आजित् हुँदैछिन् उनी

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

जन्माईन् अतिकष्टले छिचिमिरा पिडा खपी बेस्सरी
बाँडिन् स्नेह सधैं सबै तरहले सन्तान हुँदो गरी
आमा हुन् धरती समान तर खै सन्तान निस्के खुनी
हेरी ती मतिभ्रस्ट सन्ततिहरू आजित् हुँदैछिन् उनी ।

रोप्थे पीपल बर् समी लहरमा बाटो-किनारा तिर
मुद्दा झैझगडा परे कहिँ कतै मिल्थ्यो त्यहीँ आखिर
कस्को आज कुदृष्टि भो जगतमा मान्छे भए बैगुनी
भोग्दा बेथिति यत्रतत्र बहुतै आजित् हुँदैछिन् उनी ।

 

Continue reading


मोसो पोतिएको समाचार

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

आज
अस्वाभाबिक लागिरहेछ
मैलाई मेरा हातका धमनीहरू
मानौं, यी नसा हैनन् शरिरका
र हुन्, पम्पले पानी फाल्दै गरेका पोलिथिन पाइप ।
मेरो अनुहार मजस्तो छैन आज
कहाँ गयो मेरो वास्तविक हुलिया-
गहुँगोरो वर्ण ?
म देखिरहेछु आफ्नै अनुहार
कंकालिनी देवीको जिभ्रोझैं- लाल लाल
साँच्चै अस्वाभाविक ।

 

Continue reading


डिल्लीप्रसाद छत्कुलि ‘दीप’का केही मुक्तकहरू

Dilli, Prasad, Chhatkuli, Dp, डिल्लीप्रसाद छत्कुली ‘दीप, pallawa, पल्ल्व

डिल्लीप्रसाद छत्कुली ‘दीप’

चुरीफूरी बढ़ी नै हुन्छ! हल्का ख़ानदानी भएसी!
कति खेर पर्छ चल्छ बेमौसमी हावापानी भएसी!
अझैं कति ?घमण्ड गर्छौ आफू भित्र आफैलाई,,,
हेर चिन्दैन् कसैले तिमीलाई डढेर खरानी भएसी!

लुकीछुपी वैरीले देशको चित्र खिंचिसक्यो आज!
चारैतिर सीमाना नि धेरथोर मिचिसक्यो आज!
छिमेकीको रणनीति बुझ्न नपाउँदै मेरो देशलाई,
कहिलै उठ्न नसक्ने भारीले थिचिसक्यो आज!!

 

Continue reading


मर्यादा . . .

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

माताको पद-वन्दनादि नगरे छोरो कहाँ हुन्छ त्यो ?
बाबाको वदनाम भो यदि भने आजन्म नै रुन्छ त्यो ।
शिक्षाको अपहेलना गर्दछ भने जानेर के लेख्छ त्यो
आफ्नो मार्गतिरै लगाइ कठबार् विद्वान के हुन्छ त्यो ?
.
यात्रामा पदचापका गति भए रोकेर रोकिन्न त्यो
मान्छेमा पनि नम्रता बढिभए गन्तव्यमा पुग्छ त्यो ।
आफ्ना मान्यहरू सबैसँग खिले आफैँ बडो बन्छ त्यो
स्वार्थी आत्म भए उचाइ नपुगी जल्दै सदा रुन्छ त्यो ।।

 

Continue reading


किन राखेकी..?

Komal, Prasad, Neupane, Nuwakot, कोमल प्रसाद न्यौपाने, pallawa, पल्लव

कोमल प्रसाद न्यौपाने

ढकियामा फूलको थाली किन राखेकी ?
दियालोमा बत्ति बाली किन राखेकी ?

कालो गाजल रातोलालाी निधारमा टिका
सोह्र सिङ्गार छर पनि देख्छु फिका फिका
चुल्ठी बाटी स्युँदो खाली किन राखेकी ?
दियालोमा बत्ति बाली किन राखेकी ?
ढकियामा फूलको……………………..

 

Continue reading


चाहियो !

Lekha,prasad, Lekh, Niraula, लेख निरौला, pallawa, पल्लव

लेख निरौला

तुरुन्तै चाहियो मान्छे योग्य सक्षम सुन्दर
विनम्र मृदुभाषी जो नित्य सेवकझैँ भर ।
हाँमा हाँ मुखले बोल्दा गर्दा काम हओस् भनी
मिलाओस् वाक्यले आफै चाहियो व्यक्ति निर्धनी

जहाँ जे सजिलो हुन्छ त्यस्तै रूप धरी-धरी
अह्राको काम फत्ते होस् आफ्नै बुद्धि सरावरि ।
स्यावासी फलको भोको चाहियो व्यक्ति सत्वर
विज्ञापन गरेँ मैले पेसाको धर्म खातिर ।।

 

Continue reading


गजल

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

आशा बग्ने कुलो थियो, किन थुन्यौ मुहानमै ?
जानीजानी गर्‍यौ, या त भयो त्यसै अन्जानमै ?

खर्चिएँछु यो जिन्दगी केबल तिम्रै लागि मात्रै
आधा काव्य लेख्न तिम्रो, आधा तिम्रो बखानमै ।

सपनीमा तिम्रै साथमा, डुल्छु फिर्छु कुरा गर्छु
कहाँकहाँ पुग्छु संगै, उठ्दा हुन्छु ओच्छ्यानमै ।

 

Continue reading


लेख निरौला का जोर कविताः

Lekha,prasad, Lekh, Niraula, लेख निरौला, pallawa, पल्लव

लेख निरौला

कविता– १, लगानी र जबानी
विना योजना डुब्छ आफ्नो लगानी
विना सिर्जना डुब्छ आफ्नो जबानी
लगानी जबानी दुबैको कहानी
कहाँ टिक्छ आफै विना जिन्दगानी ! ।।

लगानी जहाँको मुनाफा बढी होस्
जबानी जहाँको खुला चाँदनी होस्
बडो स्वाद आफै रसाएर मिल्छ
सही जिन्दगी जो बसाएर खिल्छ ।।

 

Continue reading


“भाषाप्रति “

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

उखेली मूर्दाका करङ अब गन्नै किन पर्यो ?
बितेका हूतात्मा घरिघरि बखान्नै किन पर्यो ?
बनौं पुर्खाजस्तै भनिकन बनौं के कपि अब ?
चुनौती नै बढ्लान् नवचलन बढ्दा थपथप ।

उही बोलौं हामी जुन सहज मान्छन् अधिकले
र,त्यै लेखौं जो स्वीकृत छ विधिले मान्यमतले
टिक्यो,जस्ले पायो विमति नभई लोकप्रियता
नपाएमा लुक्ला अलिअलि बनी कालग्रसित ।

 

Continue reading


‘प्रश्न’

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

“घरेलु हिंसा न्यूनीकरणमा सासूको भूमिका” बिषयको कार्यशाला गोष्ठीमा करीब दुई दर्जनजति महिला सहभागिहरू थिए । यसमध्ये धेरैजसो विवाहित गृहिणीहरू र केही अविवाहित केटीहरू पनि थिए ।
छलफल चल्दैथियो । आ-आफ्नो जीवन-भोगाइको आधारमा सासुको चित्रण गर्दै पालैपालो धारणा राक्नु पर्ने क्रम आयो ।
“सासू भनेका कृतघ्नी जात हो, जत्ति गरेपनि खुसी राख्न सकिँदैन” भन्दै एउटी अधबैंसे महिलाले आफ्नो कुरा टुङ्ग्याईन् ।

 

Continue reading


कवि प्रकाशका तीन खण्डकाव्यः परिचयात्मक टिप्पणी

समिक्षित कृति र कृतिकार प्रकाश कोइराला

समिक्षित कृति र कृतिकार प्रकाश कोइराला

chandra, prasad, neupane,चन्द्रप्रसाद न्याैपाने, pallawa, पल्लव

चन्द्रप्रसाद न्याैपाने,

वाशेश्वर, सिन्धुली निवासी वेदराज र हर्ककुमारीले २०४४ साल फागुन २ गते प्रकाश कोइरालाको जन्म दिए । उनी अहिले कवि प्रकाश भएका छन् । शास्त्रीय छन्दको प्रयोग गरेर सरल, सुललित कविताका मालिक बन्न पुगेका छन् कवि प्रकाशजी । उनले आरुआरती (खण्डकाव्य, २०६५), यो देशको नाउँमा (खण्डकाव्य, २०६६) र जागृति जागरण (खण्डकाव्य, २०७०) प्रकाशन गरी कविता क्षेत्रमा आफूलाई परिचित गराएका छन् ।

 

Continue reading


चन्द्रप्रसाद जैशीका केही मुक्तक्हरूः

Chandra, Prasad, Jaisi,  चन्द्रप्रसाद जैशी, pallawa, पल्लव

चन्द्रप्रसाद जैशी

हिजो औधी थियो माया लाग्थ्यो रहर पनि
सुनौलो र सुघन्धित भई जाग्थ्यो शहर पनि
प्राण धान्ने मुटुपनी निचोरि दियो आज्
पिडा भन्दा सहज लाग्छ लिदा जहर पनि

देशलाई आधार बनायार प्रती आरोप गर्छन किन्।
कामै गर्न नसक्नेले राजनीतिक शात्र पढ्छन किन्।
बन्द हर्ताल नारा जुलुस ढुङा मुडा गर्ने किन्,,
सक्दैनन र बिकल्प खोज्न यस्मै अघी बड्छन किन।।

 

Continue reading


दुर्गाप्रसाद ग्वलटारेका जोर गजल

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

गजल– १,
माहुरी भन्दा बच्छ्यूँ धेरै सल्बलाए, चौपटभो
जाँतो भन्दा हातो बढी सक्सकाए, चौपटभो ।

दिन्छु दिन्छु भन्दै ढ्वाङ् फुक्यो उसले मजैसँग
जसले गर्ज्यो उसकै ओठ पो थर्थराए, चौपटभो ।

जिमिदारीमा मोज गरे टाट परे बाबुसाहेप
बाउबाजेको गुठुरी नै टक्टक्याए, चौपटभो ।

 

Continue reading


आलु-बोडी-तामा

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

राजा साहेबको दरबारमा प्राय: मिठोमसिनो नै पाक्ने गर्दछ । झन् आलु-तामाको तरकारी भनेपछि त हुरुक्कै ।

भण्डार कोठामा माटाको भिउँटमा राखेको मग्मग हरक आउने तामा र बाँसको पेरुंगोमा झुण्ड्याएको शैलुङ्ग लेकको आलुको बीचमा बढो गहिरो मित्रता थियो । कसरी लपक्क मिलेर परिवारमा खुसी दिने भनेर बेलाबखतमा कुराकानी गर्दथे उनीहरू । कोठाको कुनामा राखेको डालाको बोडी पनि दुबैसंग मित्रता कायम गर्न पाएकोमा खुसी थियो ।

 

Continue reading


‘‘म मूला हूँ’’

Durga, Prasad, Pokhrel, दुर्गाप्रसाद पोख्रेल, pallawa. पल्लव

दुर्गाप्रसाद पोख्रेल

म मूला हूँ
बारीबाट उखालिएको
पानीले पखालिएको
अनि कराहीमा हालिएको ।

म कुनै समाजमा छैन
म कुनै कामकाजमा छैन
म कुनै लोकलाजमा छैन
म मूला
बारीबाट उखालिएको
पधेरानेर ढालिएको
अनि गुन्द्रुकसँग गालिएको ।

 

Continue reading


बहरबद्ध गज़ल

Komal, prasad, Bhatta, कोमल प्रसाद भट्ट, pallawa, पल्लव

कोमल प्रसाद भट्ट

म साह्रै दुखेको छु तिम्रो सहरमा
व्यथाले सुकेको छु तिम्रो सहरमा ।

ढले आस,उत्साहका स्तम्भ टुट्दै
र आफैं टुटेको छु तिम्रो सहरमा ।

न भो नाम ठूलो न सम्मान केही
बिरानो भएको छु तिम्रो सहरमा ।

 

Continue reading


गजल

Gopal, Prasad, Lamichhane, गोपाल प्रसाद लामीछाने, pallawa, पल्लव

गोपाल प्रसाद लामीछाने

न रातमा बात देखे,
सपनिमा तिम्रो साथ देखे,

जादै थियौ टाढा धेरै तिमि,
माया जालि रै’छ घात देखे,

भुल भयो हिजो कसोरि रे,
पन्छाएछौ आज जात देखे,

 

Continue reading


बहरबद्ध गज़ल

Komal, prasad, Bhatta, कोमल प्रसाद भट्ट, pallawa, पल्लव

कोमल प्रसाद भट्ट

संसारमा दुक्ख विशाल रै’छ
हाँसो खुसीको अनिकाल रै’छ

पाइन्न चाँडै हल वेदनाको
लाखौंथरी क्लिष्ट सवाल रै’छ

छन् घात रोजै प्रतिघात रोजै
साँच्चै यहाँ ज्यान हलाल रै’छ

 

Continue reading


‘संबुद्ध बुद्ध भवका रसिलो मुहार’

Bishnu, Prasad, Upadhyaya, विष्णुप्रसाद उपाध्याय, pallawa, पल्लव

विष्णुप्रसाद उपाध्याय

बुद्ध पूर्णिमाको उपलक्ष्यमा
हे! राष्ट्र देव करुणामय बुद्ध रूप।
नेपाल का जनमुहार कृपा स्वरूप।
अध्यत्मवाद जतिको गर है सुधार।
संबुद्ध बुद्ध भवका रसिलो मुहार।।

श्रीविष्णुको जगतमा नवमावतार।
हे शान्तिका पथ समुन्नत राष्ट्र धार।
यो विश्वले हजुरको कति गर्छ ध्यान।
जन्म्यौ जतातिर हरे रति छैन मान।।

 

Continue reading


दुर्गा प्रसाद भण्डारीका केही टुक्रहरू

durga, prasad, bhandar, दुर्गाप्रसाद भण्डारी, pallawaiपल्लव

दुर्गाप्रसाद भण्डारी

सधैंभरि तिम्रै नामको,स्वास फेर्न पाए
त्यो दिलमा को छ खै,मैले हेर्न पाए।।
जिन्दगी नै तिम्रै नामको,गरिदिन्थेँ होला
भबिस्यका रेखाहरू, आफैं केर्न पाए।।

सपना देख्न पनि मलाई डर् लाग्छ अचेल
किन किन हर् रात ऊ मैलाई माग्छ अचेल
बोलाउन अनि परिचय खोज्छु कोहो भनि
तर!अचनाक त्यो छायाँ बनि भाग्छ अचेल ।

 

Continue reading