गजल

Ambika, Poudel, अम्बिका पौडेल, pallawa, पल्लव

अम्बिका पौडेल

परिस्थिति संग बाच्न सिक्नु छ
कति रूनु अब हास्न सिक्नु छ

नदेखिने रोगको भेटिन औसधि
नर्स बनी आफै जाच्न सिक्नु छ

त्यो गाउमा दोहोरी मात्र गाएको
अब रिमिक्समा नाच्न सिक्नु छ

 

Continue reading


नझिम्कार्इ परेली

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

वारि र पारि नपरे जारि पिरती सजाउनी
त्यो जारी मैले तिरौला कहाँ माया नै नरहे ।

छ दायाँबायाँ तिम्रै छायां हो बाटो देखाउनि
मधुर मिलन ति देखौला कहाँ छायां नै नरहे ।
खाली खल्ति हुदैन गल्ती क्षमा छ रिसानी
पाउ छुनभनि निहुरौला कहाँ भुल नै नरहे ।।

 

Continue reading


जय कुमार पौडेलका पाँच गजल

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

गजल– १,
पिरातिको नाटक गरि एक भुल गरेर जाउ
कोपिलामै छोएर जवानिको रस हरेर जाउ।

हराभरा घासे मैदान सन्झी छुस्स चरेर जाउ
कलेजी ओठमा उमङ्गको लाली भरेर जाउ।

आशाहिन फूलको बोट्मा पानी छरेर जाउ
कोपिला लाग्ने बेलामा पात चट्ट झरेर जाउ।

 

Continue reading


गजल

Ambika, Poudel, अम्बिका पौडेल, pallawa, पल्लव

अम्बिका पौडेल

मानहानी गर्न खोज्दैमा कोहि हर्दैन
झिगाले डिगो मारि कहिले मर्दैन

हिम्मत भए प्रत्यक्ष आउ अगाडी
नामर्दले उसै धम्कि लाउनु पर्दैन

सुद्दिबुद्दि नभई आफै छट्पटिएर
तड्पिएर मर्ने मिति पछि सर्दैन

 

Continue reading


जय कुमार पौडेलका तीन गजल

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

गजल– १,
रोस्ट र टोस्ट बनाउन सिक्या छौ रे
खोले फांडो सिस्नु पकाउन जान्या भए हुन्थ्यो।

आफ्नै भाग्यले खाने जिउने भन्छौ रे
भट्ट भुटी गुन्द्रुक उमाल्न जान्या भए हुन्थ्यो।

चिकेन पिजा तन्दुरी नभै खादैनौ रे
चाना र सिन्की सुकाउन सिक्या भए हुन्थ्यो।

 

Continue reading


गजल

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

भन्छन यहाँ फलानो पार्टिमा खराबी छ
सत्तामै बसि मनपरि बोल्छ रे सराबी छ ।

बुझदैन कोइ माथी थुक्दा तलै झर्छपर्छ
दुई जिब्रेहरू चोर डांका भन्दा हरामी छ ।

सोझासाझा सच्चा देशभक्त हार खान्छ
काला बांदरको हातमा देशको चाबी छ ।

 

Continue reading


जय कुमार पौडेलका जोर कविता

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

कविता– १,
‘बिषालु सर्पले झै आज पो डसेर गै रे’
तिम्रै लागि कमाउन बिदेश गयो लाहुरे
परिबन्दले उनि अन्तै पो फसेर गै रे।
खाको ऋण तिर्नलार्इ परदेशमा लाहुरे
समाजको नजरदेखी पो खसेर गै रे।

लप्पनछप्पन नजानेको त्यो सोझो लाहुरे
बैशले मात्तिएर खरानी पो घसेर गै रे
महिनै पिच्छे कमाएर पठाउथ्यो रे लाहुरे
भारी पुग्नेगरि पोको पो कसेर गै रे।

 

Continue reading


मलार्इ पनि…..

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

मलार्इ पनि हिजोदेखी लागि राथ्यो झल्को
रातै थियो कुर्था सुरुवाल रातै थियो बर्को
दिनमा भन्दा रातमा धेरै सम्झनाको लर्को
नूनपिरो मिलाउ है माया नपारी देउ चर्को ।
मलार्इ पनि………..
पाइदैन है रोजेको नभेटी बस्छौ भने।
मनका कुरा मनभित्र नै लेखी बस्छौ भने,
मनकै छेउका हराउछन नदेखी बस्छौ भने।
मलार्इ पनि हिजोदेखी लागि राथ्यो झल्को ।
मलार्इ पनि………..

 

Continue reading


जय कुमार पौडेलका जोर गजल

Jaya, Kumar, Poudel, जय कुमार पौडेल, pallawa, पल्लव

जय कुमार पौडेल

गजल– १,
नजानेरै होला मैले श्रीङ्गार रस भर्न
लेख्दालेख्दै मायाको शब्द छुटि गयो ।

तिमी पाएपछि सधैं प्यारो थियो ऎना
हेर्दा हेर्दै सिसाको मुस्कान फुटि गयो ।

रातैभरि फुलेर बिहानिमा झर्छ पारिजात
भालेको डांकोसङ्गै ती सपना टुटि गयो ।

 

Continue reading


गजल

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

स्वामी ज्युले सिकाउँनु भो नौलो कुरा सुहागरातमा
कति फुटे थाहा छैनन् रातो चुरा सुहागरातमा ।

कालो रात बढ्दै जाँदा पर्दाहरू खुल्दै गए
कैदी हुन तयार थे यि पाखुरा सुहागरातमा ।

पहिलो थ्यो अनुभूति असहज थ्यो ठाउँ उस्तै
साँच्चै रैछ हुन्न भन्थे खाट साँगुरा सुहागरातमा ।

 

Continue reading


गजल

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

हिमाल हाँसेको हेरन आकास खुलेको कति राम्रो
हिमचुलीको माथि माथि डाफे डुलेको कति राम्रो ।

बगाउदै मलिलो माटो पहाडबाट झर्छीन नदी
तराईका फाँटमा पहेंलै धान झुलेको कति राम्रो ।

फरक भाषा, भेष तर एकै आमाका सन्तान हामी
भाइचारामा सद्भावको त्यो रंग घुलेको कति राम्रो ।

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’ एकजोर गजल

Kalpana, Poudel, Jigyasu,कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

गजल– १, 
बिते त्यसै ऋतुहरू प्रेमिल साथको कल्पनामा
ढल्यो बैश चिसीएर न्यानो हातको कल्पनामा ।

अँधेरीले चुमीरह्यो जागेका ती नयनहरू
अनिदै बसेकोछु स्वप्निल रातको कल्पनामा ।

लगातार उच्छवासमा प्रियतम अल्झिएर
ढुकढुकी बढ्न थाल्छ मिठो बातको कल्पनामा ।

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’ का एकजोर गजल

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

गजल– १,
शोषित पीडित गरिवका दर्द सुन्ने सरकार चाहियो
भत्केका गाउँबस्तीहरू कै सामुन्ने सरकार चाहियो |

धेरै खपिन आँधीहुरी देशमा तुफान उठ्दा खेरी
नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो |

हत्याहिंसा अस्थिरताले खुसी लुट्यो मुहार बाट
निरसा हटाई विकासको मार्ग चुन्ने सरकार चाहियो ।

Continue reading


गजल

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

हाम्रो प्रेम अमर राख्न दरवार बनाउँछु
दुनियाँको नजर लाग्ने घरवार बनाउँछु ।

संधैभरि यस्तै मिठो साथ दियौ भने तिम्ले
इतिहास रच्ने बेग्लै यो संसार बनाउँछु ।

निस्वार्थ भै माया प्रेम गरियोस यसैगरी
मनको बिक्रि नहोस त्यसो बजार बनाउँछु ।

 

Continue reading


कल्पना पौडेलका “मुक्तकहरूः

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

धन सम्पति भन्दा प्यारो मलाई साथी लाग्छ
मित्रताको त्यो सम्बन्ध सबैभन्दा माथी लाग्छ ।
जीवन रुपी यात्रामा भेटिँदा रैछन चौतारी बनी
पीडाको भारी बिसाउन त्यै छहारी जाती लाग्छ ।।

दु:ख सँग नजिक बाट चिनजान भयो जिन्दगीमा
आफन्त र पराइ बीचको पहिचान भयो जिन्दगीमा ।
आउँछन जब जटिल मोड़ भाग्यलाई नै दोष दिन्छु
पीडाको यै पहाड़ मलाई बरदान भयो जिन्दगीमा …।।

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’का मुक्तकहरु

Kalpana, Poudel, Jigyasu,कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

कोमल मन नारीको दुखाएर पुरुष जाती
गर्ब गर्दै हिड्छ अझै फुलाएर आफ्नो छाती
भरोसाले सुम्पिदिन्छौ जिन्दगानी जसलाई
झेल हुन्छ उसै वाट सधै किन हामी माथि ?

अनेकौ ति बहानाले मुटु लुट्ने धेरै हुन्छन
सोझालाई फसाउन जाल खुटने धेरै हुन्छन
कोमल मनका नारि तिमि हुनुपर्छ होसियार
भोलि तिम्रै विरोधमा यहा जुट्ने धेरै हुन्छन

 

Continue reading


गजल

mani, poudel, मणि पौडेल, pallawa, पल्लव

मणि पौडेल

मैले आफ्नै पैतालामा उभिनु छ बैरी सामु ।।
आउन सक्छ सहि मौका पर्खिनु छ बैरी सामु ।।

सासू पनि आमा जस्तै ससुरा छन बाबा जस्तै
यस्तै अभाव बुहारीको खड्किनु छ बैरी सामु ।।

आफ्नै माटो हामी आफैं स्वभिमानी भएपनी
पाउ पर्न बिना गल्ती हुत्तिनु छ बैरी सामु ।।

 

Continue reading


‘जिज्ञासु’ का केही मुक्तकहरूः

Kalpana, Poudel, Jigyasu, कल्पना पौडेल 'जिज्ञासु', pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’

गूँडमै थियौ निस्किदा म जुटाउन चारा तिमीलाई
धिक्कारछ पिलाउन सकिन दूधको धारा तिमीलाई ।
कति दुख्छ मुटु पीडा हुन्छ अति सन्तानको वियोगमा
भेटेरै बताउनेछु त्यो मेरो बाध्यता सारा तिमीलाई ।।

ए मन तँ सधै छस उदास किन? हुदैन यसरी जाति
एक्लो नठान आफुलाई कहिल्यै आसुँ छ तेरो साथी ।
मतलबका स्वार्थि नाता हुन् सबै गर्दैनन् कसैले प्रबाह
टुट्छन आशा बारम्बार यसैगरी नगर भरोसा कसै माथि ।।

 

Continue reading


‘जिज्ञासु’का केही मुक्तकहरूः

Kalpana, Podel, Jigyasu, कल्पना पौडेल ‘जिज्ञासु’, pallawa, पल्लव

कल्पना पौडेल ‘जिज्ञासु’,

एक्लो यात्रा जीवनको संघार तर्न सकिन
आगो झैं जल्छ पीडाले छाती मर्न सकिन
अनेकौं नामले पुकार्नेछन् बुझ्दैनन् भावना
चाहेर पनि त्यो आत्महत्या गर्न सकिन

समुन्द्री त्यो छाल जस्तै सधैं यो मन छल्किरहन्छ
जति भुल्न खोज्छु अतित याद बनि बल्झीरहन्छ
राम्रोसँग थाहा छ मलाई अभागी छु दुनियाँमामै
तर पनि खुशी पाउने झिनो आशा अल्झीरहन्छ

 

Continue reading


भगवानहरु

Tika, Devi, Poudel, Atriya, टीका पौडेल ‘अत्रेय’,pallawa, पल्लव

टीका पौडेल ‘अत्रेय’,

हामी ठ्याक्कै भगवान हौ
फूल चढाए पनि ठिक
दुध चढाए पनि ठिक
पानी नै चढाए पनि ठिक ।

कहिले भन्याे र भगवानले
मिठाे र नमिठाे
राम्राे र नराम्राे
असल र खराब ।

आदिम युगदेखि नै
यसरी नै सहेकाे छ
भगवानले ।

 

Continue reading