गजल

Anjan, Kshetri, Prem, अन्जान क्षेत्री ‘प्रेम’, pallawa, पल्लव

अन्जान क्षेत्री ‘प्रेम’

मायामा तिमीनै प्राप्ति भन्ने आशा उम्लियो !
तर मायाको परिणाम धोका हो भन्ने बुझियो!!

जुन दिन रोज्यौ महल, रोयो मेरो यो झुपडी !
मेरो झुपडीले तिमीलाई कुरेर बसेको थियो!!

पायौ होला अन्तै भने जस्तै सोचे जस्तै साथ !
मलाई तिम्रो अभाबले नै अनाथ बनाई दियो !!

 

Continue reading


रातो गुलाबको प्रश्न

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

आफ्नो खुशीको लागि
किन तिमी चुड्छौ मलाई
आफू रमाउन तिमी
किन मार्छौ मलाई
सुन्दर रातो गुलाबको
यही प्रस्न छ सबैलाई?

तिमी प्रेमी होइन अब
तिमी त हत्यारा भएका छौ
आफ्नो खुसीको लागि
अरूको अन्त्य गरेका छौ

 

Continue reading


रातो गुलाबको प्रश्न’

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

आफ्नो खुशीको लागि
किन तिमी चुड्छौ मलाई
आफू रमाउन तिमी
किन मार्छौ मलाई
सुन्दर रातो गुलाबको
यही प्रस्न छ सबैलाई?

तिमी प्रेमी होइन अब
तिमी त हत्यारा भएका छौ
आफ्नो खुसीको लागि
अरूको अन्त्य गरेका छौ

 

Continue reading


“मायाको प्रमाणको खोजि”

Prem, Sangam, प्रेम संगम, pallawa, पल्लव

प्रेम संगम

म तिमीलाई के प्रमाण पेश गरुँ,
माया गर्छु भनेर, तिमी आफै भन,
मुटु चिर्न मिल्ने भए चिरेर देखाईदिन्थे
यो छाती फोड्न मिल्ने भए फोडेर देखाईदिन्थे ।
तर म सक्दिन, तिमी प्रमाण माग्छौ??

म र तिमी सँगसँगै गोठाला गएको बिर्सयौ?
तिमी भन्छौ: के प्रमाण छ , त्यसको ?
त्यसोभए मैले तिमीलाई पहिलोपटक किस गर्दा,
तिमी रातोपिरो भएको त सम्झन्छौ नि??
तिमी भन्छौ: मेरो चरित्र हत्या नगर प्रमाण देखाउ?
तिमीलाई यो कुरा त याद होला,–

 

Continue reading


गजल

Prem, Sangam, प्रेम संगम, pallawa, पल्लव

प्रेम संगम

टोलाउछ मसँगै यो घरको छानो ।
भएपछि तिम्रो त्यो तस्बिर पुरानो ।

पीडा देऊ न विध्न सहुँला म बरु,
जसरी सहन्छ चोटै चोट अचानो ।

कसलाई भनौ र? के गुहार मागौँ?
छ बस्ति श्मशान, सहर विरानो ।

 

Continue reading


हिक्मत (प्रेम) बुढाथोकी का सात मुक्तकहरूः

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

मनमा सधै यस्तो एउटा चित्र भएपछि।
मन्दिर जानु पर्दैन मन पबित्र भएपछि॥
जोगाइ सधै हिन्दु संस्कार पर्मपरालाई।
बा’आमा नै मेरो भगवान मन भित्र भएपछि॥

अरूको रचना चोर्ने कहिल्यै माथी हुदैन।
त्यो मान्छे असल कहिल्यै साथी हुदैन॥
बिस्वास गरे मैले हेर घात गर्यो अस्ले।
मानो हो त्यो हेर कहिल्यै पाथी हुदैन॥

 

Continue reading


हिक्मत बुढाथोकी ‘प्रेम’ का बाह्र मुक्तकहरूः

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

परदेशमा..सधै नै अभाब हुने गर्छ।
एउटै कुराको सधै नै दबाब हुने गर्छ॥
हेर जति गर्दा पनि कहिले नसकिने।
यो कामको सधै नै लगाब हुने गर्छ॥

पैसा नै रहेछ मान्छेलाई टाढा बनाउने।
पैसा नै रहेछ मान्छेलाई गाढा बनाउने॥
हेर..पैसा नै बन्दैछ अब मान्छेको दुश्मन।
पैसा नै रहेछ मान्छेलाई छाडा बनाउने॥

 

Continue reading


गजल

Anjan, Kshetri, Prem, अन्जान क्षेत्री ‘प्रेम’, pallawa, पल्लव

अन्जान क्षेत्री ‘प्रेम’

जीवनको फरक कहानीमा छु अचेल !
म बचपना बिर्सेर जवानीमा छु अचेल !!

म त खुसी उधारो दिने कारोबार गर्छु !
फिर्ता न हुँदा नोक्सानीमा छु अचेल !!

आफैले बनाएको घर आफैले जलार्इ !
नसोध हालचाल खरानीमा छु अचेल !!

 

Continue reading


अन्जान क्षेत्री ‘प्रेम’का तीन गजल

Anjan, Kshetri, Prem, अन्जान क्षेत्री ‘प्रेम’, pallawa, पल्लव

अन्जान क्षेत्री ‘प्रेम’

गजल– १,
स्वार्थीहरुको त्यो महाजुलुसको मितिमा !
तिमीलाई चुनिएको छ प्रमुख अतिथिमा !!

धनी महलमा बस्नेहरु संग सोधी रहेछु !
माया किन प्राप्ति हुदैन?हामी गरिबीमा !!

एकतर्फी प्रेम कहिल्यै नलागोस कसैको !
शत्रुता लागोस ऋण लागोस जिन्दगीमा !!

 

Continue reading


प्रेम के सि का केही मुक्तकहरूः

Prem, Raj, Kc, Khatri , प्रेम के सि, pallawa, पल्लव

प्रेम के सि

मेरो मन मुटु चोरेर लानेलाई के भन्नु खै
झुट्टो बाचा कसम खानेलाई के भन्नू खै
पोहिला सगै मर्ने बाच्ने आशा देखाइ आज
फेस्बुक बल्क गरेर जानेलाई के भन्नू खै

यो जिबन हासी खुशी अब बिताउने कोसिस गर्ने छु
साच्चो माया पिरती तिमिलाई लगाउने कोसिस गर्ने छु
कसम मिल्यो भने मेरो छुट्टी परदेश बाट घरमा। आउन
यहि मंसिरमा तिम्रो हात माग्न आउने कोसिस हर्ने छु

 

Continue reading


गजल

Prem, Katwal, प्रेम कटुवाल, pallawa, पल्लव

प्रेम कटुवाल

नियतीको मनोमानी, यस्तै रै’छ जिन्दगानी
भोग्नै पर्ने जेजे भानी, यस्तै रै’छ जिन्दगानी ।

खालीहात आयौं हामी,खालिहातै जान्छौं पनि,
नत फाइदा नत हानी,यस्तै रै’छ जिन्दगानी ।

मरी मरी धन जोड्यो, जाने बेला छोड्नै पर्ने,
बाँचुन्जेली यो हैरानी, यस्तै रै’छ जिन्दगानी ।

 

Continue reading


प्रेम बुढाथोकीका केही मुक्तकहरूः

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

भेट्छु भनी किन तिम्ले कुराएर आइनौ।
अनेक कुरा किन तिम्ले फुराएर आइनौ॥
तिमी आउने बाटो हेरी रहे साँझ हुँदासम्म।
आउछु भनी किन साइत तिम्ले जुराएर आइनौ॥

मेरै मात्रै सबै गल्ती तिम्ले किन ठानेर गयौ।
मैले माया गर्दा पनि अर्कै किन तानेर गयौ॥
जति माया गर्दापनि तिम्ले बिस्वास गरेनौ मलाई ।
आज मलाई छोडी तिम्ले अर्कै किन छानेर गयौ॥

 

Continue reading


गजल

Bindaas, Prem, Khadka, प्रेम खड्का ‘विन्दास’, pallawa, पल्लव

प्रेम खड्का ‘विन्दास’

रोएर आत्तिँदा भरिए आँखा यी
मुस्कान खोसिँदा भरिए आँखा यी

आशा छ प्रेमको मनमा बस्ने छु
सर्वस्व त्यागिँदा भरिए आँखा यी

जे ,जे छ साथमा लिनु धन् पैँसा
आफन्त चाहिँदा भरिए आँखा यी

 

Continue reading


खै म कसरी हाँसु..?

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

खै म कसरी हाँसु..?
आँशुले नारीको सौगात
यौवनमा पुछिएको बेला।
लाला वालाहरुको सहारा
किशोर मै लुटिएको बेला॥
खै म कसरी हाँसु..?

रुकुम रक्ताम्य भएको बेला।
सल्यानमा काख रितिएको बेला॥
भालुबाङमा जोवान खोसिएको बेला।
दाङमा साथी हराएको बेला॥
खै म कसोरी हाँसु..?

 

Continue reading


‘‘तिमी साहस बटुलेर उठ’’

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

चारैतिर बन्धनले धेरेको बेला
अन्याय र अत्याचारले
बस्ती ढाकेको बेला
रोग भोग र अशिक्षा बिरुध्द
यो विकृति मास्न
तिमी एकजुट भएर लाग
थिचोमिचो
पिजडा भित्र
भावशून्य आवाज
लाटो भई
थुनिएर के बाँच्नु
यो बन्धनको घेरा तोड्न
तिमी साहस बटुलेर उठ–

 

Continue reading


प्रेम बूढाथोकीका केही मुक्तकहरूः

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

बचाउ बचाउ मलाई भन्दै सधै कराउने भइन आमा।
थाहा छैन सधै किन सपनीमा डराउने भइन आमा।
जुन दिन देखि नेताले देशलाई भाग बन्डागरी टुक्राय।
त्यही दिन देखि सधै किन डराउने भइन आमा॥

सबै जाति भाषा भेषलाई गोड्न सकियो भने।
हिमाल पहाड तराईलाई जोड्न सकियो भने॥
केही पूर्व पश्चिम भएर बस्नु पर्ने छैन।
एकतामा सबै मिलाई जोड्न सकियो भने॥

 

Continue reading


“जिजीवीषा”का केही मुक्तकहरूः

Prem, Katwal, प्रेम कटुवाल, pallawa, पल्लव

प्रेम कटुवाल

भाई भाईको लडाईमा, रोएको छ मेरो देश,
हामी सबको रुवाईमा, रोएको छ मेरो देश।
हत्या हिंशा बढेको छ, मानवता हराएछ,
दु:ख अभाव भोगाईमा, रोएको छ मेरो देश।

ज़िन्दगी सबैको एकनाश हुदैन
मान्छे पनि सबै बदमाश हुदैन
भेटिन्छन मृत्युमा हास्नेहरु पनि
जस्लाई स्नेहको आभाष हुदैन।

 

Continue reading


१७ अक्षरीय गजल

Prem, Khadka, प्रेम खडका, pallawa, पल्लव

प्रेम खडका

अपराधी थुन्ने एउटा जेल बनाऊ सरकार
बलियो त्यो हत्कडी र नेल बनाऊ सरकार

सक्क्षम मात्रै देशको असल माली बन्न सक्छ
प्रश्न सोधी नजान्नेलाई फेल बनाऊ सरकार

धेरै भयो बिदेशीको भरमा बाँची राको देश
भित्रै सुनखानी र मट्टीतेल बनाऊ सरकार

 

Continue reading


गजल

Prem, Khadka, प्रेम खडका, pallawa, पल्लव

प्रेम खडका

बीर-भूमि प्याराे नेपाल लुटाउने मन्त्रीहरू
अाफ्नै भाइ-बन्धु पनि कुटाउने मन्त्रीहरू॥

गरीबका बालबच्चा सडकमा रुँदा कठै !
कति नाता सम्बन्ध नै टुटाउने मन्त्रीहरू॥

नभैदिँदा राष्ट्रप्रेमी देशभक्त सन्तान यहाँ
देशलाई चिरा पारी छुटाउने मन्त्रीहरू॥

 

Continue reading


१० अक्षरीय गजल

Prem, Katwal, प्रेम कटुवाल, pallawa, पल्लव

प्रेम कटुवाल

छुटेको गम्छा, हाल्छु सिरानी,
लचप्पै भिज्दा, हुन्छ बिहानी I

कठोर पार्छु, मन् तरपनि
उर्लेर बग्छ, आँशु बैमानी I

भनेकै थिँए, पैल्यै म’बुढो,
अहिले आइ, खोज्यौ जवानी I

 

Continue reading