गजल

Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

तिमि टाढा भएर के भो भुल्या कहाँ छु र
एक्लै हो म भन्दै अन्त डुल्या कहाँ छु र

दिन रात यादमा तिमि मेरै साथमा छौ
अर्कै सँग दिलजोडेर झुल्या कहाँ छु र

जति रहर तिमिमा छ त्यती म मा होला
बैँश देखाई घरमा सौता हुल्या कहाँ छु र

 

Continue reading


उसलाई भेट्ने इच्छा

Laxmi, Pokharel, लक्ष्मी पोखरेल, pallawa

लक्ष्मी पोखरेल

एक दिनको कुरा हो ,बजारको किनमेल सकेर घर प्रस्थानको लागि म बस चढें | बस त्यति भिंड थिएन तर पनि पछाडिको सिट बाहेक सबै सिट हरु भरिएका थिए | समान धेरै भएको ले पछाडी भए पनि गएर बस्नु सिबाय मेरो अरु विकल्प थिएन त्यसैले त्यहिँ गएर बसें | केहि छिन पछि दायाँ पट्टि बसेको युवकमा मेरो आँखा पुग्यो त्यहि बेला उसले मलाइ हेर्दै मुसुक्क मुस्कुरायो | मैलो र फाटेको पोसाक पनि त्यो युवक लाई सुहाएको थियो |त्यति बेला उसैको सेरोफेरोमा मेरा नजर हरु डुलिरहेका थिए | त्यो युवकको छेउमा खेलौनाले भरिएको झोला थियो भने हातमा दुई वटा वैशाखी थिए | गाडी गुड्न थालेको करीब पांच मिनेट पछि त्यो युवकले खेलौनाको झोला लाई अगाडि भिर्यो अनि सस्तो र राम्रो खेलौना लगिदिएर आफ्नु बच्चा लाई खुशी पार्नुहोस भन्दै वैशाखीको साहाराले हिंड्दै सबै संग आफ्नो समान किनिदिन अनुरोध गर्न थाल्यो |

 

Continue reading


धुवाँ

Matrika, Pokharel, मातृका पोखरेल, pallawa

मातृका पोखरेल

‘फ्रष्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो । निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो । ‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरुको सालिक यहाँ बनाउन पाइँदैन ।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा करायो । यो चोक बजारमा त्यो बौलाहा जहाँ पनि जतिबेला पनि उपस्थिति हुन्छ । समय–समयमा वस्तीतिर पनि गइरहन्छ । ऊ अरु बौलाहाजस्तो बौलाहा भने होइन । मानिसहरुसँग सभ्य र शिष्ट व्यवहार गर्छ । दुःख र अन्यायमा परेका मानिसहरुलाई सल्लाहमात्र होइन, प्रतिबद्ध भएर सहयोग पनि गर्छ । ऊ यो भेकमा ‘फ्रष्टेड बोलाहा’का रुपमा प्रख्यात छ । तर उसको वास्तविक नाम शशीराज थापा हो । एउटा बोरा ओडेर हिंड्छ ऊ । एउटा लौरो पनि बोक्छ ।

Continue reading


यथार्थता

मुरारी पोखरेल

एउटा भुल भैसक्यो अब भुल गर्ने छैन
बिर्सेर नि तिमीलाई भेट्न आउ भन्ने छैन ।
मित्रताको बहनमा बिश्वासघात गर्ने हरु
टुट्यो मुटु यो मनमा तिम्रो नाम राख्न्ने छैन । ।

Continue reading


अधुरो मिलन

मुरारी पोखरेल

यात्रा मेरो रोकिन्छ कि, साथ तिम्रो टुट्दाखेरी
प्रगतिका शिखर चुम्ने, प्रेरणाका हात तिम्रो ।
बाध्एता त तिम्रो थियो,मेरा लागि घात भयो
मनको बह नपोखिदै तिम्रो साथ टाढा भयो । ।

Continue reading


धुवाँ

Matrika, Pokharel

मातृका पोखरेल

फ्रष्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो । निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो ।  ‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरुको सालिक यहाँ बनाउन पाइँदैन ।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा करायो ।
यो चोक बजारमा त्यो बौलाहा जहाँ पनि जतिबेला पनि उपस्थिति हुन्छ । समय–समयमा वस्तीतिर पनि गइरहन्छ । ऊ अरु बौलाहाजस्तो बौलाहा भने होइन । मानिसहरुसँग सभ्य र शिष्ट व्यवहार गर्छ । दुःख र अन्यायमा परेका मानिसहरुलाई सल्लाहमात्र होइन, प्रतिबद्ध भएर सहयोग पनि गर्छ । ऊ यो भेकमा ‘फ्रष्टेड बोलाहा’का रुपमा प्रख्यात छ । तर उसको वास्तविक नाम शशीराज थापा हो । एउटा बोरा ओडेर हिंड्छ ऊ । एउटा लौरो पनि बोक्छ ।

Continue reading


कमरेड पाताल

Matrika, Pokharel

मातृका पोखरेल

शहरमा जाडो धेरै बढेको छ । केही दिनदेखि मन पनि अलि नै बढी चिसो भएको छ । बिहान यति अबेरसम्म सिरकमा गुजुल्टिएर बसिरहन मन पराउने मेरो स्वभाव नै होइन । आज त अलिक बढी जाडो पनि भयो । आफू हिंड्ने बाटो हिजोभन्दा बढी उवड–खावड र कष्टकर देख्न थालेको छु । आफ्नै अनुभूतिसँग आफैंलाई कहिलेकाहीं डर लाग्छ । मभन्दा अघिल्लो पुस्तामा देखिएको निराशाले कतै मलाई छोप्दै गएको त हैन ? हिजोआज आफैंलाई यो प्रश्न सोध्छु । फेरि आफूले आफैंलाई उत्तर दिन्छु– ‘अरुको कारणले आफ्नो उद्देश्यलाई बराल्नु आफ्नै कमजोरी हो ।’ मनलाई बलियो बनाएर घरिघरि यसैगरी सोच्छु । नकारात्मक कुरालाई धूरीमा राखेर नसोचौंभन्दा पनि मलाई बेलाबेलामा यसले झम्टिरहन्छ ।

Continue reading


मुक्तिनगर

Matrika, Pokharel

मातृका पोखरेल

मुक्तिनगरलाई टाढाटाढाका मानिसहरुले अझै पनि नरसिंह मौजा भनेरै चिन्छन् । यो टोलको इतिहास त्यति धेरै लामो छैन । पुग नपुग एकदशक जति लामो होला । तर यो ठाउँमा आउँदा त्यस्तो पटक्कै लाग्दैन । पुरानो र लामो सभ्यताबाट गुज्रिएको गाउँको छनक दिन्छ यसले । युवा पुस्ताका मानिसहरु काममा व्यस्त भेटिन्छन् । पुरानो पुस्ता पनि सकेको काम गरिरहेकै देखिन्छ । किशोर पुस्ता नयाँ चेतना र ज्ञानप्रति निकै भोको देखिन्छ । मुक्ति नगर गाउँ टाढाबाट पहिलो पटक आउनेहरुका आँखामा एउटा सानो शहरजस्तै लाग्छ । दुई सयवटा जति घरहरु व्यवस्थित ढङ्गले बनाइएका छन् ।

Continue reading


बाइसौं शताब्दीमा

मातृका पोखरेल

आहुतिको कविता
घामको उज्यालो यहीँ हुनेछ ⁄यहीं रहनेछ रातको जून
घुमिरहनेछ माटोलाई म्वाई खाएर शीतल पवन
तर रहने छैनन् कतै बादशाहहरू
बज्ने छैनन् धतुराका फूलजस्ता विषालु बिगुलहरू
बाध्य हुने छैनन् बनाउन शिशुहरू
बाँसुरीजस्ता नलीहाडलाई बन्दुकका नाल
पसिना र रगतको आगामी सय वर्षको नदीले
पखाल्नेछ धर्तीको धेरै धेरै कुरूप शेष, बाइसौं शताब्दीमा
इतिहास बनिसक्नेछ जड्गबहादुरहरूको आजको अवशेष ⁄

Continue reading


भत्किएको घरनेर

मातृका पोखरेल

आफ्नो भन्नलाई अब यही पार्टी मात्र बाँकी थियो । अरु केही थिएन । आफन्तहरु पनि टाढिएका छन् । उनीहरु टाढिनु पनि अस्वाभाविक थिएन । उनीहरुलाई दिन सक्ने हैसियत पनि मेरो केही थिएन । पहिलेपहिले पार्टीको ठूलो नेता हुन्छ, मन्त्री हुन्छ भन्ने अनुमान गरेर प्रायजसो भेटघाट गरेर जान्थे । तर अहिले उनीहरुको अनुमान ठ्याक्कै असफल भयो । मन्त्री बन्ने लडाइँमा म कहिल्यै पनि सहभागी भइनँ । तापनि पार्टी सरकारमा गएको बेला धेरै नातेदारहरु भेट्न आए । केहीले मात्र सार्वजनिक र विकासका काम लिएर आउँथे । नत्र सबैको उही समस्या हुन्थ्यो । जागिर, सरुवा, बढुवा र यस्तैयस्तै ।

Continue reading


सबै कुरा साँचो हुनेछ

मातृका पोखरेल

सबै कुरा साँचो हुनेछ त्यसबेला,
बगरमा पल्टिएका
काला ढुङ्गाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन्,
आकाशबाट चराहरू लड्नेछन्,
र, भ्यागुताहरू चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन्,
Continue reading


परिचित अभिनय

मातृका पोखरेल

त्यतिबेला हामी सँगै पढ्थ्यौं र सँगसँगै खेल्थ्यौं । उसको घर मेरो छिमेकी गाउँमा थियो । हामी दुवैको परिवार हुनेखानेमा गनिन्थ्यो । हाम्रा माइतीहरूको मधेशमा जग्गा जमिन पनि प्रशस्तै थियो । हुने खाने परिवार भए पनि गाउँमा काम गर्नै पर्थ्यो । पढ्दापढ्दै हामीले सँगसँगै जङ्गलबाट दाउरा पनि बोकेका छौं । गार्इबस्तु पनि हेरेका छौं । पाहाड भएपनि नजिकै विद्यालय भएकोले हामीलार्इ हाइस्कूल तहसम्म पनि पढ्न कुनै समस्या परेन । एस.एल.सी. परीक्षा पनि हामी दुवैले द्वितीय श्रेणीमा पास गर्यौं ।

Continue reading


बूढो लौरो टेकेर

मातृका पोखरेल

बूढो लौरो टेकेर
भौंतारिने एउटा पुरानो जमिनदार जस्तो
शान छ / मान छैन
इतिहास छ / भरोसा छैन
जब बिहानैको मिर्मिरेमा
हलगोरूसँगै गुन्टा कसेर
चुरे कट्छन् मान्छेहरू
ऊ बाँझो महाभारतको
बनमारा घारीतिर लुक्छ
बूढो ! उदयपुर ।

Continue reading



प्रतिबद्धता

नारायणप्रसाद पोखरेल

सदियौं अघिको मैलो जमेको छ जताततै
खानामा बालुवा माटो मिसेजस्तो कताकतै।
गन्धा फोहर मैलाले गाँजेको निच चिन्तन
अलौटे औ जलौटे ती संस्कार छन् अनेकन ।।
Continue reading


कलिला जूनहरूको श्रद्धाञ्जलीमा

मातृका पोखरेल

फेरि फूलहरू रोप्नु थियो
भोलि चढाउने श्रद्धाञ्जलीका लागि ।

परार साल बगैंचालाई बढाएँ
र रोपेँ केही अजम्बरी फूलहरू
आमाले माग्नुभएको थियो
केही थुङ्गा फूलहरू मन्दिरमा चढाउन
छानेर राम्रा फूलहरू

Continue reading


एउटा पुजारीको आत्मव्यथा

मातृका पोखरेल

म प्रत्येक बिहान
शहीदलाई पूजा गर्न शहीदगेट जान्छु
तर शहीदभन्दा माथि
ढसमस्स बसेको
मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक
शहीदभन्दा पहिले
आफ्नो घाँटीमा माला थाप्छ
म शहीदगेटको एउटा पीडित पुजारी ।

Continue reading


अजम्बरी कविता

मातृका पोखरेल

उसले कवितालाई
महलको एउटा गमलामा रोप्यो
र मलार्इ भन्यो
कवितालाई यसरी फुलाउनुपर्छ
मैले बाटाका किनारहरूतिर
छाप्राका आँगनहरूतिर
उसलाई रंगिबिरंगी कविताहरू देखाएँ
र भनें ।

Continue reading