दु:ख-पीडा लेख्छौ कति, ओ गजलकार !
अभाव-कष्ट झेल्छौ कति, ओ गजलकार !
मदिराको मातसङ्गै, बहाएर अश्रुधारा
सुन्दर सङ्गीत रेट्छौ कति, ओ गजलकार !
आफैभित्र पीडा लुकाई, मीठो धुन सुनाएर
पराइ दु:ख मेट्छौ कति, ओ गजलकार !
दु:ख-पीडा लेख्छौ कति, ओ गजलकार !
अभाव-कष्ट झेल्छौ कति, ओ गजलकार !
मदिराको मातसङ्गै, बहाएर अश्रुधारा
सुन्दर सङ्गीत रेट्छौ कति, ओ गजलकार !
आफैभित्र पीडा लुकाई, मीठो धुन सुनाएर
पराइ दु:ख मेट्छौ कति, ओ गजलकार !
म हलाहल विष पनि पचाइदिन सक्छु
दिउन् सबैले
आ-आफ्ना क्षोभ, द्वेष, र कुन्ठाहरू
ईष्र्या, कुटिलता, घृणा र तिरस्कारहरू
क्रोध, आवेश र तनावहरू
म सबै विसङ्गतिहरू
आफूमा विलय गरिदिन्छु
अनि धोई, पखाली, पवित्र गरी
पुनः जीवन दिनसक्छु तिमीलाई
किनकि म ज्ञानको सागर हु–
केही दिन्छु तिमी नभन
केही लिन्छु तिमी नभन
तिमीले दिने कुरा नै के छ र
तिमीले लिने कुरा नै के छ र ?
जो तिमी दिन सक्तैनौ
त्यो लिएर व्यर्थ के गर्छौ
जो पाएर पनि पाउदैनौ
त्यो व्यर्थ साँचेर के गर्छौ ?
बाहिर भने सौम्य मुहार, भित्र क्रूर उहाँ
साम, दाम, दण्ड, भेदले, भरपूर उहाँ ।
जो सत्तामा गए पनि, त्यसमा घुस्नै पर्ने
नत्र भने सदनमा, चूर-चूर उहाँ ।
जसले चारा हाल्न सक्छ, उतै लाग्नु हुन्छ
नैतिकता नै हराएको, कस्तो झूर उहाँ ।
गजल– १,
लाटा माझमा बाठा बन्छन्, बेकम्माका गाँडेहरू
विकासका नारा लाउछन्, बिथोल्ने ती फाडेँहरू ।
जता हेर्यो जगजगी छ, लूटाहा र फटाहाको
सोह्रै आना चोखो बन्छन्, धुती खाने धाडेहरू ।
कमिसनको ओइरो लाग्ने, ठूल्ठूला पद जम्मै
ओगटेर धम्म बस्छन्, बलिया बाङ्गा ढाडेहरू ।
मलार्इ पनि ज्युने मन छ, ज्युनदेन ए जिन्दगी
जिन्दगीको मधुर पियुष, प्युनदेन ए जिन्दगी
दुखाइ मात्र कति दिन्छस्, तडप मात्र कति दिन्छस्
कहिलेकाहीँ सुखको आभास, छुनदेन ए जिन्दगी
कति तोडी मात्र रहन्छस्, टुटेको यो दिललाई
अलिकति मीठाे रहर, उन्नदेन ए जिन्दगी