पार्वती भट्टका केही मुक्तकहरूः

Parbati, Bhatta,पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

तिमीले लेख्ने गजलको, हरेक बहर प्यारो लाग्छ
यादहरुको बिसौनी, हर- एक प्रहर प्यारो लाग्छ
चाहाना पलाउँछ जब मुटुमै,राख्ने आँखामै साँच्ने
हो, त्यो पूरा नहुने आफ्नै अधुरो, रहर प्यारो लाग्छ ।

यहाँ निभ्दा निभ्दैका कयौं जीवन दीप जगाएर गयौ
हामीलाई बिर्सिनै नसकिने अतुलनीय गुन लगाएर गयौ
जानु त पर्थ्यो नै थियो, जो सुकै आए ती गए यो शाश्वत हो
तर तिमी समय अगावै संवेदनाका अश्रुधार बगाएर गयौ ।

 

Continue reading


पार्वती भट्टका केही मुक्तकीय टुक्राहरूः

Parbati, Bhatta,पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

भन्ने त के के पो भन्छन् सकिन्न, भन्नेका पछि लाग्न
सकिन्न कम्जोरी खोट्याई औँलामा, गन्नेका पछि लाग्न
समाजको कामै त हो नि दुखमा उडाउने,सुखमा गुडाउने
तब त सकिन्न बिनाकारण खोइरो, खन्नेका पछि लाग्न ।

जिन्दगी
जे जे आई पर्छ जिन्दगीमा सहन्छु, सहनु हो जिन्दगी
सकिन्न गुम्सेर बस्न कहन्छु ,कहनु हो जिन्दगी
नदी,समुन्द्र,खै!के केसँग, पोखिन मन लाग्छ नि जब
आफ्नै भावका तरङ्गसित वहन्छु,वहनु हो जिन्दगी ।

 

Continue reading


पार्वती भट्टका केही मुक्तकहरूः

Parbati, Bhatta, पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

सोचेजस्तै हरेक जीवन हुने भए देखि
कल्पनाले आकाशको जून छुने भए देखि
दुनियाँमा बाहिरिनुको के नै अर्थ भो र
दुख्ने जति हरेक आत्मा रुने भए देखि ।।

पुकारा नसुन्ने मुर्तिवाल भगवाको मन्दिरमा धाउनुको के अर्थ
समर्पण बिनाको श्रीखण्ड घोटेर तक्दिरमा लाउनुको के अर्थ
भक्तहरूका लागि मात्र रमाउँछ घण्टी समाउँछ पुजारी भने
मन रङ्गहिन भई उडेका बेला निधारको अबिरमा छाउनुको के अर्थ …?

 

Continue reading


पार्वती भट्टका केही मुक्तकहरूः

Parbati, Bhatta, पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

तिमीलाई नै सम्झे देखि गीत गजल फुर्छ
सपनीमा बात मार्दा नीदको साईंत जुर्छ
यी नजरले तिम्रै बाटो हरदम कुरी बस्छन्
हो,जसरी पूर्णिमाले त्यो जूनको बाटो कुर्छ ।

आजभोलि एकान्तमा रमाउन थालेकी छु
जेनतेन खुशीहरु सङ्गालेर पालेकी छु
धुमिल नहोस् आशा किरण भनी चेताउँदै
अलिकति धैर्य थपी मनदीप बालेकी छु ।

 

Continue reading


गजल

Parbati, Bhatta, पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

मन त छ किताब बन्न गाथाको छ पिर
पूर्णता त स्वीकार नै छ आधाको छ पिर।

खै!कस्तो होला कथावस्तु पूरा जिन्दगीको
रङ्गीन त सुन्दर होला सादाको छ पिर।

विषयान्तर गर्न पनि भेउ.. नपाउँदा
व्यथा बन्यो सिङ्गो बैंक खाताको छ पिर।

 

Continue reading


`गोदावरी धाम ´

Parbati, Bhatta, पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

यति धेरै पानी पर्छ रुझ्नु हुन्न बुवा हजुर
छोरी कति सम्झी रुन्छे बुझ्नु हुन्न बुवा हजुर ।

थाहा छ? बुवा, रुप फेरियो त्यो पवित्र घाटको
केही निशानी रहने बाँकी कात्रो अनि बाटको।

मेरो आउने जाने बाटो त्यै समाधि स्थल पर्छ
यो मन्लाई थामी मुटु थिच्छु चर्किएर टुक्रो झर्छ ।

 

Continue reading


अइलको फेसबुके माया

Parbati, Bhatta, पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

(दोहरी डेउडा साहित्य)
केटा: फेस बुक्मी धेकेखि कलि – बातअद्दाखि छिटी
धेक्दाखि रुबस कसी – बोली कति मिठी ।

केटी: मालु काटी बिटो बाद्या – सिरुणो साजको
मैजसा हौसिया रैछउ – घर् काँ हो बाजको।

केटा:घर मेरो सुरुर पश्चिम – जिल्ला पण्यो डोटी
फेस्बुकमी फुटो धेके – माया गयो लोटी।

 

Continue reading


भानु तिमी आऊ है !

Parbati, Bhatta, पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

तिम्रो जन्मजयन्ति हेर्न जगमा -भानु तिमी आऊ है !,
भाषा-संस्कृति-सभ्यता विगतको- आएर सम्झाऊ है!
तिम्रा कर्म समग्र जीवन कला – साहित्यका साधना,
भुल्ने छैनन् तथापि यी जगतले – लेलान् नयाँ प्रेरणा
।।१।।
घाँसीबाट लिएर अर्ती तिमीले – साहित्य यात्रा गर्यौ ,
छर्कि काव्यकला बनी हिमायती -दुर्भाव सबका हर्यौ
सच्च साधक राष्ट्रका आदिकवि -भिन्नै छ तिम्रो छवि,
तिमी सर्जक अनुवादक महान – हौ काव्यका सौरभी
।।२।।

 

Continue reading


पार्वती भट्टका मुक्तकहरूः

Parbati, Bhatta, पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

विना अङ्के हिसाब किताब जाेड जिन्दगीकाे
विना टिकट यात्रा मिलान राेड जिन्दगीकाे
उडान भर्छ थकान मेट्न गन्तव्यकाे पत्ताे छैन
खै ! कहाँ पुग्छ विश्राम लिन माेड जिन्दगीकाे,,

कतै श्रावण पखेरीमा देखिंदाे छ हराभरा
कतै भेलसितै डुबे सिर्जनाका फाँट र गरा
कस्ले चिन्छ समयलाई कता कैले वेग चल्छ
स्वागत गर्छ पालुकाे अनि उदाङ् पार्छ जरा ,

 

Continue reading


पार्वती भट्टका जोर गजल

Parbati, Bhatta, पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

गजल– १,
तिम्रो मिठो सम्झनामा थालें म त हराउन
आफैं भन्दा पनि वेसि थालें मन पराउन,

तिमी भित्र अथाह त्यो निस्चलता देख्दा खेरि
पाए हुन्थ्यो दुबै मन एकाकार गराउन

भद्रता र मौनतामा तिमी प्यारो लाग्ने हुँदा
आफ्नो बस्ती तिमी भित्रै पाए हुन्थ्यो सराउन

 

Continue reading


डेउडा साहित्यः रुखो जन बोल 

Parbati, Bhatta, पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

रुखो वचन जनमभरी – मनैनो रैजानो
न परानी ठन्न हुनो – नै उडी गैजानो,

न बोलीको लाउनु खानु – न हुनो आेछ्यान
तै पनि यसैमी हुनी – मान्छेखि पछ्यान,

न हो यो आँचल्को खाजा – नै गाँठाको धन
तै पनि दिनैन मान्छे – कठोर बनाइ मन,

 

Continue reading