अन्धकारका ढुङ्गाहरू

Dharma, Pokhrel, धर्म पोख्रेल, pallawa, पल्लव

धर्म पोख्रेल

औँसी वा पूर्णिमा उस्तै रूप थ्यो दिन रातमा
शिशिर वा वसन्तै होस् मानेनन् दु:ख गाथमा
दुबैको लक्ष्य एकै हो सत्ता भिन्न छ अर्थमा
पुग्नेमा एउटा भिड्थ्यो अर्को टिकाउ सर्तमा ।

तिनको प्रेम बहन्थ्यो ज्योति भै तारतारमा
करेन्ट झैँ छ यो ऐले पोल्दै छ प्यार प्यारमा
आश्वासन मिठा बाँडी, लुट्थे हाम्रा सयौँ सुख
तिनै हाम्रा गुणी मित्र बन्थे, लगाउँथे चुप ।

 

Continue reading


‘‘म मूला हूँ’’

Durga, Prasad, Pokhrel, दुर्गाप्रसाद पोख्रेल, pallawa. पल्लव

दुर्गाप्रसाद पोख्रेल

म मूला हूँ
बारीबाट उखालिएको
पानीले पखालिएको
अनि कराहीमा हालिएको ।

म कुनै समाजमा छैन
म कुनै कामकाजमा छैन
म कुनै लोकलाजमा छैन
म मूला
बारीबाट उखालिएको
पधेरानेर ढालिएको
अनि गुन्द्रुकसँग गालिएको ।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

किन हुन्न विकासको काम गरे हुने हो ।
देश बनाउन साँच्चै लागी परे हुने हो ।।
नातावाद र कृपावादको जरै उखाली ।
राष्ट्रियता जगाई अघी सरे हुने हो ।।

कुरुक्षेत्र बनेकै हो खारा नेपालीको ।
बिग्रेकै थ्यो बिग्रने भो पारा नेपालीको ।।
भत्ता खाँदै सत्ता खोज्ने नेता भए पछि ।
भाग्य कस्तो हुने होला सारा नेपालीको ।।

 

Continue reading


कृषक कवि

Dharma, Pokhrel, धर्म पोख्रेल, pallawa, पल्लव

धर्म पोख्रेल

खुर्पा, गोरु, कुटोसँगै कृषकले डोको लियो हातमा
कोदालो र हलो, जुवा, हरिस यी शोभा बने काँधमा
फुर्ती मात्र छ डेग डेग उसको सेवा सबै कर्ममा
मोतीझैँ पसिना छर्‍यो जब उठ्यो भारा तिर्‍यो पर्ममा ।

नौनी निम्ति दही मथिन्छ जसरी नेती मदानी जडी
उस्तै यो जल, मृत्तिका, बिजन ली मथ्दो छ ऊ हर्घडी
कापी खेत भए, हलो कलम हो, फाली टुँडो हो अरे
पानी मात्र मसी बनेछ बलियो, त्यो सिर्जना अन्न रे ।

 

Continue reading


गजल

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

हेर्दा कतै देखिदैन मौन विद्रोह,
पर्दा लाई छेकिदैन मौन विद्रोह ।

र्सतर्क भै पाईला चाल्छ मुर्ख बनेर ,
वाढी सँगै हेलिदैन मौन विद्रोह ।

लोभ मोह क्रोध भित्र हुँदा अन्याय ,
स्वार्थि भित्र बेचिदैन मौन विद्रोह ।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरू

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

ठुलै भयौ दुई चारको पछि लाएर ।
रुठे आफ्ना घरै बिग्र्यो अन्तै धाएर ।।
बुझ्नेले त खैके बुझ्लान् आशु बगाएर ।
अघाउँछ्यौ रे स्वार्थको त्यो माया पाएर ।।

बुझि देउन बढ्यो अभिभारा तिम्रो।
फेरी पनि नहोस उस्तै पारा तिम्रो ।।
चेतनाको दियो बल्दा गाउ शहरमा ।
लुक्दैन गल्ति गरे खुल्छ सारा तिम्रो ।।

 

Continue reading


शान्ति अधिकारीका मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

स्वविवेकको प्रयोग गरेर त हेरौ ।
बनाउन गाउ लागी परेर त हेरौ ।
बहकिदा हिजो हामी बिग्रिएको सारा ।
सबै मिल्छ स्वार्थि शिखर झरेर त हेरौ ।।

भ्रम पालेर यहाँ नाच्दो रहेछ मान्छे ।
पुरा नहुने आसा साँच्दो रहेछ मान्छे ।।
मनका सारा खुसीहरु मरे पछि पनि ।
अर्काको लागी भन्दै बाँच्दो रहेछ मान्छे ।।

 

Continue reading


गोसाइँकुण्ड यात्रा वर्णन

Dharma, Pokhrel, धर्म पोख्रेल, pallawa, पल्लव

धर्म पोख्रेल

यात्रा जीवन हो हाम्रो यात्रा नै छ रमाइलो
यात्राकै पाठ पढ्नाले जिन्दगानी घमाइलो
त्यसैले तय भो यात्रा गोसाइँकुण्ड जानको
जाने रहरमा को छन् ? व्यवस्था के छ लानको ?

अस्मिता, अनिता साथै प्रतिमा लाग्दथे सुरा
उत्साही जोसिला लाग्थे विनिता र उपासना
गर्थ्यौँ जस्मिनमा शङ्का सक्लिन् कि बिचरी बरी !
मुना र विजया साना हिँड्लान् के मनकी चरी !!

 

Continue reading


चेतावनी

 

Dharma, Pokhrel, धर्म पोख्रेल, pallawa, पल्लव

धर्म पोख्रेल

घोर्ले बाघ बनेर हिंस्रक भयो छाडा छिमेकी छ यो
सुध्रेला म खुसी बनेर रहुँला भन्ने नसोचे भयो
कैले ङिच्च गरेर लुस्छ, कहिले दाह्रा निकालीकन
हामी स्याल, बन्यौँ भने मुलुकको गर्ला र को रक्षण ?

साँच्चै यो अवगाल हो मुलुकको पुर्खा लडेको कथा
मेरै भूमि छिमेकको शठ पसी गोली चला´को व्यथा
मान्छेको अधिकार कागज न हो सोध्दै छ खोज्छौ कता ?
सीमास्तम्भ सरेर नागरिकता सोध्दै छ को को कता ?

 

Continue reading


‘म मेरो देश खिजिरहेको छु’

Pratima, Pokhrel, प्रतिमा पोख्रेल, pallawa, पल्लव

प्रतिमा पोख्रेल

पिडा भित्र रुझेर
नुनिला आंशुले
निथ्रुक्क भिजेको
त्यो नुनिलो माटो होइन,
मेरै माटोमा
आफ्नै पौरखले फल फल्ने
अलिनो माटो खिजिरहेको छु ।

आफ्नै भातृत्व माथी निसाना बनाई
सिकार खेलिरहने
बस्ती बोकेको त्यो प्रान्त होइन,
गौतम बुद्धका उपदेशहरु
कुँदिएर सान्तिको दिप
जगमगाइरहेको देश
खोजिरहेको छु ।

 

Continue reading


मिस्ड कल

Geeta, Pokhrel, Lamsal, Shyanja, गीता पोख्रेल लम्साल, pallawa, पल्लव

गीता पोख्रेल लम्साल

रातीको आठ बज्न आँटेको थियो । खाना बनाएर सारिका छोराछोरीलाई खानलाई डाक्न उनीहरुको कोठा तिर गई । उनीहरु होमवर्क गर्दै रहेछन् । कोठामै राखिछाडेको मोबाइल यसो चेक गरी एउटा मिसकल रहेछ । कसको होला भनेर डिटेल चेक गरि चिनेको नम्बर जस्तो लागेन । उसो त सारिकालाई मिस कल गर्ने मान्छे पटक्कै मन पर्दैन । आफ्नो एक रुपिँया खर्च गर्न नहुने अर्काको पैसा सित्तैमा आउँछ जस्तो ठान्ने लोभी मान्छेले मात्र मिसकल गर्छन् जस्तो लाग्छ उसलाई । कहिलेकाहीँ व्यालेन्स सिद्धिएर बाटो घाटोमा अप्ठ्यारो परेर मिसकल गर्नु त स्वाभाविक होला तर आफूले कहिल्यै एक कल नगर्ने अनि मिस कल हानेर उताबाट कतिबेला कल आउला भनेर कुर्ने मान्छे कति हुन्छन् । त्यस्ता मान्छेले कहिलेकाहीँ साँच्चिकै अप्ठ्यारो पर्दा पनि कलब्याक पाउँदैनन् ।

 

Continue reading


अात्मीय वेदना

धेरै चोटि ढलो जीवन मोडमा ठक्कर खाइ,

Pratima, Pokhrel, प्रतिमा पोखरेल, pallawa , पल्लव

प्रतिमा पोखरेल

पटक पटक फिरो जीवन पन्चरत्न नपाइ ।

नलगाउ भो धामी झाक्री नबोलाउ है डाक्टर,
निको हुन्न बिमार मेरो गहिरो छ असर ।

गर्दैनौं कि कसैले बैतरनी दसदान,
किन जान्न प्राण मेरो दैब त आफै भन ।

 

Continue reading


संविधान– २०७२,को स्वागतम !!!

Pratima, Pokhrel, प्रतिमा पोखरेल, pallawa , पल्लव

प्रतिमा पोखरेल

कालो निसपटटलाइ चिर्दै उदायो
नेपाली माझमा नयाँ संविधान,
मेची देखि महाकाली सम्मका वस्ती वस्तिमा
रमाएका छन खुसिले मन ।
उर्लियो खुसिको सागर
ढुङ्गा र मुढा किनारा लगाउदै,
निस्किए नेपाली जन नौमती बाजाको साथमा
स्वागतको सर्गम गाउदै ।
आयो नयाँ संविधान च्यात्दै काला पर्दाहरु
फोर्दै वन्दी पर्खाल र चुडाउदै जन्जिरहरु,
लोलाए वारुद र बम बर्साउने झ्याउकिरिहरु
अनि खै कता लुके ति किथ्रा फत्याङ्ग्राहरु ।

 

Continue reading


संविधान– २०७२, को स्वागतम !!!

 

Pratima, Pokhrel, प्रतिमा पोखरेल, pallawa , पल्लव

प्रतिमा पोखरेल

कालो निसपटटलाइ चिर्दै उदायो
नेपाली माझमा नयाँ संविधान,
मेची देखि महाकाली सम्मका वस्ती वस्तिमा
रमाएका छन खुसिले मन ।
उर्लियो खुसिको सागर
ढुङ्गा र मुढा किनारा लगाउदै,
निस्किए नेपाली जन नौमती बाजाको साथमा
स्वागतको सर्गम गाउदै ।
आयो नयाँ संविधान च्यात्दै काला पर्दाहरु
फोर्दै वन्दी पर्खाल र चुडाउदै जन्जिरहरु,
लोलाए वारुद र बम बर्साउने झ्याउकिरिहरु
अनि खै कता लुके ति किथ्रा फत्याङ्ग्राहरु ।

 

Continue reading


म यस्ती कविता लेखूँ ???

Durga, Prasad, Pokhrel, दुर्गाप्रसाद पोख्रेल,  pallawa, पल्ल

दुर्गाप्रसाद पोख्रेल

म यस्ती कविता लेखूँ जनले मनले पढोस्
हटेर दुःख आपत्ति सम्पत्ति सबको बढोस्
शव्द चातुर्यले युक्त भाव माधुर्यकी झरी
ती मेरी कविता देख्दा तृप्ति होस् जिन्दगी भरी ।१।

अधुरो जिन्दगी होला मधुरो कविता नहोस्
मधुरो जिन्दगी होला अधुरो कविता नहोस्
जिन्दगी कविता बाँचोस् म बाँचू कवितासँग
नबितोस् स्वप्नको साँझ व्यर्थका रमितासँग ।२।

 

Continue reading


सोचेर क्रान्ती गरौँ

Reeta, Pokhrel, Elam, रीता पोखरेल, pallawa , पल्लव

रीता पोखरेल

आसावाद भयौ सधैँ बुझ तिमी नेपालका खातिर ।
लड्यौ पाउन मुक्ति यै मुलुकमा के पाइयो आखिर ।
दासी वा कि त कम्लरी र हलिया बस्नेहरु देख्छ को ?
निर्धा माथि चलेछ शासन अझै मुठ्ठी छ सामन्तको ।।

हाम्रै शासन हुन्छ रे भनि यहाँ क्रान्ति गरे के लिन ?
बाठाको अखडा अरू पछि परे अन्याय यस्तो किन ?
दोषारोपनमा फसेर जनता गल्ती भयो की कतै ,
आफ्नो मात्र भलो नसोच जन हो लौ खोल आँखा दुवै ।।

 

Continue reading


रीताका केही मुक्तकहरूः

Reeta, Pokhrel, Elam, रीता पोखरेल, pallawa , पल्लव

रीता पोखरेल

सयौँ गुनालाई पनि सानो खोटले विर्साइदिन्छ
आलो घाउ कहिले अर्को चोटले विर्साइदिन्छ ।
सधैँ मनमा राख्ने कुरा किन भुल्छन् मान्छेहरु
यहाँ छिट्टै कर्तव्यलाई नोटले विर्साइदिन्छ । ।

कति हतार अर्को भेटको भेटौँला नि फेरी
मैना आओस् बैशाख जेठको भेटौँला नि फेरी ।
सानो खवर पठाउँनलाइ हुलाक धाउनु पर्दैन त
जमाना छ इन्टरनेटको भेटौँला नी फेरी ।।

 

Continue reading


सोचेर क्रान्ती गरौँ

Reeta, Pokhrel, Elam, रीता पोखरेल, pallawa , पल्लव

रीता पोखरेल

आसावाद भयौ सधैँ बुझ तिमी नेपालका खातिर ।
लड्यौ पाउन मुक्ति यै मुलुकमा के पाइयो आखिर ।
दासी वा कि त कम्लरी र हलिया बस्नेहरु देख्छ को ?
निर्धा माथि चलेछ शासन अझै मुठ्ठी छ सामन्तको ।।

हाम्रै शासन हुन्छ रे भनि यहाँ क्रान्ति गरे के लिन ?
बाठाको अखडा अरू पछि परे अन्याय यस्तो किन ?
दोषारोपनमा फसेर जनता गल्ती भयो की कतै ,
आफ्नो मात्र भलो नसोच जन हो लौ खोल आँखा दुवै ।।

 

Continue reading


सोचेर क्रान्ती गरौँ

Reeta, Pokhrel, Elam, रीता पोखरेल, pallawa , पल्लव

रीता पोखरेल

आसावाद भयौ सधैँ बुझ तिमी नेपालका खातिर ।
लड्यौ पाउन मुक्ति यै मुलुकमा के पाइयो आखिर ।
दासी वा कि त कम्लरी र हलिया बस्नेहरु देख्छ को ?
निर्धा माथि चलेछ शासन अझै मुठ्ठी छ सामन्तको ।।

हाम्रै शासन हुन्छ रे भनि यहाँ क्रान्ति गरे के लिन ?
बाठाको अखडा अरू पछि परे अन्याय यस्तो किन ?
दोषारोपनमा फसेर जनता गल्ती भयो की कतै ,
आफ्नो मात्र भलो नसोच जन हो लौ खोल आँखा दुवै ।।

 

Continue reading


प्रेस स्वतन्त्रता

Santosh, Pokhrel, सन्तोष पोखरेल, pallawa, पल्लव

सन्तोष पोखरेल

आज विश्व प्रेस स्वतन्त्रता दिवस । उसमा एउटा तरङ्ग आयो , कुन्नि कताबाट हो आज उसमा छुट्टै जोश आयो । यही जोशमा उ पनि माइक्रोबस चढेर भृकुटीमण्डप पुग्यो । भृकुटीमण्डपको चौरमा अघि नै सयौं पत्रकार, केही नेता र केही कार्यकर्ताहरुको भिड लागिसकेको रहेछ । उसलाई आफु पछि परे कि झैँ भान भयो । तर, र्‍याली शुरु भइसकेको रहेनछ । उसले मन बुझायो । यस्तोमा एउटा पत्रकारको नेताले उसलाई एउटा ब्यानर ल्याएर हातमा दियो । उ थप पुलकित भयो र र्‍यालीको अग्र—भागमा रहेर हिडयो । रयालीमा विभिन्न नारा लागे, प्रेस स्वतन्ताको चर्को भाषण भयो । पत्रकार हक–हितका कुरा भए । बिहानको ९ बजे र्याली समापन भयो ।

 

Continue reading