प्रदिप प्रखर पोखरेल का जोर गजल

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

गजल–१,

आउछु भनि ढाँट्ने चलन पुरानै हो
मायाले दिएको त्यो वचन पुरानै हो

जग बसायौ कसैको शिरमा टेकेर
घर पो नयाँ बनायौ आँगन पुरानै हो

जमानाले मुनालाइ आधुनिक बनायो
ल्हासामा बरालिएको मदन पुरानै हो

 

Continue reading


गजल

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

आउछु भनि ढाँट्ने चलन पुरानै हो
मायाले दिएको त्यो वचन पुरानै हो

जग बसायौ कसैको शिरमा टेकेर
घर पो नयाँ बनायौ आँगन पुरानै हो

जमानाले मुनालाइ आधुनिक बनायो
ल्हासामा बरालिएको मदन पुरानै हो

 

Continue reading


गजल

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

बत्तीको धिप धिप थियो अरू केही थिएन
अन्धकार समिप थियो अरू केही थिएन ।

भोकमरी लाग्ने संम्भवानी देखियो मेरो घर
गजल लेख्ने शिप थियो अरू केही थिएन ।

मनको मान्छे त भेटाए कसैको दैलोमा
तस्वीर माथी ‘रिप’ थियो अरू केही थिएन ।

 

Continue reading


गजल

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

हिराको दाँजोमा सुन फिक्का देखिन्छ
र तिम्रो अगाडी जून फिक्का देखिन्छ

गुरूङसेनी जस्तो तिमी हुनै सक्दिनौ
सृङ्गार गरेनी बाहुन फिक्का देखिन्छ

सर्सर्ती राष्ट्रहरू नियालेर हेर्दा खेरी
गरीब देशको कानुन फिक्का देखिन्छ

 

Continue reading


प्रदिप प्रखर पोखरेलका केही मुक्तकहरूः

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

सञ्चै छ?भनि सोध्छन मन दुखाउनेहरू
मल्हम किनेर दिन्छन तन दुखाउनेहरू
के साँच्चै दिलको घाउ पुरीएला र रूपैयाँले
बिमा गर्दिन्छु भन्छन जिवन दुखाउनेहरू

सुर्य आयो कि नजिक गर्मी बढ्यो यार
कम होइन अत्याधिक गर्मी बढ्यो यार
हाकिम सापको गर्मी एसीले छलिदिन्छ
भन्छ बिचरो श्रमिक गर्मी बढ्यो यार

 

Continue reading


गजल

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

लासमाथी फूल चढाइदिनु सानु मेरो अन्तिम इच्छा
नझारी आँशु आँखामै अडाइदिनु सानु मेरो अन्तिम इच्छा

बाकसभित्र लुकाएर राखेको छु खोल्नु, हेर्नु,नरूनु
फोटा-पत्रहरू सब डढाइदिनु सानु मेरो अन्तिम इच्छा

छोरो चाहे हलि बनोस् परदेश नपठाउनु बिन्ती
छोरीलाइ धेरै पढाइदिनु सानु मेरो अन्तिम इच्छा

Continue reading


गजल

    

Jetha, Dai, Prakhar, जेठा दाई 'प्रखर', pallawa, पल्लव

जेठा दाई ‘प्रखर’

    थोरै दोषी तिमी थियौ, थोरै दोष मेरो पनि !
    नशा यस्तै जवानीको, गुम्यो होस मेरो पनि !

    न रोकिए चाह मेरा, न त रोक्यौ तिमीले नै,
    तिम्रो पनि उस्तै थियो, जस्तो जोश मेरो पनि !
   
    भुली आयौ कँहा तिम्ले, लाज ढाक्ने पछ्यौरी त्यो ?
    छोडी आए लाज-शरम्, कोशौ-कोश मेरो पनि !

 

Continue reading


गजल

Pradip,Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

मुटुमा राँको छ जल्दै छु आजभोली
खै के को पिरले गल्दैछु आजभोली

देउता कहाँ हून्छ र?भन्ने मान्छे हु म
ढुङ्गाको मुर्तिमा ढल्दैछु आजभोली

हितैसि हुन भनेर झुक्किए ब्यर्थ
बैमानी को भिडलाई छल्दैछु आजभोली

 

Continue reading


गजल

Pradip, Prakhar, Pokhrel, पोखरेल, pallawa

प्रदिप प्रखर पोखरेल

वाह वाह चर्चा चल्छ,उतै ढल्छ दुनियाँ
लटरम्म फल फल्छ,उतै ढल्छ दुनियाँ

ति हारिने मनहरु पक्कै मारीने छन
जताजता टिका दल्छ,उतै ढल्छ दुनियाँ

 

Continue reading


गजल

प्रदिप प्रखर पोख्रेल

सवाल
देशको माटो भुले छ कि प्रदेशीले॥
गुन्द्रुक आटो भुले छ कि प्रदेशीले॥

न फोन आउछ,न चिठी पठाउछ
गएको बाटो भुले छ कि प्रदेशीले॥

Continue reading