डा.प्रदीपकुमार मैनाली का जोर गजल

dr.Pradeep, Kumar, Pradip, Mainali, डा. प्रदीपकुमार मैनाली, pallawa, पल्लव,

डा. प्रदीपकुमार मैनाली

गजल– १,
हुन्न भन्थ्यो भने रक्त सञ्चारले
हुन्छ जीवन र के देख्छ संसारले

पुग्न सक्दैन तन बोटमा तैपनि
पुग्छ मन हरकदम फूलकै प्यारले

फूलकै कामना गर्दथेँ सर्वदा
ब्यर्थ शंका गरेछन् दुईचारले

 

Continue reading


प्रदीप बोहोरा का केही मुक्तकहरूः

Pradeep, Pradip, Bohora, प्रदीप बोहोरा, pallawa, पल्लव

प्रदीप बोहोरा

चिसो पिँढीमा बिताएको रात बिर्सिन्छ मान्छे
हुनेखाने भएसि सहयोगी हात बिर्सिन्छ मान्छे
फालेको त्यो दुई गाँस भातले पनि यही सोच्दो हो,
खाली पेट भरिएपछि आफ्नो अौकात बिर्सिन्छ ममान्छे

आकाशको चाँदनी बादलु भित्र लुक्नुपर्छ
जत्रै आएनि विपत्तीको बाढी त्यो सुक्नुपर्छ
यो हाम्रो चोखो निर्मल निश्चल प्रेमको अघि,
मान्छेकोत के कुरा भगवान पनि झुक्नुपर्छ

 

Continue reading


बहरबद्ध गजल

dr.Pradeep, Kumar, Pradip, Mainali, डा. प्रदीपकुमार मैनाली, pallawa, पल्लव,

डा. प्रदीपकुमार मैनाली

नभन्नू कसैलाई बताउने तिमी नै
कुरा यै सबैलाई पठाउने तिमी नै

हुँदै हुन्न भन्थ्यौ कसोरी भयौ त?
जुधाउने तिमी नै बझाउने तिमी नै

सुहाउँने छ बोटमै नटिप्नू ल भन्थ्यौ
तिनै फूल शिलामा चढाउने तिमी नै

 

Continue reading


प्रदिप प्रखर पोखरेल का जोर गजल

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

गजल–१,

आउछु भनि ढाँट्ने चलन पुरानै हो
मायाले दिएको त्यो वचन पुरानै हो

जग बसायौ कसैको शिरमा टेकेर
घर पो नयाँ बनायौ आँगन पुरानै हो

जमानाले मुनालाइ आधुनिक बनायो
ल्हासामा बरालिएको मदन पुरानै हो

 

Continue reading


गजल

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

आउछु भनि ढाँट्ने चलन पुरानै हो
मायाले दिएको त्यो वचन पुरानै हो

जग बसायौ कसैको शिरमा टेकेर
घर पो नयाँ बनायौ आँगन पुरानै हो

जमानाले मुनालाइ आधुनिक बनायो
ल्हासामा बरालिएको मदन पुरानै हो

 

Continue reading


गजल

dr.Pradeep, Pradip, Mainali, डा. प्रदीप मैनाली, pallawa, पल्लव,

डा. प्रदीप मैनाली

दही डेकी छैन, मदानीको के काम ?
तिमी छैनौ त यो जवानीको के काम ?

पठाएको खबर पुग्दैन नै भने
बेकार त्यो दर्ता चलानीको के काम ?

मनको गीता बुझ्ने सीता छैनन् भने
रामायणमा राम कहानीको के काम ?

 

Continue reading


गजल

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

बत्तीको धिप धिप थियो अरू केही थिएन
अन्धकार समिप थियो अरू केही थिएन ।

भोकमरी लाग्ने संम्भवानी देखियो मेरो घर
गजल लेख्ने शिप थियो अरू केही थिएन ।

मनको मान्छे त भेटाए कसैको दैलोमा
तस्वीर माथी ‘रिप’ थियो अरू केही थिएन ।

 

Continue reading


गजल

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

हिराको दाँजोमा सुन फिक्का देखिन्छ
र तिम्रो अगाडी जून फिक्का देखिन्छ

गुरूङसेनी जस्तो तिमी हुनै सक्दिनौ
सृङ्गार गरेनी बाहुन फिक्का देखिन्छ

सर्सर्ती राष्ट्रहरू नियालेर हेर्दा खेरी
गरीब देशको कानुन फिक्का देखिन्छ

 

Continue reading


प्रदिप प्रखर पोखरेलका केही मुक्तकहरूः

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

सञ्चै छ?भनि सोध्छन मन दुखाउनेहरू
मल्हम किनेर दिन्छन तन दुखाउनेहरू
के साँच्चै दिलको घाउ पुरीएला र रूपैयाँले
बिमा गर्दिन्छु भन्छन जिवन दुखाउनेहरू

सुर्य आयो कि नजिक गर्मी बढ्यो यार
कम होइन अत्याधिक गर्मी बढ्यो यार
हाकिम सापको गर्मी एसीले छलिदिन्छ
भन्छ बिचरो श्रमिक गर्मी बढ्यो यार

 

Continue reading


गजल

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

लासमाथी फूल चढाइदिनु सानु मेरो अन्तिम इच्छा
नझारी आँशु आँखामै अडाइदिनु सानु मेरो अन्तिम इच्छा

बाकसभित्र लुकाएर राखेको छु खोल्नु, हेर्नु,नरूनु
फोटा-पत्रहरू सब डढाइदिनु सानु मेरो अन्तिम इच्छा

छोरो चाहे हलि बनोस् परदेश नपठाउनु बिन्ती
छोरीलाइ धेरै पढाइदिनु सानु मेरो अन्तिम इच्छा

Continue reading


बहरबद्ध गजल

Pradeep, Pradip, Khadyot, प्रदीप खद्योत, palla, पल्लव

प्रदीप खद्योत

कती पोखूँ कथा मेरो मरेको जिन्दगानीको
कतै भूवा कतै खोष्टो डढेझैँ यो सिरानीको ।

उबेला बैँश हुन्जेल ता गरेँ विश्वास साराको
भयो बाबा कुरा छोडौँ छचल्केको जवानीको ।

कुवामा टन्न देख्दैमा सबैले भर्न थाले ती
र सुक्खा भैगएँ ऐले कुवा जस्तै कहानी भो ।

 

Continue reading


बहरबद्ध गजल

Pradeep,  Pradip, Khadyot, प्रदीप खद्योत, palla, पल्लव

प्रदीप खद्योत

भयो जिन्दगानी दशैँको खसी झैँ
म एक्लो छु नानी दशैँको खसी झैँ ।

जती म्याँ गरूँ खै ढलाएर मार्छन्
चढाएर पानी दशैँको खसी झैँ ।

कहाँ सुत्न पाएँ भयो आज मेरो
अचानो सिरानी दशैँको खसी झैँ ।

 

Continue reading


गजल

Pradip,Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

मुटुमा राँको छ जल्दै छु आजभोली
खै के को पिरले गल्दैछु आजभोली

देउता कहाँ हून्छ र?भन्ने मान्छे हु म
ढुङ्गाको मुर्तिमा ढल्दैछु आजभोली

हितैसि हुन भनेर झुक्किए ब्यर्थ
बैमानी को भिडलाई छल्दैछु आजभोली

 

Continue reading


गजल

Pradip, Prakhar, Pokhrel, पोखरेल, pallawa

प्रदिप प्रखर पोखरेल

वाह वाह चर्चा चल्छ,उतै ढल्छ दुनियाँ
लटरम्म फल फल्छ,उतै ढल्छ दुनियाँ

ति हारिने मनहरु पक्कै मारीने छन
जताजता टिका दल्छ,उतै ढल्छ दुनियाँ

 

Continue reading