लक्ष्मण पौड्याल का केशी मुक्तकहरूः

Laxman, Paudyal, लक्ष्मण पौड्याल, pallawa, पल्लव

लक्ष्मण पौड्याल

जीवनको लक्ष्यमा नपुगि बिचैबाट नफर्क
समस्या धेरै आउँछन् तर कतैपनि नतर्क
यी दुई कुरालाई मनमा धारण गऱ्यौ भने
जित अवश्य तिम्रो हुनेछ कसैसँग नझर्क ।

तिम्रो साथमा हुँदा आफूलाई भुली दिन्छु
रहेका दिन सम्पूर्ण तिमीसँग डुली दिन्छु
कतै दिई हाल्छ्यौ कि धोका भन् डरले
खुला हृदयले तिम्रो काखमा झुली दिन्छु ।

 

Continue reading


लक्ष्मण पौड्याल का केही मुक्कतकहरूः

Laxman, Paudyal, लक्ष्मण पौड्याल, pallawa, पल्लव

लक्ष्मण पौड्याल

तिम्रो बाटो हेर्दा हेर्दै तन्तुहरू थाकिसके
देख्दिन कतै तिमीलाई नयन पाकिसके
भो अब चै प्रतीक्षा गर्दिन तिमीलाई सानू
अनुहार सबै यहाँ दाह्रीहरूले ढाकिसके ।

यो संसारमा तिमी रमाएर के गर्छौ
दुनियालाई ठग्दै कमाएर के गर्छौ
एक दिन सबै छोडी जानु पर्ने छ
केही क्षणको लागि जमाएर के गर्छौ ।

 

Continue reading


लक्ष्मण पौड्याल का केही मुक्तकहरूः

Laxman, Paudyal, लक्ष्मण पौड्याल, pallawa, पल्लव

लक्ष्मण पौड्याल

यहाँ त मानवमा हुने गुण हराएको छ
जताततै लडाइँले संसार कराएको छ
विकाश गर्छु भन्ने ले पतन बनाए पछि
तीनैबाट सुनौलो समाज डराएको छ

त्यो मानव पनि एकदिन मर्नुपर्ने छ
देवलोक पार गर्न समुद्र तर्नुपर्ने छ
यति प्राप्त गर्न सकेन देवलाई भने
फेरि पनि यही पृथ्वीमा झर्नुपर्ने छ ।

 

Continue reading


बहबद्ध गजल

Sanu, Bhawani, Paudyal, Kabhre, सानू भवानी पाैडेल, pallawa, पल्लव

सानू भवानी पाैडेल

घाट जाँदा साथमा खै को रह्यो
साथ हाम्रो आखिरी आगो रह्यो !!

च्यात्तिएको पत्र फोटो साथमा
दूर जाँदा प्रेमको नासो रह्यो !!

रात किन्ने रात बेच्ने ठाउँमा
के गुनासो भावना सस्तो रह्यो !!

 

Continue reading


मेरो कविता कस्तो कस्तो ?

Ganga, Paudyal, गङ्गा पौड्याल, pallawa, पल्लव

गङ्गा पौड्याल

सोँचेको थिएँ मेरो कविता
अरुकोभन्दा नौलो होस्
महजस्तो गुलियो होस्
फूलजस्तो सुन्दर होस्

र, सबैकोभन्दा उत्कृष्ट होस्
तर मेरो कविता भयो आधा पाकेको
आधा काँचो खिचडी जस्तो
जलुकीको तिहुनमा नुन नपुगे जस्तो
छोप विनाको कोइरालोको अचार जस्तो
मेरो कविता भयो कस्तो कस्तो
मेरो कविता भयो चिनी राख्न विर्से
चियाको गिलास जस्तो

Continue reading


मोहनी लगायो घान्द्रुकले

Ganga, Paudyal, गंगा पौडेल, pallawa , पल्लव

गंगा पौडेल

बाल कथा
एकदिन विहान गृहकार्य गर्दा गर्दै उमेशले भन्यो “बावा मेरो साथी छ नि मान बहादुर घले स्कुलमा छुट्टी भयो कि गाउँमा जान्छ ।
फर्केर आएपछि मेरो गाउँ यस्तो छ उस्तो छ भनेर बयान गर्छ । मलाई पनि उसँग गाउँ हर्ेन जान मन लाग्यो ।”
“ए ! हो उसको गाउँको नाम घान्द्रुक हो । त्यो गाउँ त औधि रमणीय छ । म पनि गई सक्याछु ।” बावाले भने
“मलार्इर्र्किन छोडेर गा त -” उमेश अलि रिसाएर पुक्क गाला फुलायो । बावाले उसको कपाल मुसार्दै भने “तिमि भर्खर बामे र्सर्दै थियौ कसरी लग्नु त –
“अब चार कक्षामा पढ्ने ठूलो भईसके लग्नुन बावा” उसले भन्यो । ल ल वाषिर्क परिक्षा पछि जाउँला । मेहेनत गरेर पढ नि पहिला हुनर्ुपर्छ । हस् भनेर उमेश गृहकार्य गर्न थाल्यो ।

 

Continue reading


को ठूलो ??

Ganga, Paudyal, गंगा पौडेल, pallawa , पल्लव

गंगा पौडेल

बाल कथा
सृष्टिको घर नजिकै बगैंचामा थरिथरि फलफूलका बोटहरु छन् । आँप, लिचि, केरा, कटहर, अम्बा, सुन्तला, जामुन, अनार, भर्ुइकटहर इत्यादि । सिजनको बेला ति फलफुलका बोटमा लटरम्म फल लागेर पाक्छन् । सृष्टिलाई ति फलफूल खुबै मिठो लाग्छ । त्यसैले उनि स्वास्थ छिन् ।
एकदिन बिहान त्यो बगैचाबाट रुखहरुको हाँगापात हल्लेर ठूलो आवाज आयो । हुरि बतास चलेको पनि थिएन । बिना हावाहुरी आएको आवाज सुनेर सृष्टि र बुवा बगैचामा हर्ेन गए । त्यहाँ रुखहरु एक आपसमा को ठूलो भन्दै बाझेका रहेछन् । बुवा साथै सृष्टि पनि अचम्म मानिन् । यसो कान थापेर सुनेको त “आँपको बोटले भन्यो मेरो फल फलफुलको राजा हो बुझ्यौ – तिमीहरु भन्दा म ठूलो ।”

 

Continue reading


बहरबद्ध गजल

Sanu, Bhawani, Paudyal, Kabhre, सानू भवानी पाैडेल, pallawa, पल्लव

सानू भवानी पाैडेल

नयन नै नजोडी बिहानी भयो कि ?
कयौं रात गिलो सिरानी भयो कि?

सुनाएर मेरो नराम्रो खबर त्यो
घरै भाड्न सक्ने चलानी भयो कि ?

सजाएर राख्या छु स्वप्ना हजारौं
कतैबाट गल्ती नजानी भयो कि?

 

Continue reading


बहरद्ध गजल

Sanu, Bhawani, Paudyal, Kabhre, सानू भवानी पाैडेल, pallawa, पल्लव

सानू भवानी पाैडेल

झूटा भए ती शान्तिका आसाहरू आज
आँखा हुँदै झर्छन् हजुर राराहरू आज

घरगाउँमा सानो तिनो मिल्थ्यो भने काम
परदेशमा जादैन’थे आमाहरू आज

लेख्ने थिएँ छुट्टै कथा भाषा मिलाएर
खाली भएँ जीवन रुपी पानाहरू आज

 

Continue reading


बहरबद्ध गजल

Sanu, Bhawani, Paudyal, Kabhre, सानू भवानी पाैडेल, pallawa, पल्लव

सानू भवानी पाैडेल

मिल्थ्यौं सधैँ साँझमा, बैँशालु त्यो प्यारमा
टाढा भयौं बैगुनी ,शंकालु आधारमा !!

साथी हजारौं यहाँ ,पैसा र पदमा भए
संकष्ट पर्दा सबै, हुन्छन् नि ! बेकारमा !!

हाँस्ने थियो चाहना, पीडा दियौ आखिर
बाढी बन्यो आँशुको, डुब्दै छु जंघारमा !!

 

Continue reading


बहरबद्ध गजल

Sanu, Bhawani, Paudyal, Kabhre, सानू भवानी पाैडेल, pallawa, पल्लव

सानू भवानी पाैडेल

आयो सुनामी जसै ,हिम्मत जुटाई बसे
छोडेर जाँदा झिनो,आशा टुसाई बसे !!

कस्तो भयो दैनिकी, चिट्ठी कबै लेखिनौ
टाढा छु है सम्झना, हिच्की पठाई बसे !!

छोडेर हास्दै गयौं ,एक्लो मलाई जब
फर्किन्छ माया भनी, आँचल फुकाई बसे!!

 

Continue reading


बहरबद्ध गजल

Sanu, Bhawani, Paudyal, Kabhre, सानू भवानी पाैडेल, pallawa, पल्लव

सानू भवानी पाैडेल

यही भूमि जोत्ने कमाराहरु छन्
मुठी अन्न रोक्ने तगाराहरु छन् !!

फुटे भाइ दिन्छौ ,करोडौं रुपैया
छिमेकी हरुका ,इसाराहरु छन् !!

हुदै हुन्न हाम्रो ,कबै भेट घाट
जसै यी नदीका ,किनाराहरु छन् !!

 

Continue reading


बहरबद्ध गजल

Sanu, Bhawani, Paudyal, Kabhre, सानू भवानी पाैडेल, pallawa, पल्लव

सानू भवानी पाैडेल

यहाँ प्रेम मिल्ने , छ्हारी भए पो
दिलै साटु लाग्ने ,पियारी भए पो !!

म जान्थे बिहेमा, रमाई रमाई
तिमीले पठाको ,सुपारी भए पो !!

हुँदै हुन्न चोरी ,यहाँ झोपडीमा
मुँगा रत्न मोती ,भकारी भए पो !!

 

Continue reading


बहरबद्ध गजल

Sanu, Bhawani, Paudyal, Kabhre, सानू भवानी पाैडेल, pallawa, पल्लव

सानू भवानी पाैडेल

म संगै सुरू थ्यो कहानी हजुरको
म संगै हुने भो खरानी हजुरको !!

छुटे साथ तिम्रो म मर्ने छु प्रिय
छ फुल्दै म मा यो निशानी हजुरको !!

कसोरी म मानौ खुशी छौ भनेर
छ साक्षी भिजेको सिरानी हजुरको !!

 

Continue reading


१२ अक्षरीय गजल

Sanu, Bhawani, Paudyal, Kabhre, सानू भवानी पाैडेल, pallawa, पल्लव

सानू भवानी पाैडेल

जाने ले जादा जाँदै प्यार देखायो
तरु कि फर्कु म मज्धार देखायो !!

आउँदा हुरी बतास जिन्दगीमा
रहे यस्तै भुइँमा झार देखायो !!

जे हुन्छ भगवान कै मर्जिले हुन्छ
भन्दै महाभारत् को सार देखायो !!

 

Continue reading


नछोईएको जून

Sanu, Bhawani, Paudyal, Kabhre, सानू भवानी पाैडेल, pallawa, पल्लव

सानू भवानी पाैडेल

सानोमा आमालाई सोधे
आकाशमा चम्किलो उ त्यो के हो?
चन्द्रमा हो छोरी
अर्को दिन घामको उज्यालोमा सोधे
आमा उ त्यो को हो ?
तेरो पिताजी हो छोरी
कस्तो अचम्म
पिताजी र चन्द्रमा उस्तै उस्तै
दुबै लाई देख्न सकिने
तर छुन नसकिने
मेरो स्मरण मा पिता
जून जस्तै ।

 

Continue reading


तीन कुरा

Ganga, Paudyal,गङ्गा पौड्याल ,pallawa, पल्लव

गङ्गा पौड्याल

बाल कथा
अभिशेषलाई बिरामी हजुरआमा छोडेर स्कुल जानै मन लागेन । उस्ले आफ्नी आमासँग सोध्यो “आमा ! आज म स्कूल जान्न है -” “किन नजाने – दिनभरी हल्लेर बस्न -” प्रति प्रश्न गरिन् अमिलाले ।
“हैन आमा घरमा बसे पनि लेखेर पढेर बस्छु” अभिषेकले भन्यो ।
“उसो भए तँलाई पैसा खर्च गरेर किन स्कुल भर्ना गर्नु पर्यो -” जङगीएर भनिन् तिनले अभिशेष नबोली हजुरआमाको कोठामा गयो र नजिकै बस्यो । हजुरआमाले नातीको कपाल मुसार्दै भनिन् “बाबु स्कुल नगएर किन यहाँ आको नी -”
“हजुरको माया लागेर आ को” अभिशेषले भन्यो । “हो र – कति लाग्छ नी मेरो माया – हजुरआमाले सोधिन् ।
“यति धेरै लाग्छ” अभिशेषले दुइ हात फैलाएर देखायो ।

 

Continue reading


डी.भी. पर्‍यो

Ganga, Paudyal, गङ्गा पौडेल, pallawa,पल्लव

गङ्गा पौडेल

“हामी सपरिवार अमेरिका जाने भयौँ । यो घरबारी अब केलाई चाहियो र – बरू सस्तोमै दिन्छु । तपाई किन्नुस् है साहुजी” हुस्सुरामले त्यहीँ नजिकैको किराना पसलेलाई- भन्यो ।
साहुजीले उसको शिरदेखि पैतालासम्म एक नजर लगाए, त्यसपछि मात्रै बोले । उनले भने “म पसलमा बस्नेलाई घरबारीको के काम – फेरि तिमी फर्केपछि आफैँलाई चाहिएला, तुरुन्तै किन बेच्न पर्‍यो र – त्यत्तिकै छाडीराखे भईहाल्यो नि ।”
“त्यसै छाड्डा घर थोत्रीन्छ नी डा घर थोत्रिन्छ ।” हुस्सुरामले चिन्ता व्यक्त गरे ।

 

Continue reading


उघ्रिएको मन

Ganga, Paudyal,गङ्गा पौड्याल ,pallawa, पल्लव

गङ्गा पौड्याल

ओ हो हो…….. अचेल यि अछुतहरू के विधि चढेका – त्यसैत्यसै छुंला झै गरि पेल्छन् बा……. । धारामा पानी थाप्न गयो छोड्दै छोड्दैनन् । पहिला हामी सानो छंदा बाआमालाई मात्र हैन हामी केटाकेटीहरूलाई पनि देख्नासाथ दर्ुइहात जोडेर जदौ हजुर भन्ने गर्थे । अहिले त देखे पनि मुन्टो बटारेर हिड्छन् । ए हजुर ! हजुर त पण्डीत हुनुहुन्छ सवैले मान्नुपर्ने मान्छे ति अछुतहरूलाई झपार्दिनुस् न, गाउँमा त्यस्तो मनपरि गर्न पाईन्छ भनेर । पार्वतीले पतिलाई गुहार्दै भनिन् ।

 

Continue reading


गुरुको शिक्षा

Ganga, Paudyal, गङ्गा पौड्याल, pallawa, पल्लव

गङ्गा पौड्याल

पुस्तक समिक्षा
पिता शिवनाथ पन्त माता भेदकुमारी पन्तकि शुपुत्रीउर्मिला पन्त्ा काठमाडौँमा जन्मि हर्ुर्कि बढि पढी डोटीका हँसराज पाण्डेय सित लगन गाँठो कसिएपछि उनको नाममा पन्त सँगै पाण्डेय शब्द पनि जोडिन थाल्यो । उनले नेपाली भाषा साहित्यमा बिद्दयार्थि -स्कुल जिवन)देखिनै रुचि राख्दै आएकी थिइन् । स्नातक सम्म्ा अध्ययन पुरा गरेकी उर्मिलाले २०२५ सालमा पद्यकन्या कलेजबाट प्रकाशित हुने कस्तुरी पत्रिकामा रचना छपाएर नेपाली भाषा साहित्यको श्रीगणेश गरेकी थिइन् ।

 

Continue reading