रमेश पोखरेलका मुक्तकहरूः

Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

घामले भेट्दा छाला बिग्रन्छ
खियाले भेट्दा ताला बिग्रन्छ
टाढै बसौं, भो नजिक नआऊ
गाला जोड्दा चाला बिग्रन्छ।

कहिले पानीसँग खेल्न मन लाग्छ
कहिले सिरानीसँग खेल्न मन लाग्छ
हल्ला गर्दै हिड्न पो नमिल्ने खासमा,
उनको जवानीसँग खेल्न मन लाग्छ ।

 

Continue reading


रमेश पोखरेलका जोर गजल

Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

बहरबद्ध गजल– १,
सपना सजाउँला मनमा सुटुक्क
पिरती लगाउँला मनमा सुटुक्क

धनको गरीबले कमजोर हुन्न
महलै बनाउँला मनमा सुटुक्क

जिउँला यथार्थमा जसरी दुखैले
सुखले रमाउँला मनमा सुटुक्क

 

Continue reading


रमेश पोखरेलका केही मुक्तकहरूः

Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

संसार, देखावटी आकृतिका बुट्टाले थामेको हुन्छ
संसार, विश्वास भित्र लुकेका झुट्टाले थामेको हुन्छ
कोही अरुले उचाल्दैमा, फुरुक्क र जुरुक्क नहुनू
किनकी आफ्नो ज्यान आफ्नै खुट्टाले थामेको हुन्छ ।

घरमा ताल्चा ठोकेर भेट्न आउँथें
हातमा गुलाफ बोकेर भेट्न आउँथें
यदि तिम्रो निम्ता हुँदो थ्यो त मलाई
समयको रफ्तार रोकेर भेट्न आउँथें ।

 

Continue reading


*खुशीको खोजी*

Radha, Rijal, Pokharel, राधा रिजाल पोखरेल, pallawa, पल्लव

राधा रिजाल पोखरेल

जीवनमा यसो हाँसु भन्ने लाग्यो
र त केही साँचु भन्ने लाग्यो
कहिले काँही सारा कुराहरु बिर्सेंर
निसंकोच प्रफुल्लित हुँदै खुशीका
उन्मादहरुलाई पोल्टाभरी भरेर
जिन्दगीको शान्त तलाउमा
बुर्कुशी मारेर दौदडै दौदडै झ्वम्म
हामफाली डुबुल्किदै
बेमेलका ,असंतुस्तिका
अनी अबिश्वासका बसेका
काला धब्बाहरु खोटहरु
दागहरुलाई पखाली
छ्याङ्ग हलुको हुँदै
बिगतको पुरानो गिलासमा
बर्तमानको चिसो खुशीको
गुलियो चुस्की लिदै
झुम्म झुम्म नाँच्न मन लाग्यो |

 

Continue reading


विवशका तीन मुक्तक

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

,विवश पोखरेल

पीडा
कहिले आफूले साँचेको समय दुख्छ
कहिले आफू बाँचेको परिवेश दुख्छ
ईश्वर किन बनायौ दुखाउन कमजोर मुटु
उफ ! कहिले गाउँ दुख्छ, कहिले देश दुख्छ ।
देशदंश
एक हूल स्यालहरू सेतो ठुलो घरभित्र पसेछन्
पल्याकपुलुक हेर्दै रित्ता कुर्सीमाथि बसेछन्
खस्रो पीँधमा मलमलको धोती बिझाएछ क्यार
जुरुक्क उठ्दै सिङ्गै देशलाई डसेछन् ।

 

Continue reading


दाउरा

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

लघुकथा
घरमा कोही नभएका बेला बाहिर निस्कन लागेको नातिले विरामी हजुरबाको हातमा चाबीको झुप्पा दिदै भन्यो -हजुरबा, म दाउराको कुपन लिन जाँदैछु, यो चाबी आमा आएपछि दिनु होला है ।
-अनि कति दाउरा ल्याउछस बाबू ? हजुरबाले सोधनु भो ।
– एक क्विन्टल त दिन्छ हजुर बा सरकारले , त्यही भए पनि ल्याउनु पर्यो नि ! नातिले थप्यो ।
– अनि नाथे एक क्विन्टलले पुग्छ त ? तेरी हजुरआमालाई पोल्दा त चार क्विन्टल लागेको थियो । हजुर बा गम्भीर हुनु भयो । उहाँलाई लाग्यो, अहिलेको नाकाबन्दी, बन्द, हडतालले गर्दा छोराहरुले बाबुको अन्त्येष्टिका लागि समयमा नै आफूलाई चाहिने दाउराको जोहो गर्न लागे

 

Continue reading


ऊसँगको भेटमा…

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

व्यस्त सहरको एउटा कुनामा
अनायास भेटें उसलाई
मलाई देखेपछि एकाएक लजाई
एक छेउमा सियो राखेकी रहिछे
अर्का छेउमा–
चाइनिज ब्याट्री, ग्यास लाइटर
र केही चुरोट सलाई
सोधें ठूली, कसरी चल्दैछ जीवन
मुसुक्क हाँस्दै भनी उसले
जसरी चलिरहेको छ देश ।

 

Continue reading


विवश पोख्रेलका केही मुक्तकहरूः

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

तिम्रो सुन्दर रूप हेरेर कहिले रात लजाउँछ
तिम्रो अधरको मुस्कानसँगै प्रभात लजाउँछ
विन्ती † छाता फ्याँकेर यो झरीमा नरूझ्नु प्रिय
तिमीलाई देखेपछि झर्दाझर्दैको बर्सात लजाउँछ ।

अनागरिकको खल्तीमा सहजै नागरिकता भेटिन्छ
धर्मको विवादमा बाइबल, कुरान र गीता भेटिन्छ
हरे ! कति अभागी छौं हामी , कति निरीह छ देश
जहाँ सधैं, डराइरहेको बुद्ध र रोइरहेकी सीता भेटिन्छ ।

 

Continue reading


तिमीसित भए केही टुङ्गो लाग्छ कि यो मन

Madhav, Pokharel, माधव पोखरेल, pallawa  , पल्लव

माधव पोखरेल

मन साबुनको फोको जस्तो छ; उडिहाल्दछ ।
रापले, सेपले थोरै छोयो कि फुटिहाल्दछ ।
छातीमा इन्द्रिनी पर्दा, अति नै चल्बलाउँछ ।
आँखा झिम्क्याउँदै चल्ने हावाले सल्बलाउँछ ।

एकाग्र हुन खोज्ने म; उत्ताउलिन्छ यो भने,
डेगमा राख्न खोज्ने म; सैसैला खेल्छ यो भने ।
म बस्ने ठाउँमा हुन्छु; यो भने, डुलिराख्तछ ।
केले अड्याऊँ यस्लाई? अन्यत्रै खालि भाग्दछ ।

 

Continue reading


गजल

Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

सोचे जस्तो जिबन हुँदैन हुँदैन हुँदैन हजुर
सँधै निलो गगन हुँदैन हुँदैन हुँदैन हजुर

बिक्छ सबै पैसामा मायाँका कहानी
सबै सँग धन हुँदैन हुँदैन हुँदैन हजुर

मेरो चोखो मायाँ लिलामी गरायौ
सब्को एउटै मन हुँदैन हुँदैन हुँदैन हजुर

 

Continue reading


गजल

Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

गाई मारि गधा पोश्ने चलन आउनाले
निमुखाले सँधै भरि शास्ति पाउनाले,

लेख्ने मन कहाँ छर कुरीतीका कुरा
चल्छ कलम माईलाले मुन्द्रा लाउनाले।

अछाम हेर्छु लाग्छ त्यस्तै ,हुम्ला रुँदैछ
पागल हुन्छु नुन लिन घण्टौँ धाउनाले।

 

Continue reading


गजल

Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

साएद मायाँ मार्छिन होला जस्तो लाग्या छ
मन अन्तै सार्छिन होला जस्तो लाग्या छ

तड्पाई तड्पाई हास्छिन उनि खै किन हो
सँधै रुने पार्छिन होला जस्तो लाग्या छ

उन्कै मान्छे राखि मनमा मलाई निकाली
उतै जिबन हार्छिन होला जस्तो लाग्या छ

 

Continue reading


गजल

Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

कस्ले देख्छ प्रबासमा मुटु दुख्या छ
रुँदा रुँदै आँखामा आँसु सुक्या छ ।

कतिले त सोच्दा हुन् सुखै पा’को होला
कस्ले देख्छ हाँसोभित्र आाँशु लुक्या छ ।

साँझ बिहान केहि जानिन गर्दै गुलामी
कस्ले देख्छ आत्मसम्मान भुँईमा झुक्या छ ।

 

Continue reading


गजल

Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

माईतीबाट मेरै पछि आयौ खुरु खुरु
नचाहँदै तिन भाई छोरा पायौ खुरु खुरु

जवानीमा मलाई तिमी देवता झै मान्दै
नखाउ मेरो जुठो भन्दा खायौ खुरु खुरु

बुढो भएँ हेला गर्न थालेकी छौ अचेल
बाहिर सुत भन्दै ओछ्यान लायौ खुरु खुरु

 

Continue reading


गजल

Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

तिमि टाढा भएर के भो भुल्या कहाँ छु र
एक्लै हो म भन्दै अन्त डुल्या कहाँ छु र

दिन रात यादमा तिमि मेरै साथमा छौ
अर्कै सँग दिलजोडेर झुल्या कहाँ छु र

जति रहर तिमिमा छ त्यती म मा होला
बैँश देखाई घरमा सौता हुल्या कहाँ छु र

 

Continue reading


उसलाई भेट्ने इच्छा

Laxmi, Pokharel, लक्ष्मी पोखरेल, pallawa

लक्ष्मी पोखरेल

एक दिनको कुरा हो ,बजारको किनमेल सकेर घर प्रस्थानको लागि म बस चढें | बस त्यति भिंड थिएन तर पनि पछाडिको सिट बाहेक सबै सिट हरु भरिएका थिए | समान धेरै भएको ले पछाडी भए पनि गएर बस्नु सिबाय मेरो अरु विकल्प थिएन त्यसैले त्यहिँ गएर बसें | केहि छिन पछि दायाँ पट्टि बसेको युवकमा मेरो आँखा पुग्यो त्यहि बेला उसले मलाइ हेर्दै मुसुक्क मुस्कुरायो | मैलो र फाटेको पोसाक पनि त्यो युवक लाई सुहाएको थियो |त्यति बेला उसैको सेरोफेरोमा मेरा नजर हरु डुलिरहेका थिए | त्यो युवकको छेउमा खेलौनाले भरिएको झोला थियो भने हातमा दुई वटा वैशाखी थिए | गाडी गुड्न थालेको करीब पांच मिनेट पछि त्यो युवकले खेलौनाको झोला लाई अगाडि भिर्यो अनि सस्तो र राम्रो खेलौना लगिदिएर आफ्नु बच्चा लाई खुशी पार्नुहोस भन्दै वैशाखीको साहाराले हिंड्दै सबै संग आफ्नो समान किनिदिन अनुरोध गर्न थाल्यो |

 

Continue reading


धुवाँ

Matrika, Pokharel, मातृका पोखरेल, pallawa

मातृका पोखरेल

‘फ्रष्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो । निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो । ‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरुको सालिक यहाँ बनाउन पाइँदैन ।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा करायो । यो चोक बजारमा त्यो बौलाहा जहाँ पनि जतिबेला पनि उपस्थिति हुन्छ । समय–समयमा वस्तीतिर पनि गइरहन्छ । ऊ अरु बौलाहाजस्तो बौलाहा भने होइन । मानिसहरुसँग सभ्य र शिष्ट व्यवहार गर्छ । दुःख र अन्यायमा परेका मानिसहरुलाई सल्लाहमात्र होइन, प्रतिबद्ध भएर सहयोग पनि गर्छ । ऊ यो भेकमा ‘फ्रष्टेड बोलाहा’का रुपमा प्रख्यात छ । तर उसको वास्तविक नाम शशीराज थापा हो । एउटा बोरा ओडेर हिंड्छ ऊ । एउटा लौरो पनि बोक्छ ।

Continue reading


यथार्थता

मुरारी पोखरेल

एउटा भुल भैसक्यो अब भुल गर्ने छैन
बिर्सेर नि तिमीलाई भेट्न आउ भन्ने छैन ।
मित्रताको बहनमा बिश्वासघात गर्ने हरु
टुट्यो मुटु यो मनमा तिम्रो नाम राख्न्ने छैन । ।

Continue reading


अधुरो मिलन

मुरारी पोखरेल

यात्रा मेरो रोकिन्छ कि, साथ तिम्रो टुट्दाखेरी
प्रगतिका शिखर चुम्ने, प्रेरणाका हात तिम्रो ।
बाध्एता त तिम्रो थियो,मेरा लागि घात भयो
मनको बह नपोखिदै तिम्रो साथ टाढा भयो । ।

Continue reading


धुवाँ

Matrika, Pokharel

मातृका पोखरेल

फ्रष्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो । निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो ।  ‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरुको सालिक यहाँ बनाउन पाइँदैन ।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा करायो ।
यो चोक बजारमा त्यो बौलाहा जहाँ पनि जतिबेला पनि उपस्थिति हुन्छ । समय–समयमा वस्तीतिर पनि गइरहन्छ । ऊ अरु बौलाहाजस्तो बौलाहा भने होइन । मानिसहरुसँग सभ्य र शिष्ट व्यवहार गर्छ । दुःख र अन्यायमा परेका मानिसहरुलाई सल्लाहमात्र होइन, प्रतिबद्ध भएर सहयोग पनि गर्छ । ऊ यो भेकमा ‘फ्रष्टेड बोलाहा’का रुपमा प्रख्यात छ । तर उसको वास्तविक नाम शशीराज थापा हो । एउटा बोरा ओडेर हिंड्छ ऊ । एउटा लौरो पनि बोक्छ ।

Continue reading