निलमका केही मुक्तकहरूः

Nilam, Pathak, Bhushal,निलम पाठक भुसाल, pallawa, पल्लव-

निलम पाठक भुसाल

जुनि भरी तिम्रै नाम जप्न पाए हुन्थ्यो
तिम्रा सवै सुख दुख खप्न पाए हुन्थ्यो,,
संसारको रित सवै फेर्न नसकिने रैछ
आँफु घटी तिम्रै आयु थप्न पाए हुन्थ्यो….

सम्झनाले मेरो मन आजभोली टोलाई रहन्छ
माया छ कहाँ,कहाँ उसकै यादले बोलाई रहन्छ
न उडेर जान नै सकियो न त बिर्सन नै सकियो
भुल्नै नसक्ने अतितका पलले मन पोलाई रहन्छ

 

Continue reading


निलम भुसालका केही मुक्तकहरू

Nilam, Pathak, Bhushal,निलम पाठक भुसाल, pallawa, पल्लव-

,निलम पाठक भुसाल

आफुलाई भन्दा बढी तिमीलाई माया गर्छु
आफु रित्तिएर भए पनि तिम्रो झोली भर्छु
तिमी हिड्ने बाटोमा काँडा जति सबै हटुन
त्यहि बाटोमा सधै म बिस्वासका फूल छर्छु

तिमी बोली राख, सधै सुनिरहन्छु म
सधै तिमीलाई यै मनले चुनिरहन्छु म,,
जे जे हुन्छ हुदै जान्छ स्वीकार छ मलाई
कैले नसुक्ने प्रितको माला उनिरहन्छु म

 

Continue reading


शारदाका मुक्तकहरूः

Sharada, Pathak,शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

किन बोल्दैनौ तिमी गल्ती भयो कि ! !
मेरो हिडाइको रफ्तार जल्दी भयो कि !!
यात्रामा होलान नि ! धेरै साथहरु !
यो मायाको प्रस्ताब चल्ती भयो कि !!

अक्षरको फूलको सुगन्ध सुँघेर |
जीवनको लामो माला उनेर ||
गएछ जीबन थाहै नपाइ |
पल पलमा उनकै बाटो कुरेर ||

 

Continue reading


निलमका केही मुक्तकहरू

Nilam, Pathak, Bhushal,निलम पाठक भुसाल, pallawa, पल्लव-

,निलम पाठक भुसाल

कथा पढें, व्यथा पढें, खुसी–हाँसो सबै पढें
तिमीलाई आफ्नै मान्छे, सम्झी–सम्झी अघि बढें,,
स्वार्थ छैन,लोभ छैन समुन्द्रको सिमाना छ
कुरी बस्न सकिन म, भेट्न आउन जहाज चढें !!!!

कसलाई पो होला र श्रम जोख्न विदेशिने रहर
रगत र पसिनाका धारा पोख्न विदेशिने रहर ।
बृद्दा,रोगि पागलहरु संग पलपल गुजार्दै यहाँ
आँशुझार्दै मुटुमाथि किला ठोक्न विदेशिने रहर ।।

 

Continue reading


गजल

Nilam, Pathak, Bhushal,निलम पाठक भुसाल, pallawa, पल्लव-

,निलम पाठक भुसाल

हिजो मुटुको छेउमा छौ भन्थ्यौ किन टाढा पार्यौ आज
चाख्दै हिड्ने बानी रहेछ तिम्रो मन अन्तै सार्यौ आज..

आँफ्नै जीवन ठानी तिमीलाई सर्वस्व त सुम्पेकै थिएँ
मायाको फूल फक्रिन नै नदिई कोपिलामा झार्यौ आज..

भन्ने गर्थ्यौ तिमीलाई पाए चाहिंदैन अरु केहि पनि
भेटघाट छिटै गरौ न भन्दा आलटाल गर्दै टार्यौ आज..

 

Continue reading


गजल

Sharada, Pathak,शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

हुन सम्म यो मुटुलाई भ्रमित बनाएर ।
कहाँ गयौ दुनियालाई चकित बनाएर ।

पराइ कि आफन्त हौ दिन रात जस्तै !
पल पलको समयलाई प्रीत बनाएर ।

सम्झनाका यादहरु भक्कानिदै रोए ।
सबै रातलाई बिहानीको शीत बनाएर ।

 

Continue reading


गजल

Nilam, Pathak, Bhushal,निलम पाठक भुसाल, pallawa, पल्लव-

,निलम पाठक भुसाल

बर्षायमी मौसमले उनको मनमा छुन्छ कि त
कति पर्खुं आसैआशमा अब मिलन हुन्छ कि त?

उनको मनमा अविश्वास र तिक्तता नै रैछन भने
आशा अनि भरोसा छ नयाँ बर्षले धुन्छ कि त?

सम्झिएर रूँदा भिजे राती सिरानीका खोलहरु
मैलेजस्तै सम्झी सम्झी त्यो मन पनि रुन्छ कि त ?

 

Continue reading


निलमका केही मुक्तकहरूः

Nilam, Pathak, Bhushal,निलम पाठक भुसाल, pallawa, पल्लव-

निलम पाठक भुसाल

तिम्रै बारे सोच्दा सोच्दै पागल हुन लागेँ सानु
झस्किएर आधारातमा निन्द्रा बाट जागेँ सानु ,,,।
गारो भयो दिन बिताउन प्रदेशमा तिमि बिना
धन चाहिन्न पुग्यो मलाई तिम्रै साथ मागें सानु .।।

खोई?किन किन आजभोली मन दुख्दैछ अति
हुन होकी? जीवनमा मेरो अकल्पनीय खति ।
बेदनाले पोली दिन्छ सहन गर्ने शक्ति छैन
रोकिन्छ कि भन्ने लाग्छ अब धड्कनको गति ।।

 

Continue reading


‘म कविता मान्छे “

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

म कविता मान्छे
म कहिले मान्छे हुन्छु
कहिले कविता हुन्छु ।
छुट्याएर हेर्नु पर्छ ।।

जब म कविता हुन्छु
असम्भब छँदै छैन ।
सलल बगिदिन्छु
झलमल्ल लागि दिन्छु ।
तिम्रो पोल्टा भरि
तिम्रो आँखा भरि ।।
तिम्रो मनको मुहान भरि ।।।

 

Continue reading


गजल

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

मेरो भाषा बुझ्दैनौ नि आज भोलि तिमी !
मेरो कुरा सुन्दैनौ नि आज भोलि तिमी !!

पुर्णिमाको रातमा छ तिम्रो धेरै बास !
गोधुलिलाई चुन्दैनौ नि आज भोलि तिमी !!

अरबौंको हिसाबमा मालामाल देख्छु !
दुइको टेबल गुन्दैनौ नि आज भोलि तिमी !

 

Continue reading


शारदाका केही मुक्तक

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

ख्याल ठट्टा गरेर मात्रै बितोस तिम्रो जीन्दगी !!!
लातुपाते बैशले मात्रै लुटोस तिम्रो जीन्दगी ||
लाली पप देखाई देखाई फकाउन जानेकै छौ |
एकछिनको गुलियोमा भुलोस तिम्रो जीन्दगी ||

गीता तिमी हिड्दा खलंगाको ढुंगा उज्याला हुन्थे !
भेरी भित्रै पस्यौ आज ,हिजो डुंगा उज्याला हुन्थे ||
उमेरले तिम्रो रुप केहि बिगारेन, आज किन दैब लाग्यो ?
मीठो बोलि, मुस्कानमा झस्कि , मुगा उज्याला हुन्थे ||

 

Continue reading


गजल

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

तिमी देखे पछि के भयो के भयो
सत्य लेखे पछि के भयो के भयो ?

सीतरा झल्कने जुन की री हरु
पाउ टेके पछि के भयो के भयो ?

नौनिनै पग्लने माधुरी वाणिमा
होस छेके पछि के भयो के भयो ?

 

Continue reading


ए ! मलाइ बुढी भन्नेहरु !

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

लाग्छ साँच्चैका रोगी हुन् |

कि त यो सुन्दर संसार छोडेर !
साधु महात्माको नक्कल गर्ने भोगी हुन् ||
उनीहरुलाई थाहा छैन
भाबंना कहिल्यै बुढो हुँदैन |
शक्ति छ मीठास शब्दहरुमा |
यो कसैलाई रुखो हुँदैन ||
ए ! मलाइ बुढी भन्ने हरु
यी जीबन संग थाकेका मान्छे हुन् |

 

Continue reading


शारदाका तीन मुक्तक

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

भुगॊल पनि छैन, भाबना पनि छैन यति खेर ।
साध्य पनि छैन, साधना पनि छैन यति खेर !!
न भर छ न घर छ न समाउने डालो नै छ ।
माया गर्नेको जमाना नै छैन यति खेर ।।

तीतो पीरो पीरतीको फल पनि चाख्छु ।
हृदयको पाना भरी, लेखेर नि राख्छु ।
ख्याल ख्यालैको जराबाट यथार्थ नै फुल्दा !
अकस्मात सुक्दो रैछ , ऐजरु भै जाग्छु ।

 

Continue reading


‘सुन्दरता उमेर कि सोच “

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

मेरो सुन्दरता जवानीमा होइन ,

बुढ्यौलीमा चढेको छ ||
हिजो त मसंग बोल्न डराउँथे कि !!
म उनीहरुसंग डराउथें |
कसैले मलाइ राम्रो भनेन |
‘आइ लभ यू’ भन्ने आँट गरेन ||
म त भन्छु म हिजो राम्रो नै थिइन ||
सुन्दरता मेरो बिषय बस्तु नै थिएन |
एउटा लक्ष थियो, एउटा बाटो थियो ,
बस् म त्यसैलाई हेर्थें ||
ऐना हेरेर न हास्थें , न रुन्थें |
कुनै इमोसन पैदा भएन ||

 

Continue reading


गजल

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

समुन्द्र बाट बहेको हावा पहाडमा ठोकिन्छ !
रगतमा बग्छ, कण कणको इच्छा मुटुमै रोकिन्छ ।

निकै छ यहाँ सन्चै छ माया शब्द त दामी छ ।
यो चाह कतै उडेर जाला, दुखमै बोकिन्छ ।

सुनसान बनमा रोएर कोइली मलार्इ बोलाउंदा ।
भिडभाड होइन एकान्त बस्ने नसा पो धोकिन्छ ।

 

Continue reading


गजल

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

गजलकारहरु यसरी भाडिएका छन् ।
आफू खुशी दल दलमा बाडिएका छन् ।

लोलोपोतो मन परेन आफ्नै पहिचान ।
म संग त एक एक टाडिएका छन् ।

फेसबुकमा ऐया, आत्थु, छटपटी त कति कति ।
नून खुर्सानी दली छाला काढिएका छन् ।

 

Continue reading


गजल

Sharada, Pathak, शारदा पाठक ‘केवल’, pallawa, पल्लव

शारदा पाठक ‘केवल’

अन्त किन चित्त बुझ्थ्यो, तिमी संगै बोल्नु थियो ।
अन्त किन दिल खुल्थ्यो , तिमी संगै खोल्नु थियो ।

थाहा छ कि छैन किन ? खुशी खोसन खोजिन नि ।
शुन्य भित्र शुन्य मिल्यो शुन्यता नै घोल्नु थियो ।।

मनका कुरा सत्य कुरा तिमीलाई नै भने पछि ।
बिकृति र बिसंगति मसानमा पोल्नु थियो ।

 

Continue reading


गजल

 

Sharada, Pathak, शारदा पाठक ‘केवल’, pallawa, पल्लव

शारदा पाठक ‘केवल’,

आफ्नो मनले आफैलाई मारेको छु हेर !
तिमी संग नून पानी बारेको छु हेर !!

कहिलेसम्म चल्ने होला यस्तो जीन्दगानी !
सीमल भुवा जस्तै मन पारेको छु हेर !

कहिले होला घाम पानी ओताउन सक्ने
दुई ढुंगाको तरुल बनाइ सारेको छु हेर !

 

Continue reading


गजल

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

प्यारो आफ्नो आँगनीमा नटेकेको धेरै भयो
कस्ती भइन् जन्मभूमि, नदेखेको धेरै भयो !

आमा तिमी पैलो गुरु नैतिक् शिक्षा सिकाउने
तिम्रो नाममा दन्त्य कथा नलेखेको धेरै भयो ।

रुँदै छौ कि टोलाउँदै छौ गुडबाट चरा उडे
आमा तिम्रो जीवन गाथा नहेरेको धेरै भयो ।

 

Continue reading