जमाना भएछ बाठो
म मात्रै रहेंछु लाटो
उडेको छ होस मेरो
गरौँ के फिरेन सातो
छु टन्नै नठान तिम्ले
कयौं छाक भो नखाको
जमाना भएछ बाठो
म मात्रै रहेंछु लाटो
उडेको छ होस मेरो
गरौँ के फिरेन सातो
छु टन्नै नठान तिम्ले
कयौं छाक भो नखाको
चुम्मा गर्यो ठानी शङ्का गरेको पो ?
धूलो पर्यो भन्दा आँखा फुकेको पो !
ढोग्यो भन्यौ खुट्टै त्यस्तो कहाँ हो र !
हेलो भनौं भन्दा हल्का नुहेको पो ।
देख्यासरी साँचा हुन्नन् सबै सत्य
सत्ते कुरो जस्तै झूठो भएको पो र
यै देश बसेर क्यै गर्न ला’को छु
मैले यस देशको नून खा’को छु
मागे ऋण देशले तिर्छु सारा म
तिर्नै नसके यहीं मर्न पाको छु
पर्देश गए कयौं जिन्दगी किन्न
मैले घर गाउँकै हाट धा’को छु
शङ्का ! गर्दछ पराई र त म बोल्दिन
ज्यूदै गाड्दछ समाई र त म बोल्दिन
कस्ले मात्र रिस उठ्दा मुख समाल्दछ
सातो लिन्छ घर आई र त म बोल्दिन
सुन्ने कान त दुई छन् तर सयौं हुँदा
सोध्ने छन् मन दुखाई र त म बोल्दिन
घाटैमा डराए दुहाई दिन्छु म
धाए सागरैमा डुबाइदिन्छु म !
धोई शब्द सारा निचोर्छु बेसरी
डोरीमा लुगा झैं सुकाइदिन्छु म !
मेरा छन्द बन्छन् कुँदेर कस्तरी
आऊ छन्दशाला घुमाइदिन्छु म !
याद मिठो भएको सायद प्यारले हो
च्याट सधैं चलेको सायद प्यारले हो
लेखक बन्छ कोही सायर बन्छ कोही
पागल नै बनेको सायद प्यारले हो
हो हद हुन्छ जेको सागरको त हुन्छ
बेहद भै बढ़ेको ! सायद प्यारले हो
हेर्ने टक गहिरिए ! लुगाको दम हुन्न क्यै
खाने मुख हुनु पर्यो जुँगाको दम हुन्न क्यै
काँडा पनि प्रणयमा रुवा झैं छिन बन्दछन्
ठानौं किन कुसुमका थुँगाको दम हुन्न क्यै
हेर्दैन दिल कहिलै महङ्गो चिज लोभले !
औंठी पनि दिनु परे मुगाको दम हुन्न क्यै
म ताल रारा नयनमै अटाउँछु
म जून तारा नयनमै अटाउँछु |
नदी पखेरा बन बगान लाखका
सयौं नजारा नयनमै अटाउँछु |
मभित्र नै ती कलम छन् बिधान छन्
दफा र धारा नयनमै अटाउँछु |
फगत वर्णनको दसी किन चाहियो
अकबरी सुनमा कसी किन चाहियो
कलमको सहि मात्र हो निबको मसी
सहि गरे दिलले मसी किन चाहियो
जुन थियौ रुपकी थियो र त पुर्णिमा
ग्रहणको दिन वापसी किन चाहियो
चाँद निल्छ दागले यदाकदा
घाम दिन्छ माघले यदाकदा
के विस्वास दैवको विधानमा
घाँस खान्छ बाघले यदाकदा
चाल हुन्न जोशमा जहाँ निको
शीर झुक्छ लाजले यदाकदा
हुचीलको रुवाइ थ्यो चकोर थें पियारको ! रात दियो सराबले पिई दिएँ घुटूघुटू…
चिसो चिसो तुषारमा बागभरी सुनाखरी प्रात दियो सराबले पिई दिएँ घुटूघुटू…
बुकी थिए हिमालमा गुराँस थे पहाडमा आँक थिए तराइमा म थें कुनै तलासमा
पुगेंछु त्यो सरोजमा म गाडिएँ छु भासमा हात दियो सराबले पिई दिएँ घुटूघुटू …
न चैनको निबास थ्यो चिरागमा न तेल थ्यो यो सिरको सिरानमा न केशको सुवास थ्यो
बिहोसको न हाल थ्यो म होस मै खडा थिएँ मात दियो सराबले पिई दिएँ घुटूघुटू …
मेरी अकासकी जुनलाई भेटें
जस्को तलास थ्यो उनलाई भेटें
थें अस्पतालमा प्रितको भै रोगी
सुख्खा थिए नशा खुनलाई भेटें
लर्के उमेर नै अलिनो थ्यो यार !
खोज्दै थिएँ कमी नुनलाई भेटें
हुचीलको रुवाइ थ्यो चकोर थें पियारको ! रात दियो सराबले पिई दिएँ घुटूघुटू…
चिसो चिसो तुषारमा बागभरी सुनाखरी प्रात दियो सराबले पिई दिएँ घुटूघुटू…
बुकी थिए हिमालमा गुराँस थे पहाडमा आँक थिए तराइमा म थें कुनै तलासमा
पुगेंछु त्यो सरोजमा म गाडिएँ छु भासमा हात दियो सराबले पिई दिएँ घुटूघुटू …
न चैनको निबास थ्यो चिरागमा न तेल थ्यो यो सिरको सिरानमा न केशको सुवास थ्यो
बिहोसको न हाल थ्यो म होस मै खडा थिएँ मात दियो सराबले पिई दिएँ घुटूघुटू …
जून छैन घाम छैन आज देशमा….
भोर बस्न ठाम छैन आज देशमा…
दाजु छैन बाबु छैन दूर छन् सबै
पत्र लेख्न खाम छैन आज देशमा…
भाइ डिग्रि पढ्छु भन्छ जान्छ क्याम्पस
पास गर्छ काम छैन आज देशमा…
कहाँ थिए र कठीनका ती आग्रहका कुरा…
बुझें बुझें सजिलै बुझें ! पूर्वाग्रहका कुरा…
अमूक थे र अमूर्त थे टेढा मत लेखका
पढें गुनें अनि पो बुझें ! दूराग्रहका कुरा…
नसोध भो कसरी मिले बोली समस्वरका ?
अनेक थे तर एक थे ! एकाग्रहका कुरा…
पलभर प्रिय छामें दिल टाँसेर फोटो…
अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो…
पुलकित यति पारी मयुरीले नसोध
छमछम र त नाचें दिल टाँसेर फोटो…
म रछु मरुभुमीमा उँटको प्यास लाग्यो
अधर छिन रसाएँ दिल टाँसेर फोटो…
जिवन दैबले दिलायो मलाई…
विष पियारले पिलायो मलाई…
भुइँ न बोटको भएँ पात जस्तो
र त फुकाइले हिलायो मलाई…
प्रणय रोगले दियो काँ र बाँच्न
बरू सराबले जिलायो मलाई…
कहाँ म मेरो बकबास रच्दै छु…
म हाल हाम्रै इतिहास रच्दै छु…
उडेर जालान् कण झ्याउ ऐजेरु !
हिमाल चल्ने म बतास रच्दै छु…
कहीं भए हे ! फुल माहुरी सम्झुन्
म बागमा त्यो मधुमास रच्दै छु…
थिइन् यौटी लजाउने हदै राम्री…
झुकी आँखा उठाउने हदै राम्री…
थियो पूरा सराब झैँ कडा रूप
नशा सुँघ्दै गिराउने हदै राम्री…
थिए राम्रै उसो त त्यो पँधेरीमा
लुगा फेर्दा चियाउने हदै राम्री…
प्रित सागर झैं भए दिई दिन्छु…
बिष सागरमा भए पिई दिन्छु…
म त पत्थर प्यारको तिमी झर्ना
जल पत्थरमा बहे ! खिई दिन्छु
जति धुक्धुक छन् समेट्छु छातीमा
मुटु फुट्छ भने फुटोस् ! सिई दिन्छु…