदै सूर्यस्त हुन्छ
थाहापाउँदिन रात कसरी बित्छ
मन कहिले उकालिन्छ
कहिले ओरालिन्छ
अतासिन्छ मन
अनि के के के के लेखिरहन्छु तर आज यौटा चिठ्ठी लेखे
किनकि
आज प्रेम दिवस हो ।

 

Continue reading