गजल

Krishna, Prasai, कृष्ण प्रसाईं, pallawa, पल्लव

कृष्ण प्रसाईं

निर्धाकै सपना अपूरा हुन्छन्,
दबिन्छ्न् तिनकै कुरा हुन्छन् ।।

निर्दोष लाग्छ तिनैका मुखमा,
राम र बगलीमा छुरा हुन्छन् ।।

सजाउँछन् नयनहरुले रहर,
त्यस्तै रहर नै अधुरा हुन्छन् ।।

 

Continue reading


प्रश्न

Mira, Prasai, मीरा प्रसार्इं, pallawa, पल्लव

मीरा प्रसार्इं

आफ्नै छाती चुसाएर
आफ्नै यौवन त्यागेर
आफ्नै गाँस काटेर
आफ्नै सपना मारेर
आफ्नै चाहना जलाएर
बडो जतनले स्याहारेको धर्ती पुत्र
जुङ्गाको रेखी बस्दै जाँदा
शरीर पहलमान झै बन्दै जाँदा
बिर्सिएर धर्तिको ममता
बिर्सिएर आफ्नै बाललिलो
बिर्सिएर धर्म ,कर्तब्य र उत्तरदायित्व–

 

Continue reading


बेलायती मौसम

Mira, Prasai, मीरा प्रसार्इं, pallawa, पल्लव

मीरा प्रसार्इं

मर्यादाको सीमा स्तम्भ नाँघेर
तिमीसामू आएँ
अप्रत्याशित तिमी बदलियौ
जस्तो कि
क्षणमै घाम लागेर
क्षणमै बादल लागेर
क्षणमै कुहिरो लागेर
र,

क्षणमै पानी परेर
बेलायती मौसम बदलिइरहन्छ
त्यस्तै तिमी पनि बदलिइरहन्छौ –

 

Continue reading


चितवनका दुर्इ समेत तीनलार्इ नइ पुरस्कार !!!

गायत्री श्रेष्ठ

गायत्री श्रेष्ठ

Sarashwoti RijalAmardhwoj Khati

Narendra, Raj, Prasai, नरेन्द् राज प्रसार्इ,pallawa, पल्लव

नरेन्द् राज प्रसार्इ

काठमाडौं बाहिरका तीन साहित्यकार मध्य चितवनका दुर्इ जाना गायत्री श्रेष्ठ, सरस्वती रिजाल र रूपन्देहीका अजम्बरध्वज खातीलाई नइ पुरस्कार !!!

नइ प्रकाशनले काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने रुपन्देहीका श्री अजम्बरध्वज खातीलाई पचास हजार रूपियाँ राशि सहित ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

 

Continue reading


अखण्ड नै राख्न पर्ने

Narendra, Raj, Prasai, नरेन्द् राज प्रसार्इ,pallawa, पल्लव

नरेन्द् राज प्रसार्इ

सङ्घीयता लागेपछि मेरो देश फुट्छ
चार वर्ण छत्तीस जात त्यसै बेला टुट्छ।

सैयौं मन्त्री हजारौंमा साँसद हुने भए
मुलुक नै ध्वस्त पार्ने खेल खेल्ने भए।

लुम्बिनी र मुक्तिनाथ अर्कैतिर लाँदा
सगरमाथा रूने भयो एक्लै छाडी जाँदा।

 

Continue reading


क्रियश्चन पादरी गङ्गाप्रसाद प्रधान

padari-ganga-prasad-pradhan

narendra, raj, prasai, नरेन्दरराज प्रसार्इं, pallawa, पल्लव

नरेन्दरराज प्रसार्इं

‘‘सौतेनी आमाले हेप्ता क्रिश्चियन बनेका :
पादरी गङ्गाप्रसाद प्रधानको जीवनकथा’’

पादरी गङ्गाप्रसाद प्रधान नेपाली भाषा भनेपछि प्राणको पनि बाजी मार्थे । नेपाली बोलीमा उनको मोह जोडिएको थियो ।
रूपनारायण प्रधान तथा राजमती प्रधानका छोरा गङ्गाप्रसाद प्रधानको जन्म १९०८ असार २२ गते ठंहिटी, काठमाडौंमा भएको थियो । गङ्गाप्रसाद सानो हुँदा उनकी आमा स्वर्गीय भइन् । रूपनारायण काठमाडौंको हनुमान ढोका दरबारमा द्वारे थिए । श्रीमती खसेपछि उनी काठमाडौंमा टिक्नै सकेनन् र गङ्गाप्रसादले दस वर्ष टेकेपछि रूपनारायण दार्जीलिङतिर बसाइँ सरे । त्यस बेला काठमाडौंबाट दार्जीलिङ हिँडेर पुग्न उनीहरूलाई तीन हप्ता लागेको थियो ।
रूपनारायणले दार्जीलिङ पुगेपछि अर्की ल्याए ।

 

Continue reading


माल्दाइलाई अन्तिम चिठी

Indira, Prasai, इन्दिरा प्रसार्इं, pallawa, पल्लव

इन्दिरा प्रसार्इं

माल्दाइ !
धेरै समयपछि
आज फेरि तपाईंलाई
चिठी लेख्न मन लाग्यो
मनको वह तपाईं सामू
पोख्न मन लाग्यो ।
माइतीको सम्झनाले
यसैयसै मन एकतमास भएको बेला
माइतीको तिर्सनाले
मन त्यसैत्यसै ओइलाएको बेला
तपाईं सामू पोखिएर
छताछुल्ल हुन खोज्दै छु;
मनका वेदना, पीडा र चाहनाहरु
सबैसबै रित्याएर
हलुङ्गो हुन खोज्दै छु; माल्दाइ !

 

Continue reading


भूगोलमा नारायणगोपाल . . . . .

Narayan, Gopal, Samrat, सम्राट नारायणगोपाल, pallawa, पल्लव

सम्राट नारायणगोपाल

Narendra, Raj, Prasai, नरेन्द् राज प्रसार्इ,pallawa, पल्लव

नरेन्द् राज प्रसार्इ

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा ।

नारायणगोपालले गाएका प्रायः प्रत्येक गीतले जनजनको हृदयको ढुकढुकीलाई छुने गर्छन् । नेपाली गीतिसंसारमा नारायणगोपाल नै एउटा भाग्यमानी गायक हुन् जो नेपालका प्रत्येक गाउँबेसी, पहाडकन्दरा र तर्राई का घरघरमा सुपरिचित, श्रद्धेय र प्रिय छन् । नारायणगोपाल प्रसिद्ध सितारवादक आशागोपाल गुरुवाचार्य तथा रामदेवी गुरुवाचार्यका सुपुत्रका रूपमा काठमाडौँको किलागलमा १९९६ साल असोज १८ गते जन्मेका थिए ।

 

Continue reading


चटके, कठपुतली र तमासे

Indira, Prasai,इन्दिरा प्रसार्इं, pallawa, पल्लव

इन्दिरा प्रसार्इं

पर्दा खुल्लै छ
एउटा केही पुरानोजस्तो
रङ्गमञ्च देखिएको छ
रङ्गमञ्चको उज्यालोमा
धुमधामको तामझाम छ
अग्रिम पङ्तिमा
एउटा दीव्य आसन छ
त्यो आसन खाली छ ।

 

Continue reading


कृष्णमान श्रेष्ठका दुई ग्रन्थ लोकार्पण

Narendra, Raj, Prasai, नरेन्द् राज प्रसार्इ,pallawa, पल्लव

नरेन्द् राज प्रसार्इ

नेपाल भाषा एकादेमीका चान्सलर डा.सत्यमोहन जोशीले आज राजधानी काठमाडौंमा कृष्णमान श्रेष्ठद्वारा लिखित ”पुरुषार्थको विजय” N Mix- 2र जीवनचन्द्र कोइरालाबाट सम्पादित ”कृष्णमान श्रेष्ठ : जीवन वृत्तान्त”को आज काठमाडौंमा लोकार्पण गर्नुभयो । यी दुबै ग्रन्थ नइ प्रकाशनबाट प्रकाशित भएका हुन् ।
नइ प्रकाशन तथा त्रिमूर्ति निकेतनका संस्थापक अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाल भाषा एकादेमीका चान्सलर डा.सत्यमोहन जोशी, जीवनचन्द्र कोइराला, सन्ध्या पहाडी र चन्दनकुमार श्रेष्ठले कृष्णमान श्रेष्ठको सामाजिक, राजनैतिक र साहित्यिक देनमाथि प्रकाश पार्नु भएको थियो । सो समारोहमा सुप्रसिद्ध राजनीतिज्ञ तथा साहित्यकार कमलराज रेग्मी, इजरायलका लागि नेपाली साहित्यिक दूत दीप्स शाह र भियतनामका लागि नेपाली साहित्यिक दूत ई.सन्ध्या रेग्मीको पनि उपस्थिति थियो ।

 

 

 

Continue reading


किन रोए हुन् बीके पाल्पाली ?

Indira, Prasai, इन्दिरा प्रसार्इं, pallawa, पल्लव

इन्दिरा प्रसार्इं

बीके पाल्पाली !
अध्ययन र अनुसन्धानमा
सिर्जना र अनुशासनमा
सँधै अब्बल र दक्ष युवाको नाम हो ।

कसैलाई र कहिल्यै पनि
नाई र हुन्न भन्न नजान्ने
बीके पाल्पाली !
एउटा जाँगरिलो र सहयोगी
युवाको नाम हो ।

 

Continue reading


‘शारदा’ धारावाहिक कविता – २०

Indira, Prasai, इन्दिरा प्रसार्इं, pallawa, पल्लव

इन्दिरा प्रसार्इं

कलेजी रङ
तिमीलाई मन पर्ने रङ
विद्रोहको पर्याय भएर
जताततै कलेजी रङ
ए विद्रोहिणी !
त्यस दिन तिम्रो टाउकोमा पनि
आफ्नै रक्तरङ पोतिछौ
अन्तिम यात्राको श्रृङ्गार पनि
कलेजी रङ !

 

Continue reading


मेरो माया मोहभित्रै तिमी पनि रमाएथ्यौ

Narendra, Raj, Prasai, नरेन्द् राज प्रसार्इ,pallawa, पल्लव

नरेन्द् राज प्रसार्इ

सँगसँगै हुँदा पनि तिमी किन रोएकीथ्यौ ?
तिम्रो त्यो वेदनाले मलाई किन धोएकीथ्यौ ?

हाम्रो मन एकै थियो वाचा पनि एकै थियो
तिम्रो त्याग समर्पण मेरो साथसाथै थियो
त्यसैबेला तिमीले नै मेरो मन चुमेकीथ्यौ
डुली हिंड्ने मेरो तन तिमीले नै थुनेकीथ्यौ ।

 

Continue reading


खोली जस्तै बगी जाँदा नयाँ दिन सुरु भयो ।

Narendra, Raj, Prasai, नरेन्द् राज प्रसार्इ,pallawa, पल्लव

नरेन्द् राज प्रसार्इ

निक्कै टाढा पुगिसक्दा नयाँ जीवन सुरु भयो
खोली जस्तै बगी जाँदा नयाँ दिन सुरु भयो ।

तिम्रो मेरो जीवनकथा कलेजीमा लेखिरहेँ
ढुकढुकीको पलपलमा पिरतीले छेकिरहेँ
थाहा पाएँ बल्ल मेरो जिन्दगानी सुरु भयो
खोली जस्तै बगी जाँदा नयाँ दिन सुरु भयो ।

 

Continue reading


खोली जस्तै बगी जाँदा . . . . .

narendra, raj, prasai, नरेन्द्र राज प्रसार्इं, pallawa, पल्लव

नरेन्द्र राज प्रसार्इं

निक्कै टाढा पुगिसक्दा नयाँ जीवन सुरु भयो
खोली जस्तै बगी जाँदा नयाँ दिन सुरु भयो ।

तिम्रो मेरो जीवनकथा कलेजीमा लेखिरहेँ
ढुकढुकीको पलपलमा पिरतीले छेकिरहेँ
थाहा पाएँ बल्ल मेरो जिन्दगानी सुरु भयो
खोली जस्तै बगी जाँदा नयाँ दिन सुरु भयो ।

 

Continue reading


साथी एउटै तिमी !

Narendra, Raj, Prasai, नरेन्द्र राज प्रसार्इं , pallawa , पल्लव

नरेन्द्र राज प्रसार्इं

सुकमित गुरुङले गाएकी गीत 
मिर्मिरेमा तिमीलाई हेर्न मन लाग्छ
तिमी आउने बाटो हेर्दै कुर्न मन लाग्छ
यो मनले रोजेको छ मायालु
साथी एउटै तिमी !

डाँडापारि मन डुल्यो दुक्ख हराएछन्
मायालुले हृदयमा हल्चल मच्चाएछन्
कल्पनामा तिमीसँगै डुब्न मन लाग्छ
तिमी आउने बाटो हेर्दै कुर्न मन लाग्छ
यो मनले रोजेको छ मायालु
साथी एउटै तिमी !

 

Continue reading


मैले लेख्नै सकिन, वानीरा !

Indira,Prasai, इन्दिरा प्रसाई, pallawa, पल्लव

इन्दिरा प्रसाई

हिमालको काखमा बिसाएको
खरसाङको आँगनीबाट
पलायन भएकी
पाशुपत शङकरको अँगालोमा
थपक्क सुहाएकी ए वानीरा !
सङघर्षको गीत गुन्गुनाउँदै
ससक्त भएर कर्मयात्रामा
अविश्रान्त डटेकी ए वानीरा !

 

Continue reading


नहारेका लेखकः लीलासिंह कर्मा

narendra, raj, prasai, नरेन्द्र राज प्रसाईं, pallawa , pallawa, पल्लव

नरेन्द्र राज प्रसाईं

लीलासिंह कर्मा भन्थे, ‘जातलाई होइन विचारलाई सम्मान गर ।’ यही आदर्शमा बाँच्न चाँहदा उनी जीवनभरि शक्ति, पैसा र अवसरका पछि लागेनन् । त्यसैले त्यस बेला यिनको त्याग, योग्यता र निष्ठाको कदर भएको पनि थिएन । उनका साथीहरू कोही मन्त्री, कोही माननीय र कोही प्राज्ञ बनेका थिए । तर उनी हात जोड्दै कहीँ गएर कुप्रो परेनन् । भोकले पेट दोब्रिदा पनि उनी भन्थे ‘अपमानित भएर बाँच्न हुँदैन ।’ नेपाली परिवेशमा कर्माले आफ्नो कर्तव्यलाई साक्षी राखेर एकोहोरो काम गरेका थिए । बहुआयामिक भए तापनि उनले म यो र म त्यो भनेर कहिले आफ्नो डम्फू बजाएनन् । जीवनमा जस्तै दुक्ख पर्दा पनि बरु उनी अँध्यारोमा नै बसे तर कसैसँग झोला थाप्न पुगेनन् ।

 

Continue reading


गरुढपुराण वहिष्कार गर्ने पं.वासुदेव भट्टराई . . . . .

पं.वासुदेव भट्टराई

पण्डित वासुदेव भट्टराई दुरदर्शी चेतमा प्रतीक थिए । उनी विगत र वर्तमानलाई केलाएर भविष्यको अडकल काट्थे । उनी स्वाभिमानले पनि खारिएका थिए । उनीभित्र न्याय पनि त्यतिकै प्रबल थियो । संयुक्त परिवारमा रहेका आफ्ना चारभाइ छोराबाट बराबरी पैसा असुलेर उनी घर खर्च गर्थे। उनी अनर्थमा आफ्नो पनि कसैलाई खुवाँउदैन थिए र अर्काको धनमा पनि आँखा पुर्याउँदैन थिए ।

narendra, raj, prasai, नरेन्द्र राज प्रसाईं, pallawa , pallawa, पल्लव

नरेन्द्र राज प्रसाईं

मोहनदत्त भट्टराई र मेनका भट्टराई का तीनभाइ छोरामध्ये वासुदेव कान्छा थिए । यिनको जन्म १९४५ साल वैशाख २४ गते भारत, बनारसको पञ्चगड्गाघाट छेउको घरमा भएको थियो । उनले बनारसबाटै बीए पास गरेका थिए । साथै उनले संस्कृत, नेपाली र अड्ग्रेजीभाषाको विशेष शिक्षा ग्रहण गरेका थिए । उनी शिक्षा प्रेमी थिए । उनको शिक्षाप्रेमको हल्ला नेपालमा पनि आएको थियो । अनि उनलाई लिन काजी मरिचमान सिंह बनारस पुगेका थिए । सिंहका पछि लागेर २८ वर्षको उमेरमा उनी नेपाल आए ।

 

Continue reading


डा.वानीरा गिरीलाई विश्व नारी रत्नको उपाधि

डा.वानीरा गिरी

narendra, raj, prasai, नरेन्द्र राज प्रसाईं, pallawa , pallawa,  पल्लव

नरेन्द्र राज प्रसाईं

त्रिमूर्ति निकेतनद्वारा गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले नेपाली भाषामा कविता, कथा, उपन्यास, निबन्ध, समालोचना र अन्वेषणमूलक प्रबन्ध लेखनकी नारीचुली डा. वानीरा गिरीलाई नेपाली साहित्यको ‘विश्व नारी रत्न’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालीभाषाको श्रीवृद्धिका लागि आधा शताब्दीदेखि निरन्तर साधनारत डा.गिरीलाई देशदेशान्तरमा नेपाली साहित्यको गरिमा र महिमा फिंजाएवापत सो उपाधि प्रदान गर्ने निर्णय भएको हो । उक्त उपाधिका साथमा ताम्रपत्र सहित दुई लाख पचास हजार रुपियाँ राशि रहने छ ।
नेपाली साहित्यको ‘विश्व नारी रत्न’को प्रयोग भने आजैका मितिदेखि गर्ने ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले निर्णय गरेको छ ।

 

Continue reading